18/03/2023
परीक्षाको नतिजा ।
सामुदायिक (सरकारी) विद्यालयबाट एसईई पास गर्ने विद्यार्थीले मात्रै छात्रवृत्ति पाउँछन् भन्ने तर्क निराधार हो भन्ने प्रमाणित भएको छ । सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण भएकाले मात्र छात्रवृत्ति पाइन्छ भनेर अनर्गल प्रचार हुने गरेको छ । यसको दरिलो जवाफ यस वर्षको MBBS छात्रवृत्तिमा छनौटमा देखिएको नतिजाले दिएको छ । तथ्याङ्क अनुसार जम्मा १०८ परीक्षार्थीले छात्रवृत्ति पाएकामा १०१ जना संस्थागत (निजी) विद्यालय तर्फका विद्यार्थी छन् ।
संस्थागत (निजी) विद्यालय पनि नेपालको शैक्षिक उन्नतिका लागि नेपालीहरूले नै सञ्चालन गरेका विद्यालय हुन् । नेपालको शैक्षिक उपलब्धि हासिल गर्न संस्थागत (निजी) विद्यालयको महत्त्वपूर्ण भूमिका रहेको छ।
शिक्षा पाउनु सबै नागरिकको नैसर्गिक अधिकार हो। नेपालको संविधानले सबै नेपालीको शिक्षा आर्जन गर्ने अधिकार सुरक्षित गरेको छ। तर कतिपय ठाउँमा संस्थागत (निजी)) विद्यालयका विरुद्ध यस्ता भ्रामक हल्ला नगर्नु नै श्रेयस्कर हुनेछ। हामी कसैको विरोधी होइनौं। बरु समग्र नेपालको शैक्षिक उन्नयनका लागि सहकार्य गर्न हामी सदैव तत्पर छौं।
सबै नेपाली विद्यार्थी हाम्रा राष्ट्रका धन र मेरुदण्ड हुन् ।
जय शिक्षा