Vidya Bhushan Public School

Vidya Bhushan Public School

Share

Quality education to lead the nation.

Photos from Vidya Bhushan Public School's post 18/08/2026

Learning Beyond the Classroom!
Our young learners of Vidya Bhushan Public School from Classes 3, 4, 5 & 6 have beautifully presented their creativity and understanding through Science Project Work.
Class 3: Layers of Atmosphere & Internal Structure of the Earth
Class 4: Water Cycle
Class 5: States of Matter
Class 6: Human Digestive System
These hands-on projects encourage students to learn by doing, explore with curiosity, and present with confidence. We are proud of their creativity, effort, and enthusiasm!
Learning today, discovering tomorrow!

16/08/2026

जन्मदिनको हार्दिक शुभकामना!
यस विद्या भूषण स्कुलमा कार्यरत आधारभुत तह गणित शिक्षिका आदरणीय जानकी भट्ट म्यामलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
उहाँको आगामी दिनहरू सुख, शान्ति, सुस्वास्थ्य, सफलता र समृद्धिले भरिपूर्ण रहून्। शिक्षण क्षेत्रमा उहाँको निरन्तर समर्पण, योगदान र सफलताको कामना गर्दै जन्मदिनको हार्दिक शुभकामना!
विद्या भूषण स्कुल परिवार

14/08/2026

सुदुरपश्चिम प्रदेश सरकारको निर्णयअनुशार २०८३ साल भदौ १ गते सोमबार ओल्ले पर्वको अवसरमा बिद्यालयमा सार्वजनिक बिदा रहने सम्बन्धी सूचना ।

29/07/2026

प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धी जरुरी सूचना ।

24/07/2026

मिति २०८३-०४-११ सोमबारदेखि बिद्यालय १० बजेबाट संचालक हुने तथा बस रुट सम्बन्धी जरुरी सूचना ।।

16/07/2026
13/07/2026

सूचना! सूचना!! सूचना!!!

आदरणीय अभिभावक ज्यु,नमस्कार !
विषय: ​अतिरिक्त ३% समता शुल्क लाग्ने सम्बन्धी सूचना।

​उपर्युक्त सम्बन्धमा, हालै नेपाल सरकारले सम्पूर्ण निजी शैक्षिक संस्थाहरूमा अतिरिक्त ३% समता शुल्क (नयाँ कर) को घोषणा गरी यही आउँदो आर्थिक वर्ष २०८३ साउन महिनाको १ गतेदेखि सङ्कलन हुने जुनसुकै शीर्षकबाट थप ३% रकम सङ्कलन गरी राजस्व कार्यालयमा दाखिला गर्नु भनी सम्बन्धित कार्यालयले सरकारी नीति निर्देशन सहितको एकदिवसीय तालिम गोष्ठी सम्पन्न गरिसकेको हुँदा, २०८३ साउन १ गतेदेखि विद्यालयमा बुझाइने जुनसुकै शीर्षकमा पनि थप ३% अतिरिक्त समता शुल्क रकम लाग्ने कुरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।

​(२०८३ असार मसान्तभित्र बुझाउने शुल्कमा कुनै थप ३% शुल्क नलाग्ने हुँदा सोको फाइदा उठाउनुहुन समेत जानकारी गराइन्छ।)

​प्रधानाध्यापक

10/07/2026

सूचना
यस विद्या भूषण पब्लिक स्कुलबाट शैक्षिक सत्र २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छकि ग्रेडसिट (Gradesheet) विद्यालयमा प्राप्त भइसकेकोले सम्बन्धित विद्यार्थीहरूले १ (एक) प्रति पासपोर्ट साइजको फोटो साथमा लिई यथाशीघ्र विद्यालयमा उपस्थित भई आफ्नो ग्रेडसिट बुझिलिनु हुन अनुरोध गरिन्छ।

विद्यालय प्रशासन
विद्या भूषण पब्लिक स्कुल

06/07/2026

यस विधा भुषण पब्लिक स्कुलकी प्राथमिक तह इन्चार्ज तानिया रोयला मिस लाई आज पर्न गएको जन्मदिनको असिम शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य,दिर्घायू तथा प्रगतिको कामना गर्दछौं।

प्राचार्य तथा विधालय परिवार
विधा भूषण पब्लिक स्कुल
धनगढी-१३,मोहनपुर,कैलाली

Photos from Vidya Bhushan Public School's post 05/07/2026

मिति २०८३ साल असार २० गते, शनिबार, धनगढी नगर प्याब्सनद्वारा नगरभित्रका निजी विद्यालयहरूमा कक्षा १ देखि ५ सम्म अध्यापन गराउनुहुने शिक्षक–शिक्षिकाहरूका लागि Continuous Assessment System (CAS) – निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली सम्बन्धी एकदिने तालिम सफलतापूर्वक सम्पन्न भयो।

उक्त तालिममा विद्या भूषण पब्लिक स्कुलका आदरणीय शिक्षक तथा शिक्षिकाहरूको समेत सक्रिय र उत्साहजनक सहभागिता रहेको थियो।

यस प्रकारका व्यावसायिक विकासमूलक तालिमहरूले शिक्षकहरूको ज्ञान, सीप र शिक्षण दक्षता अभिवृद्धि गर्दै विद्यार्थीको सिकाइ उपलब्धिलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ।

तालिमको सफल आयोजनाका लागि धनगढी नगर प्याब्सनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सहभागी सम्पूर्ण शिक्षक–शिक्षिकाहरूलाई सफल सहभागिताका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

– विद्या भूषण पब्लिक स्कुल परिवार

Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Dhangadhi-13 Mohanpur Kailali
Kailali
274