नमराज बिष्ट बिन्दास

नमराज बिष्ट बिन्दास Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नमराज बिष्ट बिन्दास, College & University, kalikot, Kalikot.

मेरो यो नयाँ फेसबुक पेज मा जोडिएर साथ र सपोर्ट गर्दिनु होला धन्यबाद।👑🗡️🤝🤳❣️⚔️✅✅https://www.facebook.com/profile.php?id=61591104933640&mibextid=ZbWKwL
SUPPORT ME.

24/08/2026


Sabailea follow gardinuhola hiita
14/08/2026

Sabailea follow gardinuhola hiita

Watch, follow, and discover more trending content.

सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु, ६ जना पक्राउसल्यान — सल्यानमा शिकार खेल्ने क्रमम...
08/08/2026

सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु, ६ जना पक्राउ
सल्यान — सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा सँगै शिकार खेल्न गएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको हो।
प्रहरीका अनुसार पुन मगर साथीहरूसँगै शिकार खेल्न जंगल पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चलेर पुन मगरको पेटको तल्लो भाग तथा कम्मरमा गोली लागेको थियो। गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कालिमाटी, सल्यानबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनामा संलग्न भएको आशंकामा प्रहरीले सँगै शिकार खेल्न गएका ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा, ५९ वर्षीय कुलबहादुर बुढाथोकी तथा कालिमाटी गाउँपालिका–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगर रहेका छन्।
घटनामा प्रयोग भएको भरुवा बन्दुक तथा गोली चलेको अवस्थाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 हेटौंडाको सामुदायिक वनमा बोराभित्र महिलाको श*व फेला मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा ब...
08/08/2026


हेटौंडाको सामुदायिक वनमा बोराभित्र महिलाको श*व फेला
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँ*धे*र फालिएको अवस्थामा एक महिलाको श*व फेला परेको छ।
साउन २२ गते दिउँसो करिब १ः५० बजे सेल्फी रोडस्थित सामुदायिक वन क्षेत्रमा सेतो बोराभित्र श*व बाँ*धे*र खाल्डोमा फालिएको अवस्थामा रहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित गरी श*व बाहिर निकालेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
हालसम्म श*वको पहिचान खुल्न सकेको छैन। घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
शव कसको हो, कसरी त्यहाँ पुग्यो र घटनामा को–को संलग्न छन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

१३ सय १५ किलो गाँजासहित ट्रक बरामदखोटाङ — खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ स्थित मध्यपहाडी लोकमार्गको जंगल क्षेत्रमा प्...
08/08/2026

१३ सय १५ किलो गाँजासहित ट्रक बरामद
खोटाङ — खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ स्थित मध्यपहाडी लोकमार्गको जंगल क्षेत्रमा प्रहरीले १३ सय १५ किलो गाँजासहित एउटा ट्रक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक निराजन बस्नेतको कमाण्डमा खटिएको टोलीले शंकास्पद अवस्थामा रोकिराखेको प्र.२–०२–००२ ख ००९३ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार ट्रकको चालक बस्ने भाग र पछाडिको डालाको बीचमा फल्स बटम बनाई लुकाइछिपाइ राखिएको अवस्थामा १३ सय १५ किलो गाँजा फेला परेको थियो।
गाँजासहित ट्रकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय खोटाङमा ल्याइएको र ट्रक चालक तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यात्रुवाहक बस एकआपसमा ठोक्किँदा ७ जना घा*इ*ते, दुवै चालक नियन्त्रणमाकैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेस्थित चिसापानी–क...
06/08/2026

यात्रुवाहक बस एकआपसमा ठोक्किँदा ७ जना घा*इ*ते, दुवै चालक नियन्त्रणमा
कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेस्थित चिसापानी–कुइने कच्ची सडकखण्डमा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा सात जना यात्रु घाइते भएका छन्।
लम्कीबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८९२ नम्बरको फोर्स गाडी र सोल्टाबाट चिसापानीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१६८ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा फोर्स गाडीमा सवार १४ यात्रुमध्ये सात जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि लम्कीतर्फ पठाइएको छ। बसमा सवार अन्य २७ जना भने सकुशल रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनामा दुवै सवारीसाधनको अगाडिको भागमा क्षति पुगेको भए पनि दुवै सवारीसाधन चल्ने अवस्थामा रहेका छन्। घटनापछि सडकमा सवारी आवागमन सामान्य रूपमा सञ्चालन भइरहेको छ। दुर्घटनामा संलग्न दुवै चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरू:
लक्ष्मी शाही (५०), लम्कीचुहा–१, कैलाली
कृष्णा देवी टमटा (५३), लम्कीचुहा–५, कैलाली
बासु देवी टमटा (५५), लम्कीचुहा–५, कैलाली
प्रवे बिष्ट (४८), नरहरिनाथ–८, कालिकोट
बिना शाही (२१), आठबिसकोट–७, रुकुम पश्चिम
लविश चन्द (१ वर्ष)
निर्मला सञ्ज्याल (२१), बिनायक–८, अछाम

२५ वर्षकि महिला ब*ला*त्का*र मुद्दामा युवति सहित थप २ पुरुष पक्राउ ,तीन जनामाथि सामूहिक जबर्जस्ती करणीको आरोप, मोरङबाट पक...
05/08/2026

२५ वर्षकि महिला ब*ला*त्का*र मुद्दामा युवति सहित थप २ पुरुष पक्राउ ,

तीन जनामाथि सामूहिक जबर्जस्ती करणीको आरोप, मोरङबाट पक्राउ
मोरङ प्रहरीले ज*ब*र्जस्ती क*र*णी (ब*ला*त्का*र) मु*द्दामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–५ बस्ने २५ वर्षीया महिलालाई साउन १७ गते मोरङको लेटाङ नगरपालिका–१ स्थित लामो रिसोर्टमा लगी ज*ब*र्जस्ती क*र*णी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका–८ का ५० वर्षीय कमल बहादुर आले मगर, सुन्दरहरैँचा नगरपालिका–१० का २८ वर्षीय डम्बर खतिवडा, तथा विराटनगर महानगरपालिका–५ का २५ वर्षीय सोनुमा लिम्बु रहेका छन्।
प्रहरीका अनुसार आरोपितहरूले पीडितलाई न*शा*लु पदार्थ सेवन गराई रिसोर्टमा लगी पालैपालो जबर्जस्ती करणी गरेको आरोप छ। घटनापछि इलाका प्रहरी कार्यालय लेटाङले तीनै जनालाई पक्राउ गरी मोरङ जिल्ला अदालतबाट ज*ब*र्जस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

बालेनको सेना राजु पान्डेले नेपाली सेनालाइ थर्काएपछि आलोचना सैनिक जवानलाई हप्कीदप्की गरेको भिडियो भाइरल, प्रधानमन्त्रीसँग...
05/08/2026

बालेनको सेना राजु पान्डेले नेपाली सेनालाइ थर्काएपछि आलोचना

सैनिक जवानलाई हप्कीदप्की गरेको भिडियो भाइरल, प्रधानमन्त्रीसँग प्रधान सेनापतिले जनाए आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजु पाण्डेले काठमाडौंको गोकर्ण क्षेत्रमा करिडोर विस्तारका क्रममा नेपाली सेनाका एक जवानलाई हप्कीदप्की गरेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको छ।
गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा रहेको नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल डोजरले भत्काउने क्रममा सांसद पाण्डे र सैनिक जवानबीच विवाद भएको भिडियोमा देखिन्छ। सैनिकले पटक–पटक पर्खाल नभत्काउन र आवश्यक अनुमति सम्बन्धी कागजात देखाउन आग्रह गरे पनि सांसद पाण्डेले करिडोर विस्तारको काम सरकारी मापदण्डअनुसार भइरहेको भन्दै डोजर नरोकिने बताएका छन्।
भिडियोमा सैनिकले “यहाँ फौज बसेको छ” भनेपछि सांसद पाण्डेले “फौज बसेर के भयो?” भन्दै प्रतिवाद गरेको देखिन्छ। सैनिकले यो सैन्य ब्यारेक भएको जानकारी गराउँदा पनि पाण्डेले करिडोरको मापदण्ड सबै निकायमा समान रूपमा लागू हुने दाबी गर्दै काम अघि बढाउन निर्देशन दिएका छन्।
यस घटनाप्रति नेपाली सेनाले गम्भीर असन्तुष्टि जनाएको छ। स्रोतका अनुसार प्रधान सेनापति अशोकराज सिग्देलले प्रधानमन्त्रीसँग भेट गरी सैनिकमाथि भएको व्यवहारप्रति आपत्ति जनाएका छन्। घटनाबारे थप छलफल भइरहेको बताइएको छ।

Address

Kalikot
Kalikot

Website

Alerts

Be the first to know and let us send you an email when नमराज बिष्ट बिन्दास posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share