Iqra Smart Learning Centre

Iqra Smart Learning Centre Iqra Smart Learning Centre aims to provide quality education with exert tutor.

एसइइकाे उत्तरपुस्तिका पुन: परीक्षण (copy rechecked) काे लागि अवलम्बन गर्नुपर्ने प्रक्रिया ।धेरैजसाे विद्यार्थी , शिक्षक,...
20/05/2026

एसइइकाे उत्तरपुस्तिका पुन: परीक्षण (copy rechecked) काे लागि अवलम्बन गर्नुपर्ने प्रक्रिया ।

धेरैजसाे विद्यार्थी , शिक्षक, अभिभावकले एसइइ, २०८२ काे विषयगत नतिजामा चित्त नवुझेकाे हुनाले उत्तरपुस्तिका पुनःपरीक्षण गराउनका लागि के गर्ने भनेर फाेनवाट जिज्ञासा राखिएको सन्दर्भमा तपसिलकाे प्रक्रिया अवलम्बन गर्न गराउन थप स्पष्ट पार्ने प्रयास गरेको छु ।

१ जतिवटा विषयमा प्राप्त भएको नतिजामा चित्त नबुझेको हाे त्यतीवटा विषयमा नै तल राखिएको सूचना अनुसार अनलाइन माध्यम https://payment.see.gov.np/StudentRetotal बाट लगइन गरि पुनर्याेगका ( रिटाेटलिङ्ग ) लागि प्रति विषय रू ५००/ अनलाइन माध्यमवाटै रकम बुझाउने ।

२. पुनर्याेगकाे अनलाइन फाराम भर्ने म्याद समाप्त भए पछि निवेदकले आवेदन गरेका विषयका उत्तरपुस्तिका खाेजेर बिषयविज्ञले प्राप्ताङ्क जाेड्ने परीक्षण गर्न छुटेका भए उक्त प्रश्नको उत्तर परीक्षण गरेर कायम भएको प्राप्ताङ्क पनिकाकाे सिस्टममा प्रविष्ट गरिसकेपछि समितिको निर्णयवाट see.gov.np काे वेवसाईटमा नतिजा प्रकाशन हुनेछ । उक्त कार्य सक्दा करिबकरिब २/३ हप्ता लाग्न सक्छ ।

३. पुनर्याेगका लागि आवेदन गरेका सवै परीक्षार्थीको नतिजा प्रकाशन भैसकेपछि पनिकावाट उत्तरपुस्तिका हेर्नका लागि सूचना प्रकाशन हुनेछ । उक्त कार्यका लागि सूचनामा उल्लेख भएको विवरण र कागजात लिएर पनिका सानाेठिमी, भक्तपुर मा विद्यार्थी र अभिभावक आउनुपर्नेछ । विषय विज्ञकै राेहवरमा उत्तरपुस्तिका देखाईनेछ ।

४. उत्तरपुस्तिका हेर्दा पनि चित्त नुझाउने परीक्षार्थीको लागि वल्ल उत्तरपुस्तिका पुन: परीक्षणका लागि पनिकावाट सूचना निस्कने छ । त्यसपछि मात्रै सूचनामा ताेकिए अनुसारको प्रक्रिया पूरा गरि आवेदन दिनुपर्नेछ ।

पुनश्च: थप स्पष्ट हुनुपर्ने याे छ कि पुनर्योगका लागि आवेदन नदिएको विषयकाे उत्तरपुस्तिका हेर्ने र उत्तरपुस्तिका नहेरी उत्तरपुस्तिका पुनः परीक्षण गराउने अवसर प्राप्त हुनेछैन । पनिकाकाे वेवसाइटमा पुनर्याेगकाे तल उल्लेखित सूचना जस्तै उत्तरपुस्तिका हेर्ने र उत्तरपुस्तिका पुनः परीक्षण गर्ने प्रक्रिया र विधि उल्लेख भएको सूचना प्रकाशन हुनेछ र ततप्श्चात नै आवेदन दिनुहुन सम्वद्द सवैलाई अनुरोध छ ।

- विष्णुप्रसाद ज्ञवाली
उपनियन्त्रक, राष्ट्रिय परीक्षा बोर्ड ।

How to choose a carrer after SEE.
20/05/2026

How to choose a carrer after SEE.

20/05/2026

२० वर्षमा नयाँ शिशुहरूको संख्या करीब १,४०,००० (21%) ले घटिसकेको छ।
————————————
पछिल्लो ५ वर्षको नयाँ जन्म संख्या
२०२५ मा ५,१४,००० जना: १.७६ (प्रजनन दर)
२०२४ मा ५,३०,००० जना: १.७८ (प्रजनन दर)
२०२३ मा ५,७४,३०० जना: १.९८ (प्रजनन दर)
२०२२ मा ५,८३,७०० जना : २.०० (प्रजनन दर)
२०२१ मा ५,७९,९०० जना : २.०३ (प्रजनन दर)
…………………….
२०१६ मा ५,९८,००० जना : २.३० (प्रजनन दर)
२०११ मा ६,२८,००० जना : २.६० (प्रजनन दर)
२००६ मा ६,५४,००० जना : ३.१० (प्रजनन दर)
मात्र ५ वर्षको अवधिमा नेपालमा वर्षभरि जन्मिने शिशुहरूको संख्या करीब ६६,००० ले घटिसकेको छ।
त्यसरीनै २० वर्षको अवधिमा नेपालमा वर्षभरि जन्मिने शिशुहरूको संख्या करीब १,४०,००० (21%) ले घटिसकेको छ।
यसको प्रत्यक्ष असर:
👉 विद्यालयहरू विद्यार्थी नभएर बन्द हुँदैछन्।
👉 एकातिर नयाँ बच्चा नजन्मिने, अर्कोतिर भएका युवाहरू पनि विदेशिने! यो ट्रेन्डले आगामी केही दशकमा नेपाल बुढाबुढीहरू मात्र बस्ने देश त बन्दैन?
युवाहरू किन बच्चा जन्माउन डराइरहेका छन् वा एउटा मात्र सन्तानमा रोकिइरहेका छन्?
तपाईंको गाउँ वा टोलमा आजकल कत्तिको साना बच्चाहरू देखिन्छन्?

Sources
1. NDHS Reports (2006, 2011, 2016, 2022), Ministry of Health and Population, Government of Nepal.
2. National Population and Housing Census (2011, 2021), National Statistics Office (NSO), Kathmandu, Nepal.
3. World Population Prospects Database, United Nations

नतिजा खुलाई पाउँ एसइई, २०८२ मा सहभागी भएका तर कारणवश ग्रेडसिट प्रिन्ट गर्दा परीक्षा दिएको विषयमा अनुपस्थित (Abs) देखिएको...
18/05/2026

नतिजा खुलाई पाउँ

एसइई, २०८२ मा सहभागी भएका तर कारणवश ग्रेडसिट प्रिन्ट गर्दा परीक्षा दिएको विषयमा अनुपस्थित (Abs) देखिएको वा नतिजा नखुलेका विद्यार्थीहरूको नतिजा खुलाउनका लागि तल उल्लेखित ढाँचाअनुसार वा कम्तीमा निम्न ५/६ वटा विवरण खुल्ने निवेदन आवश्यक पर्नेछः

१. परीक्षा दिएको परीक्षा केन्द्रको नाम, ठेगाना तथा परीक्षा केन्द्र कोड नम्बर।
२. परीक्षा दिएको तर Abs देखिएको वा नतिजा नखुलेको विषयको नाम तथा विषय कोड नम्बर।
३. विद्यार्थीको सिम्बोल नम्बर स्पष्ट देखिने प्रवेशपत्रको फोटोकपी।
४. परीक्षा दिएको प्रमाण खुल्ने उपस्थितिपत्रको फोटोकपी वा केन्द्राध्यक्षको सिफारिस अथवा अन्य प्रमाण।
५. ग्रेडसिट प्रिन्ट गरेको फोटोकपी।
६. विद्यालय वा सम्बन्धित एकाइको सिफारिस पत्र।

उपरोक्त विवरणहरू संस्थागत रूपमा (विद्यालय, एकाइ वा परीक्षा केन्द्रमार्फत) पनिकाको इमेल 📧 [email protected] मा पठाउन सकिनेछ।

विद्यार्थी वा अभिभावक स्वयं पनिकामा उपस्थित हुन आवश्यक छैन। आवश्यक प्रक्रिया पूरा भएपछि करिब ३/४ दिनभित्र नतिजा खुलाइनेछ।

- विष्णुप्रसाद ज्ञवाली, उपनियन्त्रक, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०), राष्ट्रिय परीक्षा बोर्ड

थप जानकारीका लागि: National Examinations Board@

16/05/2026

एसईई उत्तरपुस्तिका परीक्षण: केन्द्रमै जाँच्ने परिपाटी र निष्पक्षताको प्रश्न

नेपालको विद्यालय शिक्षा प्रणालीमा माध्यमिक शिक्षा परीक्षा (SEE) लाई विद्यार्थीको शैक्षिक यात्राको एउटा महत्त्वपूर्ण खुड्किलो मानिन्छ। यस परीक्षाको विश्वसनीयता र निष्पक्षता कायम राख्न परीक्षा सञ्चालनदेखि उत्तरपुस्तिका परीक्षणसम्मका प्रक्रियाहरू त्रुटिरहित र पूर्वाग्रहरहित हुन जरुरी छ। तर, पछिल्लो समय परीक्षा सञ्चालन भएकै केन्द्र भित्रै उत्तरपुस्तिका परीक्षण गर्ने प्रवृत्तिका कारण यसको निष्पक्षतामाथि गम्भीर आशंकाहरू उब्जिन थालेका छन्।

परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षार्थीको पहिचान गोप्य राख्न कत्तिको सम्भव छ भन्ने मुख्य चुनौती हो। एउटै नगरपालिका भित्र कुन विद्यालयको उत्तरपुस्तिका कहाँ परीक्षण भइरहेको छ भन्ने कुरा शिक्षक वा विद्यालय प्रशासनलाई सहजै थाहा हुन सक्छ। जब परीक्षकले यो उत्तरपुस्तिका फलानो विद्यालयको वा फलानो विद्यार्थीको हो भन्ने अनुमान लगाउन सक्छन्, तब त्यहाँ सचेत वा अचेत रूपमा पूर्वाग्रह (Biasness) छिर्ने सम्भावना रहन्छ। आफ्नै क्षेत्रका वा परिचित विद्यार्थीप्रति फरक दृष्टिकोण राखेर नम्बर दिने प्रवृत्तिले वास्तविक जेहेन्दार विद्यार्थीमाथि अन्याय हुन सक्छ। गोरखाका ६ वटा विद्यालयका प्रधानाध्यापकहरूले राष्ट्रिय परीक्षा बोर्डलाई संयुक्त रूपमा बुझाएको "पुनः परीक्षण गराई पाऊँ" भन्ने विषयको निवेदन ले पनि यो पुष्टि गरिसकेको छ|

वर्तमान समयमा विद्यालयहरूबीच विद्यार्थी आकर्षण गर्ने र शैक्षिक नतिजाको अहम् देखाउने तीव्र प्रतिस्पर्धा छ। कतिपय अवस्थामा एउटा विद्यालयका विद्यार्थीलाई प्रलोभनमा पारेर अर्को विद्यालयमा लैजाने जस्ता अस्वस्थ प्रतिष्पर्धाहरू पनि समाजमा देखिने गरेका छन्। यस्तो व्यावसायिक र प्रतिष्ठाको लडाइँ भएको वातावरणमा, छिमेकी वा प्रतिस्पर्धी विद्यालयको उत्तरपुस्तिका स्थानीय स्तरकै शिक्षकले जाँच्दा पूर्ण रूपमा न्यायपूर्ण र निष्पक्ष भयो होला भनेर विश्वास गर्न गाह्रो हुन्छ। सबै ठाउँमा वा सबै शिक्षकबाट नियतवश विभेद नहोला, तर प्रणालीले नै शंका गर्ने ठाउँ दिएपछि परीक्षाको गरिमामा आँच आउनु स्वाभाविक हो।

वास्तविक मूल्यांकन र न्यायपूर्ण नतिजाका लागि उत्तरपुस्तिका परीक्षण प्रक्रिया पूर्ण रूपमा 'ब्लाइन्ड' (Blind Evaluation) हुनुपर्छ। अर्थात्, उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई कुन जिल्ला, कुन विद्यालय वा कुन विद्यार्थीको कपी हो भन्ने कुराको कुनै पनि संकेत थाहा हुनु हुँदैन। राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिकाहरूलाई कोडिङ गरेर अन्य दुर्गम वा फरक जिल्ला वा क्षेत्रमा पठाएर परीक्षण गराउने व्यवस्थालाई कडाइका साथ लागू गर्नुपर्छ।

जबसम्म उत्तरपुस्तिका परीक्षणमा पूर्ण गोपनीयता र अभेद्य प्रणाली लागू हुँदैन, तबसम्म विद्यार्थीको वास्तविक क्षमताको कदर हुन सक्दैन। परीक्षा केन्द्र वा स्थानीय क्षेत्रमै कपी जाँच्ने हालको प्रवृत्तिलाई सुधार गरी प्रादेशिक वा राष्ट्रिय स्तरमा उत्तरपुस्तिका साटासाट गरेर परीक्षण गर्ने व्यवस्था मिलाउनु आजको आवश्यकता हो। तब मात्र विद्यार्थी, विद्यालय र समग्र शिक्षा प्रणालीप्रति सबैको विश्वास कायम रहनेछ र परीक्षा साँच्चिकै निष्पक्ष बन्नेछ।

✍🏻 Ambika Kandel
Ambika Kandel mam ||

14/05/2026

Article SEE based question for class 10 (part 2)

14/05/2026

Article SEE based Question for class 10 (SEE).

14/05/2026

SEE Supplementary Routine 2082
Exam Time: 8:00 AM – 11:00 AM
• Ashar 1: English
• Ashar 2: Nepali / Opt. English
• Ashar 3: Mathematics
• Ashar 4: Science & Technology
• Ashar 5: Social Studies
• Ashar 6: Optional I
• Ashar 7: Optional II
• Ashar 8 & 9: Technical Stream Subjects
Quick Reminders:
• Only "Not-Graded" (NG) students from the 2082 regular exam are eligible.
• Admit Cards are mandatory for entry.
• The exam will proceed as scheduled even if a public holiday is declared.

विद्यार्थी, शिक्षक तथा शिक्षक प्रेमले बुझ्नुपर्ने कुरा (संवादबाट)पुनर्योग (Retotal), उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्...
13/05/2026

विद्यार्थी, शिक्षक तथा शिक्षक प्रेमले बुझ्नुपर्ने कुरा (संवादबाट)

पुनर्योग (Retotal), उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षण (Recheck) सम्बन्धी जानकारी
(विद्यार्थी र National Examinations Board बीचको संवाद)

---

विद्यार्थी: हालै प्रकाशित कक्षा १० (एसईई) को परीक्षाफलप्रति मलाई चित्त बुझेन। के म पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षण गराउन सक्छु?

राष्ट्रिय परीक्षा बोर्ड: अवश्य सक्नुहुन्छ। तर यी सम्पूर्ण प्रक्रिया तोकिएको मापदण्ड तथा कार्यविधिअनुसार पूरा गर्नुपर्ने हुन्छ।

---

विद्यार्थी: के म अहिले पुनर्योग (Retotal) गराउन सक्छु?

राष्ट्रिय परीक्षा बोर्ड:
हो, २०८३ साल जेठ १ गतेदेखि ७ गतेसम्म पुनर्योगका लागि आवेदन दिन सक्नुहुन्छ। पुनर्योग शुल्क प्रति विषय रु. ५००/- निर्धारण गरिएको छ भने कर तथा अन्य सेवा शुल्क अतिरिक्त लाग्न सक्नेछ। पुनर्योगको आवेदन अनलाइन प्रणालीमार्फत गर्न सकिनेछ।

---

विद्यार्थी: पुनर्योगपछि पनि नतिजाप्रति सन्तुष्ट नभएमा के म आफ्नो उत्तरपुस्तिका हेर्न पाउँछु?

राष्ट्रिय परीक्षा बोर्ड:
हो, तपाईंले आफ्नो उत्तरपुस्तिका अवलोकन गर्न सक्नुहुन्छ। अभिभावक तथा सम्बन्धित विषयविज्ञसँग उपस्थित भई परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरमा उत्तरपुस्तिका अवलोकन गर्न सकिने व्यवस्था रहेको छ।

---

विद्यार्थी: उत्तरपुस्तिका अवलोकनका लागि आवश्यक कागजातहरू के–के हुन्?

राष्ट्रिय परीक्षा बोर्ड:
उत्तरपुस्तिका अवलोकनका लागि विद्यालयको छापसहितको निवेदन, प्रधानाध्यापकको हस्ताक्षर, विद्यार्थीको दस्तखतसहित फोटो टाँसिएको निवेदन तथा मञ्जुरीनामा आवश्यक पर्नेछ। यस सेवाका लागि प्रति विषय रु. २०००/- शुल्क लाग्नेछ।

---

विद्यार्थी: मैले उत्तरपुस्तिका पनि अवलोकन गरेँ, तर मूल्याङ्कनप्रति अझै सन्तुष्ट छैन। के म पुनः परीक्षण (Recheck) गराउन सक्छु?

राष्ट्रिय परीक्षा बोर्ड:
अवश्य सक्नुहुन्छ। पुनः परीक्षणका लागि पहिले प्राप्त अङ्क र पुनः परीक्षणबाट प्राप्त अङ्कबीच कम्तीमा १०% भिन्नता हुनुपर्ने व्यवस्था रहेको छ। पुनः परीक्षण तीन जना विषयविज्ञबाट गराइनेछ। तीनै जना विषयविज्ञबाट प्राप्त अङ्कको औसतका आधारमा नयाँ प्राप्ताङ्क निर्धारण गरिनेछ। यदि प्राप्ताङ्कमा कम्तीमा १०% वा सोभन्दा बढी भिन्नता देखिएमा मात्र नयाँ ग्रेड, GPA सहित अद्यावधिक शैक्षिक प्रमाणपत्र उपलब्ध गराइनेछ। यस सेवाका लागि पनि प्रति विषय रु. २०००/- शुल्क लाग्नेछ।

---

विद्यार्थी: थप जानकारी कहाँबाट प्राप्त गर्न सकिन्छ?

राष्ट्रिय परीक्षा बोर्ड:
थप जानकारीका लागि भिडियो हेर्नुहोस्: https://youtu.be/Kr9gLU92sQ8

अन्य विशेष जानकारीका लागि:
https://www.facebook.com/MoE.NEB

National Examinations Board

64 likes, 10 comments. "उत्तरपुस्तिका पुनः परीक्षण निर्देशिका, २०७५ "

12/05/2026

Article (Part 3) // No use of Articel

11/05/2026

Article (Part-2) Uses of 'THE'// class 10 SEE

Address

R. M. Prasauni, Khutwa/4
Kalaiya

Website

Alerts

Be the first to know and let us send you an email when Iqra Smart Learning Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category