24/11/2022
सहायक कर्मचारीलाई आवश्यक याेग्यता::
✍️ कार्यलयको तल्लो तहमा बसि माथिल्ला तहले दिएका आदेश,निर्देशन पालना गरि आफ्नो जिम्मेवारी कुशलता पुर्बक निर्वाह गर्ने कर्मचारी नै सहाक कर्मचारी हुन।
कार्यालयको कार्यमा प्रत्यक्ष वा परोक्ष रुपमा जिम्मेवारी पूर्ण ढंगले सहयोग गर्ने एवं कार्य सम्पादन गर्ने सबै कर्मचारी सहायक कर्मचारीको नामले चिनिन्छन्।
सहायक कर्मचारी भित्र राजपत्र अनंकित नासु सरहका सबै कर्मचारी पर्दछन्।
सहायक कर्मचारीलाइ आवश्यक पर्ने योग्यताहरुलाइ देहाय बमोजिम उल्लेख गरिएको छ:-
+ १८ बर्ष उमेर पुरा भएको हुनु
पर्ने,
+ नेपाली नागरिक हुनुपर्ने,
+ पुरुषको हकमा ३५ बर्ष र
महिला र अपाङ्गताको हकमा
४० बर्ष ननाघेको हुनुपर्ने,
+ नैतिक पतन देखि फौजदारी
अभियोगमा अदालतबाट
अदालतबाट कसुरदार नठहरि-
एको,
+ भाषिक ग्यान भएको
+ राजनीति दल संग आबद्ध नरहेको,
+सामान्यतया पद बमोजिम
तोकिएको शैक्षिक योग्यता
पुगेको
यसरि,
सहायक कर्मचारीले माथि उल्लेखित योग्यता अलवा कर्मचारीमा हुनु पर्ने गुणहरु हुन आवश्यक छ।