अनेरास्ववियू-क्रान्तिकारी प्रा.स्रो.व्य कलेज,पुरुन्चौर,कास्की

अनेरास्ववियू-क्रान्तिकारी प्रा.स्रो.व्य कलेज,पुरुन्चौर,कास्की

Share

विद्यार्थी संगठन

10/09/2025

तथापी हामी तपाईहरू सँगै छाैँ, फरक परिस्थितीले निमत्याएकाे यथार्थलाई आत्मसाथ गर्दै ७औँ कमिटी विगठन गरिएकाे छ।

08/09/2025

देश व्यापी GenZ ले उठाएको आन्दोलनमा राज्य शक्तिद्वारा गरिएको दमन र १९ जना युवाहरूको आमहत्या प्रति हाम्रो अखिल (क्रान्तिकारी )पुरन्चौर , कृषि तथा वन विज्ञान विश्वविद्यालय कडा आपत्ति र घोर निन्दा गर्दछ।
शान्तिपूर्ण रूपमा आफ्ना माग राखिरहेका युवामाथि सरकारले गरेको दमनले राज्यको असंवेदनशीलता र युवाप्रतिको तिरस्कारलाई प्रस्ट देखाएको छ। युवाको आवाजलाई दबाएर, भविष्यलाई दबाउन सकिँदैन। आजको घटना केवल आन्दोलनमाथि दमन मात्र नभई संपूर्ण विद्यार्थी र युवा पुस्तामाथि भएको अपमान हो।
यस घटनामा ज्यान गुमाएका सम्पूर्ण युवाप्रति हामी गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं। शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं। 🙏
२०८२/५/२३

Photos from अनेरास्ववियू-क्रान्तिकारी प्रा.स्रो.व्य कलेज,पुरुन्चौर,कास्की's post 05/09/2025

संयुक्त विज्ञप्ति !!

मिति: २०८२ भदौ २० गते ,अनेरास्ववियु (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ र अनेरास्ववियु प्राकृति श्रोत ब्यबस्थापन कलेज पुरन्चौर इकाई समितिद्वारा संयुक्त विज्ञप्ति जारी गरिएको छ।

उक्त विज्ञप्तिमा कृषि तथा वन विज्ञान विश्वविद्यालय (कृ.व.वि.वि.) प्रशासनद्वारा हालै प्रकाशित गरेको शैक्षिक सत्र २०८२/८३ को स्नातक तह (B.Sc. Ag, B.V.Sc. & A.H., B.Sc. Fisheries, B.Sc. Forestry) प्रवेश परीक्षासम्बन्धी सूचनामा विद्यार्थी हितविपरीत खालका बुँदाहरू समावेश गरिएको भन्दै गम्भीर आपत्ति जनाइएको छ र सुधारको लागि निम्न जायज मागहरू प्रस्तुत गरिएको छ:
मागहरू:
१. स्नातक तहका विभिन्न कार्यक्रमको एकीकृत प्रवेश परीक्षामा सोधिने प्रश्नपत्रको विषयगत विभाजन पुरानै ढाँचामा कायम गर्नुपर्छ र सो परीक्षा संकाय अनुसार फरक-फरक प्रश्नपत्रमा सञ्चालन गर्नुपर्ने।

२. विश्वविद्यालयका विभिन्न संकायद्वारा विभिन्न कार्यक्रमहरूलाई निजीकरण तथा व्यापारीकरण गर्ने उद्देश्यले खुलाएको संकाय विकास कोष (FDF) तत्काल खारेज गर्नुपर्ने।

३. विश्वविद्यालयका विभिन्न संकायको भर्ना शुल्क स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने।

विद्यार्थी संगठनहरूले विश्वविद्यालयलाई ४८ घण्टे अल्टिमेटमसहित यथाशीघ्र मागहरू सम्बोधन गर्न आग्रह गरेका छन्। अन्यथा, थप कडा आन्दोलनात्मक कदम चाल्न बाध्य हुने चेतावनी दिइएको छ।

क्रान्तिकारी अभिवादनसहित,
वीर सहिद अमर रहून्!
✊️✊️
#विद्यार्थी_एकता_जिन्दावाद

Photos from अनेरास्ववियू-क्रान्तिकारी प्रा.स्रो.व्य कलेज,पुरुन्चौर,कास्की's post 03/09/2025

स्नातक तहको प्रवेश परीक्षाको Online आवेदन फाराम भर्ने सम्बन्धी सुचना - २०८२/०८३
प्रवेश परीक्षा सम्बन्धी जानकारी
आवेदन फाराम भर्ने अवधिः मिति २०८२ भाद्र १८ गते बुधबार देखि २०८२ असोज १९ गते राती १२:०० बजेसम्म र दोब्बर दस्तुर तिरी मिति २०८२ असोज २१ गते राती १२:०० बजे सम्म
प्रवेश पत्र उपलब्ध हुने मितिः २०८२ असोज २४ गते बिहान ९:०० बजे
प्रवेश परीक्षा मिति र स्थानः २०८२ असोज २५ गते शनिबार बिहान ११:०० बजे । रामपुर, चितवन, हेटौंडा र काठमाण्डौं । प्रवेश परीक्षा शुल्कः चारवटै शैक्षिक कार्यक्रमका लागि एकमुष्ट प्रवेश परीक्षा शुल्क रु.३,०००।- मात्र तोकिएको
थप जानकारिकाे लागि सम्पर्क नो .
९८६८७४८२८४
९८६५९१३३२१
९८६७६९६२७३
https://www.afu.edu.np/

Photos from अनेरास्ववियू-क्रान्तिकारी प्रा.स्रो.व्य कलेज,पुरुन्चौर,कास्की's post 27/08/2025

युगान्तकारी परिवर्तनका खातिर इतिहासको विभिन्न कालखण्डमा त्याग र बलिदान गर्दै अन्याय र अत्याचारको सशक्त प्रतिरोध गर्ने रक्तरन्जित इतिहास बोकेको नेपाली क्रान्तिकारी आन्दोलनको केन्द्र एवं न्यायप्रेमी जनसमुदायको धरोहर हाम्रो महान तथा गौरवशाली संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) विद्यार्थीका हकहित, क्याम्पसको समग्र शैक्षिक र प्रशासनिक सुधारका निमित्त तथा क्याम्पसमा रहेका तमाम विकृतिहरु बिरुद्ध हरबखत लड्दै आएको सबैमा सर्वविवित्तै छ ।
यसै सन्दर्भमा कृषि तथा वन विज्ञान विश्वविद्यालय ,प्राकृतिक श्रोत व्यबस्थापन कलेज पुरुन्चौर कास्कीमा विद्यमान बिभिन्न समस्या र बिद्यार्थीको भविस्य र मौलिक हकको सुनिश्चितताको लागि हाम्रो संगठनले यस कलेजमा कार्यरत सम्पूर्ण कर्मचारी ,शिक्षक शिक्षिकाहरुमा निम्न बुदाहरुमा ध्यानाकर्षण गराउन चाहान्छौं |

मागहरु :
१.विद्यार्थीको सुझाव संकलनको लागि कलेज परिसरमा सुझाव पेटिकाको व्यबस्था गरियोस्।
२.आन्तरिक परीक्षाको तालिका सार्वजनिक गरि कम्तिमा २ दिनको अन्तरमा सञ्चालन गरियोस्।
३.कलेजमा सम्पूर्ण विषयको स्थायी शिक्षक नभएकाले उक्त विषयको अपुग शिक्षक विश्वविद्यालयबाटै आउने व्यवस्था मिलाइयोस्।
४.सम्पूर्ण विषयको प्रयोगात्मक कक्षाहरु विश्वविद्यालयले तोकेको Credit hour अनुसार सञ्चालन गरियोस्।
५. AFU द्वारा आयोजना गरिने वार्षिक खेलकुदमा विद्यार्थीको सहभागिता बढाउन बास्केटबल कोर्ट, टेनिस बोर्ड, क्रिकेट ग्राउन्ड तथा अन्य खेलकुद सामग्री उपलब्ध गराइयोस्।
६.छात्रा शौचालयमा पर्याप्त मात्रामा प्याड(vending machine) र पानीको व्यबस्थापन गरियोस् ।
७.विश्वविद्यालयले प्रदान गर्ने छात्रवृति(A.Y.2080-81,2081-82)को ढिलो नगरि,नतिजा प्रकाशित लगत्तै केहि दिन भित्र भुक्तानी गरियोस्।

८. कलेजमा Parkingको सुविधा गरियोस्|
९. प्रयोगशालामा उपलब्ध नभएका वा बिग्रिएका अपूर्ण सामानहरु छिटो भन्दा छिटो उपलब्ध गराईयोस्।
१०.विद्यार्थी पुस्तकालयमा आपतकालीन अवस्थामा प्रयोग हुने सामाग्री जस्तैः प्लास्टर, Antiseptic, pain killer, sanitizer आदि सहज रूपमा उपलब्ध गराइने व्यवस्था मिलाइयोस्।
११. बोर्ड मोडल बेस्ड— प्रि बोड परीक्षाको सुरुवात यसै प्राकृतिक श्रोत ब्यवस्थापन कलेज पुरन्चौर द्वारा कलेजमा संचालन गरियोस्|
१२.कलेजले आयोजना गरेको कुनै पनि कार्यक्रममा विद्यार्थी संगठनका प्रतिनिधिको साथ, विद्यार्थी परिषद गठन गरि सो कार्यक्रमको आर्थिक विवरण सार्वजनिक गरियोस्|
यदि माथि उल्लेखित बुँधा समयमै पुरा नभएको खण्ड‌मा हामी हाम्रो माग पुरा गर्न शसक्त रुपमा प्रस्तुत हुने छौं। त्यसबाट आई पर्ने परिस्थितिको जिम्मेवार स्वयम प्रशासन आफैं हुने छ भन्ने जानकारी गराऊदछौं | क्रान्तिकारी अभिवादन सहित ||
बोधार्थ:
१. श्री कलेज प्रमुख ज्यू, प्राकृतिक श्रोत व्यवस्थापन कलेज पुरन्चौर, कास्की।

23/08/2025

अखिल क्रान्तिकारी पुरन्चाैरले कृषिसँग सम्बन्धित विभिन्न विषयमा ज्ञानमुलक कृषि विशेष सामाग्री प्रस्तुत गर्दछ।
आजकाे कृषि विशेष भागः ३ मा क. रामचन्द्र सिम्खडा ✊

22/08/2025

संगठनले आयाेजना गरेकाे तिज विशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रममा नृत्य प्रस्तुत गर्दै दिदिबहिनीहरु 💜✊

Photos from अनेरास्ववियू-क्रान्तिकारी प्रा.स्रो.व्य कलेज,पुरुन्चौर,कास्की's post 22/08/2025

हरितालिका तिज अन्तर्गत दर खाने कार्यक्रमलाई हाम्रो समुदायमा अत्यन्तै महत्वपुर्ण र विशेष मानिन्छ। त्यसै गरि उक्त विशेष कार्यक्रम अखिल(क्रान्तिकारी) पुरन्चौर परिवारद्वारा संगठनका सबै दिदि बैनिहरुलाई हार्दिक निमन्त्रणा गरि भव्य साथै रोमान्चक रुपमा आयोजना तथा सु-सम्पन्न गरेको छ। यस कार्यक्रमलाई सु-सम्पन्न गर्नका लागि सहयाेय गर्नुहुने सम्पुर्ण कम्रेडहरुलाई धन्यवाद व्यक्त गर्दछौँ।✊✊

20/08/2025

हार्दिक निमन्त्रणा ।।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस पुरून्चौर कास्कीको आयोजनामा “तीज विशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम” सगौरव आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा सम्पूर्ण विद्यार्थी, शिक्षक वर्ग, कर्मचारी वर्ग तथा सरोकारवालाहरूलाई उपस्थित भई सहभागिता प्रदान गरी कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणासहित स्वागत गर्दछौँ।
क्रान्तिकारी अभिवादन सहित ✊✊

Photos from अनेरास्ववियू-क्रान्तिकारी प्रा.स्रो.व्य कलेज,पुरुन्चौर,कास्की's post 17/08/2025

अखिल क्रान्तिकारी पुरून्चाैर विद्यार्थी स्वयंसेवक ( Student volunteer )बिभागले श्रीकृष्ण जनमाष्टमी अवसरमा भजन कृतन सहित विभिन्न कार्यक्रम गरेर कृष्ण जन्म अष्टमी मनाएकाे छ।भगवान कृष्णले सबैकाे कल्याण गरून।।💜🌻

Want your school to be the top-listed School/college in Kaski?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kaski