Godawari Child Academy

Godawari Child Academy

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Godawari Child Academy, School, Godawari/10, Khamaura, Kailali.

17/08/2026

नाग पञ्चमी तथा सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा, आपसी सद्भाव र भाइचाराको प्रतीकका रूपमा मनाइने ओल्के पर्वको पावन अवसरमा सम्पूर्ण अभिभावक, शिक्षक तथा विद्यार्थीहरूमा गोदावरी चाईल्ड एकेडेमीको तर्फबाट सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।❤️

Photos from Godawari Child Academy's post 06/08/2026

आजबाट हाम्रो विद्यालयमा प्रथम त्रैमासिक परीक्षा र निरन्तर विद्यार्थी मूल्याङ्कन २०८३ सुरु भएको छ ।सम्पूर्ण विद्यार्थीहरूलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 📚✨

Photos from Godawari Child Academy's post 31/07/2026

“श्रावण १५ आयो, खीरको मिठास छायो !” 🌾🍚
आज श्रावण १५ – खीर खाने दिनको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दै हाम्रो विद्यालयमा विद्यार्थी तथा शिक्षकहरूबीच हर्षोल्लासका साथ खीर खाने कार्यक्रम सम्पन्न गरियो।

Photos from Godawari Child Academy's post 29/07/2026

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः॥
आज गुरु पूर्णिमाको पावन अवसरमा गोदावरी चाईल्ड एकेडमी का विद्यार्थीहरूले आफ्ना गुरुजनप्रति माया, सम्मान र कृतज्ञता व्यक्त गर्दै हर्षोल्लासका साथ कार्यक्रम सम्पन्न गरेका छन्।
हाम्रो जीवनका पहिलो गुरु आमाबुबा नै हुनुहुन्छ, जसले हामीलाई जीवनका आधारभूत मूल्य, संस्कार र मार्गदर्शन दिनुहुन्छ र विद्यालयका गुरुजनहरूले हामीलाई ज्ञान, सीप र सही दिशा प्रदान गर्दै उज्यालो भविष्यतर्फ डोर्‍याउनुहुन्छ। यस पावन अवसरमा सम्पूर्ण गुरुहरूमा हार्दिक सम्मान तथा नमन व्यक्त गर्दछौं। ✨

29/07/2026

गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः।
गुरु साक्षात् परब्रह्म, तस्मै श्री गुरवे नमः।

🌼 गुरु पूर्णिमाको पावन अवसरमा हार्दिक शुभकामना!

29/07/2026

अखण्ड-मण्डलाकारं व्याप्तं येन चराचरम्।तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः॥ 🙏✨ #व्यास_जयन्ती तथा #गुरु_पूर्णिमाको_हार्दिक_मङ्गलमय_शुभकामना! 🌸🌼यो सम्पूर्ण ब्रह्माण्डमा जुन अखण्ड तत्त्व व्याप्त छ र जसले संसारका सम्पूर्ण सजीव तथा निर्जीव वस्तुहरूलाई समेटेको छ, त्यो परम सत्यको दर्शन गराउने आदरणीय गुरुदेवको चरणमा कोटी-कोटी नमन!आजकै पावन दिनमा महाभारत, चार वेद र अठार पुराणका रचयिता महर्षि वेद व्यासको जन्म भएको थियो। सनातन धर्म र ज्ञानको भण्डारलाई लिपिवद्ध गरेर मानव जगत्‌लाई उज्यालो मार्ग देखाउनुहुने आदिगुरु महर्षि व्यासको जयन्ती (व्यास जयन्ती) लाई नै हामी गुरु पूर्णिमाका रूपमा मनाउने गर्दछौँ।अज्ञानताको अन्धकारबाट ज्ञानको उज्यालो तर्फ डोर्‍याउनुहुने, सही र गलतको पहिचान गराउनुहुने मेरा सम्पूर्ण गुरु, शिक्षिका, आमा-बुबा र जीवनमा केही न केही सिकाउनुहुने सबै मार्गदर्शकहरूमा सादर प्रणाम र कृतज्ञता व्यक्त गर्दछु। 🙌❤️सद्बुद्धि, सत्ज्ञान र सत्कर्मको मार्गमा हिँड्ने प्रेरणा सबैलाई मिलोस्। 🕉️🇳🇵

Photos from Godawari Child Academy's post 25/07/2026

सधैं झैं हुने शुक्रबारिय कार्यक्रम अन्तर्गत हिजो मिति २०८३/०४/०८ गते हाम्रो विद्यालयमा चित्रलेखा प्रतियोगिता (Drawing Competition) भव्य रूपमा सम्पन्न गरियो।विद्यार्थीहरूले विभिन्न विषयवस्तुमा आधारित सुन्दर चित्रहरू मार्फत आफ्नो प्रतिभा र सिर्जनशीलता प्रस्तुत गरेका थिए। सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई धन्यवाद तथा विजेताहरूलाई हार्दिक बधाई व्यक्त गर्दछौं।

Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Godawari/10, Khamaura
Kailali