16/06/2026
अलंकार आधारभुत बिधालय निवर्तमान वि.व्य.स अध्यक्ष श्री Ramlal Rana ज्युको बिदाई कार्यक्रम 🌺🌹 वहाले आफनो कार्यकालमा गर्नु भएको कामको उच्च कदर गर्दै आज बिधालयले बिदाई गरेको छ ।बिदाईकै क्रममा अध्यक्ष ज्युले बिधालयलाई रु ११००० एघार हजार रुपैया बराबरको खेलकुद तथा शैक्षिक सामग्री बिधालयलाई हस्तान्तरण गर्नु भयो
साथै स्कुलमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि स्कुलमा रहेको गरिब तथा जेहन्दार विद्यार्थीहरुको लागि खडा भएको अक्ष्ायकोषमा रु १०००० सहयोग गर्नु भएको छ । हाल सो अक्ष्ायकोषमा ६११५१ रुपियाँ जमा भएको छ ।
14/06/2026
आज मिति २०८३ साल जेठ ३१ गते आईतबारका दिन यस श्री अलंकार आधारभूत विद्यालय पुनर्वास १० बिकास बस्तीको नेपाल सरकारद्वारा मिति २०८३ साल वैशाख २० गते जारी गरिएको "केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८३" ले शिक्षा ऐन, २०२८ को दफा १२ को उपदफा (१) को खण्ड (ग) खारेज गरेसँगै पूर्व गठित वि. व्य.स.को पुनर्गठन गरिएको छ। जस अन्तर्गत शिक्षा ऐन २०२८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम श्री नारद राना ज्यु अध्यक्ष पदमा सर्वसहमत चयन हुनुभएको छ।
25/05/2026
बिदा सम्बन्धि सुचना
अब बिधालय सञ्चालन 2083/2/18 गते देखि
नियमित संचालन हुनेछ । Babita Badayak Ramlal Rana Bimala Aryal Bhandari Anita Rana
13/05/2026
निर्देशन अनुसार ३० दिन बर्षे बिदा सहितको बार्षिक कार्य तालिका
07/05/2026
विद्यालयमा शैक्षिक सामग्रीहरू निर्माण गर्दै हुनुहुन्छ ? प्रारम्भिक कक्षा (कक्षा १ देखि ३) मा एकीकृत पाठ्यक्रमले आवश्यक देखेका यस्ता सामग्री निर्माण गर्न र संकलन गर्न सक्नुहुन्छ ।
#शिक्षण_सिकाइ_सामग्री
Credit: Purushottam giri