02/03/2026
✨ फागु पूर्णिमाको हार्दिक शुभकामना!✨
रङ्गहरूको यस सुन्दर पर्वले तपाईंको जीवनमा खुशी, प्रेम र समृद्धि ल्याओस्।
सबै दुःख–चिन्ता टाढा भएर नयाँ उमंग र सकारात्मकता भरियोस्।
सुरक्षित र सभ्य तरिकाले होली मनाऔं। 🎨💖
Happy Holi!
15/02/2026
महाशिवरात्रिको पावन अवसरमा सम्पूर्ण मा हार्दिक शुभकामना 🙏✨
संहार र सृष्टिका देवता भगवान शिवको आराधनाबाट हाम्रो जीवनमा नयाँ ऊर्जा, साहस र सकारात्मकता भरियोस्।
आजको यस पवित्र रात्रीमा उपवास, पूजा–आराधना र ध्यानमार्फत आत्मशुद्धि गर्दै सत्य र धर्मको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्।
महादेवको कृपाले सबैको मनोकामना पूरा होस्, घर–परिवारमा सुख, शान्ति र समृद्धि छाओस्।
🕉️ ओम नमः शिवाय 🕉️
🔱 हर हर महादेव 🔱
30/01/2026
आफ्नो जीवन देशका लागि अर्पण गर्ने वीर शहीदहरूको त्याग र बलिदानलाई नमन 🙏🇳🇵
उनहरूको रगतले लेखिएको इतिहास कहिल्यै मेटिँदैन।
हामी शहीदहरूको सपना पूरा गर्न सधैं प्रतिबद्ध रहौं।
शहीदहरू अमर रहून्।
23/01/2026
पवित्र सरस्वती पूजाको हार्दिक शुभकामना 🙏🌼
ज्ञान, बुद्धि, विवेक र सिर्जनशीलताको प्रतीक देवी सरस्वती माता को कृपाले सबैको जीवन उज्यालो बनोस्।
पढाइ–लेखाइ, कला, संगीत र ज्ञानको मार्गमा निरन्तर प्रगति मिलोस्।
आजको यस पावन अवसरमा सबैको मन शान्त, जीवन सफल र भविष्य उज्ज्वल होस्।
सरस्वती माता की जय!
शुभ बसन्त पञ्चमी 💛📚✨
19/01/2026
🌸🐉 सोनाम ल्होछार २०८२ को शुभकामना🐉🌸
तामाङ समुदायको ऐतिहासिक तथा सांस्कृतिक पर्व सोनाम ल्होछार को यस शुभ अवसरमा
सबै दाजुभाइ तथा दिदीबहिनीहरूमा दीर्घायु, उत्तम स्वास्थ्य, सफलता र समृद्धिको कामना।
नयाँ वर्षले जीवनमा खुशी, आशा र सकारात्मक परिवर्तन ल्याओस्। 🙏✨
आफन्तजनसँगको आत्मीयता अझ बलियो बनोस्
र हाम्रो संस्कृति तथा परम्परा सधैं उज्यालो रहोस्। 🌿
🎉