05/06/2026
आज मिति २०८३/०२/२३ गते (june 5) का दिन ५३ औं विश्व वातावरण दिवसका अवसरमा यस विद्यालयमा ग्रीन फोर्स क्लवकाे आयोजनामा सरसफाई, वृक्षारोपण तथा बाक्तृत्व कला कार्यक्रमहरू सम्पन्न भएको छ। कार्यक्रमा विद्यालयका सम्पूर्ण विद्यार्थी तथा शिक्षक गरी कुल १२० जनाको सहभगिता रहेकाे थियाे।
31/05/2026
सम्पूर्ण अभिभाबक ज्यूहरु हार्दितापूर्वक निमन्त्रणा!!
21/05/2026
🤝 कृतज्ञता तथा धन्यवाद ज्ञापन! 🤝
यस विद्यालयमा निरन्तर रूपमा सहयोग गर्दैै आइरहेको संस्था नौलो घुम्ती नेपालको तर्फबाटआज मिति २०८३ जेठ ७ गते, यस श्री सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत ४८ जना विद्यार्थीहरूलाई शैक्षिक तथा सरसफाइ सामग्रीहरू (झोला, ड्रेस ,कापी, मञ्जन, ब्रस, साबुन, टावेल, कपडा,रुमाल आदि) वितरण गरिएको छ।
विद्यार्थीहरूको शैक्षिक यात्रा र स्वास्थ्यलाई थप सहज र सबल बनाउन यो महत्त्वपूर्ण सहयोग प्रदान गर्नुभएकोमा नौलो घुम्ती नेपाल परिवारप्रति विद्यालय प्रशासन, शिक्षक वर्ग, अभिभावक तथा विद्यार्थीहरूका तर्फबाट हार्दिक कृतज्ञता एवं धन्यवाद व्यक्त गर्दछौँ।
साथै, विद्यालयमै उपस्थित भई सामग्री हस्तान्तरण कार्यमा सहजीकरण गरिदिनुहुने संस्थाका सामाजिक परिचालक श्री बलराम पौडेल ज्यू प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौँ।
आगामी दिनहरूमा पनि यहाँहरूको यस्तै निरन्तर साथ र सहयोगको अपेक्षा राख्दछौँ। 🙏
19/05/2026
जिभाय नेपाल र माछपुच्छ्रे गाउँपालिकाकाे समन्वय तथा सहकार्य मा यही मिति २०८३/०२/०५ मा आयोजित आधारभुत तह स्तरिय बक्तृत्वकला प्रतियोगितामा यस श्री सरस्वती आ वि काे तर्फबाट सहभागी विद्यार्थी युनिशा गौतम ले सान्त्वना स्थान हासिल गर्न सफल भएकोमा हार्दिक बधाई साथै आगामी दिनहरुमा पनि सफलता सहित उज्जल भविष्यकाे शुभकामना व्यक्त गर्दछौं
21/03/2026
इच्छुक शिक्षक साथीहरूले तुरुन्त सम्पर्क गर्नुहोला।
11/02/2026
यस श्री सरस्वती आधारभूत विद्यालयमा विद्यार्थीहरूको उज्ज्वल भविष्य र शैक्षिक गुणस्तर वृद्धिका लागि "अक्षयकोष" स्थापना गर्न सहारा युके (Sahara UK) बाट प्राप्त भएको रु. ३ लाख (तीन लाख) आर्थिक सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दछौँ।
साथै, सहारा युकेलाई हाम्रो विद्यालयसँग जोड्न र यो महत्वपूर्ण पहलको नेतृत्व गर्नुहुने आदरणीय रामहरी गुरुङ ज्यूलाई विशेष धन्यवाद ज्ञापन गर्दछौँ। तपाईँको यो निस्वार्थ सेवा र विद्यालयप्रतिको माया हाम्रा लागि सधैँ प्रेरणादायी रहनेछ।
शिक्षाको ज्योति फैलाउने यो पवित्र कार्यमा सहयोग पुर्याउनुहुने सबैप्रति ऋणी छौँ।
22/01/2026
बाल विकास कक्षामा उमेर पुगेका नानीबाबुहरुलाई मिति २०८२/१०/०९ गते बिहान आठ बजे देखि हुने अक्षरारम्भ कार्यक्रममा सहभागी गराई दिनुहुन सम्पूर्ण अभिभावक ज्यूहरुलाई अनुरोध छ।
16/01/2026
आज मिति २०८२/१०/०२ गतेका दिन माछापुच्छ्रे गाउँपालिका-९, सिधिङ स्थित यस श्री सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि यस विद्यालयमा भ्रमणमा आउनुभएको कोरियाली स्वयंसेवक समूह (Korean Volunteer Group) ले आगामी ५ वर्षसम्म विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई निरन्तर नि:शुल्क न्यानाे कपडा(winter set) उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै US dollar 500 आर्थिक सहयाेग उपलब्ध गर्नु भएकाे छ ।
भौगोलिक विकटताका बाबजुद यहाँका बालबालिकाको शिक्षाप्रतिको लगावलाई सम्मान गर्दै उहाँहरूले देखाउनुभएको यो उदारताप्रति विद्यालय परिवार,वि. ब्य. स., अभिभावक र सम्पूर्ण समुदायको तर्फबाट हृदयदेखि नै आभार व्यक्त गर्दछाैं। यो निस्वार्थ सेवा र मित्रताका लागि कोरियन टोलीलाई विद्यालय संग जाेड्ने हाेटल ट्रेकर्स प्याराडाइजका सञ्चालक स्वर्गीय सुदिप गाैतमका धर्म पत्नी कविता अर्याल गाैतमलाई धेरै धेरै धन्यवाद! 🇳🇵🇰🇷