20/06/2026
हार्दिक धन्यवाद
यस विद्यालयमा विधालय ब्यवस्थापन समिति सदस्य श्री राज कुमार कोहारले गर्मी मौसमलाई मध्यनजर गरी विद्यार्थीलाई शीतलता प्रदान होस् भनि विद्यालयलाई १थान पंखा उपहार गरी सहयोग गर्नुभएकोमा वहाँहरुलाई विद्यालय परिवारको तर्फबाट धन्यवाद सहित हार्दिक कृतज्ञता ज्ञापन गर्दछ।
19/06/2026
कक्षा १२ पूरक परीक्षा समय तालिका
08/06/2026
यस विद्यालयमा २०८२ सालमा अध्यनरत SEE ग्रेड बृद्धि पुरक परीक्षा केन्द्र श्री राम गोरखा . मा . वि . बहादुरगंज कायम गरिएको व्यवहोरा सम्पूर्ण विद्यार्थीहरुलाई यही सुचना मार्फत जानकारी गराइन्छ ।
08/06/2026
शोक सन्देश
कपिलवस्तु क्षेत्र नं ३ का पूर्व सांसद एव यस श्री लौटन राम द्रोपती देवी मा बि को संस्थापक र पूर्व वि.व्य.समिति अध्यक्ष आदरणीय श्री मंगल प्रसाद गुप्ता ज्यू को आकस्मिक निधनप्रति हाम्रो विद्यालय परिवारले हार्दिक श्रद्धाअञ्जली व्यक्त गर्दछौ। उहाँ को परिवारलाई भगवानले धैर्य धारण गर्ने क्षमता प्रदान गरून् ।
05/06/2026
श्री लौटन राम द्रोपती देवी माध्यमिक बिद्यालय गणेशपुर कपिलवस्तुको सहायक प्रधानाध्यापक जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा आदरणीय मित्र श्री मनोज कुमार शुक्ला सरलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे धेरै धेरै शुभकामना ।
03/06/2026
हार्दिक_बधाई_तथा_सफल_कार्यकालकाे_शुभकामना
आज मिति २०८३/०२/२० गते बुधबारका दिन बिहान ८ बजे यस श्री लोटन राम द्राेपदी देवी मा. वि. विजयनगर -७ गणेशपुरमा बोलाइएको अभिभावक भेलाबाट नव गठित बि. ब्य. स. का ४ जना सदस्य र मिति २०८३/०२/२० गते दिउँसो २ बजे चारजना सदस्यहरूमध्ये सब भन्दा बरिष्ठ सदस्य श्री ज्ञान कुमारी पासी ज्यूको अध्यक्षतामा बसेको नव गठित वि.व्य.स. सदस्यहरूको बैठकले श्री शिव प्रसाद यादव ज्यूलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको छ।
नव गठित वि.व्य.स. का पदाधिकारीहरू:
अध्यक्ष : श्री शिव प्रसाद यादव
सदस्य : श्री ज्ञान कुमारी पासी
सदस्य : श्री राज कुमार काेहार
सदस्य : श्री मन्जु देवी चाैधरी
पदेन सदस्य : श्री दिनेश कुमार चाैधरी (वडा अध्यक्ष )
शिक्षक प्रतिनिधि : श्री पूर्ण प्रसाद गुप्ता
सदस्य सचिव : श्री श्याम प्रकाश चाैधरी (प्र.अ.)
नवनियुक्त अध्यक्ष लगायत सम्पूर्ण सदस्य महानुभावहरूलाई हार्दिक बधाई! वहाँको नेतृत्वमा विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
02/06/2026
भोलि मिति २०८३/०२/२० गते यस विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्नु पर्ने भएकोले सम्पूर्ण अभिभावकहरु बिहान ठिक ८ बजे उपस्थित भई दिनु हुन अनुरोध गरिन्छ।