Shree Suryodaya Lower Secondary School,Dhimdhime,Gauradaha-Jhapa.Nepal

Shree Suryodaya Lower Secondary School,Dhimdhime,Gauradaha-Jhapa.Nepal

Share

Shree Suryodaya Lower Secondary School is situated at gauradaha,Jhapa, Nepal on the lap of DHIMDHIME VILLAGE.It was established on 2022 BS.

Do not educate your child to be rich.Educate him to be happy.So when he grows up, he will know the value of things, not the price...
Think....

20/05/2024

ठुला-ठुला गफ हैन हामी कर्ममा बिश्वास गर्छौ जुन हामीले गरिरहेका पनि छौ।यो हाम्रो समाज बनाउने महान अभियानमा जोडिनुहुन यंहाहरु सम्पुर्णलाई बिधालय परिवारका तर्फबाट आग्रह गर्दै थप सल्लाह,सुझाब र बिधालय प्रती यहाहरुको थप चासोका अपेक्षा राख्दछौ।
https://www.facebook.com/share/p/jB2mCo8EPfWC9cwe/?

16/05/2024

गौरादहको मुटुमा रहेको सुर्योदय आधारभुत बिधालयलाई अबका समयमा नमुना बिधालय संगसंगै हामी सबैको रोजाईको बिधालय बनाउन हामी कुनै कसर बाकी राख्दैनौ।आउनुहोस हातेमालो गर्दै यो महान अभियानमा हैमी सबैको एक्यबद्दता जनाौ।

05/06/2015

10 symptom of diabetes


thirstWhen the pancreas cannot produce enough insulin for the body or when the body cannot use the insulin produce in the body in right order then diseases called diabetes is seen in the body. Insulin helps to control sugar level in blood of our body. In 2014 done studies have shown that about 9% youth throughout the world are suffering from diabetes who are 18 or above 18 years old. In 2012 there were around 1 billion five hundred thousand people had lost their life due to the diabetes.
The living lifestyles of the people also have effect on having diabetes. The main cause of diabetes is lack of exercise and intake of excessive amount of carbohydrate containing foods. TO check whether you have diabetes in your system or not you need to have blood checked. Here are some common and simple symptoms of diabetes which when seen in your body should immediately look for treatment.
1. When the glucose level in the blood rise up then the kidney start to filter more glucose. When there is excessive amount of the glucose in kidney it start to throw out the urine faster then usual.This is the reason why you experience urination frequently with frequent thirst.
2. Insulin is required to distribute glucose to the different cells of the body. The cells need glucose for energy. When the insulin get low due to diabetes then the glucose cannot reach to the cells of the body. As a result the energy cannot get stored in the body creating more hunger.
3. When you gain your appetite more than often then you feel more tired then usual.This happens when the enough amount of the glucose in the cells of the body.
4. When you have diabetes then there is reduction of calories that cells take in as most of the glucose get thrown out in the form of urination letting no glucose get stored in the cells.
5. Due to the more glucose in the blood the nerves cannot transfer the message to the body part in better way. Commonly this problem is seen in hand and feet. Likewise blood cells get going weak.
6. When you have diabetes in your body then you experience weak eye sights problem.
7. When the blood have more amount of glucose in it then it’s hard to for nerves receive information about he infections or wound in the body.The high glucose level becomes obstacles for the immune system. Due to diabetes there comes reduction in white blood cells which result the late healing of the wounds and infections.
8. Along with late healing problem of wound there is repetition of same infection again and again.
9. The frequent urination reduce the water level in the body which cause dry skin. The dry skin is one of the common symptom of diabetes.
10. You happen to feel irritation due to the frequent hunger and less energy in the body. You also feel tired as you will not have enough calorie in your body due to diabetes.

30/05/2015

जन्मेको महिनाबाट थाहा पाउनुस् कस्तो हुनुहुन्छ तपाईं

तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । जन्मेको महिना अनुसार तपाईं कस्तो हुनुहुन्छ थाहा पाउनुस्ः

 १. बैशाख महिनाः बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् ।
२. जेठ महिनाः जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् ।
३. असार महिनाः यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् ।
४. साउनः साउन महिनामा जन्मिएका मानिसहरु सुख, दुःख तथा हानी–लाभमा सधैँ एकनास हुन्छन् ।
५. भदौः भदौ महिनामा जन्मिने मानिसहरु सधैँ खुसी रहने, धेरै बोल्ने, मधुर बोली भएको र सुन्दर व्यक्ति हुने गर्दछन् ।
६. असोजः यो महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् ।
७. कार्तिकः यो महिनामा जन्मिएका मानिसहरु धनवान्, कम बुद्धि, दुष्ट प्रवित्ति र पापी हुने गर्दछन् ।
८. मंसिरः यो महिनामा जन्मिएका मानिसहरु मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, पराक्रमी र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।
९. पुसः यो महिनामा जन्मिने मानिसहरु निडर, कठोर, देवताहरुलाई नमान्ने र सुख–सुविधा उत्पन्न गर्ने खालका हुन्छन् ।
१०. माघः यो महिनामा जन्मिने मानिसहरु वुद्धिमान, धनवान, निडर, निष्ठुर बचन बोल्ने प्रकारका हुन्छन् ।
११. फागुन महिनाः यो महिनामा जन्मिने मानिसहरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् ।
१२. चैतः यस महिनामा जन्मिने व्यक्ति दार्शनीक, अहंकाररहित, राम्रो कर्म गर्ने, रातो आँखा भएको र रिसाहा हुने गर्दछन् ।

25/05/2015

११ वर्षमै स्नातक पास, अमेरिकाको राष्ट्रपति बन्ने लक्ष्य

केही समयअघि अमेरिकामा एक जना वर्षका वृद्धले स्नातक उत्तीर्ण गरेको समाचार आयो र सबैलाई अचम्मित बनायो । अमेरिकामै फेरि अर्को अचम्म भएको छ । एकजना ११ वर्षका बालकले स्नातक उत्तीर्ण गरेर सबैलाई छक्क पारिदिएका छन् ।
क्यालिफोर्नियाको साक्रामेन्टोमा बस्ने तनिष्क अब्राहम नामका बालकले अमेरिकन रिभर कलेजबाट १८ सय विद्यार्थीसँगै मे २० मा स्नातक डिग्री हासिल गरेका हुन् ।
उक्त कलेजबाट स्तानक डिग्री हासिल गर्ने अब्राहम अहिलेसम्मकै कान्छो विद्यार्थी रहेको कलेजले जनाएको छ ।
तनिष्कले गणित, विज्ञान र विदेशी भाषा अध्ययन गरी ३ विषयमा स्नातक गरेका हुन् ।
tanishq-abraham
उनले १० वर्षको उमेरमै हाइस्कुलको परीक्षा पास गरेका थिए र ७ वर्षको उमेरदेखि नै अमेरिकन रिभर कलेजमा अध्ययनरत थिए ।
उनी ४ वर्षको उमेरदेखि नै मेन्सा इन्टरनेसनलको सदस्य रहेका थिए । मेन्सा इन्टरनेसनल निकै तिक्ष्ण बुद्धि भएका मानिसहरुको यस्तो अन्तराष्ट्रिय संगठन हो जसमा निकै उच्च आइक्यू स्तर भएका मानिसहरु सदस्य हुन्छन् ।
स्मरण रहोस् गत वर्ष अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनलाई बधाइ दिएर क्षमताको प्रसंसा गर्दै पत्र लेखेपछि तनिष्क चर्चामा आएका थिए ।
भविष्यमा डाक्टर, चिकित्सा अनुसन्धानकर्ता तथा अमेरिकाको राष्ट्रपति बन्ने आफ्नो चाहना रहेको तनिष्कको भनाइ छ । बीबीसी

25/05/2015

लुगा फुकालेर सुत्दाका फाइदा (जानि राखोै)
सुत्ने वेला तपार्इं लुगा फुकाल्नुहुन्छ कि हुन्न ? साधारणयता यस्तो प्रश्न वाहियात लाग्न सक्छ । तर, यो कुरा तपाईंको स्वास्थ्यसँग जोडिएको छ ।

लुगा फुकालेर सुत्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको कुरा विभिन्न तथ्यले पुष्टि भएको छ । अस्ट्रेलियाली अध्ययनकर्ताले यसबारे विभिन्न तथ्य सार्वजनिक गरेका छन् ।

उनीहरूको दाबीअनुसार लुगा फुकालेर नांगै सुत्दा हुने फाइदा यस्ता छन् :

लुगा फुकालेर सुत्दा अनिद्राको समस्याबाट मुक्ति मिल्छ । किनभने, नांगै सुत्दा शरीरको तापक्रम नियन्त्रित हुन्छ । यसले गहिरो निद्राका लागि सघाउ पुर्‍याउँछ । राति बारम्बार बिउँझिनुपर्दैन ।

लुगा फुकालेर सुत्दा शरीरमा कोटिर्जोल नामक तनाव उत्पन्न गर्ने हर्मोनको स्तरमा समेत कमी आउँछ । राति दुई बजेपछि कोटिर्जोलको स्तर शरीरमा बढ्न थाल्छ, तर लुगा नलगाई सुत्दा यो नियन्त्रित रहन्छ । उक्त हर्मोनले भुँडीमा बोसो जमाउने काम गर्छ । त्यसैले यसरी सुत्दा अनावश्यक पेट लाग्दैन ।

लुगाविहीन अवस्थामा सुत्दा शरीरको तापक्रम र कोठाको तापक्रम समानान्तर हुन्छ । शरीरको तापक्रम कोठाको तापक्रमबराबर हुँदा शरीरमा एन्टी एजिङ हर्मोनको वृद्धि हुन्छ । यसले बुढ्यौली पर पुर्‍याउन सघाउ पुर्‍याउँछ ।

यसरी सुत्दा ६ घन्टाभन्दा बढी निदाउन सकिन्छ । नियमित ६ घन्टा सुत्दा हृदयाघात, मधुमेह, डिप्रेसनलगायत जोखिमबाट टाढा रहन मद्दत पुग्छ ।

लुगाविहीन अवस्थामा सुत्दा यौनजीवनमा समेत सकारात्मक प्रभाव पर्छ । आपसमा टाँसिएर सुत्दा छाला–छाला सम्पर्कले शरीरमा अक्सिटोसिनको स्तर बढ्छ । जुन यथोचित यौनजीवनका लागि उपयुक्त हुन्छ ।

18/04/2015

एक अजीवको यौन मिथक

एक अजीवको यौन मिथक
‘पुरुष सुक्त'मा भनिएको छ, ‘चन्द्रमा मनसो जात' अर्थात् चन्द्रमाबाटै मानव मस्तिष्क बनेको हुन्छ, मान्छेको मस्तिष्कलाई चन्द्रमाले प्रभाव गरेको हुन्छ। एक असामान्य मानसिक अवस्थालाई अंग्रेजीमा ‘ल्युनासी' भनिन्छ जो चन्द्रमा जनाउने शब्द ‘लुनार'बाट बनेको हो। मानसिक बिरामीलाई चन्द्र–पक्षले तलमाथि गर्ने कुरा त जगजाहेर नै छ।

महाभारत चन्द्रवंशीहरूको कथा हो। यसर्थमा महाभारत खासमा लहडीहरूको कथा हो। मानसकथा हो। कल्पनाको एक सीमाहीन कथा जहाँ जे पनि सम्भव थियो। मानव मस्तिष्कले गर्ने कल्पना कति टाढासम्म पुग्न सक्छ भन्ने प्रश्नको उत्तर हो महाभारत। महाभारतको बारेमा एउटा भनाइ छ— संसारमा त्यस्तो कुनै मानवीय घटना भएकै छैन र हुने पनि छैन जो महाभारतमा कल्पना नगरिएको होस्।
आजको यो आलेखमा म महाभारतको मनिखाँबोमा रहेर हिन्दु मिथकमा रहेका फरक यौनिक प्रसंगहरूलाई कोट्याउने प्रयास गर्नेछु। आ–आफ्ना बौद्धिकता अनुसारले यसमाथि फरक प्रकारका सन्तुष्टि, असन्तुष्टि वा आरोपसमेत आउन सक्छन् भन्नेमा सचेत छु र ती सबैलाई सम्मान गर्ने पुर्वघोषणा गर्दछु।
महाभारत र यसले समेट्ने पुराण कथाहरूमा वर्णित यौन क्रियाकलाप र सन्तान उत्पादनको प्रक्रिया अति अनौठो लाग्ने गरी राखिएको छ। भनिन्छ— मिथकीय पात्रले देखाउने चरित्र भनेको अवचेतनमा अन्तरनिहित हाम्रो आफ्नै स्वभावको चरित्र हो। महाभारत लगायतका ग्रन्थहरू जसरी समाजमा अति प्रचलित र प्रिय हुनुको पछाडि सायद त्यही अवचेनले काम गरेको छ।
रजनिश ओशोले द्रौपदीको वस्त्रहरणको बेला भीष्म, विदुर, द्रोणाचार्य, कृपाचार्य लगायतका महापुरुषहरू मौन रहनुमा उनीहरूमा ‘द्रौपदीलाई नांगै हेर्ने मोह थियो' भनेर व्याख्या गर्दा ‘लौ केके न भन्यो' भन्नेहरू थिए। ओशोले फ्रायडको मनोवैज्ञानिक विवेचनालाई महाभारतमा प्रयोग गरे। तर आज मलाई लाग्छ, ओशोले फ्रायडलाई प्रयोग गरेर गलत गरे। यौन मनोविज्ञानको पूर्वीय बहस हेर्दा फ्रायड प्लेगियारिस्ट मात्रै सुनिन्छ। यौन सम्बन्धमा पूर्वले बनाएका मान्यताहरूबाटै यसको विवेचना गर्न सकिन्थ्यो।
महाभारत कथाको एउटा सारसत्य के हो भने यसका प्रमुख पात्रहरू सबैको जन्म असामान्य यौन व्यवहारबाट भएको छ। तिनीहरू नरनारीको सामान्य सेक्स र गर्भाधारणको सामान्य अवधिबाट जन्मेका छैनन्। कुनै एउटै पात्र पनि सामान्य जन्मका छैनन्, व्यहोराका छैनन्। श्रीकृष्ण, सत्यवती, द्रौपदी, भीष्म, पाण्डव, कौरव, व्यास, शिखण्डी लगायतका सबैको जन्म समान्य छँदै छैन।
जस्तो कि स्वयं श्रीकृष्णको परिवारमा हेरौं। आमा देवकी, बाबु वासुदेवसँगै कंशको जेलमा हुँदा सातांै सन्तानको रूपमा कृष्णका दाजु बलराम देवकीको पेटमा हुन्छन्। तर देवताहरूले बलरामको भ्रुण रोहिणीको गर्भमा सारेर देवकीकै गर्भमा चाँहि देवी योगमाया बसेको प्रसंग त्यहाँ पाइन्छ। के त्यति बेला भ्रुण स्थान्तरणको साँच्चैको काम गरिएको थियो वा कल्पनामात्रै? के यो सोरोगेट मदरहुडको प्रसंग नै हो त? वा अरू केही?
हेरौं शान्तनुलाई। शान्तनुले गंगालाई बिहे गरी भीष्म जन्मिए। एक सामान्य मानवको गंगा अर्थात् नदीसँग कसरी विवाह सम्भव हुन्छ? सम्भवत गंगा माझी समुदायकी एक विम्ब महिला हुन्। जसको परिचय गोप्य राख्न उनलाई गंगा नदीको समकक्षमा उभ्याइएको थियो। नदीलाई देखेपछि कामातुर हुने मनोरोग हुन्छ केही मानिसमा। पानीको स्पर्शले आह्लादित हुने यस्तै मनोरोगी पो थियो कि शान्तनु? जसले कामावेशका सामान्य मछावारा केटी गंगालाई गर्भवती बनायो? नभन्दै यस्तै गरी नदी किनारमै अर्की मत्यकन्या सत्यवतीलाई देखेपछि पनि उसको यौनग्रन्थि रनाहा परेको थियो।
सत्यवतीकै जन्मको प्रसंग पनि सहज र प्राकृतिक छैन। हरिवंश पुराणअनुसार सत्यवती श्रापले गर्दा माछा बनेर बसेकी अद्रिका नामकी अप्सराकी छोरी हुन्। चेदीका राजा बसुले सिकारमा जाँदा आफ्नी रानीको सम्झना मात्रले कामातुर भई वीर्य स्खलन गरेका थिए। सो वीर्यलाई उनले चिलमार्फत रानीकहाँ पठाए तर बाटोमा अर्को चिलसँग लडाइँ हुँदा चुच्चोबाट यमुना नदीमा खस्यो। खसेको वीर्य पान गरिन् माछाको योनीमा रहेकी अद्रिकाले र गर्भवती भइन्। एक माझीले उनलाई पक्रेर काट्दा पेटमा दुई स्त्री र पुरुष मानव सन्तान देखे। जसलाई उनले राजाकहाँ लगे। राजाले केटालाई राखे र केटीलाई तिनै माझीले पाले। केटीको शरीरबाट माछाको गन्ध आउँथ्यो यसैले उसको नाम नै मत्स्यगन्धा राखियो। पछि गएर मात्रै उनको नाम सत्यवती भयो।
यो हो जन्मको कुरा। कामसुत्र अनुसार माछाको गन्धयुक्त योनीरस भएका स्त्रीहरू जोकोहीलाई पनि कामावशमा पार्न सक्ने हुन्छन् भनिएको छ। हुन पनि उनी त्यस्तै थिइन्। यमुना नदीमा माझीको काम गर्दा एक दिन उनको डुंगामा आइपुग्ने पराशर ऋषि उनको त्यही गन्धका कारण कामभावनाले ग्रस्त हुन्छन्। आफ्नो कुमारित्व सुरक्षित रहनुपर्ने र आफ्नो सन्तान जन्मेको कुरा गोप्य रहनुपर्ने सर्तमा पराशरको यौन याचनालाई सत्यवतीले स्वीकार गर्छिन्। सोही दिन जन्मेका हुन् महर्षिवेद व्यास। जो जन्मिँदाकै दिन बढेर हुर्केर देशावरमा हिँडेका थिए। यिनै महाशयले जो लेखे महाभारतको कथा।
तिनै मत्यगन्धा सुन्दरीको वशमा परे राजा शान्तनु। आफ्ना सन्तानले राजा हुन पाउने भएमात्रै शान्तनुसँग जाने सर्त राखेकै कारणले (?) भीष्मले राजगद्दी त्याग्ने र अविवाहित रहने प्रतीज्ञा गरे। शान्तनुबाट यिनले चित्राङ्गद र विचित्रवीर्य नामका छोरा जन्माइन्। चित्राङ्गद अविवाहित नै मरे भने विचित्रवीर्य अम्बिका र अम्बालिका बिहे गरेपछि सन्तान नजन्मँदै मरे। सोही कारणले सत्यवतीले नियोगका लागि आफ्नो पहिलो छोरा व्यासलाई डाकिन्।
यही नियोगबाट अम्बिकाबाट पाण्डु र अम्बालिकाबाट धृतराष्ट्र जन्मेका हुन्। कथाअनुसार सेक्स पार्टनरको रूपमा डरलाग्दो योगी व्यासलाई देखेकाले अम्बिकाले आँखा चिम्लिइन् फलस्वरूप धृतराष्ट्र अन्धो जन्मिए। त्यस्तै डरले पहेँलै भएर अम्बालिका सेक्समा सामेल भएको हुनाले रक्तअल्पता भएको पहेलो वर्णको पाण्डु जन्मे। तर तेस्रो नियोगका बेलामा डरले उनीहरूबाट पठाइएकी दासी परिश्रमी भने शान्त रहेको हुनाले शान्त तथा स्वस्थ विदुर जन्मे। महाभारतले भनेको यस्तै छ।
किस्सा र कथाले देवव्रत अर्थात् भीष्मको अविवाहित रहने प्रतीज्ञा उनको पिताको मत्स्यकन्यासँगको प्रेमका खातिर थियो भनिए पनि महाभारतमा भीष्मका केही शंकास्पद भनाइ पाइन्छन्। प्रतीज्ञा लिँदाका बखतबाटै भीष्मलाई आफ्नो लैंगिकताको ज्ञान थियो भन्ने विवेचना आजकाल बजारमा छन्। पुरुषमा आसक्त हुने गुण थियो थिएन भन्न नसकिए पनि उनमा आइमाईसँग अनासक्त रहने यौनिक गुण थियो। उनले आइमाईहरूलाई घृणा गर्दथे भन्ने विवेचना गर्न अनेक प्रमाण महाभारतभित्रै पाइन्छन्। उनले नरनारीबीच हुने यौन र विवाहलाई ‘मानव जातिको पतन भएपछि आएको प्रचलन' भनेर विवेचना गरेको प्रसंग महाभारतमा पाइन्छ। के उनी समलिंगी थिए त?
श्रीकृष्णका सम्बन्धहरू पनि मापाका छन्। उनले हरेक सम्बन्धलाई सम्पूर्णतामा निभाउन सकेका थिए। यस मानेमा कुनै पनि सम्बन्धको गहिराइ श्रीकृष्णको भन्दा गहन हुने कल्पना गीताले गर्दैन। श्रीकृष्णलाई प्रेमका प्रतीक त्यसै भनिएको होइन। उनले प्रेमका तमाम सम्बन्धलाई पराकाष्ठाबाटै भोगेको हुनाले उनलाई अवतारहरू मध्येका सर्वाधिक महान् भोक्ता पनि भनिन्छ। विष्णुका अवतारमध्ये उनको ‘मोहिनी रूप' काफ्काको मेटामर्फोसिसलाई मात ख्वाउने छ। उनी वाइसेक्सुअल थिए भन्ने प्रशस्त आधार वैदिक ग्रन्थमा पाइन्छन्। जस्तो कि भागवत गीतामा अर्जुनलाई भन्छन्—
तिमी नै म हौ र म तिमी हुँ। जे मेरो हो त्यो नै तिम्रो हो। जसको साथ तिमी छौ उसको साथ म पनि छु। जसले तिमीलाई पछ्याउँछ, उसले मलाई पनि पछ्याउँछ। हे पार्थ, तिमी मबाटै सिर्जित हौ र म तिमीबाट। (वन पर्व)
त्यस्तै द्वारिका फर्कनु अघिल्लोे रातको यस्तो प्रसंग छ—
महाशक्तिशाली कृष्ण धनन्जयको खोपीमा गए। उनको अर्चना गरेर सम्भव भएसम्मको सेवा गरी आनन्द उठाए। महाबुद्धिशाली कृष्णले त्यो रात धनञ्जयसँग एउटै बिस्तरामा आनन्दपूर्वक बिताए। (अश्वमेध पर्व)
मित्रता अर्थात् मित लगाउने विधि र वैवाहिक विधि वैदिककालमा उस्तै थियो। भनिन्छ— सप्त पदम् हि मित्रम् अर्थात् आगोलाई साक्षी राखेर सातफन्का लगाउनाले मित्रता हुन्छ। रामले सुग्रिवसँग यसरी नै मित लगाएका थिए। कृष्णले अर्जुनलाई मित भन्दथे।
हिन्दु मिथकमा जन्मका असामान्य प्रक्रियाका अनेक किस्ता छन्। जस्तो कि रामायणमा सीता जमिन (माटो) बाट र महाभारतमा द्रौपदीलाई आगोबाट जन्मेका महिलापात्र हुन्। त्यस्तै महाभारतको जरासन्ध दुइटा आइमाईबाट आधाआधा जन्मेको हो। पछि एक राक्षसीले उसलाई जोडिदिएकी थिई। शिव पुराणमा शिवपुत्र कुमार अर्थात् कार्तिर्के पनि अग्निबाट जन्मेको भनिएको छ। उसलाई श्कन्द पनि भनिन्छ। अग्नीले शिवको वीर्यपान गरेपछि श्कन्ध जन्मेका थिए। भागवत पुराणअनुसार शिव र विष्णु (मोहिनी रूप)को समयोगबाट अयाप्पन जन्मेको थियो। त्यस्तै गणेशको जन्म गर्भाशयबाहिरबाटै भएको थियो। त्यस्तै अर्को अनौठो जन्मको प्रसंग पुराणमा पाइन्छ। भगवान् शिवको आदेशानुसार दुई विधवा स्त्रीको संसर्गबाट भागीरथको जन्म भएको थियो। भागीरथ शब्दमा प्रयुक्त भगको अर्थ स्त्री जनेन्द्रिय भन्ने हुन्छ। क्रित्तिभाको रामायणमा यो प्रसंग छ।
द्वैमाताको यो यस्ता प्रसंगले समलैंगिक व्यवहारको पुष्टि गर्दैन भन्न सकिन्न। जस्तो कि अग्निलाई द्वैमात्री पनि भनिन्छ। यसको अर्थ दुई आमाबाट जन्मेको भन्ने हुन्छ। द्यौस र पृथ्वी अर्थात् आकाश र धरतीलाई यसको आमा मानिन्छ। संस्कृत भाषामा आगो निकाल्ने दाउरा स्त्रीलिंगी नाम हो। स्मरण के गर्न सकिन्छ भने फ्रिक्शन (घर्षण) ले आगो उत्पन्न हुन्छ नकि पेनेट्रेशन (गमन) ले। यसैले अग्निको जन्मलाई पनि समलैंगिक मान्न सकिन्छ। त्यसो त ऋग्वेदमा अग्नि उत्पन्न गराउने विधिको व्याख्या गरिएको छ। जसले अग्निका पाँचपाँच गरी दुई भागमा बाँडिएका १० आमाहरू भनेर व्याख्या गरेको छ। जसको अर्थ औंलाहरू भन्ने हुन सक्छ। औंलाको यौनिकता पनि स्पर्श र घर्षण हो गमन होइन।
लिंग परिवर्तनको किस्सामध्येमा सिखण्डीको किस्सा पपुलर छ महाभारतमा। राजा द्रौपदले आफ्नी छोरी शिखण्डीनीलाई पूरै छोरासरह पालेका हुन्छन्। यतिसम्म कि उनले शिखण्डीको विवाह दशर्ण देशका राजा हिरण्यवर्णकी कन्यासँग गरिदिएका थिए। भनिन्छ, सुहागरातमा मात्रै शिखण्डीलाई र उसकी नवविवाहित दुलहीलाई उसको यौनिकताको बारेमा जानकारी भएको थियो। आफ्नो पति एक स्त्री भएको थाहा पाएपछि उत्पात हुन्छ। उसको बाबुले द्रौपदको पूरा राज्य ध्वस्त पार्ने धम्की दिन्छन्। समस्याको समाधना नपाएर व्याकुल शिखण्डीलाई स्थुनाकर्ण नामको यक्षले आफ्नो पुरुषत्व प्रदान गर्छन्। पछि नीतिविपरिक काम गरेको आरोपमा यक्षराज कुबेरबाट स्थुनाकर्णले आफ्नो पुरुषत्व फिर्ता पाउन शिखण्डीनको मृत्युसम्म कुर्नु पर्ने श्राप पाउँछ।
त्यस्तै अर्को प्रसंग छ पुराणमा, किमपुरुषको। किमपुरुष एक महिना नर र अर्को महिना नारी हुने गर्दथी/गर्दथ्यो। पतन्जलीको व्याकरणमा स्त्रीलिंग र पुलिंगबाहेक पनि उभयलिंग, नपुंसक लिंग र द्विलिंगको सन्दर्भ छ। यसले वैदिकालमा हुने नर–नारीबाहेकको यौनिकतालाई दर्शाउँछ।
कुरुक्षेत्रको युद्धमा पाण्डवको विजयको लागि दुर्गा कालीलाई भोग चढाउनुपर्ने हुन्छ। भोगमा चढ्नको लागि अर्जुन र नागकन्या उलुपीको सन्तान ऐरावण तयार हुन्छ तर अन्तिम इच्छा राख्छ— मर्नुपूर्व विवाह गर्ने र कुमार नरहने। भोलिपल्ट मर्न तयार भएको कुनै पुरुषलाई कसैले पनि छोरी दिन तयार हुने कुरा भएन। समस्या समाधानको लागि कृष्णले मोहिनी रूप धारण गर्छन् र ऐरावणसँग विवाह गर्छन् र रातभर उसको कुमारत्व उपभोग गर्छन्। भोलिपल्ट ऊ मारिएपछि एक विधवाले गन अन्त्येष्टीको कार्य पनि गर्छन्।
विष्णुको मोहिनी अवतार धेरै आइरहन्छ। असुरहरूलाई उल्लु बनाएर समुन्द्र मन्थनको बेला अमृतविमुख बनाउनमा होस् या साधुहरूको ध्यान उडाएर लठ्ठ पार्न होस्, विष्णुको यो रूपको प्रयोग कति छ कति। विष्णुको नारी स्वरूप मोहिनी रूप यति मोहित गर्ने थियो कि यिनको लहैलहैमा भष्मेश्वरले आफ्नै शिरमा हात राखेर भष्म भयो, स्वयं शिवले यिनलाई देखेर कामातुर भएर वीर्य पतन गरेका थिए, जसबाट हनुमान र मणिकन्थन अय्याप्पा जस्ता महावलीको जन्म भएको मानिन्छ।
प्रश्न मोहिनी रूप धारणलाई साधारण अन्धभक्त भएर लिने कि यसलाई पौराणिक पात्रको समलैंगिक चरित्रको रूपमा लिने? भन्नेमात्रै हो। सर्वशक्तिमान विष्णु मोहिनी अवतारमा आफैं किन उत्रिए? जबकि यसको कामको लागि उनले कुनै पनि सुन्दरी परी वा अप्सरालाई प्रयोग गर्न सक्थे वा त्यस्तै काल्पनिक स्त्रीको रचना गर्न सक्थे। कुरा प्रस्ट छ, उनी वाइसेक्सुअल थिए। तर बचाउमा भागवत गीता भन्छ, जसले मोहिनी रूपमा मख्ख पर्योग ऊ सांसारिक मायाजालमा पर्योक, जसले मोहिनी रूपको सारमा विष्णुलाई देख्यो ऊ मुक्त भयो। तर उनलाई देख्दैमा कामातुर भएर वीर्य पतन गर्ने महादेवलाई कुन क्याटागोरीमा राख्छ गीताले?
ब्रह्मा पुराणमा मोहिनीले ब्रह्मालाई भन्छे— रजस्वालापछि ऋतुकालमा रहेकी महिलाको कामेच्छालाई इन्कार गर्ने जोकोही पुरुष नपुंशक हो। पुराणको यही नीती अर्थात् धर्मको आधारमा उर्वशीको इच्छालाई इन्कार गर्ने अर्जुनले श्रापमा परेर ब्रिहन्नला भए। एक वर्ष राजा विराटको दरबारमा नाच सिकाएर बसे। भारतमा पछिल्लो कालसम्म धेरै दरबारमा हिजराहरू रानीका सुसारे बनेर बसेका हुन्। गुजरातमा बहुचराजी नाम गरेकी हिजराहरूकी देवीको मन्दिर नै छ।
शुद्ध नर वा नारीको भन्दा फरक यौनिकता देखाउने मान्छेलाई वैदिककालमा क्लिवा भनिन्थ्यो। मनुस्मृतिमा क्लिवालाई धार्मिक क्रियाकलाप गर्न, सम्पत्ति आर्जन गर्न वञ्चित थियो। वास्तवमा क्लिवा भन्ने शब्द नर वा नारीबाहेकको फरक यौनिकता राख्ने जोकोही प्रकारको लैंगिक स्वभावको सामूहिक नाम थियो। क्लिवाका १४ प्रकार रहेको व्याख्या पाइन्छ जसमध्ये एकमा मुखलाई योनीको रूपमा प्रयोग गर्ने पुरुष भनिएको छ। जसको नाम मुखभग भनिएको छ। नारद पुराणअनुसार महाप्रलय आएर कलियुग समाप्त हुनुअघि मान्छेहरूले यौनिक अकर्मयण्ता देखाउनेछन्। ‘नरहरूले योनीबाहेक (मुख वा गुद्वार?) मा वीर्य पतन गर्नेछन्।' हालाकि यसलाई पापको रूपमा व्याख्या गरिएको छ, तर यसबाट बुझ्न के सकिन्छ भने वैदिक विद्वान्हरूले यसको अस्तित्वलाई स्वीकार गरेका थिए।
कथासारितसागरमा एउटा कथा छ। एक राजाले पितृको श्राद्धका बेला पिण्डहरू नदीमा चढाउन लाग्दा तीन वटा हात निस्के। एउटा किसानको, अर्को साधुको र अर्को योद्धाको। आकाशवाणीले भनेछ— किसानले तिम्रो आमालाई बिहे गर्योस, तपस्वीले उनलाई गर्भवती बनायो र योद्धाले तिम्रो भरणपोषण गर्यो। यी तिनैका हात हुन्। तर तिमीले पिण्ड किसानको हातमा थमाउनु। यसबाट के थाहा हुन्छ भने, धार्मिक मान्यताले वास्तविक पिताको रूपमा विवाहित रहेको पुरुषमात्र हुने व्यवस्था गरेको देखिन्छ।
अन्त्यमा एउटा लोकोक्तिले बिट मार्नु ठिक होला। हिजराहरूमा प्रचलित एक कथाअनुसार १४ वर्ष वनबास जाँदा पछि लागेका जनतालाई घर फर्किने आदेश दिँदा श्रीरामले ‘सम्पूर्ण नरनारीहरू घर फर्किनू' भनेका थिए रे। नरनारीमात्रै सम्बोधन गरेकोले तेस्रो लिंगीहरू १४ वर्षसम्म उनी आउने बाटो कुरेर बसेका थिए रे। पछि वनबासबाट फर्किंदा उनीहरूको भक्ति देखेर रामले ‘यसपछिको युगमा तिमीहरूले शासन गर्नेछौं' भनेका थिए रे।
के सत्ययुगपछिको द्वापरमा शासन गर्नेहरू तेस्रोलिंगी नै थिए त? नभए महाभारतका हरेक पात्रलाई उत्पात उत्पातका कल्पनाबाट जन्माउनुपर्ने जरुरत किन थियो व्यासलाई? सामान्य र प्राकृतिक रूपमा जन्मेका भए के महाभारतको देशना अर्थपूर्ण हुँदैनथ्यो?

01/03/2015

परिवर्तनका लागि एकजना नै काफी

सार्वजनिक विद्यालयको मुहार फेर्दै यी जिशिअ
ज्ञानमणि नेपाल जिल्ला शिक्षा अधिकारी बनेर पाँचथर गएको एकवर्ष सात महिना पुग्यो। यी १९ महिना पाँचथरका सार्वजनिक विद्यालयमा शिक्षाको गुणस्तर बढाउन उनी अहोरात्र खटे। राजनीतिक दल, शिक्षक संगठनहरूसँग घम्साघम्सी नै पर्‍यो। उनी पछि हटेनन्। लक्ष्यमा दृढ उनले विद्यार्थीको हित छोडेनन्, अरु केहीलाई टेरेनन्।
आज पाँचथर जिल्लाका ३९४ स्कुलमा उनलाई नचिन्ने विद्यार्थी कमै छन्। उनको मोबाइल नम्बर थाहा नहुने कोही छैन। दिनहुँ उनको मोबाइलमा विद्यार्थीका फोन र एसएमस आउँछन्।
स्कुलमा शिक्षकले पढाए-नपढाएको विद्यार्थीले नै जानकारी गराउन थालेका छन् जिशिअलाई।
स-साना नानीहरूसँग जिशिअ यति सहज छन्, विद्यालय निरिक्षणका बेला जाँदा उनलाई पच्छ्याउँछन् र भन्छन्- सर, तपाईं आउनुस् न हामीलाई पढाउन!
यी जिशिअका लागि जीवन, कर्म र सुख त्यही हो।
अचेल शिक्षकहरूमा पढाउने तरिका सुधार्ने रुची बढेको छ पाँचथरमा। कति त सुधारको प्रतिस्पर्धामै उत्रिएका छन्।
फिदिम उच्च माविको एक कक्षा नमूना कक्षा हो।
पुरानो ढर्रा फेरिएको त्यो कक्षामा शिक्षकहरूले विद्यार्थीलाई सिकाउन आफ्नो सम्पूर्ण क्षमता लगाएका छन्। ‘कक्षामा शिक्षकले पनि साह्रै राम्रो ‘पर्फमेन्स्’ गरेका छन्। विद्यार्थी पनि निकै राम्रा भएर निस्केका छन्,’ नेपालले सुनाए।
त्यही कक्षामा जिशिअले फिदिम (पाँचथरको सदरमुकाम) का केही ‘सम्पन्न’हरूलाई ल्याएर देखाएका थिए। ‘ल सर, अब छोराछोरीलाई हामीले प्राइभेट छोडेर यहीँ भर्ना गर्ने हो,’ अभिभावकहरूले नै उनलाई भने।
जिशिअ नेपालले अचेल शिक्षकहरूलाई भन्ने गरेका छन्- ल हेर्नुस् न, यस्तो त तपाईंले नै बनाउन सक्नु हुँदो रहेछ नि!
विद्यार्थी घरै नगई पढ्न सुरिएको देखेर शिक्षकहरूमा पनि पढाउने रुची र जाँगर बढेको छ।
पाँचथरमा मात्रै होइन, यी जिशिअको शिक्षा सुधार अभियानले इलाम र तेह्रथुमलाई पनि सकसक पारिसकेको छ। इलाम र तेह्रथुमका शिक्षक र आरपी(स्रोतव्यक्ति)हरूले पनि फोन गरेरै भन्न थालेका छन्- सर, हामीले पनि चेन्ज गर्नुपर्‍यो। कसरी गर्ने सिकाउन आउनुपर्‍यो।
अस्ति मंगलबार जिशिअ नेपालको हौसलाले आकाश छोयो।
त्यो दिन ललितपुरस्थित रातोबंगला स्कुलकी शान्ता दीक्षितले पाँचथरका सबै सरकारी स्कुलका शिक्षकलाई तालिम र अन्य सहयोग गर्ने वाचा दिएकी थिइन्। जब कि दुई वर्षअघि नेपाल आफैँ सहयोग गरिदिनुपर्‍यो भन्ने आग्रह लिएर रातोबंगला पुगेका थिए। उनैले फर्काएकी थिइन्।
‘अब पाँचथरका नानीहरूले पनि स्तरीय शिक्षा पाउने भए,’ उनले भने, ‘ मलाई यति खुसी, यति सन्तोष कहिल्यै भएको थिएन।’
उत्साही हुँदै उनले थपे, ‘तीन वर्ष पाँचथर बस्न पाए, जिल्लालाई नमूना बनाउँछु। अन्तर्राष्ट्रिय स्तरको शिक्षा जिल्लामै दिलाउँछु।’
* * *

जिशिअका रूपमा पहिलो नियुक्ति बुझेर नेपाल फिदिम जिल्ला शिक्षा कार्यालयमा हाजिर भए, २०७० साल असार ३ गते। ४ गतेदेखि नै शिक्षक तालिम थियो।
कसरी विद्यार्थीलाई सिकाउने भनेर तालिम लिइरहेका थिए शिक्षक। उनीहरूले पाठ्यक्रम कसरी लागू गर्ने भनेर तालिममा देखाए। तालिम त राम्रो भयो।
जिशिअले सोधे- यही कुरा तपाईंहरूले कक्षाकोठामा लागू हुन्छ कि हुन्न?
शिक्षकहरू मुखामुख गरे।
‘लेसन प्लान बनाएर पढाउने कति हुनुहुन्छ हात उठाउनुहोस् त,’ उनले भने।
कुनै पनि शिक्षकका हात उठेनन्।
जिशिअ नेपालले उनीहरूलाई भने, ‘जनाताको लाशका रेमिटेन्सबाट आएको पैसाबाट तलब थाप्ने हो तपाईंहरूले उनीहरूका बच्चालाई राम्रोसँग पढाउन पर्दैन?’
शिक्षकहरू उनीसँग रिसाए। जिशिअविरुद्ध समाचार लेखाउन भिडियो रेकर्ड नै मिडियामा पठाइदिए। जिशिअले माफ माग्नु पर्ने माग राख्दै सिडियोको कार्यालय घेर्न गए । जब रेडियोमा रेकर्ड बज्यो, उल्टो असर पर्‍यो। जनताले वास्तविकता थाहा पाए, मिडिया र अभिभावकले जिशिअलाई नै सपोर्ट गरे।
नेपालको सुधारको गाडी अघि बढ्यो ।
यो पनि पढ्नुस-
-पाँचथर हल्लाउँदै छन् यी जिशिअ

शिक्षकहरूलाई कक्षाभित्र राख्न अर्को तरिका पनि अपनाए, विद्यार्थीहरूलाई लगबुक दिएर। यो लगबुक धेरैजसो विद्यालयका ६ देखि १० कक्षासम्मलाई बाँडे। कक्षाको लिडरले लगबुकमा कुन शिक्षक कतिखेर आए कतिसमय कक्षामा बसे भनेर टिप्न थाले।
यसमा शिक्षक, विद्यार्थी, प्रधानध्यापकलगायतको हस्ताक्षर हुन्थ्यो। ‘विद्यार्थीले लगबुकमा शिक्षक आए/गएको लेख्न थालेपछि शिक्षकले त सुखै नपाउने रैछ,’ उनले भने, ‘शिक्षकहरू कक्षाकोठा भित्र त पसे तर मोटिभेटेड भएनन्।’
शिक्षकलाई नै पढाउनमा मन बसाल्ने र उनीहरूलाई आत्मविश्वासी बनाउने चुनौती थियो। विद्यार्थीलाई भन्दा पनि शिक्षकलाई नै पढाउनुपर्ने देखेर उनले त्यो पनि व्यवस्था मिलाए। फिदिम (स्रोतकेन्द्र) नगरपालिकाभित्रैका ३२ वटा विद्यालयका शिक्षकका लागि यो व्यवस्था थियो।
तर, शिक्षकहरूले पढाउनुपर्छ। सिक्नका लागि उत्साही शिक्षक भइदिएको भए, बिहान-बेलुकाको समय पनि पर्याप्त थियो। उनीहरूका पनि घरव्यवहार हुन्छन्।
खासगरी प्राथमिक तहका शिक्षकहरूलाई पढाउनु थियो। साना कक्षाको पढाइ सुधार्न सकेपछि त विद्यार्थीको पढाइमा रुची बढ्छ। उनीहरूको सिक्ने तरिका राम्रो र सिर्जनात्मक हुनुपर्छ। त्यसका लागि त पहिले शिक्षकहरूलाई नै ‘मोटिभेटेड’ गर्नुपर्‍यो।
जिशिअले शिक्षकहरूको समस्यासमेत पत्ता लगाएका थिए- अरु विषयभन्दा अंग्रेजी र गणितमा उनीहरू कमजोर छन्।
शनिबार उनीहरूलाई ठूलो कक्षाका शिक्षकले पढाउन थाले। केही शिक्षक त आए, अरु आएनन्। जागिर मात्रै खाने मानसिकता भएकाले सिक्ने-सिकाउने रुची राख्दैनन्। उनीहरूले आदेशकै भाषा बुझ्छन्। प्राथमिक तहका शिक्षकहरूलाई ‘जसरी पनि शनिबार आउनै पर्ने, नआए सरुवा गरिदिने’ चेतावनी नै दिए उनले।
पहिले पाठ्यक्रम विकास केन्द्रमा काम गरेका नेपालले त्यहाँ किताबहरू काम नलागेको देखेका थिए। ‘इभालुयसनका लागि पठाएका किताबहरू कता फालौँ भन्ने तनाव हुन्छ केन्द्रलाई तिनै किताब मैले लैजान्छु भनेँ।’
दुई गाडी किताब लगेर उनले फिदिम र नामिडाँडामा लाइब्रेरी बनाए। सात महिना पढाएपछि क्षमता र विश्वास पनि बढ्यो शिक्षकहरूमा। उनीहरू आत्मैदेखि पढाउने काममा मोटिभेटेड भए।
विद्यार्थीको पढाइलाई असर गर्ने अर्को समस्या देखेका थिए नेपालले- कक्षाकोठामा पसेर किताबमा जे छ, त्यही पढाउने र फर्किने।
सिकाउने जाँगर उनीहरूमा कत्ति थिएन। त्यसले उनीहरूको जागिर त पाक्थ्यो तर सिर्जनात्मक क्षमता न उनीहरूको बढ्थ्यो न विद्यार्थीको। घोकन्ते विद्यार्थी उत्पादन गर्ने कारखानाजस्तै बनेको त्यसै होइन।
‘ठूलालाई आदर गर्नुपर्छ’ भन्ने पाठ्यक्रमको उद्देश्य छ भने किताबमा उदाहरणसहितको पाठ हुन्छ। शिक्षकहरूले त्यही पाठ पढाएर मात्रै निस्किन्छन्। ‘रामले आफ्नो काकालाई नमस्कार गर्छ’ भन्ने उदाहरण पढेका विद्यार्थीले त्यही मात्रै बुझ्छन्। ‘आफ्ना काकालाई तिमी के गर्छौ?’ भन्ने प्रश्न सोध्यो भने भन्न सक्दैनन्। किनभने किताबमा त्यो हुन्न।
‘यसरी पढाउँदा पठ्यक्रमको उद्देश्य पूरा हुँदैन,’ उनले भने, ‘पाठ्यक्रमको उद्देश्य अनुसार उपलब्धि पाउन त विद्यार्थीलाई पढाउने होइन, सिकाउनु पर्थ्यो।’
नेपालले के पनि थाहा पाए भने शिक्षकहरूले पाठ्यक्रम नै पढेका हुँदैनन्। ‘कुनै पनि विद्यालयमा पाठ्यक्रम नै रहेनछ,’ उनले भने। पाठ्यक्रम अनिवार्य किन्न उनले विद्यालयलाई निर्देशन दिए।
* * *

सामुदायिक स्कुलका विद्यार्थी एकदमै कमजोर थिए। फिदिमको सबैभन्दा राम्रो मानिएको विद्यालयमा कस्तोसम्म भेटियो भने १० को विद्यार्थीले जोडघटाउ नजानेको!
‘होइन, पढाउनुहुन्न, सिकाउनुहुन्न कि के हो?’ उनले शिक्षकलाई सोधे।
शिक्षकहरूको जवाफ हुन्थ्यो- त्यसो होइन, अभिभावकले नियमित पठाउँदैनन्। उनीहरू रेगुलर नभएपछि राम्रोसँग पढाउन सकिदैँन। ‘त्यसो भए एकदम कमजोर विद्यार्थीलाई मकहाँ पठाइदिनुस्,’ सदरमुकामनजिकैका विद्यालयमा गएर उनले भने।
अघिल्लो वर्ष कसैले पनि विद्यार्थी पठाएनन्।
यो वर्ष उनीकहाँ फिदिम उच्च माविका शिक्षक दुर्गा खत्रीले ५ जना विद्यार्थी पठाइदिए। गणितमा शून्य, दुई र तीन नम्बर ल्याएका थिए उनीहरूले ९ कक्षाको परीक्षामा । तर पनि उनीहरूलाई कक्षा चढाइएको थियो। स्कुल व्यवस्थापन समिति र प्रध्यानाध्यापकको निर्णयले पास गराएको रहेछ। त्यो सबै विद्यालयको रोग नै थियो।
आफूकहाँ आएका पाँच जनालाई त सिकाउन पर्‍यो। जिशिअ नेपालकी पत्नीले गणित विषय नै पढेकी थिइन्।
‘लौ यी विद्यार्थीलाई तिमीले नै पढाउनुपर्‍यो,’ उनले आफ्नी पत्नीलाई भने।
१० कक्षाका ती विद्यार्थीले ५ र १० अंक जोड्दा कति हुन्छसमेत भन्न सकेनन्। उनकी पत्नीले दुई कक्षाका किताब ल्याएर तिनलाई पढाउन थालिन्। १० कक्षाका विद्यार्थीले एक हप्तामा दुई कक्षाको हिसाब जान्ने भए।
त्यसपछि ३ कक्षा, अनि ४ कक्षा गरेर दुई महिनामा ९ कक्षाको कोर्स सकियो। ‘बल्ल उनीहरू १० कक्षाको हिसाब गर्न सक्ने भए,’ नेपालले भने, ‘एक जनाले त पछि एसएलसी पास नै गरे।’
यसरी विद्यार्थीसँग बसेर उनीहरूको समस्या बुझेर पढाउने जाँगर शिक्षकमा भएको भए, उनीहरू कमजोर किन हुन्थे र? ‘८ या ९ कक्षामै यसरी सिकाएको भए त उनीहरू सबै पास हुन्थे नि!’ उनले शिक्षकहरूलाई बोलाएर भने।
शिक्षकहरूलाई पनि हो भन्ने लाग्न थाल्यो।
यो घटनापछि उनले बुझेका छन्- हाम्रोमा ‘रिमिडियल टिचिङ’ (अघिका कमजोरीलाई सुधार गर्ने शिक्षण पद्धति) नै छैन।
‘त्यसो किन नगर्ने त?’ उनले शिक्षकहरूलाई सोधेका छन्।
‘अहिले हामीले स्कुल सुधार्छौँ भनेर शिक्षकहरूले नै लेखेर दिएका छन्,’ उनी मुस्कुराए, ‘हिजो डरले भनेका थिए, आज अन्तरआत्माबाटै मोटिभेटेड छन्।’
* * *
पाँचथरका प्राय: विद्यालयको निरिक्षणपछि नेपालले विद्यार्थीहरूको परीक्षा लिन लगाए। आफ्ना घरवरिपरि देखेका तीन घटना उल्लेख गर्न भनिएको थियो।
६ कक्षाका ८० प्रतिशत विद्यार्थीको जवाफमा थियो- बाबु रक्सी खाएर आउँछन्, चुरोट बिँडी खान्छन्, जुवातास खेल्छन्, आमाबुवाको बोलचाल हुँदैन।
‘उनीहरूको जवाफ देखेपछि विद्यालय मात्रै होइन, सामाजिक सुधार नै गर्नुपर्ने देखियो,’ नेपालले भने।
एफएममै उनले आफ्नो मोबाइल नम्बर सार्वजनिक गरेपछि गुनासा र उजुरीको ओइरो लाग्न थाल्यो। कति शिक्षक रक्सी खाएर बाटोमा हल्लिएका खबर पनि आउँथे। रक्सी चुरोट त विद्यालयमा खान कुनै रोकतोक थिएन। विद्यालयलाई सुधार्न शान्तिक्षेत्र बनाउनुपर्ने विचार जिशिअको मनमा आयो।
यो कुरा उनले कार्यालयमा राखे। राजनीतिक दललाई बोलाएर भने। केही दलले समर्थन जनाए। तर, धेरैजसोले विद्यालय शान्ति क्षेत्र बनाउने कुरा गर्नै मानेनन्।
विद्यार्थी र शिक्षकलाई राजनीतिमा लगाउन नपाइने र विद्यालयमा राजनीतिक कार्यक्रम गर्न नपाइने भन्ने सर्त उनीहरूलाई मञ्जुर हुने कुरै भएन। शिक्षकहरूको पार्टीसँगको सम्बद्धता पनि एउटा कारण थियो।
मन लागे विद्यालय जाने र मन नलागे नजाने बानी परेका शिक्षक कुनै न कुनै पार्टीको झण्डामुनि हुन्थे। उनीहरूको स्वेच्छाचारिता नियन्त्रण गर्न खोज्ने जिशिअलाई जिल्ला कटाउन राजनीतिक दल तमतयार हुन्थे। राजनीतिक दलका स्थानीय खम्बा यिनै शिक्षकहरू नै हुन्। विपक्षी दलले सरकारको विरोध गर्न बन्द हड्ताल गर्नुपर्थ्यो। विद्यालय बन्दै गर्न नपाइने सर्त उनीहरू किन मान्थे र?

01/03/2015

मोबाइल र कम्प्युटरबारे यी ८ भ्रमबाट आजै मुक्त हुनुहोस्
नयाँ प्रबिधिको बिकाश हुँदै गर्दा हामीले हरेक दिनजसो नयाँनयाँ कुरा सिक्नु परिरहेको छ । डिभाइस कसरी चार्ज गर्ने, कसरी सुरक्षा गर्ने जस्ता बिषयमा सही सूचनाको अभाव हुँदा हामीले कहिलेकाहीँ निकै ठूलाठूला भ्रम पालिरहेका हुन्छौं । जस्तो कि, एप्पलको कम्प्युटरमा भाइरस लाग्दैन, फुल चार्ज भएपछि पनि प्लगमा जोडिरहँदा ब्याट्री खतम हुन्छ आदि-आदि ।

आज हामी तपाईंलाई दैनिक जीवनमा आबश्यक यस्ता केही सामान्य कुराहरुको जानकारी दिँदै छौं जसले तपाईलाई यस्तै केही ठूला भ्रमहरुबाट मुक्ति दिनेछ र तपाईले सही तरिकाले आफ्ना कम्प्युटर र मोबाइल चलाउन सक्नुहुन्छ ।

१. एप्पल कम्प्युटरमा भाइरस लाग्दैन

ल्यापटप वा कम्प्युटर प्रयोगकर्ताका वीचमा एउटा ठूलो भ्रम छ कि एप्पलका डिभाइसमा भाइरस लाग्दैन् । यो भ्रमलाई मलजल गर्नेगरी एप्पलले आफ्नो वेबसाइटमा म्याकबुक भाइरस फि्र रहेको दावी गरेको थियो । तर, उसको दावी कति हावादारी थियो भने कुरा सन् २०१२ मै पुष्टी भयो जब हजारौं एप्पल कम्प्युटर एकैसाथ भाइरस आक्रामणको निशानामा परे । विन्डोज कम्प्युटरको तुलनामा एप्पल आईओएस डिभाइस तुलनात्मक रुपमा सुरक्षित भए पनि भाइरस नै नलाग्ने भने हैन् । त्यसैले आजैदेखि यो भ्रमबाट मुक्त हुनुहोस् ।

२. प्राइभेट ब्राउजिङमा पहिचान लुक्छ

आजकल वेब ब्राउजरहरुले सुरक्षित ब्राउजिङ सुबिधा ल्याएका छन् । सफारीमा यसलाई प्राइभेट ब्राउजिङ भनिन्छ भने क्रोममा इनकङनितो । ब्राउजरलाई यस्तो सुरक्षित मोडमा परिवर्तन गरियो भने ब्राउज गर्नेको सारा पहिचान लुक्छ र जे जे ब्राउज गरेपनि थाहा हुँदैन भन्ने भ्रम धेरैमा छ ।

यस्तो ब्राउजिङ मोडले के मात्र गर्छ भने तपाईले कुन-कुन साइट खोल्नुभयो भन्ने कुराको रेकर्ड तपाईको डिभाइसमा स्टोर गर्दैन् । प्राइभेट ब्राउजिङ गर्नुको अर्थ तपाईले कुन देशबाट कम्प्युटर चलाउनुभएको छ, कुन नेटवर्क प्रयोग गर्नुभएको र तपाईले प्रयोग गर्ने डिभाइसको आइपी ठेगाना कुन हो सवै कुरा लुकाइदिन्छ भन्ने हैन् ।

३. पूर्ण चार्ज भएपछि पनि जोडिराख्दा ब्याट्री खतम हुन्छ

अन्य धेरै फोन प्रयोगकर्ताले जस्तै तपाईंले पनि आफ्नो फोन रातभरी चार्जमा जोडिराख्नुहुन्छ होला । तर, ब्याट्री एकपटक पूर्ण चार्ज भइसकेपछि हत्तपत्त निकालिएन भने ब्याट्री ड्यामेज हुन्छ भन्ने धारणा ब्याप्त छ । त्यसैले धेरै मानिस साँझमा मोबाइल पूर्ण चार्ज भएपछि अनप्लग गरेर मात्र सुत्ने गर्छन् ।

तर, यो मान्यता पूर्णतया भ्रम हो । किनभने पछिल्ला सवैजसो मोबाइलमा अत्याधुनिक ब्याट्री प्रबिधि प्रयोग गरिएको हुन्छ जसले गर्दा ब्याट्री एकपटक सत प्रतिशत चार्ज भएपछि आफै चार्ज हुन बन्द हुन्छ । तपाईले बिजुलीमा फोन जोड्नु भएको छ कि छैन भन्ने कुराले खासै अर्थ राख्दैन् ।

४. धेरै मेगापिक्सेलको क्यामेराले राम्रो तस्वीर खिच्छ

आजकल निकै सस्ता स्मार्टफोन पनि १२-१५ मेगापिक्सेलका क्यामेरासहित आएका छन् । अक्सर धेरै प्रयोगकर्तालाई लाग्छ कि, धेरै मेगापिक्सेलको क्यामेरा हुनु भनेको राम्रो फोटो खिच्नु हो, उच्च गुणस्तरको फोटो खिच्नु हो ।

वास्तवमा स्तरीय फोटो खिच्नुसँग मेगापिक्सेलको निकै कम साइनो छ । कहिलेकाहीँ १३ मेगापिक्सेलको क्यामेराले भन्दा ८ मेगापिक्सेलको क्यामेराले उच्च गुणस्तरको तस्वी खिच्न सक्छ । कुनै पनि तस्वीरको गुणस्तर त्यो क्यामेराले कति धेरै प्रकाश सेन्सर गर्न सक्छ भन्ने कुराले निर्धारण गर्छ न कि मेगापिक्सेलको नम्बरले । त्यसैले मेगापिक्सेलको नम्बर बढ्दैमा राम्रो क्यामेरा हो भ्रम त्याग्नुहोस् ।
५. ब्याट्री पुरै नसकिएसम्म चार्ज गर्नु हुँदैन

यो पनि भ्रम छ कि मोबाइल वा ल्यापटपको ब्याट्री पुरै नसकिएसम्म चार्जमा जोड्नु हुँदैन, यसले ब्याट्रीको आयु घटाइदिन्छ । तर, वास्तविकता चाहिँ ठिक उल्टो छ । यदि तपाईले ब्याट्री पुरै सकिएपछि, आफ्नो डिभाइस अफ भएपछि ब्याट्री चार्जमा राख्नुभयो भने चार्ज हुन निकै बेर लाग्छ । ब्याट्रीको लाइफ सकिने कुरा ब्याट्री साइकल कति सकियो भन्ने कुराले निर्धारण गर्छ । चार्ज आधा बाँकी हुँदै फेरी जोड्दा तपाईको ब्याट्रीको आयु घट्दैन् ।

६. हाइ रिजुलेसनको स्क्रिन भएको स्मार्टफोन राम्रो हो

आजकल हरेक नयाँ स्मार्टफोनले धेरै रिजुलेसनको स्त्रिmनयुक्त फोन ल्याउने होडबाजी गरिरहेका छन् । पछिल्लो समय एलजीले २५६०हृ १४४० पिक्सेलको स्त्रिmन भएको जी ३ मोबाइल ल्यायो । के यो फोन प्रतिस्पर्धी १९२० पिक्सेलवाला स्मार्टफोनभन्दा राम्रो छ त ? भिडियो वा तस्वीर हेर्दा प्रयोगकर्ताको आँखाले यी दुईमा प्रष्ट भेद थाहा पाउन सक्छ ?

प्रबिधि साइट गिजमोडोले बिज्ञको भनाई उदृत गर्दै उल्लेख गरेअनुसार मानिसको आँखाले प्रतिइन्च ३०० पिक्सेलभन्दा माथिको पिक्सेल पढ्न सक्दैन र भेद छुट्टयाउन सक्दैन् ।

त्यसैले एप्पलजस्ता कम्पनीले पिक्सेल बढाउने प्रतिस्पर्धामा भन्दा ब्राइटनेस बढाउनेतिर बढि ध्यान दिएका छन् ।

७. आइप्याड चार्जरले आइफोन चार्ज गर्नु हुँदैन

अर्को भ्रम के पनि छ भने आइप्याडको एडप्टरले आइफोन चार्ज गर्नु हुँदैन, यसले आइफोनको ब्याट्री लाइफ खतम गर्छ । तर, एप्पलको वेबसाइटका अनुसार १२ वाटको आइप्याड एडप्टरले आइफोन र आइप्याड दुवै चार्ज गर्न सकिन्छ । त्यसले केही पनि फरक पार्दैन् । केही बिज्ञहरुले एक बर्षभन्दा लामो समयसम्म आइप्याडको एडप्टरले आइफोन चार्ज गर्दा समस्या आउने बताए पनि एप्पलले त्यसलाई स्वीकार गरेको छैन् ।

८. हरेक दिन कम्प्युटर बन्द गर्नु हुँदैन

सायद तपाईंले आफ्नो कार्यालय वा घरको कम्प्युटर प्रयोग गरेपछि हरेक दिन सट डाउन गरेर जानुहुन्छ होला । आम बिश्वास के छ भने यसरी हरेक दिन कम्प्युटर बन्द गर्दा कम्प्युटर बिग्रन्छ, ल्यापटपको ब्याट्री बिग्रन्छ । त्यसैले धेरै जना प्रयोगकर्ता आफ्नो ल्यापटप स्लीप मोडमा राख्ने गर्छन् ।

लाइफ ह्याकर वेबसाइटका अनुसार कम्प्युटर हेरक दिन बन्द गर्दा प्रोसेसर र अन्य इन्जिनमाथिको दबाब कम हुन्छ र डिभाइसको आयु लम्बिन सक्छ । त्यसैले हरेक दिन कम्प्युटर अफ गर्नु बुद्धिमानी हुन्छ ।

Want your school to be the top-listed School/college in Jhapa?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Gauradaha-04
Jhapa