आदरणीय अभिभावकज्युहरुमा सुझाव
---------------------------
बालबालिकाको भौतिक स्वास्थको साथै मानसिक स्वास्थ पनि सहि र सन्तुलित हुनु जरुरी छ ! भौतिक स्वास्थको लागि पोषणयुक्त एबम संतुलित भोजन , आवश्यक पर्ने निद्रा र शारीरिक ब्यायाम आवश्यक छ ! उमेर र उचाइ अनुसार को तौल ( न धेरै बढो न धेरै कम ) हुनु जरुरी छ !@ साथै अहिले सबैभन्दा गम्भीर अनि ध्यान दिनुपर्ने बिषय मानसिक स्वास्थ हो जसमा हाम्रो ध्यान पुगेको देखिदैन ! निम्न कुरोमा ध्यान दिनैपर्छ !
1) बाबू/ नानिहरु खासगरी( 12-13) पछि उनिहरुको मनोबिज्ञानलाई बुझ्ने प्रयास गरौ ! उनिहरुसङ्ग साथिजस्तो ब्यवहार गरौ ताकी हरेक कुरो हामिलाइ सेयर गर्न सकुन !
2) धेरै दबाब र गाली गरेर भन्दा पनि हौसला दिएर या सम्झाएर मात्रै पढाइ लगायत अरु काम गर्न प्रेरित गरौ !
3) आफ्नो छोराछोरीको तुलना अनावश्यक रुपमा अरुसङ्ग नगरौ उनिहरुकै सामुन्नेमा उनिहरुको नकारात्मक टिप्पणी नगरौ यसले उनिहरुमा नकारात्मक असर पर्छ ! कमिकमजोरिलाइ सकारात्मक तरिकाले सुधार्न प्रेरित गरौ !!
4) ठूलो मान्छे बन्नुपर्छ भनेर भन्दापनी असल मान्छे बन्नुपर्छ भनौ !
5) महत्वाकांक्षी हुनुपर्छ तर बढी महत्वाकांक्षी भइयो भने निरासा ल्याउछ त्यसैले जिवनको अन्तिम उदेश्य ठूलो पद प्राप्ती र धन कमाउनु भन्दा पनि जे गरेपनि खुशी र सन्तुष्ट प्राप्त गर्नु हो भन्ने सिकाऔ !
6) सहयोगी र सामाजिक बन्न सिकाऔ !
7) जिवनमा आइपर्ने हरेक कठिनाइको सामना गर्नको लागि तयार पारौ !
8) टिभी ,मोबाइल देखि अरु भौतिक मनोरञ्जनको चिजको लतबाट जोगाऔ !!,नसालुजन्य चिज र गलत सङ्ग्तबाट टाढा राखौ !!
9) सफलतामा मात्रै होइन बालबालिकाको असफलतामा अझै बढि हौसला दिने गरौ !
10) गलत कामलाई निरुत्साहित गरौ तर डरको सङ्गै छोराछोरीलाइ स्नेह र सम्मानपुर्बक ब्यवहार गरौ !!!
11) छोराछोरीहरुको आवश्यकता पूरा गरौ तर हरेक रहर चाहनाहरु पूरा नगरौ यसले पछि गएर असर गर्छ !! अन्तमा न त काम गरिखान्छ्न न सानो कुरामा खुसी र सन्तुष्ट हुन्छ्न र मानसिक रोगी भएर नकारात्मकतामा रमाएर अर्धपागल या पागल भएर घुमिराखेको हामी देखेकै हुन्छौ @ तपाई हामिले किनिदिएको लाखौको चिजबस्तुभन्दा उनिहरुले आफै कमाएको सयौको मात्रै चिजबस्तुमा खुसी र सन्तुष्ट हुन सिकुन !
बाहोर राम्रो देखिन्छ्न तर भित्री रुपमा डिप्रेसन र मानसिक रोगको सिकार भैरहेको पत्तो नै हुदैन ! अन्तमा गलत बाटो अपनाउछ्न !!
नोट -- सिमाभन्दा भन्दा बढी नकारात्मकता तिर गैरहेकोलाई मनोबिज्ञ बाट परामर्श पनि लिनुपर्ने हुन्छ !!
Nav Pratibha school
We teach, you learn, the world benefits!
18/04/2024
शिक्षाको निचोड नै चरित्र निर्माण हो
05/04/2024
🎉 Admission Open for the Academic Year 2081! 🎓
From Nursery to Class IX
Nav Pratibha Public Secondary School for a Bright Future! , . Here's what we offer:
✨ Excellent teachers to inspire and guide students.
🏫 Well-facilitated classrooms.
💻 Technology-based classes for digital literacy and innovation.
🔬 Science lab and computer lab for hands-on exploration.
📚 Library stocked with diverse resources to encourage reading and research.
🚌 Transport facility for safe and convenient commuting.
🎨 Art and music programs to promote creativity and self-expression.
👶 Own canteen.
📍 Address: Bheemdatta 6, Aithpur, Kanchanpur
📞 Contact: 099-590213
✉️ Email: [email protected]
Don't miss this opportunity to become a part of our vibrant learning community! Enroll today and embark on a journey of knowledge and discovery. 📚✨
03/04/2024
We're thrilled to announce that admissions are now open at Nav pratibha public Secondary School for the 2081 BS. Aspiring students are invited to join our esteemed institution and explore a world of opportunities.
💥Admission opens from PG to class 9.
Why Choose Us?
Qualified and experienced faculty.
State-of-the-art facilities.
Robust support services for student success.
Extensive extracurricular activities.
"Seize the opportunity to join a vibrant academic community dedicated to excellence. Apply now and unlock your potential!"
28/03/2024
26/03/2024
एसइई परीक्षार्थीका लागि : नेपाली विषयमा सफल हुन केही टिप्स
१.‘जोडा मिलाउने’ का लागि पाठ्यपुस्तकका शब्दार्थ याद गर्ने ।
२.‘उपयुक्त शब्द पहिचान’का लागि व्याकरण शब्दभण्डार याद गर्नुपर्ने । खाली ठाउँ भर्दा आवश्यक शब्दमात्र नलेखी पूरै वाक्य लेखेर थपिएको शब्दलाई रेखाङ्कन गर्ने । यसमा, सिङ्गो शब्द छान्दा ध्यान पुर्याउने ।
३.‘वाक्यमा प्रयोग’का लागि पाठ्यपुस्तकमै भएका अनुकरणात्मक शब्द, पारिभाषिक–प्राविधिक शब्द, उखान, टुक्का र निपात याद गर्ने । यसमा पारिभाषिक शब्द छान्दा ध्यान पुर्याउने ।
४.(क)‘शुद्ध शब्द छान्ने : यसमा पनि पाठमै प्रयोग भएका शब्द सोधिने हुन् । ब/व, श/ष/स, पञ्चम वर्ण तथा ‘र’ का विभिन्न रूप प्रयोग भएका शब्द समूहमध्ये कुनै २ ओटा शब्द सोेधिने हुँदा यतिमा ध्यान दिए पुग्ने ।
(ख) वाक्य शुद्ध पार्ने : यसमा पनि ह्रस्व, दीर्घ, लेख्यचिह्न, पदयोग/पदवियोग,चन्द्रबिन्दु/शिरबिन्दु,य/ए, क्ष/छ्य, ग्यँ/ज्ञमध्येबाट शुद्ध पार्न सोधिने हुँदा थोरै ध्यान दिएको भए धेरै गाह्रो छैन ।
व्याकरणमा वर्णविन्यास शीर्षक पढ्कै छौँ ।
५.‘शब्दवर्ग/पदवर्ग छुट्याउने’ का लागि व्याकरणको शब्दवर्ग/पदवर्ग पढ्ने । यसमा छ ठाउँमा रेखाङ्कन गरिएको हुन्छ । यीमध्ये एउटा पदवर्ग विचलन भएको दिन्छ । ‘पदवर्ग विचलन’ भनेको एउटा पदवर्गका रूपमा जानिराखेको तर त्यहाँ प्रयोगका कारणले अर्कै पदवर्गका रूपमा रहेको भन्ने बुझ्नुपर्छ । यो विशेषतः “विशेषण : नाम, सर्वनाम : विशेषण, विशेषणः क्रियायोगी”का रूपमा आउँछन् । जस्तै, ‘बूढो मान्छे’ भन्दा यहाँ बूढो विशेषण छ तर ‘यो टोलमा पाँचजना बूढाहरू ९० वर्ष काटेका छन्’ भनियो भने यहाँ ‘बूढाहरू’ नाम हुने भयो । त्यस्तै, ऊ घरभित्र छ । (भित्र : नामयोगी), ऊ भित्र गयो । (भित्र : क्रियायोगी) ।
६.‘उपसर्ग/प्रत्यय पहिचान गर्ने तथा समास/विग्रह र तिनको निर्माण प्रक्रियासमेत गर्नका लागि दिइएको अनुच्छेद राम्ररी पढेर त्यहीँ खोज्ने । उपसर्ग शब्दको देब्रेपट्टि आउँछ र प्रत्यय दाहिनेपट्टि आउँछ भन्ने कुरा हामीलाई थाहै छ । ‘कतिपय उपसर्गहरू नदेखिने गरी आउँछन् भने प्रत्ययहरू त झन शब्दमा टाँसिएका हुन्छन्’ भन्ने कुरा ख्याल गर्ने । तिनको निर्माण प्रक्रिया देखाउन पनि गाह्रो छैन । उपसर्ग र प्रत्ययको सङ्ख्याबारे `प्राक्टिस सेट´को पाठ्यक्रममा हेर्नुभएकै होला ।
समास गर्दा छरिएका शब्द जोड्ने र विग्रह गर्दा जोडिएका शब्द छुट्याउने हुँदै हो ।
७. कुनै पनि कालको पक्षमा परिवर्तनका लागि, काल र पक्षबारे राम्ररी थाहा पाउने ।
लागेको बानी : सामान्य वर्तमान=ऊ दिनको पाँच गिलास चिया पिउँछ ।
छोेको बानी : अभ्यस्त भूत = ऊ दिनको पाँच गिलास चिया पिउँथ्यो ।
काम पहिला भएर पछि थाहा पाएको अज्ञात भूत : डाँडामा हिउँ परेछ । (हिउँ राति नै परेको थियो, बिहान हेर्दा थाहा भयो ।)
सबै कालका अपूर्ण पक्षमा तै÷दै र पूर्ण पक्षमा एको/एकी/एका –आदरार्थीमा `नु भएको´) आउँछ भन्ने कुरा हामीलाई थाहै छ ।
८.–भावका लागि सामान्यार्थ,आज्ञार्थ,इच्छार्थ,सम्भावनार्थ,सङ्केतार्थबारे फेरि एकपटक पढ्ने । कुनै पनि भाव (चार वाक्य)मा बयान गर्दा वाक्यको क्रमबद्धता र शुद्धतामा पनि ध्यान दिऊँ ।
–एउटा लिङ्ग, वचन, पुरुष, आदरमा रहेको वाक्यलाई अर्को लिङ्ग, वचन, पुरुष, आदरमा परिवर्तन गर्न कुनै गाह्रो छैन । यस क्रममा पदसङ्गतिको पनि ख्याल गर्ने ।
९.कोष्ठकमा दिइएका धातु र सङ्केतका आधारमा वाक्य परिवर्तन गर्न वाच्य, प्रेरणाार्थक, वाक्य संश्लेषण÷विश्लेषण, प्रत्यक्ष/अप्रत्यक्ष कथनबारे फेरि एकपटक व्याकरणमा पढ्ने । वाच्य, प्रेरणाार्थक, वाक्य संश्लेषण/विश्लेषणमा कालचाहिँ परिवर्तन नगर्ने ।
१०.अनुच्छेद पढेर–
रेखाङ्कन गरिएको वाक्यमा कारक र विभक्ति चिनेर लेख्नुपर्ने, उद्देश्य र विधेय चिन्नुपर्ने, आलङ्कारिक पदक्रम र व्याकरिणक पदक्रममा परिवर्तन गर्नुपर्ने हुन्छ । सरल, मिश्र र संयुक्त वाक्यमा परिवर्तन गर्नुपर्ने पनि हुन्छ । यसबारे हामी जानकार नै छौँ ।
११.पाठ्यपुस्तकमा नभएको अनुच्छेद (अनसिन प्यासेज) दिएको हुन्छ—त्यो पढेर चारओटा प्रश्नको उत्तर दिनुपर्ने । यस्ता प्रश्नको उत्तर लेख्दा अनुच्छेदमा दिइएको कुरा जस्ताको तस्तै नसार्ने । प्रश्न जुन कालमा सोधिएको छ उत्तर पनि त्यही कालमा लेख्ने । कतिपय प्रश्नको उत्तर लेख्दा मौलिक उत्तर लेख्नुपर्ने हुँदा, दिइएको अनुच्छेद राम्ररी बुझेर पढ्ने । प्रश्न कुन क्रियामा टुङ्गिएको छ भन्ने कुरा ख्याल गर्ने ।
१२.बुँदाका आधारमा कथा वा जीवनी लेख्नुपर्नेबाट १ र वादविवाद, मनोवाद र संवादमध्ये १ को उत्तर लेख्नुपर्ने गरी जम्मा दुईओटा प्रश्न सोधिएको हुन्छ । यिनमा पनि एउटा मात्र प्रश्नको उत्तर लेखे पुग्ने भएकोले, कथा वा जीवनी लेख्न जाने हुने भयो । यी दुवैमा शीर्षक लेख्नचाहिँ नबिर्सने ।
१३.कार्यालयीय चिठी/निवेदन/व्यावसायिक चिठी/सम्पादकलाई चिठीमध्येबाट १ र समाचार लेखन/विज्ञापन/निमन्त्रणापत्र लेखन १ गरी दुईओटा प्रश्न सोधिए पनि कुनै १ को मात्र उत्तर लेख्दा हुने भएकोले सोहीअनुसार तयार हुने । चिठी लेख्दा पूरै एक पेज खर्च गरौँ ।
१४. बुँदा टिपोट गर्नुपर्ने र सारांश लेख्नुपर्ने अनुच्छेद पाठ्यपुस्तककै पाठबाट आउँछ । बुँदा टिपोट गर्दा, दिइएको अनुच्छेद राम्ररी पढेर टिप्ने । वाक्य नटुङ्ग्याउने । सारांश लेख्दाचाहिँ वाक्य टुङ्ग्याउने र सुहाउँदो शीर्षक दिन पनि नबिर्सने ।
१५.पाठ्यपुस्तककै कथा वा कविताबाट दिइएको अनुच्छेद पढेर उत्तर दिनुपर्ने प्रश्न (२ ओटा)मा, उत्तर ५÷७ वाक्यको मात्र लेख्ने । अनावश्यक लामो र गन्थने उत्तर लेखेर अङ्क नपाइने । साथै उत्तरका लागि त्यही अनुच्छेद सार्नु नहुने । उक्त अनुच्छेद जुन पाठबाट निकालिएको हो, त्यो पाठ राम्ररी बुझेको हुनुपर्ने ।
त्यस्तै निबन्ध,जीवनी वा रुपकबाट सोधिएका प्रश्न (२ ओटा)को उत्तर लेख्दा पनि मूल अनुच्छेद नै सार्ने नगरी प्रश्नले मागेको कुरो मात्र मौलिक शैलीमा लेख्ने । उक्त अंशले दिन सक्ने लाक्षणिक अर्थसमेत ठम्याएर उत्तर लेख्नुपर्ने ।
१६.आफ्नो विचार दिनुपर्ने तार्किक उत्तर लेख्दा, पहिला पाठमा भएको सन्दर्भ लेख्ने । त्यसपछि कल्पना गरेर तार्किकरूपमा आफ्ना विचार लेख्ने । यस्तो उत्तर दुई अनुच्छेदमा हुनुपर्ने ।
१७.भावविस्तार वा व्याख्या दुईओटा(एउटा कविताबाट आउने)–मध्ये एउटा गर्नुपर्छ । यो सामान्यतः तीनओटा अनुच्छेदमा गरिन्छ । उक्त पङ्क्तिले दिने सिधा अर्थभन्दा पनि लाक्षणिक अर्थमा ध्यान दिनुपर्छ । स्मरणीय छ : प्रश्नमा दिइएको अंश सार्नैपर्छ, सुरुका दुई शब्द र अन्तिमका दुई शब्द भए पनि । त्यो प्रस्तुतै नगरी, ‘प्रस्तुत हरफ’ भन्न मिल्दैन ।
१८.समीक्षात्मक उत्तर लामो हुन्छ । यो लेख्दा तीन खण्डमा लेख्नुपर्छ :
पहिलो अनुच्छेदमा : लेखकको नाम र लेखनको मूल विधाको चिनारी
दोस्रो अनुच्छेदमा : प्रश्नमा केन्द्रित भएर पाठको तर्कपूर्ण विश्लेषण, सम्बन्धित अंशले दिने अनेकौँ अर्थ,प्रेरणा र सन्देशको सामान्य चर्चा
तेस्रो अनुच्छेदमा : कविता भए छन्द र लयको चर्चा, निबन्ध भए विचारको चर्चा, कथा भए सन्देशको चर्चा गर्दै प्रश्नको आशयमा केन्द्रित रहेर उत्तर टुङ्ग्याउने । यस क्रममा प्रश्नको अन्तिम क्रियापदलाई ध्यान दिने ।
१९.निबन्ध लेख्दा उक्त शीर्षकबारे आफूले पहिल्यै जानेको/बुझेको कुरा लेख्ने हो । यसका लागि हामीमा अध्ययनशीलता र लेख्ने अभ्यास पनि भएको हुुनुपर्यो । निबन्ध लेखनमा पनि परिचय खण्ड, व्याख्या खण्ड र निष्कर्ष खण्ड गरी तीन खण्डमा बाँडेर लेख्न सकिन्छ । सोधिएका तीनओटा शीर्षकमध्ये एउटाको मात्र लेखिने र १५० शब्दको मात्र भए पुग्ने । (यो टिप्स यहाँसम्म ९७० शब्दको छ । शीर्षकदेखि माथि ५ सम्म २३२ शब्द ! भनेपछि निबन्ध, लामो नलेख्दा हुने भयो ।)
–समयको ख्याल गरौँ । सफलताको शुभकामना !
24/03/2024
#एसईईपरीक्षामा यसरी राम्रो गर्न सकिन्छ
एसईई परीक्षालाई विद्यार्थी र अभिभावकले गाह्रो र कठीन ठान्ने अनि मनोवैज्ञानिक भयमा रहने गरेका छन् । तर त्यस्तो विल्कूल होइन, एसईई परीक्षालाई पनि अन्य परीक्षा जस्तै सहज रुपमा लिएर पूर्ण आत्मविश्वासका साथ उत्तर लेखेमा राम्रो नतिजा ल्याउन सकिन्छ । अनावश्यक तनाव लिने कारण धेरै परीक्षार्थीले जानेका कुरा पनि बिर्सने र राम्ररी लेख्न नसकेर नतिजा बिगार्ने गर्छन् । यसकारण निम्न कुराहरुलाई परीक्षार्थीहरु र अभिभावकहरुले समेत ध्यान दिई व्यवहारमा कार्यान्वयन गरेमा परीक्षामा सफलता प्राप्त गर्न सक्दछन् । एसईई परीक्षामा कसरी राम्रो गर्ने भन्ने सम्बन्धमा विद्यार्थी र अभिभावकलाई उपयोगी र सहयोगी हुन सक्ने केही टिप्सहरु यस्ता छन् ।
१. अघिल्लो दिनको तयारी
– घरमा अभिभावकहरुले रमाईलो वातावरणको सिर्जना गर्नका लागि सहयोग गरिदिने । कुनै प्रकारको तनाब उत्पन्न हुने खालका कृयाकलापहरु घरमा हुन नदिनका लागि पहल गर्ने ।
– सकेसम्म परीक्षाको समयमा अभिभावकहरु आफ्ना बालबालिकाहरुसँगै बस्ने । परीक्षा केन्द्रसम्म आफैले पु¥याइदिने र उत्साह भर्ने काम गर्ने ।
– भोलि परीक्षा छ, पढ पढ .. भनेर छोराछोरीहरुलाई दवाव नदिने । स्वतन्त्र रुपमा छाडिदिने । सल्लाह मात्र दिने र निगरानीमात्र राख्ने ।
–परीक्षाको अघिल्लो दिन शरीरलाई अपच हुने किसिमले खाना नखाने । पानी प्रशस्त पिउने ।
– परीक्षाका लागि आवश्यक पर्ने सामग्रीहरु जस्तै कलम, जियोमेट्री बक्स, क्याल्कुलेटर र प्रवेशपत्र एकैस्थानमा ठिक्क पारेर राख्ने ।
– राती अबेरसम्म नबस्ने, सुत्नुअघि एक गिलास मनतातो पानी पिएर सुत्ने बरु विहान सबेरै उठेर आफ्नो तयारीका साथै पुनरावलोकन गर्ने ।
– परीक्षा केन्द्रमा पुगेर वा परीक्षाको दिन नयाँ कलम किन्नु हुँदैन । आफूले लेखिरहेको कलम कम्तिमा ३ वटा जति ठिक्क पारेर राख्नुपर्छ ताकि कलमको कारणले परीक्षामा धोका नहोस् । )
२ . परिक्षाको दिन
विहान आफूले आस्था राखेको भगवानको आराधना गर्ने वा प्रार्थना गर्ने यसले आपूmप्रति आत्मविश्वास जगाउन मद्दत गर्दछ ।
–विहान हल्का नास्ता खानुपर्छ भोकै परीक्षा दिन जानु हुँदैन ।
–विद्यालय पोशाक वा हल्का रङका पोशाकहरु लगाउनु पर्छ । आफूलाई सहज हुने पोशाक लगाउने ।
– परीक्षाका लागि प्रवेशपत्र लगायत अघिल्लो दिन नै तयारी गरेका सामग्रीहरु लैजान कुनै हालतमा पनि नबिर्सने ।
– सकभर सम्भव भएसम्म आफ्ना घरपरिवारका सदस्यहरुसँग नै परीक्षा केन्द्रमाड्ड जानु पर्दछ । नभए आफ्नो मन मिल्ने साथीहरुसँगै रमाईलो कुराकानी गर्दै परीक्षा केन्द्रमा जानुपर्छ । यसरी गरिने कुराकानीहरुमा केही रुपमा विषयवस्तुहरु पनि समेटिउन् ।
– पहिलो दिनमा ४५ मिनेट अगाडी र अरु दिनमा आधा घण्टा अघि परीक्षा केन्द्रमा पुग्ने गरी पूर्ण तयारीका साथ घरवाट निस्कनु पर्दछ ।
३. परीक्षा केन्द्र जाँदा –
– आफूले परीक्षाको लागि आवश्यक पर्ने सामग्रीहरु वाटोमा सुरक्षित साथ लैजानका लागि ध्यान दिनुपर्दछ ।
– मनमा कुनै पनि डर र त्रासको भावना पैदा हुने कुराहरु कत्तिपनि सोच्नु हुँदैन । सबै मैले पढेका विषयहरु त हुन् जानेकै र पढेकै पाठहरुवाट नै प्रश्नहरु आउने हुन् भन्ने कुरा मनमा सोच्नुपर्दछ ।
४. परीक्षा केन्द्रमा पुगेपछि
– गेटमा पुगेर सुरक्षाकर्मी वा कसैलाई प्रवेश पत्र देखाएर भित्र पस्नुपर्ने हुन्छ । त्यसैले त्यसको पूर्व तयारीका साथ गेटमा पुग्ने ।
– परीक्षाकेन्द्रमा पुगेर कुनै पनि कुरा पढ्ने घोक्ने वा रट्ने गर्नु हुँदैन र साथीहरुसँग धेरै कुराकानी नगरीकन आफूले जांच दिने कोठा खोज्नतर्फ लाग्नुपर्छ ।
– आफ्नो कोठा पत्ता लागिसकेपछि १५ मिनेट अगावै परीक्षा हलमा पसेर आफ्नो सिम्बोल नम्बर भएको स्थानमा बस्नुपर्दछ ।
५. परीक्षा हलमा
– परीक्षा हलमा परीक्षार्थीले विताउने तीन घण्टाको समय निकै महत्वपूर्ण हुन्छ । यस समयको सही सदुपयोग र केही सामान्य कुराको हेक्का राख्न सकिएमा परीक्षामा सोधिएका प्रश्नहरुको समाधान सहज रुपमा दिन सकिन्छ । कतिपय विद्यार्थीहरुलाई यस कुराको सही ज्ञान नहुँदा परीक्षा सकिएपछि पछुताउनु वाहेक अरु केही हुँदैन ।
क) उत्तरपुस्तिका पाएपछि –
– सर्वप्रथम उत्तर पुस्तिकाको अवस्था हेर्ने यदि कतै च्यातिएको छ वा कतै खुम्च्एिको उत्तर पुस्तिका छ भने तुरुन्त निरीक्षकलाई भनेर कपी साट्नु पर्दछ ।
– उत्तर पुस्तिकामा आफ्नो नाम नलेखी सिम्बोल नम्बर अंक र अक्षर दुबैमा स्पष्टसँग केरमेट नगरीकन लेख्नुपर्दछ
– सिम्बोल नम्बरलाई पुनः प्रबेशपत्र अनुसार जाँच गरि मिले नमिलेको एकिन गर्नु पर्दछ । अन्य विवरणहरुमा परीक्षाको मिति, विषय, पत्र, स्क्रिप्ट (भाषा), राम्ररी नआत्तिईकन लेख्नुपर्दछ ।
– मार्जिन मिलाउने अनि संभव भएसम्म दायाँ, बायाँ धर्का तान्ने गर्नुपर्दछ । (कपीमा नै पहिल्यै धर्का भएमा तान्नु आवश्यक छैन ।)
– आफ्ना सबै सामग्रीहरुको पूर्ण रुपमा तयारी गरी राख्नुपर्दछ ।
– यी सबै काम सकेपछि धैर्य भएर प्रश्नपत्रको प्रतिक्षा गरी बस्नुपर्छ ।
ख) प्रश्नपत्र पाएपछि –
– प्रश्नपत्र पाएपछि प्रश्नहरु पुरा भए वा नभएको, नछापिएको, काटिएको, मधुरो भएको अवस्थामा निरीक्षकलाई तुरुन्त जानकारी गराई अर्को प्रश्नपत्र लिनु पर्दछ । सवै प्रश्नहरुलाइ सर्सती एकपटक हेर्नु पर्दछ । यसरी पहिल्यै हेरिएमा ढुक्क हुन सकिन्छ र मस्तिष्कमा उत्तरको खाका पनि तयार हुँदै जान्छ ।
ग) प्रश्नहरु समाधान गर्ने क्रममा –
– प्रश्न समाधान गर्नुपूर्व प्रत्येक प्रश्नहरुको प्रश्न नम्बर अनिवार्य रुपमा लेख्नु पर्दछ । प्रश्न नसारीकन उत्तर लेख्नुपर्दछ ।
जस्तै ः प्रश्न नम्बर १ को उत्तर
– विशेष गरी व्याकरणमा खाली ठाउँ भर्ने, सही उत्तर छानेर भर्ने जस्ता प्रकृतिका प्रश्नहरुमा भने प्रश्न लेख्ने गर्नु पर्दछ । प्रश्नमा दिइएको निर्देशन राम्ररी अध्ययन गरी उत्तर लेख्नु पर्दछ ।
– संभव भएसम्म क्रमानुसार नै प्रश्नहरुको समाधान गर्नु राम्रो हुन्छ । कुनै प्रश्नको उत्तर नआएमा त्यसलाई छोडेर अर्को प्रश्नको उत्तर लेख्नुपर्छ । त्यही प्रश्नमा नै अल्झिएर समय खेर फाल्नु हुँदैन ।
– फरक छुट्टयाई लेख्नुपर्ने, पत्र लेख्नुपर्ने, चित्र बनाउनुपर्ने जस्ता प्रश्नको समाधान सकेसम्म एउटै पेजमा अट्नेगरी लेख्नुपर्दछ । कुनै पेजमा उत्तर लेखेर थोरै मात्र ठाउँ छ भने अर्को पेजमा लेख्नुपर्दछ ।
– प्रत्येक प्रश्नको उत्तर लेखिसकेपछि दुई लाईन जति छाडेर अर्को प्रश्नको उत्तर लेख्नुपर्दछ । यसो गर्दा कपी सफा र आकर्षक देखिन्छ ।
– कलममा मसीको प्रयोगका हकमा भने सकभर नीलो मसी प्रयोग गर्दा धेरै राम्रो हुन्छ । चित्र सिसा कलमले बनाउनु पर्दछ । कलमको मसी वा कलम नै परिवर्तन गर्नुपर्ने अवस्था आएमा निरीक्षकलाई जानकारी गराएर हस्ताक्षर गराई मात्र प्रयोग गर्नु पर्दछ ।
– कुनै दुईको वा तीनको मात्र उत्तर दिनुहोस् भनिएका निर्देशनहरुलाई राम्ररी बुझेर मात्र उत्तर लेख्नु पर्दछ नत्र अनावश्यक रुपमा बढि प्रश्नहरु हल गर्दा समय पुग्दैन । अन्य प्रश्न छुट्न सक्छन् ।
– परीक्षा हलमा साथीहरुसँग कुराकानी गर्नु हुँदैन । परीक्षाको मर्यादालाई कायम राखी उत्तर लेखनमा व्यस्त रहनु पर्दछ ।
– हाजिरी अनिवार्य रुपमा गर्नु पर्दछ । हाजिरी विवरण भर्दा आफ्नो सिम्बोल नम्बर, मूल कपीनम्बर, विषय, आफ्नो नाम र हस्ताक्षरका विवरणहरु राम्ररी नआत्तिएर भर्नुपर्दछ । नबुझेमा निरीक्षकलाई सोध्नुपर्दछ ।
– जुन प्रश्नहल गरिन्छ त्यसलाई प्रश्नपत्रमा सानो ठीक लगाउनु पर्दछ । जसले गर्दा प्रश्नहरु छुट्ने सम्भावना हुँदैन ।
– कपि सकिनुभन्दा ५ मिनेट अगावै निरीक्षकसँग उठेर थप कपी माग्नुपर्दछ । पूर्ण रुपले सकिएपछि मात्र कपी माग्नु हुँदैन यसो गर्दा कपी माग्दा निरीक्षकले कपी ल्याएर दिँदा एक, दुई मिनेटको समय त्यसै खेर जान्छ । परीक्षामा सेकेण्ड समयको पनि निकै महत्व हुन्छ । अगाडी नै थप कपी मागेर निरीक्षकले कपी दिँदै गर्दाको समयमा पनि आफूले लेख्दै गर्नुपर्दछ ।
घ) सबै प्रश्नको उत्तर लेखेपछि –
– सकभर समयको व्यवस्थापन गरेर अन्तिममा १० देखि १५ मिनेट बचाउनु पर्दछ । यो बाँकी समयमा लेखेका उत्तरहरु पढ्ने कतै केही गल्ती भेटिएमा सुधार गर्ने धेरै नै शब्द गल्ती भेटिएमा धेरै फोहर नगरीकन एक लाईनले चट्ट काटेर सफा अक्षरमा लेख्नुपर्दछ । कतै केही कुरा छुट भएमा पनि लेख्न सकिन्छ ।
– खाली ठाउँमा भरेका शब्दलाई अन्डरलाइन गर्नुपर्दछ ।
– समय भएमा आफूले लेखेका उत्तरहरु (हिसाब आउने विषयहरुका हकमा) प्रश्नपत्रमा टिपोट गर्नुपर्दछ ।
– कपीको अन्तमा समाप्त, द्यभकत या गिअप, आफ्नो सम्पर्क फोन
नम्बर, कपी परीक्षकहरुलाई आफ्ना कथा ब्यथाहरु लेख्ने अनि मलाई जसरी पनि पास गरिदिनुहोला लगायतका अनुनय विनयका कुराहरु पटक्कै लेख्नुहुँदैन । सही उत्तर लेखिएका कपीहरुको सही रुपमा मूल्याङ्कन हुन्छन् । त्यस्ता कुराहरु लेखिएमा कुनै अर्थ रहँदैन ।
ङ) उत्तरपुस्तिका बुझाउँदा –
– राम्ररी सबै थप कपीहरु राम्ररी स्टिच (नथ्थी) गर्नु पर्दछ । संभव भएसम्म स्टिच मेशीन पनि आँफैले लैजाँदा राम्रो हुन्छ ।
– कपी थपीएको विवरण मूलउत्तर पुस्तिकामा उल्लेख गर्नुपर्दछ जसका लागि निरीक्षकलाई वा आँफैले पनि ं१ं प्लस १ प्लस ं१ लेख्नुपर्दछ । आँफैले लेखेमा निरीक्षकसँग रुजु गराउनु पर्दछ ।
–उत्तरकपी परीक्षा हलमा खटिएका निरीक्षलाई नै बुझाउनुपर्दछ ।
च) परीक्षाहलवाट बाहिरिनु अगाडि –
– प्रवेशपत्र लगायत आफ्ना सम्पूर्ण परीक्षाका सामग्रीहरु सम्झेर ल्याउनुपर्दछ ।
छ) हल बाहिर निस्केर –
– परीक्षा के भयो कस्तो भयो भनेर साथीहरुसँग सामान्य रुपमा छलफल हुनु त स्वभाविकै हो तर यसमा धेरै समय खर्चिनु हुँदैन ।
– खुसी भएर मैले जे गरेको छु राम्रो गरेको छु भन्ने सम्झिएर घर वा स्कूलको होस्टेल जानुपर्दछ ।
५. घरमा पुगेर–
– परिवारका सबै सदस्यहरुलाई परीक्षामा के कस्तो भयो भनेर जानकारी दिनुपर्दछ । फ्रेस भएर आराम गरी अर्कोदिनको परीक्षाको तयारीमा पूर्ववत अनुसार लाग्नुपर्दछ ।
20/06/2023
School will remain closed for tomorrow.
05/06/2023
“Conservation is a state of harmony between men and land.” – Aldo Leopold
30/03/2023
आदरणीय अभिभावकज्यूहरु ,
सादर नमस्कार !!!!
विशेषतः कक्षा एक देखि नौ सम्म अध्ययनरत हजुरका नानी बाबुहरुको वार्षिक परीक्षा चलिरहेको छ | यस पछि उनिहरुलाई कम्तीमा २० दिन जतिको छुट्टि हुदैछ | र यो समयलाई निम्नानुसार सदुपयोग गर्ने वातावरण मिलाइदिनु हुनेछ भन्ने अपेक्षा गर्दछु |
- कम्तीमा आफूले खाएका थाल कचौराहरु उनैलाई माझ्न लगाउनु होला | लुगा धुन लगाउनु होला |
- बोट विरुवामा बिहान बेलुका पानी हाल्न लगाउनु होला |
- बिहान / बेलुका आफूसङै आफ्नो खेतबारी तिर डुलाउन लैजानु होला | खेतीपाती देखाउनु होला |
- कुनै दिनमा कुलोको मुहान , नजिकैको पाखो पखेरो , बुट्ट्यान वा झाडी अनि त्यहा बस्ने चराचुरुङ्गी आदि इत्यादी देखाउनु होला |
- चार छ दिन आफन्तकोमा भेटघाट र चिनजान गराउन लैजानु होला वा पठाउनु होला |
- चाडबाड , जात्रा वा पर्वहरुमा पठाउनु होला | पर्वको महत्व सम्झाउदै नववर्षको दिन एकाबिहानै ग्वाल्लेक धाम जस्ता अन्य पवित्र धामहरुमा गएर स्नान गर्न लैजानु होला |- गाँउ तिर पाइने काफल , बयेर , अ्मिली ( इमली ), यसै गरि जामुन , केमुनो , खनियो , इसबगोल , काली गेडी , चर अ्मिलो , निमपत्ता , बडहर , सिमल लगायतका फलफूलहरु चिनाउनु होला , खान दिनुहोला | ( खालि बजारिया स्याउ , सुन्तला , केरा तिर बल नगराउनु होला )
- कम्तीमा दुइचार छाक आटो , पिठो , ढिडो , उसिनेको , पोलेको र भुटेको खानेकुराहरु बनाएर खुवाउनु होला | ( बोइलरको मासु र भात तिर बल नगर्नु होला )
- सकेसम्म मोबाइलमा झुण्डिन नदिनु होला | मोबाइलमा के कस्ता एपहरु चलाएका छन , ती कुरा चेक गर्नु होला | र टि भी का राम्रा कार्यक्रमहरु हेर्न लगाउनु होला तर अनावश्यक सिरियल हेर्नबाट रोक्नुहोला |
- केही राम्रा कथाका किताबहरु पढ्न लगाउनुहोला |
- कुनै घरपालुवा जनावरको स्याहार सुसार गर्न लगाउनुहोला |
- आठ , नौ र दशमा पढ्नेले म फलानो देश जाने हो भन्ने मानसिकता बोकेका छन , यो नै हाम्रो लागि दूर्भाग्य हो | यो मानसिकता लाई रोक्न जरुरी छ |
- महङ्गा चिजबिज नकिनिदिनु होला |
- हाम्रा धेरैजसो सन्तानहरु हामीले सोचेको भन्दा बढी अराजक भएका छन , यस्को कारण हामी नै हो भन्ने कुरा आत्मसात गर्दै दुख , अभाव र पिडा के हो भन्ने कुराको ज्ञान दिनुहोला |
- सकेसम्म घरभित्र भन्दा घर बाहिर खेल्ने र सानोतिनो काम गर्ने अवस्था सृजना गरिदिनु होला |
शिक्षा सँगै सिकाउनु छ संस्कार र संस्कृति।
आफैं बाट शुरु गरौ हटाउन बिकृति।।
धन्यवाद
नवप्रतिभा परिवार
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Kanchanpur