सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक–शिक्षिकाज्यूहरू, विद्यार्थी भाइबहिनीहरू तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरूलाई कैलाश बोधि परिवारको तर्फबाट ग्याल्पो लोसर २१५३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यो नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस्।
Kailash Bodhi Boarding School Jumla
Established 2062
जरूरी सूचना
अभिभावकज्यू, विद्यार्थीहरू तथा शिक्षक/शिक्षिकाज्यूहरूलाई जानकारी गराइन्छ कि हालको हिमपातका कारण तापक्रम निकै घटेको छ र मौसम पूर्वानुमान अनुसार अझै केही दिनसम्म हिमपात हुने सम्भावना रहेको छ।
यस परिस्थितिलाई मध्यनजर गर्दै मिति २०८२/१०/११ देखि २०८२/१०/१६ सम्म विद्यालय बन्द रहने निर्णय गरिएको छ।
यद्यपि, कोचिङ कक्षाहरू भने नियमित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ।
सहयोगका लागि धन्यवाद।
— विद्यालय प्रशासन
23/01/2026
कैलाश बोधि माध्यमिक विद्यालय, जुम्लामा आज सरस्वती पूजा श्रद्धा, भक्ति र उल्लासका साथ मनाइयो।
ज्ञान, बुद्धि, कला र शिक्षाकी देवी सरस्वतीको पूजा–आराधना गर्दै विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारले अध्ययनप्रति समर्पण र ज्ञानप्राप्तिको कामना गरेका छन्। यस पूजाले शिक्षा, सृजनशीलता र सद्बुद्धिको महत्त्वलाई उजागर गर्दै सम्पूर्ण विद्यालय समुदायमा सकारात्मक ऊर्जा प्रवाह गरेको छ। 🙏📚
आदरणीय अभिभावकज्यूहरू, प्रिय विद्यार्थीहरू, सम्माननीय शिक्षक तथा कर्मचारीज्यूहरू
र सम्पूर्ण जुम्ली दाजु–भाइ तथा दिदी–बहिनीहरूमा
सोनाम लोसार २१५३ ता-लो को
हार्दिक मङ्गलमय शुभकामना !
यो नयाँ वर्षले सबैको जीवनमा
शान्ति, सुख, स्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको
कामना गर्दछौं।
सबैको घर–परिवारमा खुशी छाओस्,
आपसी सद्भाव र एकता अझ मजबुत बनोस्।
टाशी देलेक ! 🙏
कैलाश बोधि बोर्डिङ स्कुल परिवार
07/01/2026
सूचना सूचना सूचना
🌸 वसन्त पंचमी विशेष अवसर! 🌸
कैलाश बोधि माध्यमिक विद्यालय, जुम्ला मा PG /नर्सरी देखि कक्षा ९ सम्म निःशुल्क भर्ना खुला!
हामी सँग सीट संख्या सीमित भएकाले, आजै आफ्नो बच्चाको सीट सुनिश्चित गर्नुहोस्।
यस विद्यालयले जुम्ला जिल्लामा विगत २० वर्षदेखि गुणस्तरीय शिक्षा सेवा प्रदान गर्दै आएको छ। हाम्रो विद्यालयले अल्पसंख्यक, दलित र आर्थिक रूपले कमजोर वर्गका बच्चाहरूलाई विशेष प्राथमिकता दिएको छ। हामीले न्यूनतम शुल्कमा उत्कृष्ट शिक्षा र सुरक्षित वातावरण सुनिश्चित गर्दै आएका छौं।
हाम्रो विशेषता ~
• निःशुल्क भर्ना (PG /नर्सरी देखि कक्षा ९ सम्म
• गुणस्तरीय शिक्षा र अनुभवी शिक्षकहरू
• बालबालिकाको सर्वाङ्गीण विकासमा ध्यान
• समाजका कमजोर वर्गको शिक्षा र पालनपोषणमा विशेष सहयोग ।
सम्पर्क व्यक्तिहरू:
📞
• अनन्त प्रसाद उपाध्याय: 9848327429
• अनीता नेपाली: 9763780013 / 9748741485
🎯 सीट सीमित छ! आफ्नो बच्चाको उज्जवल भविष्य सुनिश्चित गर्न आजै सम्पर्क गर्नुहोस्।
विद्यालय प्रशासन
01/01/2026
Happy New Year 2026!
On the joyful occasion of the New Year 2026, I extend my heartfelt greetings and best wishes to all students, parents, teachers, staff, and well-wishers of Kailash Bodhi Secondary School, Jumla.
May this New Year bring peace, good health, happiness and success to everyone. Let’s move forward with renewed hope, dedication and unity to achieve greater heights in education and character building. Together, may we continue to nurture knowledge, discipline and positive values in our school community.
Wishing you all a prosperous and meaningful New Year 2026.
With warm regards,
Principal
Kailash Bodhi Secondary School
Jumla
आदरणीय विद्यार्थीहरू, अभिभावकज्यूहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा,
नयाँ वर्ष २०२६ को पावन अवसरमा यहाँहरू सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। बितेको वर्षमा विद्यालयको शैक्षिक, अनुशासनिक तथा सह–पाठ्यक्रम गतिविधिमा यहाँहरूले पुर्याउनुभएको सहयोग, सद्भाव र विश्वासप्रति कैलाश बोधि माध्यमिक विद्यालय, जुम्ला परिवार हार्दिक आभार प्रकट गर्दछ।
आगामी वर्षले हामी सबैमा नयाँ आशा, सकारात्मक सोच र थप जिम्मेवारीबोधको विकास गराउँदै शैक्षिक उन्नति, नैतिक मूल्य र समग्र व्यक्तित्व विकासमा अझ राम्रो प्रगति ल्याओस् भन्ने कामना गर्दछु।
नयाँ वर्ष २०२६ यहाँहरू सबैका लागि स्वास्थ्य, शान्ति, सफलता र समृद्धिले भरिपूर्ण रहोस्।
धन्यवाद।
प्रधानाध्यापक
कैलाश बोधि माध्यमिक विद्यालय
एयरपोर्ट जुम्ला
सूचना सूचना सूचना
यस कैलाश बोधी माध्यमिक विद्यालय, चन्दननाथ–१, एयरपोर्ट , जुम्ला को तेस्रो त्रैमासिक परीक्षाको नतिजा भोलि मिति २०८२ साल पौष १४ गते बिहान ११:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म प्रकाशित गरिने जानकारी गराइन्छ।
सम्बन्धित सबै विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई तोकिएको समयमा उपस्थित भइ नतिजा बुझ्नुहुन अनुरोध गरिन्छ।
समयपालनामा विशेष ध्यान दिनुहुन अनुरोध छ।
साथै विद्यालय पौष २०८२ सालको १५ गतेदेखि शीतकालीन बिदाका लागि बन्द रहनेछ र माघ २०८२ सालको ७ गते पुनः सञ्चालन हुनेछ।
धन्यवाद।
विद्यालय प्रशासन
कैलाश बोधी माध्यमिक विद्यालय
चन्दननाथ–१, जुम्ला
24/12/2025
Letter of Gratitude 🙏🏼
Dear Respected Members of PABSON Jumla Schools,
On behalf of Kailash Bodhi School Jumla, I would like to express our heartfelt gratitude to all the PABSON Jumla member schools for your generous financial contributions and kind support.
Your tremendous assistance towards our Class 6 (B) student, Nagendra Sarki of Khallalbada (Eye Surgery) has been a great source of hope and encouragement. Your compassion and willingness to stand together for the welfare of a student truly reflect the noble spirit of unity and responsibility within the PABSON community.
Such support not only helps a student in need but also inspires confidence, motivation, and a sense of belonging. We deeply appreciate your kindness and concern, which will surely make a meaningful difference in Nakendra’s life and educational journey.
Once again, we extend our sincere thanks to all the PABSON member schools for your generosity and cooperation.
With sincere appreciation,
Principal
Kailash Bodhi School
Jumla
कृतज्ञता पत्र
आदरणीय प्याब्सन जुम्ला सदस्य विद्यालय परिवारप्रति,
कैलाश बोधि स्कूल, जुम्लाको तर्फबाट प्याब्सन जुम्लाका सम्पूर्ण सदस्य विद्यालयहरूलाई प्रदान गर्नुभएको आर्थिक सहयोग र सद्भावनाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
कक्षा ६ (ख) का विद्यार्थी नगेन्द्र सार्की (खल्लबाडा) को आँखाको शल्यक्रियाका लागि गर्नुभएको सहयोगले विद्यार्थी र विद्यालय परिवारलाई ठूलो आशा र हौसला प्रदान गरेको छ। विद्यार्थीको हितका लागि देखाउनुभएको एकता, सहकार्य र मानवीय भावना प्रशंसनीय छ।
यस सहयोगले नगेन्द्रको उपचार तथा शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं। यहाँहरूको सहयोग र सद्भावनाप्रति पुनः हार्दिक आभार व्यक्त गर्दछौं।
धन्यवादसहित,
प्रधानाध्यापक
कैलाश बोधि स्कूल
जुम्ला
सूचना :-
आदरणीय अभिभावकज्यूहरू,
यस महिनाको २८ गते महिनाको अन्तिमआइतबारको दिन जुम्ला PABSON को निर्णय अनुसार PABSON सदस्य निजी विद्यालयहरू बन्द रहनेछन्। PABSON सदस्य नभएका विद्यालयहरू भने खुला रहनेछन्।
तेस्तै, तेस्रो चरणको परीक्षा नजिकिँदै आएकोले, बिदाका दिनहरूमा आफ्ना बच्चाहरूलाई घरमै अध्ययन गर्न प्रेरित गरीदिनुहुन अनुरोध छ। साथै, विद्यार्थीहरूको एड्मिट कार्ड समयमै बुझी सक्नु होला।
तपाईंहरूको सहयोगका लागि धन्यवाद।
विद्यालय प्रशासन
कैलाश बोधि बोडिड् जुम्ला
12/12/2025
The two outstanding senior-level students of the year were presented with the school’s newly designed winter jacket as a token of love and appreciation ….
यस वर्षका दुई उत्कृष्ट वरिष्ठ तहका विद्यार्थीहरूलाई विद्यालयले माया र सम्मानस्वरूप नयाँ डिजाइन गरिएको हिउँदको ज्याकेट प्रदान गर्यो।
12/12/2025
The March Past winners of the 2082 Sports Day received a special treat from the school as a symbol of their hard work and an inspiration to others.
२०७९ को खेलकुद दिवसका मार्च पास्ट विजेताहरूले विद्यालयबाट विशेष सत्कार प्राप्त गरे, जसले उनीहरूको कडा परिश्रमको सम्मान गर्दछ र अरूलाई प्रेरणा दिन्छ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
2009