Shree J. K. Secondary School

Shree J. K. Secondary School

Share

A highly reputed Secondary School of Kailali is seeking admission for the new academic year.

12/05/2026

SEE परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।यस उत्कृष्ट उपलब्धिका लागि निरन्तर मेहनत गर्ने विद्यार्थीहरू, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण अभिभावकज्यूहरू तथा अथक प्रयास गर्नुहुने शिक्षक शिक्षिकाज्यूहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्य, निरन्तर प्रगति र सफल जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

09/05/2026

मिति २०८३/ १ / २६

सूचना ! सूचना ! सूचना !

बिषय= बिदा सम्बन्धमा

नेपाल सरकार, शिक्षा मन्त्रालयको निर्णय अनुसार मिति २०८३ साल बैशाख २७ गते आइतबारका दिन यस विद्यालयमा नियमित पठनपाठन कार्यक्रम सञ्चालन नहुने व्यहोरा सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शिक्षकवर्गमा जानकारी गराइन्छ।
साथै, मिति २०८३ साल बैशाख २८ गते सोमबारदेखि विद्यालयको सम्पूर्ण शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू पूर्वनिर्धारित समयतालिका अनुसार नियमित रूपमा सञ्चालन हुनेछन्। विद्यालय बस सेवा पनि सोही दिनदेखि पहिले कै समयमा सञ्चालन हुनेछ।
धन्यवाद।

— विद्यालय प्रशासन
जे.के. मा.वि.
गोदावरी १ अत्तरिया कैलाली

02/05/2026

मिति २०८३/ १ / १९

सूचना ! सूचना ! सूचना !
बिषय= बिदा सम्बन्धमा

नेपाल सरकार, शिक्षा मन्त्रालयको निर्णय अनुसार मिति २०८३ साल बैशाख २० गते आइतबारका दिन यस विद्यालयमा नियमित पठनपाठन कार्यक्रम सञ्चालन नहुने व्यहोरा सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शिक्षकवर्गमा जानकारी गराइन्छ। उक्त दिन विद्यालय प्रशासन भने यथावत रूपमा खुला रहनेछ र आवश्यक प्रशासनिक कार्यहरू सञ्चालन गरिनेछन्।

साथै, मिति २०८३ साल बैशाख २१ गते सोमबारदेखि विद्यालयको सम्पूर्ण शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू पूर्वनिर्धारित समयतालिका अनुसार नियमित रूपमा सञ्चालन हुनेछन्। विद्यालय बस सेवा पनि सोही दिनदेखि पहिले कै समयमा सञ्चालन हुनेछ।
धन्यवाद।

— विद्यालय प्रशासन
जे.के. मा.वि.
गोदावरी १ अत्तरिया कैलाली

29/04/2026
29/04/2026

सूचना ! सूचना ! सूचना !
जे.के. माध्यमिक विद्यालय, गोदावरी–१, अत्तरिया, कैलालीबाट सम्पूर्ण अभिभावकज्यूहरूमा यो सूचना प्रकाशित गरिएको छ कि शैक्षिक सत्र २०८३ का लागि कक्षा नर्सरीदेखि कक्षा ८ सम्म भर्ना हुने सम्पूर्ण विद्यार्थीहरूलाई मासिक शुल्कमा ३०% छुट प्रदान गर्ने निर्णय गरिएको छ।
अतः इच्छुक अभिभावकज्यूहरूले यस अवसरको लाभ लिनुहुन अनुरोध गरिन्छ।
साथै, थप जानकारीका लागि विद्यालयमा प्रत्यक्ष सम्पर्क राख्नुहुन वा तल उल्लेखित फोन नम्बरहरूमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छः
☎️ ०९१–५५०१५९
📱 ९८६८८०९५७५, ९८६८५६३७९४, ९७४२८८१४०५
धन्यवाद।
जे.के. माध्यमिक विद्यालय
गोदावरी–१, अत्तरिया, कैलाली

Photos from Shree J. K. Secondary School's post 29/04/2026

मिति २०८३ साल वैशाख १५ गतेका दिन जे.के. माध्यमिक विद्यालय, गोदावरी–१, कैलालीमा नयाँ शैक्षिक सत्रको पठनपाठन प्रारम्भ भएको अवसरमा विद्यालयका नवनियुक्त प्रधानाध्यापकज्यूलाई विधिवत रूपमा पदभार ग्रहण गराइएको छ।

27/04/2026

सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ कि भोलि मिति २०८३ साल वैशाख १५ गतेदेखि विद्यालय बिहान ७:०० बजेदेखि नियमित रूपमा सञ्चालन हुनेछ।
यस सम्बन्धमा सबैमा जानकारी गराइन्छ।

साथै बस समय–सारिणी यसप्रकार रहेको छ।
जे.के. माध्यामिक बिद्यालय
गोदावरी-१, अत्तरीया,कैलाली

25/04/2026

कक्षा ५ र कक्षा ८ को गोदावरी नगरपालिका स्तरीय परीक्षा २०८२ को परीक्षाफलप्रति हार्दिक बधाई तथा शुभकामना

यस वर्षको नतिजा अत्यन्तै उत्कृष्ट आएकोमा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई। तपाईंहरूको मेहनत, लगनशीलता र अनुशासनको प्रतिफल आज देख्न पाइयो।
यस सफलताले तपाईंहरूको आगामी शैक्षिक यात्रामा अझ ठूलो उत्साह र प्रेरणा मिलोस् भन्ने कामना गर्दछौं। अझ उत्कृष्ट भविष्यको लागि निरन्तर प्रयासरत रहनुहोस्।

पुनः एकपटक सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना
Shree J. K. Secondary School

24/04/2026

Admission open from PG to Class 9 Attariya.
Shree J. K. Secondary School fans Jagruti Bogati Mukesh Bogati Chand Nabin

Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Attariya
Kailali