Shree Indra Lohani Memorial School

Shree Indra Lohani Memorial School Shree Indra Lohani Memorial School
Kamal-2, Jhapa

27/05/2026

सूचना !

विषय :- विद्यालय बिदा सम्बन्धमा ।

उपर्युक्त सम्बन्धमा मिति २०८३/०२/१४ गते ईद पर्व, २०८३/०२/१५ गते गणतन्त्र दिवस, साथै २०८३/०२/१६ र १७ गते सार्वजनिक बिदा परेको हुँदा उक्त दिनहरुमा विद्यालय बन्द रहने र २०८३/०२/१८ गते सोमबारबाट नियमित रुपमा विद्यालय सञ्चालन हुने व्यहोरा सम्पूर्ण शिक्षक कर्मचारी, विद्यार्थी, अभिभावक एवम् सरोकारवालाहरु सबैमा सूचित गरिन्छ ।

27/04/2026

आदरणीय अभिभावक ज्यू,

यहि मिति २०८३/०१/१५ गते मंगलबारदेखि हाम्रो विद्यालय श्री इन्द्र लोहनी स्मृति विद्यालय नियमित रुपमा पठनपाठन सञ्चालन हुने सम्पूर्णमा जानकारी गराइन्छ।

- श्री इन्द्र लोहनी स्मृति विद्यालय

अत्यन्तै__दुखद__खवर "आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टरदैन  त्यो इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ती मान...
20/04/2026

अत्यन्तै__दुखद__खवर
"आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टरदैन त्यो इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो" ।
------------------------------------------------
झापा जिल्ला कमल गाउँपालिका ०१ निवासी स्व. इन्द्र लोहनी, गोबिन्द लोहनी र ज्ञानेन्द्र प्रसाद लोहनीकि ममतामयी माता यस् क्षेत्र कै जेष्ठ माता तथा श्री इन्द्र लोहनी स्मृति विद्यालयका संस्थापक आदरणीय हरिमाया लोहनी ज्युको आज मिति २०८३ बैशाख ०७ गते सोमबारका दिन बिहान ६:५५ बजे निजि निवासमा निधन भएको छ।

अत्यन्तै मिलनसार सुशील शालिन तथा निष्ठावान सामाजिक एबं परोपकारी अग्रज अभिभावक समेत रहनु भएकी आदरणीय माता हरिमाया लोहनी ज्युको यस् दु:खद निधनले सिंगो कमल र गौरादह बासी आफन्तजन छरछिमेक तथा साथिभाइमा अति दुखित मर्माहित र शोकमग्न तुल्याएको छ । यस् दु:खद शोकको घडीमा दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछम । साथै उहाँको प्राथिर्ब शरीर लाई आज मिति २०८३ बैशाख ०७ गते बिहान ११:३० बजे गौरादह र कमल सिमनामा पर्ने गोपेश्वर कृष्णेगंगा घाट कमल पट्टीको घाटमा अन्त्येष्टि गरिने परिवार जन बाट जानकारी प्राप्त भएको जानकारी गराउदछौँ ।

15/04/2026

📢 नतिजा प्रकाशन तथा मार्कसिट वितरण सम्बन्धी सूचना!!!

आदरणीय अभिभावकज्यूहरू,
शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा सामेल कक्षा ५ सम्मका विद्यार्थी भाइबहिनीहरूको अन्तिम नतिजा तयार भएको जानकारी गराउँदछौँ। आफ्ना नानीबाबुहरूको शैक्षिक प्रगति विवरण (Report Card) बुझ्नका लागि निम्न मिति र समयमा विद्यालयमा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

कार्यक्रमको विवरण:
• मिति: २०८३ बैशाख ०८ गते, मंगलबार
• समय: बिहान १० बजेदेखि ।

13/04/2026

नव वर्ष २०८३ सालको पावन एवं सुखद अवसरमा इन्द्र लोहनी स्मृति विद्यालयको तर्फबाट सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षकवर्ग, कर्मचारी मित्रहरू, विद्यार्थी तथा शुभेच्छुक महानुभावहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। यस नयाँ वर्षले यहाँहरूको जीवनमा नयाँ उत्साह, उमङ्ग र सफलताका अवसरहरू ल्याओस् भन्ने कामना गर्दछौँ।

यस शुभ अवसरमा सम्पूर्ण अभिभावकज्यूहरूमा सदा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको वास रहोस् भन्ने कामना गर्दछौँ। शिक्षक तथा कर्मचारी वर्गमा अझ बढी समर्पण, जिम्मेवारीबोध र ऊर्जाको अभिवृद्धि भई आफ्नो कर्तव्यप्रति थप उत्साह जागृत होस् भन्ने अपेक्षा राख्दछौँ।

त्यसैगरी, विद्यार्थीहरूमा मेहनत, अनुशासन, सकारात्मक सोच, नैतिक मूल्य र सौहार्दताको विकास भई अध्ययन–अध्यापनका क्षेत्रमा नयाँ-नयाँ उपलब्धिहरू हासिल गर्न प्रेरणा मिलोस्। 🙏🙏

नयाँ शैक्षिक सत्र २०८३ का लागि कक्षा नर्सरी देखि कक्षा ५ सम्मका लागि भर्ना खुल्यो ।।।
31/03/2026

नयाँ शैक्षिक सत्र २०८३ का लागि कक्षा नर्सरी देखि कक्षा ५ सम्मका लागि भर्ना खुल्यो ।।।

30/03/2026
आदरणीय शिक्षक वर्ग,कर्मचारी, अभिभावकज्यू एवं विद्यार्थी भाइबहिनीहरू कमल गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य एङ्गल गुरुङज...
13/03/2026

आदरणीय शिक्षक वर्ग,कर्मचारी, अभिभावकज्यू एवं विद्यार्थी भाइबहिनीहरू कमल गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य एङ्गल गुरुङज्यूको असामयिक एवम् दुखद निधनको कारण गाउँपालिकाले एक दिन शोक विदा दिएको हुँदा आज फागुन २९ गते शुक्रबार एक दिन विद्यालयमा पठनपाठन स्थगित हुने व्यहोरा अवगत गराउन चाहन्छौं। साथै दिवंगत एङ्गल गुरुङज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै कामना गर्दछौँ।

नोट : सोमबारदेखि विद्यालय पूर्ण सञ्चालन हुनेछ।

रङै रङको चाड फागू पूर्णिमाको हार्दिक मंगलमय शुभकामना!
02/03/2026

रङै रङको चाड फागू पूर्णिमाको हार्दिक मंगलमय शुभकामना!

Address

Kamal-2
Jhapa

Opening Hours

Monday 09:00 - 16:30
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Saturday 09:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when Shree Indra Lohani Memorial School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category