Gurans Academy School of Science & Management

Gurans Academy School of Science & Management

Share

The mission of this institution is to contribute to nation-building by providing quality education imbued with ethical and moral values.

Photos from Gurans Academy School of Science & Management's post 27/04/2025

गुराँस एकेडेमीमा मातृ तीर्थ औंसीको अवसरमा भव्य स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न!
अत्तरिया, वैशाख १५ - गुराँस एकेडेमीले मातृ तीर्थ औंसीको पावन अवसर पारेर विद्यालयमा अभिभावक आमाहरुलाई भव्य स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। विद्यालयका अध्यक्ष डम्बर सिंह कडायतको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि महिला समाज सेवी तथा पि टि ए सदस्य निर्मला भट्ट रहनुभएको थियो।
कार्यक्रममा विद्यालयका प्राचार्य लीलाचन्द्र शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। आफ्नो मन्तव्यका क्रममा प्राचार्य शर्माले मातृ तीर्थको महत्वमाथि प्रकाश पार्नुभएको थियो। उहाँले आमाको महानतालाई साहित्यिक शब्दहरुमा वर्णन गर्दै उपस्थित सबैलाई भावुक बनाउनुभएको थियो।
विद्यालयका नेपाली शिक्षक लालबहादुर साउँदले कुशलतापूर्वक कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा दुर्गा भट्टलगायत अन्य अभिभावकहरुले पनि आफ्ना भनाइहरु राख्नुभएको थियो। उहाँहरुले विद्यालयले आमाहरुलाई सम्मान गर्ने यो सुन्दर परम्पराको प्रशंसा गर्नुभएको थियो।
गुराँस एकेडेमीले समय समयमा यस्ता सामाजिक तथा सांस्कृतिक महत्वका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ। यस कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुर्‍याउने विश्वास विद्यालयले लिएको छ।

25/04/2025

गुराँस एकेडेमीद्वारा मातातीर्थ औंसी विशेष आमा/माता अभिभावक सम्मान कार्यक्रम

आदरणीय आमा/माता अभिभावकज्यूहरू,

गुराँस एकेडेमी परिवार यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछ। हामी सबैलाई जीवनको ज्योति देखाउँदै स्नेह र ममताले सिञ्चित गर्ने आमा/मातृशक्तिको सम्मानका लागि विद्यालयले विशेष कार्यक्रम आयोजना गरेको छ।
बैशाख १४ गते मातातीर्थ औंसीको पवित्र दिनमा, गुराँस एकेडेमीले हाम्रा विद्यार्थीहरूका आमा/माता अभिभावकहरूलाई विद्यालयमा आमन्त्रण गरी उहाँहरूको त्याग, समर्पण र अथाह प्रेमप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छ। यो कार्यक्रम उहाँहरूको आत्मसम्मानलाई उच्च राख्दै विद्यालय परिवारसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको छ।
हामी विश्वास गर्दछौं कि यहाँहरूको गरिमामय उपस्थिति यस कार्यक्रमको शोभा बढाइदिनेछ।
कार्यक्रम विवरण:
* मिति: २०८२ साल बैशाख १४ गते (आइतबार)
* समय: बिहान ७:०० बजे
* स्थान: गुराँस एकेडेमी प्राङ्गण, अत्तरिया
यहाँहरूको सहभागिताको अपेक्षा राख्दै,
गुराँस एकेडेमी परिवार
अत्तरिया, कैलाली
सुदूरपश्चिम प्रदेश, नेपाल

23/04/2025

अति महत्त्वपूर्ण सूचना!

सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई सहर्ष जानकारी गराइन्छ कि गुराँस एकेडेमीले शैक्षिक सत्र २०८२ को आफ्नो प्रकाशित भित्तेपात्रोलाई प्राथमिकतामा राख्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
हामी सबैलाई अवगत नै छ कि शैक्षिक क्यालेण्डर विद्यालयको वार्षिक कार्यतालिकाको आधिकारिक दस्तावेज हो। यसमा उल्लेखित बिदा तथा अन्य महत्त्वपूर्ण शैक्षिक गतिविधिहरूलाई नै विद्यालयले आधार मान्दछ। हाम्रो विद्यालयद्वारा प्रकाशित शैक्षिक भित्तेपात्रोमा वैशाख ११ गते लोकतन्त्र दिवसको बिदा समावेश नगरिएको तथ्यलाई यहाँ स्मरण गराउन चाहन्छौं।
गुराँस एकेडेमी विद्यार्थीहरूको नियमित पठनपाठन र शैक्षिक कार्यलाई निरन्तरता दिन प्रतिबद्ध छ। हामी अनावश्यक बिदाहरूले विद्यार्थीहरूको सिकाइ प्रक्रियामा अवरोध आउन नदिने कुरामा सचेत छौं। त्यसैले, अत्यावश्यक बिदाहरू बाहेक अन्य दिनहरूमा विद्यालय नियमित रूपमा सञ्चालनमा रहनेछ।
यस निर्णयले विद्यार्थीहरूको शैक्षिक भविष्य सुनिश्चित गर्न थप मद्दत पुग्ने विश्वास लिएका छौं। सबै विद्यार्थीहरूलाई नियमित रूपमा विद्यालयमा उपस्थित भई आफ्नो अध्ययनलाई निरन्तरता दिन अनुरोध गर्दछौं।
अन्त्यमा नेपाली जनतालाई लाेकतन्त्रकाे वास्तविक आभाष समेत नभएकाे अवस्थामा कमसेकम आशावादी हुँदै भएपनि लाेकतन्त्र दिवसकाे शुभकामना!

प्राचार्य
गुराँस एकेडेमी
अत्तरिया, कैलाली।

Photos from Gurans Academy School of Science & Management's post 21/04/2025

New Administrative building of the institution.🙏
Phone no:- 091-550690 [Reception]
Mobile no:- 985-8481802 [Principal]
: Admission is in progress!

20/04/2025

The 2082 BS academic calendar for Gurans Academy has been released and will be distributed to students during school hours.
विद्यालयकाे शैक्षिक भित्ते पात्राे प्रकाशन भएकाे छ। यसकाे उपलब्धताका लागि बैशाख १० गतेदेखि विद्यालय प्रशासनमा सम्पर्क राख्नुहाेला।
घन्यवाद!

19/04/2025

सूचना !!! सूचना !!! सूचना !!!

पठन-पाठन सञ्चालन हुने बारे अत्यन्त जरुरी सूचना !

सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, अभिभावकज्यूहरू एवं शुभचिन्तक महानुभावहरूमा सहर्ष जानकारी गराइन्छ कि हाम्रो विद्यालयमा शैक्षिक सत्र २०८२ को पठन-पाठन आगामी वि.सं. २०८२ साल बैशाख १० गते बुधबार देखि नियमित समय तालिका अनुसार सुचारु हुनेछ।
यसर्थ, सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई बिहान सबेरै विद्यालय आउनको लागि तयारी अवस्थामा रहन अनुरोध गरिन्छ। विद्यालयको कक्षा ठीक बिहान ७:०० बजे सुरु हुनेछ। त्यसैले सबै विद्यार्थीहरू बिहान ६:०० बजेसम्म विद्यालयकाे बस बिसाैनीसम्म आइपुग्नुपर्नेछ।
साथै, सम्पूर्ण अभिभावकज्यूहरूलाई आफ्ना बालबालिकाहरूको अनिवार्य भर्ना गराई नयाँ विद्यालय पोसाक सिलाइदिनुहुन , किताब-झाेला र उपयुक्त जुत्ता तथा मोजाको व्यवस्थापन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । विद्यालयको नियम अनुसार टाई र बेल्ट अनिवार्य लगाउनुपर्ने हुन्छ। यदि कसैलाई टाई र बेल्ट उपलब्ध नभएमा विद्यालय प्रशासनमा सम्पर्क गर्न सक्नुहुनेछ। हाल भर्ना प्रक्रिया जारी रहेकोले सबै विद्यार्थीहरूको परिचय पत्र यसै महिनाको अन्त्यसम्ममा वितरण गरिने जानकारी गराइन्छ। विद्यालयको नियमित पठन-पाठनमा यहाँहरूको सक्रिय सहभागिता रहने विश्वास लिएका छौं।
धन्यवाद !
प्राचार्य
गुराँस एकेडेमी
९८४८४४८८९५

19/04/2025

I got 200 reactions and comments on my posts last week! Thanks everyone for your support! 🎉

14/04/2025
14/04/2025

सम्माननीय अभिभावकज्यूहरू एवं प्रिय शुभचिन्तक महानुभावहरू,
समयको चक्रसँगै क्यालेन्डरका पानाहरू फेरिन्छन्, र यसरी नै प्रत्येक वर्ष नयाँ आशा र सम्भावनाहरू लिएर आउँछ। विक्रम संवत् २०८२ को यो शुभ अवसरमा, म विद्यालय परिवारको तर्फबाट यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यो केवल नयाँ वर्षको आगमन मात्र नभई, हाम्रा साझा सपनाहरूलाई नवीकरण गर्ने समय पनि हो।
जसरी पुराना हाँगाहरूमा नवीन पालुवाहरू पलाउँछन्, त्यसरी नै यो नयाँ वर्षले हामी सबैको जीवनमा नयाँ सपनाहरू अङ्कुरित गरोस्। विद्यालयको फेदमा आश्रय लिएका कलिला मुनाहरू जस्तै हाम्रा विद्यार्थीहरू ज्ञान र सीपले सिञ्चित हुँदै अगाडि बढून्। जीवनरूपी बगैँचामा फक्रन प्रतीक्षारत हरेक हाँगा र पाइलाले प्रगति र उन्नतिको मार्ग पहिल्याओस्। मेरा हरेक सकारात्मक कदमहरूमा यहाँहरूको उल्लेखनीय साथ-सहयोग मिलोस् भन्ने मेरो हार्दिक चाहना छ। गुराँसलाई यहाँहरू सबैको हत्केलामा मात्र नभई मन-मन्दिरमा सजिने दिनहरू ल्याउन म हरपल प्रयत्नशील छु। यस विद्यालयको उन्नति र प्रगतिका लागि मैले मेरो हरेक क्षण समर्पित गरेको छु, र यस महान् कार्यमा यहाँहरूको विश्वास र साथ मेरो लागि अमूल्य छ।
हामी सबैले जीवनमा सकेसम्म अरूको भलो चिताऔँ, तर कदापि कसैको कुभलो नचाहौँ। हामीले गरेका कर्महरूले हामीलाई पश्चात्तापको आगोमा कहिल्यै नदहोस्। सकारात्मक सोचाइलाई आत्मसात गरौँ र सकारात्मक व्यक्तित्व निर्माण गरौँ।
यसै पवित्र भावनाका साथ, यहाँहरू सम्पूर्ण अभिभावकज्यूहरू एवं शुभचिन्तक महानुभावहरूमा नयाँ वर्ष २०८२ को सुख, शान्ति, समृद्धि र प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। मलाई विश्वास छ, यहाँहरूको स्नेह र सहयोगले गुराँस एकेडेमीलाई शिक्षाको ज्योतिस्तम्भ बनाउन हामी अवश्य सफल हुनेछौँ।
भवदीय,
लिलाचन्द्र शर्मा
प्रिन्सिपल, गुराँस एकेडेमी।
💕🙏💕

11/04/2025

NOTICE
To: All Teachers and Staff
Date: April 11, 2025
Subject: Dress Code and Language for Annual Result Day
This is to inform all esteemed teachers and staff members that tomorrow, Saturday, April 12, 2025, being our Annual Result Day, it is mandatory for everyone to be present in formal official dress.
Furthermore, all members are requested to maintain appropriate and professional language throughout the event. Your cooperation in upholding the decorum of the occasion is highly appreciated.
Sincerely,
Lila Chandra Sharma
Principal
Gurans Academy School of Science & Management

09/04/2025

गुराँस एकेडेमीकाे रिजल्ट प्रकाशन, भर्ना मिति र विद्यालय संचालन सम्बन्धी महत्त्वपूर्ण दिनहरु:
रिजल्ट प्रकाशन: २०८१-१२-३० गते
भर्ना भइसक्नु पर्ने मिति: २०८२-०१-०७ गते
विद्यालय संचालन मिति: २०८२-०१-१० गते
थप जानकारीका लागि विद्यालय प्रशासनमा सम्पर्क राख्नुहाेला।

प्रिन्सिपल
गुराँस एकेडेमी, अत्तरिया, कैलाली।
फाेन: ९८४८४४८८९५/९७६७५१४२३०

Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kailali
10900