Shree Netra Jyoti Secondary Technical School

Shree Netra Jyoti Secondary Technical School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Netra Jyoti Secondary Technical School, Jumla.

Photos from Shree Netra Jyoti Secondary Technical School's post 03/09/2022

जरामा गाँठा बनाउने जुका ( Root-knot nematodes , meloido gyne spp.) ब्यबस्थापन

पहिचान

सामान्यतया यो जुका गोलभेडा, भण्डा तथा लहरे बालिमा देखा पर्दछ । यी जुकाले बिरुवाको जरामा आक्रमण गर्दछ्न र भित्र पसेर रस चुस्दछ्न । यो जुकाले जरामा आक्रमण गरेपछि जरामा गाठा पलाउन सुरुगर्दछ । संक्रमण देखा परेका बोटको जरामा सयौ स साना गिर्खा देखा पर्छ । जुकाबाट ग्रसित बिरुवाहरु रोगाएर पहेलिन्छ, बढ्न ,फल्न र फुल्न सक्दैन्न , घाम चर्किएको बेला ओइलाएर बस्छ । जुकाको संक्रमित माटोमा बिरुवा लगाएमा कलिला बिरुवा सबै मरेर जान्छ्न ।

ब्यबस्थापन

१ =: रोग निरोधक जात लगाउने, बाली चक्र अपनाउने (खाद्यान्न वाली र गोलभेडा एक पछि अर्को गरि लगाउने अन्तरालमा लगाउने ।

२ =: फल टिपिसकेपछि बोट जरा सहित हटाउने । गिर्खा भएका विरुवा उखेलेर जलाउने ।

३= बेर्ना उत्पादन गर्न अनिवार्य रुपमा माटो नीर्मलिकरण प्रविधि अपनाउने ।

४ = निमको पिना २५ केजी प्रति रोपनीका दरले बेर्ना रोप्नु अगाबै जमिनको तयारीमा माटोमा मिसाउने ।

५ = प्लाष्टिक घर वरपर सयपत्री फूल लगाउने, तथा बेर्ना सार्नु अगावै जमिनमा सयपत्री लगाई त्यसलाई माटोमा मिलाउन सकिन्छ ।

६= माटो उपचार गरि निमाटोड नियन्त्रण गरेर बाली लगाउन सकिन्छ । माटो उपचार गर्दा सेतो प्लाष्टिकले माटो ढाकेर नीर्मलिकरण गर्ने, वा फर्मालिनको घोलले माटो भिजाई सेतो प्लाष्टिकले ढाकेर, वा हाईट्रोजनपेरोअक्साईड वा ब्लिचिङ्ग पाउडर प्रयोग गर्न सकिन्छ । रसायनिक तरिकाले माटो उपचार गर्दा माटोका लाभदायक शुक्ष्मजीवाणुहरुको बारेमा ख्याल गर्नु पर्दछ । यस प्रकार माटो उपचार गर्ने बिधि माटोबाट सर्ने ढुसी तथा व्याक्टेरियाजन्य रोग
व्यवस्थापनमा समेत उपयोगी हुन्छ ।

७= यसका अलवा माटोको जैविक तवरले उपचार गर्ने, प्लाष्टिक घरभित्रको गोलभेडा खेतीमा अन्तरबालीको रुपमा प्याज, लसुन लगाउने या अन्य बिधिहरुलाई एकीकृत रुपमा अपनाउने ।

८ = गोलभेडाको कलमी विरुवा (Solanum sisymbryfoliumमा) रोप्ने ।

९= सयपत्री फुल संग मिश्रीत बाली लगाउने वा जमिन तयारी गर्नुभन्दा एकमहिना अगावै सयपत्री फुललाइ माटोमा जोतेर मिलाउने वा पानी जमाउने , ।

थप जानकारी का लागि नजिकैको कृषि प्राबिधिक वा दक्ष एग्रोभेट लाई आफ्नो फार्म अवलोकन गराउनुहोस ।

Photos from Shree Netra Jyoti Secondary Technical School's post 23/08/2022

गोलभेडा को फल खाने गभारो

गोलभेडाको फलमा लाग्ने माउ पुतलीले फूल पार्दछ र फूलबाट लार्भा वा गवारो बन्दछ । सोही गवारोले गोलभेडाको फलमा क्षति गर्दछ । हेलिकोभर्पा गबारो फल भित्रै पसेर गुदी खाई नोक्सानी गर्दछ भने स्पोडोप्टेरा गबारोले फलको बोक्रा खाई नोक्सानी गर्दछ । कीराको अचल अवस्था (प्यूपा) माटो मुनी रहन्छ र पुनः वयस्क पुतली निस्कन्छ । यसरी कीराको जीवन चक्र र क्षति गर्ने अवस्था अनुसार व्यवस्थापनका बिधिहरु अपनाउनु पर्दछ ।

गवारो किरा
व्यवस्थापन
१= कीराका लार्भाहरुलाई समातेर मार्ने । कीराले क्षति गरेको फललाई नष्ट गर्ने ।

२= हेलिल्यूर र स्पोडो ल्यूर पाराफेरोमोन फनेल ट्रयापमा प्रयोग गर्ने (प्रति रोपनी कम्तिमा १,१ वटा अनुगमनका लागि र ४–५ वटा व्यवस्थापनका लागि) ।

३ = झोलमल वा गहुँत पानी १ः५ को अनुपातमा १, १ हप्ताको फरकमा छर्ने ।

४ = निममा आधारित विषादी एजाडिरिक्टिन जस्तैः निम्बिसिडिन, मल्टिनिम३–५ मिलि प्रति लिटर पानीमा मिसाई छर्ने ।

५"= सयपत्री वा असर्फी फूल जस्ता विरुवा जुन कीराहरुले फुल पार्न मन पराउछन् बारीको वरिपरि लगाउने र त्यसमा आर्कषण भएका

६ = कीराहरुलाई बिषादी प्रयोग गरि मार्ने । जस्तै जैविक विधि अन्र्तगत वि.टि. १% डब्लु पि १–२ ग्राम प्रति लि. पानीमा मिसाई प्रयोग गर्न सकिन्छ । वा एच.एन.पी.भी. जैविक विषादीको ३ मिलि १ लिटर पानीका दरले मिसाएर गोलभेडा बालीमा छर्ने ।
७ = ट्राईकोग्रामा केईलोनिस परजिबी कीराको प्रयोग गर्ने जसले यस कीराका अण्डाहरु नष्ट गर्छन् (७००० अण्डा प्रति रोपनी प्रति हप्ता ६ महिना विरुवाको वृद्धि अवधि भर) ।
८ = साइपरमेथ्रीन २ मिलि वा साइपरमेथ्रीन र क्लोरोपाईरिफस १.५मिलि प्रति लि. पानीमा मिसाई छर्ने । वा डेल्ट्रामेथिन वा फिप्रोनिलवा ट्रायजोफस वा कार्टप हाईड्रोक्लोराईड प्रयोग गर्न सकिन्छ ।

03/08/2022

कक्षा ११ बाली विज्ञान तर्फको भर्ना सम्बन्धि सूचना!!

Photos from Shree Netra Jyoti Secondary Technical School's post 31/03/2022

Congratulations
राष्ट्रपति शैशिक सुधार कार्यक्रम अन्तर्गत "पढ्दै कमाउँदै "(Learning by Earning) जुम्ला जिल्लाकै एकमात्र हाम्रो विद्यालय छनोट भएको छ।
Ranga Bahadur Rokaya

Photos from Shree Netra Jyoti Secondary Technical School's post 31/03/2022

Congratulations
राष्ट्रपति शैशिक सुधार कार्यक्रम अन्तर्गत "पढ्दै कमाउँदै "(Learning by Earning) जुम्ला जिल्लाकै एकमात्र हाम्रो विद्यालय छनोट भएको छ।
Ranga Bahadur

03/03/2022

शैक्षिक शत्र २०७९ को भर्ना सम्बन्धी सूचना।

12/02/2022

SEE परिक्षा समय तालिका
बैशाख ९ देखिन २० गते सम्म

12/02/2022

SEE को समय तालिका
बैशाख ९ गते देखिन २० गते सम्म

Photos from Shree Netra Jyoti Secondary Technical School's post 31/01/2022

बोडीलाई थाक्रा लगाउने नयाँ प्रबिधि।
*******
पुरानो जमानाको जस्तो रुख काटेर थाक्रो बनाउने देखि यो प्रबिधि सम्म कुन सहज लाग्यो comment गर्नु होला।

01/12/2021

Wanted wanted

01/12/2021

विज्ञापन र कक्षा ११ काे रजिस्ट्रेशन भर्ने सम्बन्धमा

Photos from Shree Netra Jyoti Secondary Technical School's post 17/08/2021

सुबर्ण अबसर !! सुबर्ण अबसर !! सुबर्ण अबसर !! भर्ना खुल्यो !! भर्ना खुल्यो !! भर्ना खुल्यो !!
श्री नेत्र ज्योति माध्यामिक प्राबिधिक बिधालय हिमा,2,ओदी मा 9-12 (4)वर्षे Diploma in Agriculture (Plant science) मा निसुल्क अध्यान गराइने ब्यबस्था भयको जानकारी गराउदछौ !
थप जानकारी का लागि :
रंग रोकाया :9849351170. दिपक बुढा 9848302820.

Want your school to be the top-listed School/college in Jumla?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Jumla