Shree Buddha Jyoti Basic Level School Kaudidihawa

Shree Buddha Jyoti Basic Level School Kaudidihawa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Buddha Jyoti Basic Level School Kaudidihawa, School, Krishnanagar-7 Kaudidihawa Kapilvastu, Kapilvastu.

आज मिति २०८३/०२/२० गतेका दिन यस श्री बुद्ध ज्योति आधारभूत विद्यालय, कृष्णनगर–०७, कौडीडिहवाबाट सरुवा भई श्री राम गोरखा मा...
03/06/2026

आज मिति २०८३/०२/२० गतेका दिन यस श्री बुद्ध ज्योति आधारभूत विद्यालय, कृष्णनगर–०७, कौडीडिहवाबाट सरुवा भई श्री राम गोरखा मा.वि., बहादुरगञ्जमा जानु भएकी नगर अनुदान शिक्षिका साधना चौधरीज्यूलाई नयाँ कार्यस्थलमा सफल कार्यकाल, उत्तरोत्तर प्रगति तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं। यहाँले विद्यालयमा पुर्‍याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ। साथै, श्री जनता आधारभूत विद्यालय, पुरुषोत्तमपुरबाट सरुवा भई हाम्रो विद्यालयमा आउनुभएकी नगर अनुदान शिक्षिका शीला कुमारी चौधरीज्यूलाई हार्दिक स्वागत गर्दै विद्यालय परिवारको तर्फबाट सफल कार्यकाल, सुखद अनुभव तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदानका लागि शुभकामना व्यक्त गर्दछौं। उहाँहरू दुवैको सम्मानमा आयोजित बिदाइ तथा स्वागत कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण विद्यालय परिवारलाई बधाई तथा धन्यवाद। शिक्षा क्षेत्रको उन्नति र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा यहाँहरूको योगदान अझ प्रभावकारी रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं। 🌹🙏

सूचनाआज मिती २०८३/०२/०५ गते मङ्गलबारदेखि अत्याधिक गर्मीको कारणले यस श्री बुद्ध ज्योति आधारभूत विद्यालय काैडीडिहवामा पठनप...
19/05/2026

सूचना
आज मिती २०८३/०२/०५ गते मङ्गलबारदेखि अत्याधिक गर्मीको कारणले यस श्री बुद्ध ज्योति आधारभूत विद्यालय काैडीडिहवामा पठनपाठन बिहानको समयमा (६:३०-१२.३०) सञ्चालन भएकाे जानकारी सम्पूर्ण अभिभावकज्यूहरूमा अवगत गराइन्छ।
तसर्थ, आफ्ना नानीबाबुहरूलाई समयमै विद्यालयमा पठाइदिनुहुन तथा विद्यालय बिदा भएपछि बाल बिकास केन्द्र र कक्षा-१ का सा-साना नानीबाबुहरूलाई घरसम्म लैजाने कार्यमा आवश्यक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
विद्यालय प्रशासन

यस बिद्यालयमा  २०८३ बैशाख २१ गते देखि बिद्यार्थीहरूकाे पठ्नपाठन सुरू भएकाे हुँदा बिद्यालयमा भर्ना हुन बाँकी वा भर्ना गरा...
07/05/2026

यस बिद्यालयमा २०८३ बैशाख २१ गते देखि बिद्यार्थीहरूकाे पठ्नपाठन सुरू भएकाे हुँदा बिद्यालयमा भर्ना हुन बाँकी वा भर्ना गराउन इच्छुक रहेका बिद्यार्थीहरूका अभिभावक ज्युहरू अभिलम्ब आ-आफ्ना नानीबाबुहरूलाई बिद्यालयमा उपस्थित भई भर्ना गराउनु हुन सवैसराेकारवालाहरूमा जानकारीका लागि अनुराेध छ ।

यस श्री बुद्ध ज्योति आधारभूत विद्यालय, कौडीडिहवा, कृष्णनगर–०७, कपिलवस्तुमा शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभ...
28/04/2026

यस श्री बुद्ध ज्योति आधारभूत विद्यालय, कौडीडिहवा, कृष्णनगर–०७, कपिलवस्तुमा शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियान कार्यक्रम मिति २०८३ बैशाख १५ गते देखि सुरु भएकाे सम्पूर्ण अभिभावक, विद्यार्थी तथा सरोकारवाला महानुभावहरूमा जानकारी गराइन्छ। साथै
नयाँ शैक्षिक सत्रका लागि बाल बिकास कक्षा देखि कक्षा ५ सम्म भर्ना खुला गरिएको हुँदा आफ्ना बालबालिकाहरूलाई समयमै भर्ना गराई उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउनु हुन हार्दिक अनुरोध गरिन्छ। विद्यालयमा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षा, अनुशासनयुक्त वातावरण तथा आवश्यक शैक्षिक सामग्रीको व्यवस्था गरिएको छ।

13/04/2026

नयाँ बर्ष २०८३ सालको अवसरमा सम्पूर्ण अभिभावक , विद्यार्थी , वि. व्य.स. , शि. अ. सं.का पदाधिकारी , शिक्षक कर्मचारी एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीजनहरुमा सुख, समृद्धि , शन्ति रहोस भनि हार्दिक शुभकामना व्यक्त गर्दैछौ
कौशल किशाेर यादव राम बहाल अहिर
प्रधानाध्यापक अध्यक्ष
एवं
सम्पूर्ण विद्यालय पारिवार

आज मिति २०८२/१२/२२ गते, श्री बुद्ध ज्योति आधारभूत विद्यालय, कौडीडिहवामा शैक्षिक सत्र २०८२ को नतिजा प्रकाशन तथा पुरस्कार ...
05/04/2026

आज मिति २०८२/१२/२२ गते, श्री बुद्ध ज्योति आधारभूत विद्यालय, कौडीडिहवामा शैक्षिक सत्र २०८२ को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

मिति २०८२/१२/१७ गते यस श्री बुद्ध ज्योति आधारभूत विद्यालय, कृष्णनगर–०७, कौडीडिहवामा अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन...
31/03/2026

मिति २०८२/१२/१७ गते यस श्री बुद्ध ज्योति आधारभूत विद्यालय, कृष्णनगर–०७, कौडीडिहवामा अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) र शिक्षक अभिभावक संघ (शि.अ.सं.) लगायत सम्पूर्ण सरोकारवाला बीच वार्षिक परीक्षाको समीक्षा तथा नतिजा प्रकाशन विषयमा विस्तृत छलफल सम्पन्न भयो। कार्यक्रममा आगामी शैक्षिक सत्र २०८३ मा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उपायहरूबारे अन्तरक्रिया गरियो। सहभागीहरूले विद्यालय सुधार, विद्यार्थी उपलब्धि वृद्धि र अनुशासन सुदृढीकरणमा जोड दिएका थिए। कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पूर्ण अभिभावक, शिक्षक, व्यवस्थापन समिति तथा सरोकारवाला हरूमा विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ।

आज मिति २०८२/१२/१२ गतेका दिन यस श्री बुद्ध ज्याेति आधारभूत बिद्यालय कृ्षणनगर-०७, काैडीडिहवामा कृष्णनगर नगरपालिकाकाे शिक्...
26/03/2026

आज मिति २०८२/१२/१२ गतेका दिन यस श्री बुद्ध ज्याेति आधारभूत बिद्यालय कृ्षणनगर-०७, काैडीडिहवामा कृष्णनगर नगरपालिकाकाे शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्री कौशल कुमार तिवारी ज्यु वार्षिक परीक्षा २०८२ को अनुगमनका क्रममा हाम्रो विद्यालयमा प्रथम पटक आगमन गर्नुभएकोमा विद्यालय परिवार हार्दिक स्वागत तथा अभिनन्दन व्यक्त गर्दछ। यस महत्वपूर्ण अवसरमा यहाँको उपस्थितिले हामीलाई अत्यन्त प्रेरणा प्रदान गरेको छ। शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि तथा समग्र विकासमा तपाईंको मार्गदर्शन अमूल्य रहने विश्वास व्यक्त गर्दछौँ। विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरू तपाईंप्रति आभार प्रकट गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

हाेलीकाे शुभकामना आदान प्रदान
02/03/2026

हाेलीकाे शुभकामना आदान प्रदान

जय माँ सरस्वती बसन्त पन्चमी विशेष सम्पूर्ण शिक्षक स्टाफ
23/01/2026

जय माँ सरस्वती
बसन्त पन्चमी विशेष सम्पूर्ण शिक्षक स्टाफ

Address

Krishnanagar-7 Kaudidihawa Kapilvastu
Kapilvastu

Telephone

+9779857055591

Website

Alerts

Be the first to know and let us send you an email when Shree Buddha Jyoti Basic Level School Kaudidihawa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Buddha Jyoti Basic Level School Kaudidihawa:

Shortcuts

Share

Category