शब्दचित्र

शब्दचित्र

Share

A world of Nepali stories filled with emotion, inspiration, mystery, real-life experiences, and folklore.

08/07/2026

❤️








゚ ゚viralシ ゚

07/07/2026

विश्वकप हेर्दा प्रायः सुनिन्छ— "म रोनाल्डोको फ्यान", "म मेस्सीको फ्यान", "म नेमारको फ्यान"। त्यसपछि बहस सुरु हुन्छ— "मेस्सी ठूलो", "रोनाल्डो ठूलो", "नेमार उत्कृष्ट"।

तर वास्तवमा फुटबल एउटा टिम गेम हो, जहाँ हरेक खेलाडीको आफ्नै भूमिका, आफ्नै महत्व र आफ्नै योगदान हुन्छ। कुनै पनि खेलाडीलाई ठूलो वा सानो भनेर तुलना गर्नु उचित होइन। रोनाल्डोले आफ्नो ठाउँबाट इतिहास रचेका छन्, मेस्सीले पनि आफ्नो ठाउँबाट असाधारण उपलब्धि हासिल गरेका छन्, नेमार लगायत अन्य महान् खेलाडीहरूले पनि फुटबललाई आफ्नो योगदान दिएका छन्।

त्यसैले "म मेस्सीको फ्यान भएकाले रोनाल्डो राम्रो होइन" वा "म रोनाल्डोको फ्यान भएकाले मेस्सी राम्रो होइन" भन्ने सोच एक असल खेलप्रेमीको चिनारी होइन।

असल फ्यान त्यो हो, जसले आफ्नो मनपर्ने खेलाडीलाई माया गर्छ, तर अरू महान् खेलाडीहरूको पनि सम्मान गर्छ। खेलाडीहरूबीच घृणा होइन, सम्मान हुनुपर्छ। आखिर, फुटबललाई महान् बनाउने उनीहरू सबै हुन्।
मेरो व्यक्तिगत विचार मात्र ❤️

05/07/2026
05/07/2026

अधुरो अध्याय 🌺









゚viralシ ゚

04/07/2026

सपनाको मूल्य 🌺
मोबाइलको स्क्रिनमा औँलाहरू यसै सरिरहेका थिए। सामाजिक सञ्जालका अनगिन्ती भिडियोहरूबीच अचानक एउटा पुरानो लोकगीत बज्न थाल्यो—
"पिँढीमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रुँदी हुन् मलाई सम्झेर..."
गीतका शब्द कानमा मात्रै परेनन्, सीधै मुटुभित्र गएर ठोक्किए। यस्तो लाग्यो, अलिकति सुक्न थालेको घाउमाथि कसैले फेरि एकमुठी नुन छर्किदियो। मैले मोबाइल बन्द गर्न खोजेँ, तर गीतभन्दा अघि मेरा आँखा बन्द भए। पलभरमै मन हजारौँ किलोमिटर टाढा, आफ्नै गाउँको त्यो सानो आँगनमा पुगिसकेको थियो।
मेरो घरको पिँढी... साँझको धमिलो उज्यालो... अनि त्यही पिँढीमा बसेर बाटोतिर टोलाइरहेकी मेरी आमा।
सायद आज पनि उहाँले बेलुकीको खाना पकाइसक्नुभएको होला। भाँडोको बाफसँगै मेरो सम्झना पनि उडिरहेका होलान। कसैको पाइला घरअगाडि रोकिएला कि भनेर ढोकातिर हेर्नुभएको होला। अनि फेरि आफैँलाई सम्झाउनुभएको होला—"मेरो छोरो त काठमाडौंमा छ... डाक्टर बन्ने सपना पूरा गर्न।"
तर सपना पूरा गर्न घर छोड्नेहरूले पनि त केही कुरा गुमाउँदा रहेछन्।
भर्खरै म काठमाडौं आएको थिएँ। डाक्टर बन्ने सपना बोकेर, धेरै आशा र केही डरका साथ। देशकै प्रतिष्ठित शिक्षण संस्थामा नाम निस्कँदा गाउँभरि खुसी छाएको थियो। सबैले भनेका थिए, "अब हाम्रो गाउँको छोरो डाक्टर बन्नेछ।"
तर कसैले भनेन—डाक्टर बन्ने यात्रामा कतिपटक एक्लै रोइन्छ भनेर।
काठमाडौंको भीडमा मान्छेको कमी थिएन। सडकहरू भरिभराउ थिए, गाडीहरूको आवाज कहिल्यै रोकिँदैनथ्यो, कलेजका गल्लीहरू विद्यार्थीले भरिएका थिए। तर त्यो भीडको बीचमा मसँग आफ्नै भन्न मिल्ने एउटा अनुहार पनि थिएन।
बिहानको पहिलो घण्टीसँगै मेरो दिन सुरु हुन्थ्यो। एउटा कक्षाकोठाबाट अर्को ल्याब, ल्याबबाट फेरि अर्को कक्षा। किताबका पाना पल्टाउँदै, नोटहरू लेख्दै, भविष्यको एउटा सुन्दर चित्र कोर्दै दिन बित्थ्यो।
तर साँझ पर्दै जाँदा जीवनको अर्को अध्याय सुरु हुन्थ्यो।
साँझ ६ बजेदेखि राति १२ बजेसम्म म एउटा सानो क्याफेमा dishwasher को काम गर्थें। अरूले खाना खाइसकेपछि छोडेका प्लेटहरू माझ्दै, कपहरू सफा गर्दै, पाकेट खर्च जुटाउने प्रयास गर्थें।
राति कोठामा फर्किँदा शरीर यति थाकिसकेको हुन्थ्यो कि ओछ्यानमा पल्टिनासाथ निदाउनुपर्ने हो। तर निद्रा कहाँ सजिलै आउँथ्यो र?
त्यो सानो कोठाको चार पर्खालभित्र बस्दा मनले एउटै कुरा खोजिरहन्थ्यो—
यदि अहिले आमाले पकाएको तातो भात खान पाएको भए...
यदि एकछिन मात्रै आमाको काखमा टाउको राखेर सुत्न पाएको भए...
सायद येस्तो भएको भए संसारका सबै थकानहरू त्यहीँ बिसाउँथे होला।
तर केही छैन। बिस्तारै यो शहरसँग मेरो चिनजान बढ्दै छ। सुरुमा अपरिचित लाग्ने गल्लीहरू, भीडभाड, हल्ला र एक्लोपन अब विस्तारै जीवनकै हिस्सा बन्न थालेका छन्। सायद समयले सबैभन्दा कठिन ठाउँलाई पनि आफ्नो बनाइदिँदो रहेछ।
मनमा एउटा विश्वास अझै बाँकी छ— एक दिन अवश्य सफल हुनेछु। त्यो दिन कहिले आउँछ थाहा छैन, तर त्यसको प्रतीक्षामा हिँड्ने साहस भने अझै मरेको छैन। हार मान्ने सोच धेरै पटक आयो, तरआफ्नो लागि मात्र नभएर मेरो सफलताको पर्खाइमा बसेकी मेरि आमा कै लागि भए पनि हार भने कहिल्यै मानेको छैन।
जिन्दगीको अहिलेसम्मको यात्राले मलाई एउटा कुरा राम्ररी बुझाएको छ— हामी मानिसहरू वास्तवमै धेरै लोभी हुन्छौँ। तर त्यो लोभ सधैं धन-दौलत वा नामको मात्र हुँदैन। कहिलेकाहीँ त्यो आफ्ना सपना पूरा गर्ने लोभ हुन्छन, आफूले कल्पना गरेको जीवन बाँच्ने लोभ हुन्छ। सायद यही लोभले हामीलाई थाकेका पाइला फेरि उठाउन सिकाउँछन, असफलताका घाउ बोकेर पनि नयाँ बिहानको आशामा अघि बढिरहन प्रेरित गर्छन। आखिर, सपना देख्नेहरूले नै संघर्षसँग मित्रता गाँस्न सिक्नुपर्नेपर्ने रहेछ।
मलाई थाहा छ, एक दिन म फर्किनेछु। त्यो दिन आमाले पिँढीमा बसेर बाटो हेर्नु पर्नेछैन। उहाँकै हातको भात खाँदै म भन्न सक्नेछु—'आमा, तपाईंको प्रतीक्षा व्यर्थ गएको थिएन।'
✍️ Aarya (Literature name)

Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Godawari Municipality 01 Kailali Sudur Pachim Province
Kailali