23/01/2026
शुभ विहानी !!
उम्मेदवारहरू भोट माग्न आउँदा यी १५ प्रश्नहरू सोध्नुहोस् ! मत खेर नफाल्नुहोस्।
१. जनताको टाउकोमाथिको २८ खर्ब ऋण तिर्ने ठोस योजना के छ?
✍️
२. यो ऋण कुन क्षेत्रमा, कसरी र कहाँ खर्च भयो? कति उत्पादनशील बन्यो?
यो ऋण तिर्ने भार हाम्रा सन्तानले किन बोक्नुपर्ने? तपाईंको कार्यकालमै यसको व्यवस्थापन हुन्छ कि हुँदैन? हुन्छ भने कसरी?
✍️
३. नेपाल ‘युवा निर्यात गर्ने देश’ कहलिएको छ। देशमै रोजगारी सिर्जना गर्ने ५ वर्षे ठोस योजना के के हुन् ?
✍️
४. वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई देशमै लगानी, सीप उपयोग र सम्मानजनक काम दिने व्यवस्था के छन्?
✍️
५. नेपाल भ्रष्टाचारीहरुको देश भनेर चिनिनु लज्जास्पद होइन? ठूला काण्डका ठूला माछा किन जहिलै जोगिन्छन्? भ्रष्टाचार अन्त्यका तात्कालीन र दीर्घकालीन योजना के के हुन्?
✍️
६. भ्रष्टाचारमा शून्य सहनशीलता देखाउने
पहिलो निर्णय के हुनेछ? व्यवहारमा लागू गर्न सक्नु हुन्छ?
✍️
७. सरकारी विद्यालय र अस्पताल किन जानाजानी कमजोर बनाइए?
तुरुन्त सुधार योजना छ?
✍️
८. नेता, मन्त्री र प्रधानमन्त्री मात्र विदेशमा उपचार गर्ने, जनता औषधि नपाई मर्ने, कुप्रथा, कुसंस्कार र सोचको अनिकाल अब रोक्नु हुन्छ कि हुँदैन? २८ खर्ब ऋण बोकेर यस्तो विलास सुहाउँछ?
✍️
९. पटक–पटक प्रधानमन्त्री भएकाहरूले
राज्यको खर्चमा विदेश उपचार गर्दा तपाईंहरू किन मौन रहनुभयो?
राष्ट्रको सम्पत्ति फिर्ता गराउन सक्नु हुन्छ?
✍️
१०. सार्वजनिक सेवा चरम फितलो किन छ?
हरेक वर्ष किसानको रुवाबासी किन दोहोरिन्छ?
कृषि सुधारको वस्तुगत योजना के छ?
✍️
११. गरिबले पनि सम्मानसाथ
शिक्षा र उपचार पाउने सुनिश्चितता हुन्छ कि हुन्न ? कसरी हुन्छ ?
✍️
१२. तपाईंको पार्टीमा
असफल र बदनाम नेतृत्व हटाउने आन्तरिक लोकतन्त्र छ कि छैन?
छ भने व्यवहारमा किन देखिँदैन?
✍️
१३. तपाईंको क्षेत्रमा विकासका काम गर्नु हुन्छ भनेर हामीले विश्वास गर्ने आधार के के हुन् ?
✍️
१४ . विकासका नाममा
ठेक्का, दलाली र कमिसनको सिण्डिकेट तोड्ने के के उपाय छन् ? तपाईं त्यसमा मिसिनु हुन्न भने ग्यारेण्टी के छन् ?
१५. ठुलो सङ्ख्यामा बालबालिकाहरू मारिँदा पश्चाताप मान्नु भयो ? तपाईंको दलले रेडियो, पत्र पत्रिकामा समवेदना पनि छाप्यो कि ? घाइतेहरूको घरमा पुगेर राहत सहानुभूतिका शब्द राख्नु भयो ?
✍️
“हामी भाषण सुन्दैनौँ,
खोक्रा सपना सुन्दैनौँ।
भोट माग्न आउनुहोस्-
तर यी प्रश्नका स्पष्ट उत्तर लिएर आउनुहोस्।”
16/05/2025
बुझ्नुपर्ने कुरा :
- छोरा/छोरी वा घरको कोही सदस्य आस्ट्रेलिया,अमेरिका,यूरोप वा जापान छ भनेर फुर्तिफार्ती नगर्नूस् । रहरले वा बाध्यताले आफ्नो देश,परिवार र परिवेश छोडेर अर्कै भुगोलमा पुग्नु भनेको गर्वको विषय हुँदै हैन ।
- मेरो मान्छेले सरकारी जागीर खाएको छ, राजनीति गरेको छ वा देशमा गतिलै नाम र दाम बनाएको छ भनेर पनि अतिरिक्त गर्व नगर्नूस् । उनीहरु मध्ये औसत बढि मात्र पनि ठिक भएको भए सिस्टम ठिक हुन्थ्यो । सिस्टम ठिक भएको भए कसैलाई विदेशिनु पर्दैनथ्यो ।
- मेरो फलानो डाक्टर छ/ इंजिनियर छ/वकिल छ/पाइलट छ भनेर पनि गफ चुट्दै नहिंड्नूस् । उपचार नपाएर मरेकाहरु, औषधी किन्ने पैसा नभएर रूँदै हिंडेकाहरु, सवारी तथा हवाई दुर्घटनामा परेर अकालमा ज्यान गुमाउनेहरु तथा जीवनभर न्याय नपाएर आफ्नो चोला नै सकाएकाहरु धेरै छन देशमा, लाज मान्नूस् ।
हो, जुनसुकै पेशा गरे पनि ईमानदार छन्, असल छन्, मानवीय समवेदनाको कदर गर्ने खालका छन् भने उनीहरुको जयजयकार दुनियाँले गर्छ, तपाईं आफैले मेरो छोरो/छोरी वा परिवारको मान्छे यस्तो/उस्तो भनेर गौरवगाथा गाइरहनु पर्दैन । गुणस्तरीय मालको विज्ञापन गरिरहनु पर्दैन ।
उसै पनि, यी कुनै पदवी हैनन्, पेशा मात्र हुन् । डाक्टर हुनु भनेको किसान हुनु भन्दा उत्कृष्ट मानिस हुनु हैन । व्यापारी हुनु भनेको मजदूर हुनु भन्दा महान मानिस हुनु हैन । हाकिम हुनु भनेको गृहिणी हुनु भन्दा विशिष्ट मानिस हुनु हैन । मानिस सब बराबर हुन । विशेष उनीहरुलाई कर्मले बनाउने हो, कर्म गर्ने बेला निभाउने धर्मले बनाउने हो ।
किन अचेल जगतमा असल मानिस कम हुँदै गइरहेका छन्, तर गौरवगाथा हरु ज्यादा हुँदै गइरहेका छन् ?
सायद मानिसहरु सत्यलाई ढाकेर भ्रमको विज्ञापन गरिरहेछन् ।।
गहिरो चिन्तन गर्नूस् र जसले जे गफ पेल्यो त्यही नपत्याउनूस् । सत्यको आवाज सानो हुन्छ तर दीर्घायु हुन्छ।
र अन्तमा~ पराइले धेरै माया गर्यो भनेर पनि मख्ख नपर्नुस, बगरेले पनि नकाटुन्जेल खसिलाई माया गरेर सुरक्षित नै राख्दछ ।
:- चिरन्जिबी तिमल्सिना सरको फेसबुक वालबाट साभार ।
13/05/2025
♦️सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?
भनेर तपाइँलाई थाहा छ !! माया ? 🤔
माया, होइन यो पछि मात्रै आउँछ। सबैभन्दा महत्त्वपूर्ण आवश्यक कुरा हो सम्बाद, (एकअर्कामा कुराकानी)।
एउटा सम्बन्ध तब मात्रै जिउँदो रहन्छ , जब दुई मान्छेमा नियमित रुपमा कुराकानी गर्छन्, एकअर्कालाई समय दिन्छन्, एउटाले कुरा गर्दैगर्दा अर्कोले ध्यान दिएर सुन्ने गर्छन् र उसको कुरा बुझ्ने प्रयास गर्छन।
शारीरिक रुपमा टाढा हुनुमा केही समस्या हुदैन, त्यसो त म आफै पनि एक दशक देखि लाखौ माइल टाढा छु, यदि मनैदेखी सुन्ने र सम्झने प्रयास गरिन्छ भने। हजारौं माइल टाढा रहेर पनि मान्छेहरु नजिक हुन सक्छन् यदि दिनदिनै( म छु नि ) भनेर सम्झाउने र सान्त्वना दिन सकिन्छ भने।
हरेक दिन "तिम्रो हालखबर के छ?"
"स्वास्थ्य अवस्था के कस्तो छ?"
"आज के खायौं?"
"आज के गर्ने प्रोग्राम छ?" भनेर सोधपुछ गर्ने।
यि सानो कुरामा नै सम्बन्धको सास अल्झिएर बसेको हुन्छ।
जब यि कुराहरू सोध्न छोडिन्छ भने, सम्बन्धले सास फेर्न बिर्सन थाल्छ।
एकअर्कामा बेमेल हुनुले, नबोल्नाले, महत्त्व नदिनाले गर्दा सम्बन्धलाई बिस्तार- बिस्तारै मार्ने काम गर्छ।
कहिले जुन मान्छेको धेरै आवश्यक थियोे, जसलाई धेरै आफ्नो लाग्ने गर्थ्यो, उनीहरु नै एकदिन पराई लाग्न थाल्छन्। किनकि उसलाई समय दिने गरिएन, उसँग कुराकानी गर्ने गरिएन, उसलाई माया महसुस गराइएको थिएन।
यदि तपाईंले कुराकानी गर्नु हुदैन भने, उसको मनको अवस्था कसरी थाहा पाउनुहुन्छ?
यदि तपाईंले समय दिनु भएन भने, तपाईं अझै पनि उसकै हो भनेर उसलाई कसरी थाहा हुन्छ?
कुनै मान्छेलाई "म तिमीलाई माया गर्छु" सुनेर मात्रै रहन सक्दैन, उसलाई हरेक दिन महसुस पनि गराउन सक्नुपर्छ।
र जब सम्बन्ध एकतर्फी हुन्छ भने, त्यसबेला मान्छेले माया होईन - स्वतन्त्रता चाहन्छ। किनकि त्यसबेला मायाले शान्ति होईन दु:ख मात्रै दिन्छ।
जसले साचो माया गर्छ, सम्बन्ध छुट्दा कति दर्दनाक पीडा हुन्छ भनेर उसलाई थाहा हुन्छ। उसले हरेक दिन थोरै भएपनि समय दिन चाहन्छ, थोरै कुराकानी गर्न चाहन्छ, "तिमी मेरै हौँ" भनेर थोरै महसुस गराउन चाहन्छ ।
र जसले माया गर्न चाहदैन, उनिहरुको लागि सम्बन्ध बोझ बन्न थाल्छ। उसले बिस्तार बिस्तारै खोजिखबर गर्न छोड्दै जान्छ, कुराकानी गर्दैन फोन म्यासेजको जवाफ फर्काउदैन, टाढा हुनुमै खुशी हुन थाल्छ। मनमा माया भएपनि, त्यो सम्बन्ध टिक्दैन।
सम्बन्धमा माया आवश्यक हुन्छ,
त्यसलाई मनमा लुकाएर राखेर मात्रै केही हुँदैन- यदि त्यसलाई भनिएन भने, उसको अगाडी व्यक्त गरिएन भने, जताइएन भने, महसुस गराइएन भने, एकदिन त्यो माया आफै सुकेर जान्छ।
सम्बादको मतलब कुराकानी गर्नु मात्रै पनि होइन-
सम्बादको भनेको मनमा एकअर्कालाई ठाउँ दिनु पनि हो। उसको सुख दु:खमा उसँगै उभिनु, अन्तमा उसको "आफ्नो" बनिनु।
एउटा समय यस्तो पनि आउँछ
जब मान्छेलाई बारम्बार सम्झाउने प्रयास गर्दा-गर्दा उ थाक्छ।
त्यसपछि उ मौन हुन्छ। उसले आफुलाई पछाडी तान्छ।
कुनै होहल्ला बिना नै- त्यहीँबाट सम्बन्ध सकिन्छ।
त्यसैले,.
यदि साँच्चै नै माया गर्नुहुन्छ भने, कुराकानी गर्नुहोस्, हालखबर सोध्नुहोस, समय दिनुहोस्।
किन भने सम्बाद नहुदा सबैभन्दा नजिकको मान्छे पनि एकदिन पराई लाग्न थाल्छ, अन्जान देखिन थाल्छ।।
🇳🇵कृपया Follow बटनमा थिचेर जोडिन सक्नुहुनेछ। 🙏❤️
23/10/2023
Jumla_Nepal
लाईक, कमेन्ट र शेयर गर्न नभुलौँ ।
Photo Credit: Acharya & Bashudev Acharya .
13/09/2022
Jumla District
:- Photo : Bashanta Acharya
16/02/2021
One of the most melodious song by singer Suraj Pandit.
Please watch, like, comment and share this videoclip.
https://www.youtube.com/watch?v=blwWYIiy4W4&feature=share...
RELKO BATO || रेलको बाटो || New Song 2077/2021 || Suraj Pandit || MV
RELKO BATO || रेलको बाटो || New Song 2077/2021 || Suraj Pandit || MVरेलको बाटो...शब्दलेखराज गिरीस्वर/संगीतसुरज पण्डितसंगीत संयोजनकमल सौरागरेकर्डि....