24/09/2026
**अरुणोदय इंग्लिस बोर्डिङ स्कूल**
कनकाई-९, घैलाडुब्बा, झापा
**सूचना**
मिति: २०८३/०६/०८
**विषयः विद्यालय बन्द रहने सम्बन्धमा ।**
सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक/कर्मचारीहरूलाई जानकारी गराइन्छ कि, कनकाई नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको च.नं. ४८७, पत्र संख्या ०८३/०८४ (शिक्षा शाखा), मिति २०८३/०६/०८ को पत्र तथा जल तथा मौसम विज्ञान विभागको मौसम सम्बन्धी पूर्वानुमान अनुसार सम्भावित प्रतिकूल मौसमी अवस्थाबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि यस विद्यालय मिति २०८३/०६/०९ गते शुक्रबार एक दिन बन्द रहनेछ ।
तसर्थ, सबै विद्यार्थीहरूले विद्यालय आउनु पर्ने छैन । अभिभावकहरूले पनि बालबालिकालाई अत्यावश्यक काम बाहेक घर बाहिर जान नदिई सुरक्षित राख्न र सतर्कता अपनाउन अनुरोध छ । विद्यालय शनिबारको साप्ताहिक बिदा पछि मिति २०८३/०६/११ गते आइतबारदेखि नियमित रूपमा सञ्चालन हुनेछ ।
सबैको सहयोगको अपेक्षा गर्दै ।
................................
प्रधानाध्यापक
अरुणोदय इंग्लिस बोर्डिङ स्कूल
कनकाई-९, घैलाडुब्बा, झापा