New Hope English Boarding Secondary School

New Hope English Boarding Secondary School Official page!

21/09/2026

´भ्रमण सुखानी ´

न्यु होप अंग्रेजी माध्यमिक विद्यालयले कक्षा ६ देखि १० सम्म्मका विद्यार्थीहरुलाई ऐतिहासिक स्थल `सुखानी सहादत स्थल´को अवलोकन भ्रमण मंगलबार सम्पन्न गराएको छ ।
अर्जुनधारा ४ स्थित उक्त विद्यालयले `भ्रमण सुखानी ´ प्रतियोगितामा छनौट भएका विद्यार्थीहरुलाई झापा र इलामको सिमामा रहेको उक्त ऐतिहासिक स्थलको जानकारी र महत्त्व बोध गराउन छोटो अवलोकन भ्रमणको आयोजना गरेको विद्यालयले जनाएको छ ।

🏓🏆 हार्दिक बधाई तथा शुभकामना! 🏆🏓Jhapa District Table Tennis Tournament मा उत्कृष्ट प्रदर्शन गर्दै हाम्रा प्रतिभाशाली विद...
20/09/2026

🏓🏆 हार्दिक बधाई तथा शुभकामना! 🏆🏓
Jhapa District Table Tennis Tournament मा उत्कृष्ट प्रदर्शन गर्दै हाम्रा प्रतिभाशाली विद्यार्थीहरूले शानदार सफलता हासिल गरेका छन्। 🎉👏
🥇Nishen Limbu—U-13 Boys’ Singles मा प्रथम स्थान
🥉 Isha Shah — Open Girls’ Singles मा तृतीय स्थान 🏓
यस उत्कृष्ट उपलब्धिका लागि दुवै विद्यार्थीलाई हार्दिक बधाई तथा आगामी दिनका लागि अझै ठूलो सफलताको शुभकामना! 🌟
साथै प्रतियोगिता आयोजना गर्नुहुने Jhapa Table Tennis Association प्रति हार्दिक आभार। 🙏
Keep playing, keep improving, keep shining! 🏓✨




🌸✨ कक्षा–११ स्वागत कार्यक्रम २०८३@ ✨🌸📚 शिक्षा, मनोरञ्जन र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यलेन्यू होप इङ्ग्लिस बोर्डिङ्ग...
20/09/2026

🌸✨ कक्षा–११ स्वागत कार्यक्रम २०८३@ ✨🌸

📚 शिक्षा, मनोरञ्जन र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले
न्यू होप इङ्ग्लिस बोर्डिङ्ग माध्यमिक विद्यालय, अर्जुनधारा–३, झापा द्वारा आयोजित कक्षा–११ का नवआगन्तुक विद्यार्थीहरूको स्वागत कार्यक्रम Google Point, कन्याम, इलाम मा अत्यन्त हर्षोल्लास र आत्मीयताका साथ सम्पन्न भयो। ❤️

🌿 नयाँ परिवेश, नयाँ साथीहरू, नयाँ सम्बन्ध र नयाँ सिकाइका सुन्दर क्षणहरूले कार्यक्रमलाई अझ विशेष र अविस्मरणीय बनायो।

🙏 यस सुन्दर कार्यक्रमको आयोजना तथा व्यवस्थापनका लागि न्यू होप परिवारप्रति हार्दिक आभार एवं धन्यवाद।

💐 सहभागी सम्पूर्ण शिक्षक मित्रहरूमा विशेष धन्यवाद तथा
🌟 हाम्रा प्यारा विद्यार्थी भाइबहिनीहरूलाई उज्ज्वल भविष्य, सफल शैक्षिक यात्रा एवं हार्दिक शुभ आशीर्वाद।

“सिकाइसँगै सम्बन्ध, शिक्षासँगै मनोरञ्जन र यात्रासँगै अविस्मरणीय सम्झना।” ❤️

📍 Google Point, कन्याम, इलाम
🏫 New Hope English Boarding Secondary School
Arjundhara–3, Jhapa









17/09/2026

🕉️🙏 भगवान् विश्वकर्माको जयन्तीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना! 🙏🕉️

भगवान् विश्वकर्माको दिव्य कृपा, आशीर्वाद र संरक्षण हामी सबैमाथि सधैँ रहिरहोस्।
हाम्रो घर–परिवार, कार्यस्थल तथा व्यवसायमा सुख, शान्ति, समृद्धि, सफलता र सकारात्मक ऊर्जा छाओस्। ✨

ॐ विश्वकर्मणे नमः। 🕉️

🌸 विश्वकर्मा पूजा तथा विश्वकर्मा दिवसको हार्दिक शुभकामना! 🌸

15/09/2026

`भ्रमण सुखानी ´ का लागि छनौट भएका विद्यार्थीहरुलाई आज उक्त ऐतिहासिक स्थलको अवलोकन गराइएको हो।

HAPPY HARTALIKA TEEJ 🌺✨New Hope English Boarding Secondary SchoolArjundhara–3, Jhapa
14/09/2026

HAPPY HARTALIKA TEEJ 🌺✨
New Hope English Boarding Secondary School
Arjundhara–3, Jhapa

न्यू होप इङ्ग्लिस बोर्डिङ्ग माध्यमिक विद्यालय परिवार विपद्को यस घडीमा सँगसँगै:हालै आएको विनाशकारी बाढीबाट प्रभावित हाम्र...
12/09/2026

न्यू होप इङ्ग्लिस बोर्डिङ्ग माध्यमिक विद्यालय परिवार विपद्को यस घडीमा सँगसँगै:

हालै आएको विनाशकारी बाढीबाट प्रभावित हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा साथ दिन न्यू होप इङ्ग्लिस बोर्डिङ्ग माध्यमिक विद्यालय परिवार एकजुट भएको छ।
यसै क्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्याब्सन झापा मार्फत रु. ५५,५५५ सहयोग रकम प्रदान गरेका छौँ।
यस सहयोगमा हाम्रो सम्पूर्ण विद्यालय परिवारको सामूहिक भावना र योगदान जोडिएको छः
प्रिय विद्यार्थी भाइबहिनीहरूबाट: रु. ६,५५५/-
आदरणीय शिक्षक तथा कर्मचारीहरूबाट: रु. २३,५००/-
न्यू होप इङ्ग्लिस बोर्डिङ्ग माध्यमिक विद्यालयबाट: रु. २५,५००/-

हामीले दिएको सहयोग सानो हुन सक्छ, तर यसमा जोडिएको भावना ठूलो छ। दुःखको घडीमा आफ्ना नागरिकको साथमा उभिनु हाम्रो मानवीय कर्तव्य हो।
जब हाम्रा मानिसहरू पीडामा हुन्छन्, हामी उनीहरूको साथमा उभिन्छौँ।
जब हाम्रो देश दुःख्छ, हामी पनि त्यसको पीडा महसुस गर्छौँ।

धन्यवाद !

बाल गोपाल गौतम
प्रधानाध्यापक
श्री न्यू होप इङ्ग्लिस बोर्डिङ्ग माध्यमिक विद्यालय
अर्जुनधारा–०३, झापा
📞 Contact:
9852677620 / 9807900885
9852682620 / 9816028678

11/09/2026
11/09/2026

💙 Happy Father’s Day 💙

बुबा केवल एउटा शब्द होइन,
उहाँ हाम्रो जीवनको साहस, प्रेरणा र सुरक्षा हुनुहुन्छ। ❤️

हाम्रो हरेक सफलतामा आफ्नो खुसी खोज्ने,
हामीलाई सही बाटो देखाउने र
निःस्वार्थ माया, त्याग र समर्पण गर्ने
सम्पूर्ण बुबाहरूप्रति हार्दिक सम्मान तथा शुभकामना। 🙏

Happy Father’s Day! 👨‍👧‍👦💐
May every father be blessed with happiness, good health and endless love.

New Hope English Boarding Secondary School
Arjundhara-3, Jhapa
“First – Best – Most”

हार्दिक अपिलविषय: रसुवाका बाढीपीडितहरूका लागि राहत सहयोग संकलन सम्बन्धमा।आदरणीय शिक्षक, कर्मचारी, अभिभावक तथा प्रिय विद्...
07/09/2026

हार्दिक अपिल
विषय: रसुवाका बाढीपीडितहरूका लागि राहत सहयोग संकलन सम्बन्धमा।
आदरणीय शिक्षक, कर्मचारी, अभिभावक तथा प्रिय विद्यार्थी भाइबहिनीहरू,
रसुवा जिल्लामा आएको विनाशकारी बाढीका कारण धेरै परिवारहरूले आफ्ना घरबार, जमिन र जीविकोपार्जनका साधन गुमाएका छन्। बाढीबाट प्रभावित नागरिकहरू अहिले अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिरहेका छन् र उनीहरूलाई खाद्यान्न, पिउने पानी, अस्थायी आवास र औषधि जस्ता आधारभूत वस्तुहरूको तत्काल आवश्यकता परेको छ।
विपत्तिको यस घडीमा बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोगको हात बढाउन हाम्रो विद्यालय परिवार एकजुट भएको छ। यस मानवीय कार्यमा सहयोग पुऱ्याउनका लागि सम्पूर्ण विद्यालय समुदायलाई निम्न अनुसार सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
शिक्षक तथा कर्मचारी वर्ग: १ दिनको तलब बराबरको रकम सहयोग।
अभिभावक तथा विद्यार्थीहरू: आफ्नो गच्छे र इच्छा अनुसार स्वैच्छिक आर्थिक सहयोग।
सहयोग रकम जम्मा गर्ने अन्तिम मिति:
सबै शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकज्यूहरूले आफ्नो सहयोग रकम मिति २०८३ साल भदौ २६ गतेसम्म बुझाइसक्नुहुन हार्दिक अनुरोध गरिन्छ।
हाम्रो सानो सहयोगले पनि बाढीपीडित परिवारको जीवन पुनर्निर्माणमा ठूलो राहत पुग्नेछ। आउनुहोस्, पीडितहरूका लागि एकजुट बनौँ।
तपाईंहरूको यो अमूल्य सहयोग र सहनुभूतिका लागि हार्दिक धन्यवाद।

Address

Arjundhara/3, Khudunabari Jhapa
Jhapa District

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when New Hope English Boarding Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category