Muna Madan Academy, Buddhashanti - 4,Jhapa

  • Home
  • Muna Madan Academy, Buddhashanti - 4,Jhapa

Muna Madan Academy, Buddhashanti - 4,Jhapa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Muna Madan Academy, Buddhashanti - 4,Jhapa, School, Jhapa, .

विश्व वातावरण दिवसको अवसरमा विद्यालयका विद्यार्थीहरू वृक्षारोपण कार्यक्रममा उत्साहपूर्वक सहभागी भएका छन्। हरियाली वातावर...
05/06/2026

विश्व वातावरण दिवसको अवसरमा विद्यालयका विद्यार्थीहरू वृक्षारोपण कार्यक्रममा उत्साहपूर्वक सहभागी भएका छन्। हरियाली वातावरण निर्माण तथा प्रकृति संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई धन्यवाद तथा शुभकामना। 🌱🌳

यस विद्यालयबाट २०८२ सालको SEE परीक्षामा A+ सहित विभिन्न उत्कृष्ट ग्रेड हासिल गरी सफलतापूर्वक उत्तीर्ण हुनुभएका सम्पूर्ण ...
12/05/2026

यस विद्यालयबाट २०८२ सालको SEE परीक्षामा A+ सहित विभिन्न उत्कृष्ट ग्रेड हासिल गरी सफलतापूर्वक उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।

सूचना !सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ कि विद्यालयको भर्ना प्रक्रिया तथा पठन–पाठन कार्य मिति २०८३/०१/१५ गते, मंगलबा...
26/04/2026

सूचना !
सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ कि विद्यालयको भर्ना प्रक्रिया तथा पठन–पाठन कार्य मिति २०८३/०१/१५ गते, मंगलबार देखि सञ्चालन हुने भएको छ।
सबै विद्यार्थीहरूलाई पहिलो दिनदेखि नै नियमित रूपमा कक्षामा उपस्थित हुन विशेष अनुरोध गरिन्छ।
धन्यवाद!
विद्यालय प्रशासन

21/04/2026

सुचना
कक्षा 12 को Admit card आइसकेको हुँदा विद्यार्थीहरुले स्कुल आएर बिनिता मेमलाई भेट गरि लिन सक्नु हुने छ।

17/04/2026
रिजल्ट मात्र होइन, पहिचान पनि सिकाऔंसानै उमेरमा भ्रम होइन, सही मूल्य बुझाऔंगाउनभन्दा ठूलो हाम्रो नेपालीपन होआज हामी संस्...
17/04/2026

रिजल्ट मात्र होइन, पहिचान पनि सिकाऔं
सानै उमेरमा भ्रम होइन, सही मूल्य बुझाऔं
गाउनभन्दा ठूलो हाम्रो नेपालीपन हो
आज हामी संस्कृतिमा गर्व गर्दैछौं

16/04/2026

सूचना
आदरणीय अभिभावक ज्युहरु
यहि मिति 2083/01/04 गते शुक्रबारको दिन विद्यालयमा नतिजा प्रकाशन कार्यक्रम आयोजना गरिने भएको छ।
यस अवसरमा हाम्रो मौलिकता र सांस्कृतिक पहिचानलाई प्राथमिकता दिँदै, सम्पूर्ण विद्यार्थीहरूलाई नेपाली सांस्कृतिक भेषभूषामा उपस्थित हुन अनुरोध गरिन्छ।
साथै, सम्भव भएसम्म आदरणीय अभिभावकज्यूहरूलाई पनि सांस्कृतिक भेषभूषामा उपस्थित भई कार्यक्रममा सहभागिता जनाइदिनु हुन हार्दिक अनुरोध छ।
हाम्रो संस्कृति, हाम्रो गौरवलाई जोगाउनु हामी सबैको कर्तव्य हो।
धन्यवाद!
विद्यालय प्रशासन

प्रिय SEE परीक्षार्थी विद्यार्थीहरू,तपाईंहरूको उज्ज्वल भविष्यको ढोका खोल्ने यस महत्त्वपूर्ण परीक्षाको अवसरमा हार्दिक शुभ...
01/04/2026

प्रिय SEE परीक्षार्थी विद्यार्थीहरू,
तपाईंहरूको उज्ज्वल भविष्यको ढोका खोल्ने यस महत्त्वपूर्ण परीक्षाको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

परीक्षा भनेको डराउने कुरा होइन, आफ्नो क्षमताको परिचय दिने अवसर हो। त्यसैले आत्मबल बढाउनुहोस्, धैर्य राख्नुहोस् र हरेक प्रश्न ध्यानपूर्वक पढेर उत्तर दिनुहोस्। समयको सदुपयोग गर्नुहोस् र सजिलो प्रश्नबाट सुरु गर्ने बानी बसाल्नुहोस्।

आफ्नो स्वास्थ्यप्रति पनि ध्यान दिनुहोस् पर्याप्त निद्रा, सन्तुलित खानपान र सकारात्मक सोचले तपाईंलाई अझ सफल बनाउँछ।

विश्वास राख्नुहोस् तपाईंले गरेको मेहनत अवश्य फल दिनेछ।
तपाईंहरूको सफलताको कामना गर्दै,
हार्दिक शुभकामना!

31/03/2026

एस.ई.ई. २०८२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीहरूले मिति २०८२–१२–१८ भित्र विद्यालय प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध छ।

आज विद्यालयमा तेस्रो त्रैमासिक परीक्षाको नतिजा वितरण कार्यक्रम अभिभावक तथा विद्यार्थीहरूको उपस्थितिमा सफलतापूर्वक सम्पन्...
06/02/2026

आज विद्यालयमा तेस्रो त्रैमासिक परीक्षाको नतिजा वितरण कार्यक्रम अभिभावक तथा विद्यार्थीहरूको उपस्थितिमा सफलतापूर्वक सम्पन्न गरियो। यस अवसरमा विद्यार्थीहरूको शैक्षिक प्रगति, अनुशासन तथा समग्र विकासबारे छलफल गर्दै उनीहरूलाई अझ राम्रो गर्न प्रेरणा प्रदान गरियो। सबै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दछौँ। 🌸📘

Address

Jhapa

Telephone

+9779852688999

Website

Alerts

Be the first to know and let us send you an email when Muna Madan Academy, Buddhashanti - 4,Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share