01/10/2026
असल अभिभावक बन्न निम्न कुरामा ध्यान दिनुपर्ने रहेछ 🙏
# स्कुल पठाउनुअघि तयारी हेर्नुहोस्।
कापी, कलम, किताब, ड्रेस, जुत्ता–मोजा लगायत आवश्यक सामग्री व्यवस्थित छन् कि छैनन्, कहिलेकाहीँ आफैँ हेर्नुहोस्।
#. बेला–बेला स्कुल पुग्नुहोस्।
बच्चाले कस्तो पढिरहेको छ, उसको व्यवहार र प्रगति कस्तो छ भनेर शिक्षकसँग बुझ्नुहोस्।
#बच्चाकै #अगाडि #शिक्षकसँग #विवाद #नगर्नुहोस्।
#असहमति #भए #पनि #सम्मानपूर्वक #विद्यालय #प्रशासन वा #शिक्षकसँग #छुट्टै #कुरा #गर्नुहोस्।
#. घरमा पनि सिकाइको वातावरण बनाउनुहोस्।
स्कुलले मात्र होइन, अभिभावकले पनि आफ्नो क्षमताअनुसार बच्चालाई सम्झाउने, सिकाउने र साथ दिने गर्नुहोस्।
# #शिक्षकलाई #धन्यवाद #भन्न #कञ्जुस्याइँ #नगर्नुहोस्।
#एक #शब्दको #सम्मानले #शिक्षकलाई #अझ #जिम्मेवार र #उत्साहित #बनाउन # सक्छ।
# ‘ #पैसा #तिरेपछि #सबै जिम्मेवारी स्कुलको’ नठान्नुहोस्।
विद्यालय र अभिभावक दुवैको सहकार्यबाट मात्र बालबालिकाको राम्रो भविष्य निर्माण हुन्छ।
# कक्षामा चियोचर्चो वा छड्के जाँच गर्न नखोज्नुहोस्।
विश्वासको वातावरण बनाउनुहोस्। समस्या भए शिक्षकसँग संवाद गर्नुहोस्।
# बच्चालाई अरूसँग तुलना नगर्नुहोस्।
“फलानोको छोरा/छोरी त यस्तो छ…” भन्ने वाक्यले प्रेरणा होइन, हीनभावना जन्माउन सक्छ।
# छोराछोरीबीच भेदभाव नगर्नुहोस्।
छोरा होस् वा छोरी—माया, अवसर र सम्मानमा समानता हुनुपर्छ।
# बच्चाको अगाडि धुम्रपान र मद्यपान नगर्नुहोस्।
बच्चाले तपाईंको कुरा मात्र होइन, तपाईंको व्यवहार पनि सिकिरहेको हुन्छ।
#. बालबालिकाको अगाडि झगडा नगर्नुहोस्।
घरको वातावरणले बच्चाको मन र व्यवहारमा गहिरो प्रभाव पार्छ।
# बच्चाको अगाडि स्कुल र शिक्षकको नकारात्मक कुरा नगर्नुहोस्।
समस्या छ भने विद्यालयमै आएर समाधान खोज्नुहोस्।
# चित्त नबुझेको कुरा विद्यालयमै राख्नुहोस्।
प्रिन्सिपल, कोअर्डिनेटर वा सम्बन्धित शिक्षकसँग सभ्य र समाधानमुखी संवाद गर्नुहोस
#‘पढ मात्र’ नभन्नुहोस्।
उमेरअनुसारका घरायसी काम सिकाउनुहोस्—आफ्नो सामान मिलाउने, कोठा सफा गर्ने, पानी राख्ने, कपडा मिलाउने आदि
स्कुलले बोलाएको बेला सकेसम्म उपस्थित हुनुहोस्।
# अंकभन्दा प्रयासको पनि प्रशंसा गर्नुहोस्।
# हरेक बच्चाको गति फरक हुन्छ। उसले हिजोभन्दा आज केही राम्रो गरेको छ भने त्यो पनि उपलब्धि हो।
# बच्चालाई सधैँ यो महसुस गराउनुहोस्—‘म तिम्रो पक्षमा छु।’गल्ती गर्दा सच्याउनुहोस्, असफल हुँदा साथ दिनुहोस् र सफल हुँदा खुसी मनाउनुहोस्।
बालबालिकाको भविष्य विद्यालयको मात्र जिम्मेवारी होइन घरमा निगरानी,संवाद,र हौसला छैन भने कक्षा कोठाको मेहनतले मात्र सबै समस्या समाधान गर्न सकिदैन 🙏