Tech - Finance & Accounting

Tech - Finance & Accounting

Share

Dream big, hustle harder.

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप 29/10/2023

काठमाडौं : कुमारी बैंकले ऋणपत्र बिक्री नभएपछि म्याद थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर कात्तिक १६ गतेसम्म पुर्याइएको हो । यसअवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ । कुमारी बैंकले कात्तिक २ गते बिहीबारदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो । यसबाट ५% अर्थात् १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । कुमारी बैंकले १० वर्ष अवधिको ‘१०% केबीएल डिबेन्चर २०९०’ जारी गरेको हो ।

यसमा वार्षिक १०% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ । यस ऋणपत्रमा कात्तिक १२ गतेसम्म आवेदन दिन पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई ‘इक्रा एनपी त्रिपल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम सुरक्षित रहेको संकेत गर्छ ।

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप कुमारी बैंक लिमिटेड (@) ले कात्तिक २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। ...

Want your school to be the top-listed School/college in Kanchanpur?

Click here to claim your Sponsored Listing.

Location

Address

Belauri Municipality/5
Kanchanpur
10400