10/05/2026
"पढाईसंगै खेल, कला र संस्कार" भन्ने उद्देश्यले हाम्रो बिद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तरगत व्यक्तिगत सरसफाइ र हाजिरीजवाफ प्रतियोगिता गरेका थियौँ । यस्ता क्रियाकलापले बिद्यार्थी जिवनमा व्यावहारिक र मानसिक ज्ञान दुवै विकास गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने बिश्वास लिएका छौँ ।
07/05/2026
छात्रवृत्ति सम्बन्धि सूचना
27/04/2026
अतिरिक्त क्रियाकलाप सञ्चालन सम्बन्धी सूचना ।
आदरणीय अभिभावक ज्यु,
नेपाल सरकार शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यविधि अनुसार हाम्रो विद्यालय सन क्वालिटी इ. बो. स्कुल घोडाघोडी ४ सिम्थरी, कैलाली को विद्यार्थी भर्ना कार्यक्रम यहि बैशाख १५ गते बाट हुने र सोहि मिति, बैशाख १५ गते बाट नै विभिन्न अतिरिक्त क्रियाकलाप र शिक्षण सामाग्री निर्माण जस्ता कार्यक्रम सञ्चालन हुन गइरहेकाले आफ्ना नानी बाबुहरुलाइ समयमै विद्यालयमा पठाइ दिनुहुन यो सुचना सम्प्रेषण गरिएको छ।
नोट : अटोमा आउने विद्यार्थीहरुले गत वर्षको समय अनुसार आआफ्नो ठाउँमा तयारी अवस्थामा रहन अनुरोध गरिन्छ ।
27/04/2026
विद्यालयको विकास र उन्नतिका लागि समर्पित शिक्षकहरुलाई विश्राम र पुनः उर्जाको लागि आयोजित रिफ्रेसमेन्ट पिकनिकका केहि सम्झनाहरु🖼️
यस कार्यक्रमले हाम्रा कर्मशिल शिक्षकहरुमा नयाँ उर्जा र प्रेरणा मिल्नुका सथै मन ताजा बनाउँदै भोलि अझ राम्रो शिक्षण दिन सकिने अपेक्षा गर्दछौं ।
25/04/2026
मिति २०८३/०१/११ र १२ गते गरि सञ्चालित २ दिने हस्तलेखन तालीम सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण सहभागीहरूलाई हार्दिक बधाई तथा धन्यवाद।
सिप र सुन्दर लेखाइको यात्रामा यो एउटा महत्वपूर्ण उपलब्धि हो। राम्रो हस्तलेखन केवल लेखाइ होइन, यो अनुशासन र व्यक्तित्वको पहिचान हो। यस तालिम पश्चात विद्यार्थीको सिकाइमा सहज हुने र शिक्षक विद्यार्थी बिचको सम्बन्ध सुमधुर हुने कुरामा हामी बिस्वस्त छौँ । 🌟
17/04/2026
शैक्षिक सत्र २०८२ सालको वार्षिक परिक्षाको नतिजा आज सफलतापुर्वक सम्पन्न भयो । उक्त कार्यक्रममा उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
साथै, हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थिति भएर कार्यक्रमलाई सव्य,भव्यरुपमा सफल बनाइदिनु हुने सम्पूर्ण अभिभावकज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। यसैगरी, सम्पूर्ण कर्मशील तथा समर्पित शिक्षक-शिक्षिकाज्यूहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दछौँ ।
साथै नववर्ष २०८३ को सम्पुर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै शैक्षिक सत्र २०८३ को लागि कक्षा नर्सरी देखि कक्षा ५ सम्मको भर्ना खुलेको पनि जानकारी गर्दछौँ ।
16/04/2026
नतिजा प्रकाशन सम्बन्धी सुचना
14/04/2026
नयाँ वर्ष २०८३ को पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, समाजसेवी, बुद्धिजीवी, शुभेच्छुक तथा देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृध्दि एबम उज्ज्वल भविस्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
20/03/2026
Every ending has new beginning. Saying goodbye is difficult, but you will always remain in our memories. We sincerely hope that you will internalize and uphold the knowledge, discipline, and values you have acquired at this institution as you move forward in life. We extend our best wishes for your continued success and a bright and prosperous future.
Happy Farewell to our dear students.❤️🙏🖋️🖼️🏫