Laxmi Primary School

Laxmi Primary School lts a Basic school

Happy Dashain 2083, Laxmi Basic School kakarvitta7
09/10/2026

Happy Dashain 2083, Laxmi Basic School kakarvitta7

07/10/2026

Kids of Basic School kalikhola #

अत्यन्त जरुरी सूचना
24/09/2026

अत्यन्त जरुरी सूचना

विशेष सूचना
23/09/2026

विशेष सूचना

जापानिज इन्सेफ्लाइटिस रोग विरुद्धको खोप कार्यक्रम संचालन हुने बारेको सूचना |
22/09/2026

जापानिज इन्सेफ्लाइटिस रोग विरुद्धको खोप कार्यक्रम संचालन हुने बारेको सूचना |

12/09/2026

यहि २०८३/०५/२९ गते सोमबार सङ्घिय सरकारको र ३० गते मङ्गलबार कोशी प्रदेश सरकारको निर्णय बमोजिम महिला कर्मचारी र महिला विद्यार्थीहरुको लागि क्रमश: तीज र पञ्चमीको अवसरमा सार्वजनिक विदा रहेको कुरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

सूचना
03/09/2026

सूचना

Happy for clay modelling activities
14/08/2026

Happy for clay modelling activities

11/08/2026

आदरणिय अभिभावकज्यूहरुमा अनुरोधः
१. तपाईँका नानीहरुलाई सँधै सही समयमा नियमित रुपमा विद्यालय पठाइदिनुहोस् । विद्यालय नआउँदा उसको पढाइ छुट्ने भएकाले उ पढाइमा पछि पर्न सक्छ ।

२. आफ्ना नानीहरुको विद्यालय आउने र फर्कने समयको विचार गर्नुहोस्, कतै नानीहरु अनावश्यक रुपमा बरालिने त गरेका छैनन् ?

३. कति नानीहरु घरबाट विद्यालय जान भनेर हिड्ने तर विद्यालय नआउने गरेका पनि हुन सक्छन, त्यसैले अभिभावकज्यूहरुलाई समय समयमा विद्यालय आफै आएर वा वर्ग शिक्षकहरुलाई समय समयमा फोन गरेर आफ्नानानीहरुको बारेमा थाहालिन अनुरोध गरिन्छ ।

४. नानीहरुको सङ्गत, आनीबानी, आचार व्यवहार आदिको बारेमा उनीहरुले थाहा नपाउनेगरी ख्याल गरिदिनुहुन र त्यसमा अवान्ञ्च्छित बदलाव आएको पाइएमा तुरुन्तै विद्यालयमा आई थप छलफल गर्नुहुन अनुरोध गरिन्छ ।

५. आफ्नानानीहरुको विशेष रुचि, क्षमता, प्रतिभा, त्यस्तै केही शारीरिक वा मानसिक कमीजोरी भए त्यसको बारेमा समयमा नै विद्यालय प्रशासनलाई वर्ग शिक्षक मार्फत जानकारी गराउन अनुरोध गरिन्छ।

६. नानीहरुको पोशाक, सरसफाइ आदिमा विशेष ध्यान पुर्‍याइ दिनुहोला । नानीहरुका पोशाक, मोजा इत्यादी दिनहु धुने र आइरन गर्ने गरेमा नानी विशेष रुपले स्मार्ट देखिने गर्दछ, त्यसमा ध्यानपुर्‍याइ दिनुहोला । उनीहरुको पुस्तक च्यातिएको भएमा त्यसमा गाता लगाइदिनुहोला । ब्यागको चेन बिग्रिएको हुन सक्छ, नानीलाई व्यागको चेन लगाउने तरिका राम्ररी सिकाइदिनुहोला । विद्यालय आउँदा उनीहरुको टिफिनको व्यवस्था गरिदिनुहोस् । पानीको बोतल अनिवार्य बोक्न लगाउनुहोस् ।

७. आफ्ना नानीहरुले घरमा अध्ययन गर्ने, गृहकार्य गर्ने कुराको सुनिश्चितता गर्नुहोस् । नानीहरुलाई घरमा पढ्ने वातावरणको व्यवस्था गर्नुहोस् । अध्ययनका लागि कर गर्ने वा दवावदिने भन्दापनि प्रोत्साहन गर्नुहोस् ।

८. नानीहरुलाई प्रशस्त समय दिनुहोस् । उनीहरुसँग बसेर घरका, उसका साथीहरुका, विद्यालयको वातावरण, शिक्षक, पढाइआदिको बारेमा खुलेर कुरा गर्नुहोस् । उसलाई बढी भन्दा बढी कुराहरु गर्न प्रोत्साहित गर्नुहोस् । उसका कुरा गराइबाट तपाइले उसका कमीकमजोरीहरु थाहापाउन सक्नुहुन्छ, कति कुराहरु समयमै सच्याउन सकिन्छ ।
कुरा गर्दा आफ्नो मातृभाषाको प्रयोग गर्नुहोस् , यसबाटआफ्नो मातृभाषा लोप भएर जाने सम्भावना कमहुन्छ । नेपाली भाषाको प्रयोग पनि गर्नुहोस् । नानीहरुलाई विद्यालयमा नेपाली भाषामा अध्यापन गराइने भएकाले यो भाषा सिक्नपनि उत्तिकै आवश्यक छ ।

९. सचेत रहनु होस्, तपाईको नानीकुनै दुर्व्यवहारको सिकार त भइरहेको छैन? विशेष गरी दुर्व्यवहार चिनेजानेकै मानिसहरुबाट हुने गरेको छ । नानीहरुलाई अन्यायको विरुद्धबोल्न प्रेरित गर्नुहोस् ।

१०. तपाईहरु पाक्षिक रुपमा विद्यालय आउने गर्नुहोस् । तपाईहरुको उपस्थितिको विद्यालयमा अभिलेख राखिने छ । नानीहरुको वर्ग तथा विषय शिक्षकहरुको फोन नम्बर राखेर समय समयमा फोन गरि नानीहरुको प्रगती तथा कमिकमजोरीको बारेमा जानकारी लिन अनुरोध छ ।

११. नानीहरु विद्यालयको सम्पर्कमा मात्र ६÷७घण्टा रहन्छन्, बाँकी समय तपाईहरु सँगै रहने हुँदा तपाईहरुको जिम्मेवारी बढी रहेको कुरा घामजत्तिकै छर्लङ्ग छ ।

१२. शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयत्नबाट विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार हुने हो । विद्यार्थीको क्षमताको विकास भन्नु नै विद्यालयको विकास हो ।

१३.बालबालिकाको पहिलो विद्यालय उसको घर हो । बालबालिकाहरुमा आमा, बुवाका व्यवहारको प्रत्यक्षप्रभाव पर्ने भएकाले भभिभावकहरुले विशेष रुपमा आफ्ना कमीकमजोरीहरु आफ्नानानीहरुको अगाडि नदेखाउनुहोस् ।

१४. नानीहरुलाई मोबाइल फोनको अत्यधिक प्रयोग तथा सामाजिक सञ्जालबाट पर राख्नुहोस् । फेसबुक आदिको प्रयोगबाट नानीहरुको पढाइमा ठूलो क्षतिपुग्न सक्छ । पढाइका सन्दर्भमा आइपरेका समस्याहरु गुगल, ए.आइ. टुल्स तथा विश्वकोषमा खोज्ने बानीको विकास गराउनुहोस् ।

१५. नानीहरुको शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकासकालागि फुर्सदको समयमा खेलकुद, योग, ध्यान आदिमा लाग्न प्रोत्साहन गर्नुहोस् ।

१६. नानीहरुलाई पोषणयुक्त सन्तुलित भोजनको व्यवस्था गरिदिनुहोस् । पोषणयुक्त खानाले नानीहरुको सर्वपक्षिय विकासमा सहयोग पुर्‍याउछ । जङ्क फुड्सको प्रयोग भरसक गर्न नदिनुहोस् ।

१७. आफ्ना नानीहरुलाई नैतिक शिक्षाको ज्ञानदिनुहोस् । उच्च नैतिकचरित्र नै समाज निर्माणको आधार हो । कुरीति र अन्धविश्वासबाट नानीहरुलाई पर राख्नुहोस् ।

१८. कपाल, मुन्द्रा, गरगहना आदिमा ध्यान दिनुहोस् । आवश्यकता भन्दा भड्किलो स्वाभाव देखिएमा त्यसले हानी गर्न सक्छ ।

Address

Kakarvitta
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Laxmi Primary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share