10/04/2026
मिति २०८२-१२-०६ बाट सञ्चालित मेचीनगर नगरपालिकाको कक्षा ८ को नगर स्तरीय बार्षिक परीक्षाको परीक्षाफल मिति २०८२-१२-२६ गतेका दिन प्रकाशन भएको हुँदा, यस श्री कृष्ण आधारभूत विद्यालयमा शै. स. २०८२ मा कक्षा ८ को परीक्षामा सामेल भएका सम्पूर्ण विद्यार्थी र निज विद्यार्थीका अभिभावक ज्यूहरूलाई मिति २०८२-१२-२९ गते आइतबारबारका दिन नतिजा बुझ्न र यस परीक्षा/परीक्षाफलको विषयमा अत्यावश्यक छलफल गर्नुपर्ने भएकाले विहान १०:०० बजे विद्यालयमा अनिवार्य उपस्थित भइ दिनुहुन हार्दिक अनुरोध छ ।
नोट:- मिति २०८२-१२-२९ गते कार्यालय समय भित्र ग्रेड बृद्धि परीक्षा र समपरीक्षणको फर्म भरी मिति २०८२-१२-३० गतेका दिन नगरको शिक्षा,युवा तथा खेलकुद शाखामा बुझाइसक्नु पर्ने भएकाले अनिवार्य विद्यालयम उपस्थित भइदिनु हुन विनम्र अनुरोध छ ।
श्री कृष्ण आधारभूत विद्यालय
मेचीनगर-२, गाडागल्ली झापा ।