25/08/2026
आदरणीय अभिभावक तथा विद्यार्थी भाइबहिनीहरू,
झापा गाउँपालिकाको निर्णयानुसार मिति २०८३/०५/१० गते (बुधबार) मोहम्मद पैगम्बरको १४०१ औँ जन्मजयन्तीको अवसरमा विद्यालयमा स्थानीय सार्वजनिक बिदा रहने जानकारी गराइन्छ। विद्यालय पुनः मिति २०८३/०५/११ गते (बिहीबार) नियमित समयमै सञ्चालन हुनेछ।
धन्यवाद!
– विद्यालय प्रशासन
24/07/2026
सूचना
मिति: २०८३/०४/०८
। विषय: शोक बिदा सम्बन्धमा ।
आदरणीय अभिभावक तथा विद्यार्थी वर्ग,
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापा जिल्ला कार्यसमितिका सदस्य एवं देवभूमि विद्यापीठ अंग्रेजी मा.वि., अर्जुनधाराका संस्थापक प्रिन्सिपल सुमन शर्मा जमरकट्टेलज्यूको मिति २०८३ श्रावण ७ गते भएको असामयिक निधनप्रति यस विद्यालय परिवार गहिरो दुःख व्यक्त गर्दछ।
दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।
प्याब्सन झापाको निर्णय अनुसार उहाँको सम्मान र सम्झनामा आज मिति २०८३ श्रावण ८ गते शुक्रबारका दिन विद्यालयको पठनपाठन पूर्ण रूपमा बन्द रहने (शोक बिदा) जानकारी गराइन्छ।
15/04/2026
आज हाम्रो विद्यालय परिवारका लागि अत्यन्तै खुशी र गर्वको दिन रह्यो। हाम्रो विद्यालयका विद्यार्थीहरू स्वस्तिका र सुस्मिताको गुन्युचोलो कार्यक्रम सम्पन्न भएको अवसरमा सम्पूर्ण स्कुल परिवारको सक्रिय सहभागिता रह्यो। गुन्युचोलो नेपाली संस्कृतिमा विशेष महत्व राख्ने संस्कार हो, यस अवसरमा विद्यालयका शिक्षकहरू सबैले मिलेर कार्यक्रमलाई भव्य र स्मरणीय बनाए। कार्यक्रममा परम्परागत संस्कृतिको झल्को दिने विभिन्न गतिविधिहरू, शुभकामना आदानप्रदान तथा हर्षोल्लासपूर्ण वातावरण सिर्जना गरिएको थियो।
स्वस्तिका र सुस्मितालाई यस महत्वपूर्ण अवसरमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं। साथै, यस्ता सांस्कृतिक कार्यक्रमहरूले हाम्रो समाज र विद्यालयलाई अझ नजिक ल्याउने विश्वास लिएका छौं।
14/04/2026
नयाँ वर्ष २०८३ को शुभकामना
यस Sunshine Academy English School का सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकज्यूहरूमा नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। नयाँ वर्षले यहाँहरूको जीवनमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामना गर्दछौं।
साथै, यसैमार्फत जानकारी गराइन्छ कि नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीहरूको वार्षिक परीक्षाको नतिजा प्रकाशन मिति २०८३ साल बैशाख ४ गते, बिहान ११:३० बजे विद्यालय परिसरमा हुने तय गरिएको छ।
उक्त दिन निर्धारित समयमा उपस्थित भई नतिजा अवलोकन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
धन्यवाद।
प्रधानाध्यापक
Sunshine Academy English School
13/02/2026
On behalf of Sunshine Academy English School,
we wish you a very Happy Birthday, Kalpana! 🎂✨
May this special day bring you joy, success, and countless beautiful moments.
May you continue to grow, learn, and shine brightly in everything you do.
Wishing you a bright and wonderful future ahead!
🌟जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂
यो विशेष दिनले तिम्रो जीवनमा खुशी, सफलता र सुन्दर क्षणहरू ल्याओस्।
तिमी सधैं सिक्दै, बढ्दै र उज्यालो बन्दै.....
उज्ज्वल भविष्यको लागि धेरै धेरै शुभकामना। 🌸✨
12/02/2026
जन्मदिनको हार्दिक शुभकामना, प्रमिसा! 🎂
Sunshine Academy परिवारको तर्फबाट प्रमिसालाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।
सधैं हाँसिरहने, अनुशासित र मेहनती विद्यार्थी हौ। उज्ज्वल भविष्यको कामना गर्दै जीवनमा सफलता, खुशी र राम्रो स्वास्थ्य सधैं साथ रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
आफ्नो लक्ष्य प्राप्त गर्दै विद्यालय र परिवारको नाम अझै उज्यालो बनाओस् भन्ने कामना गर्दछौं।
आजको यो विशेष दिन हर्षोल्लासका साथ मनाऊ। 🎈🎁
– Sunshine Academy परिवार 🌞
01/02/2026
बासबारिमा रमाइलो पिकनिक 🌿☀️
Sunshine Academy परिवार ...... हाँसो, खेल र मिठा सम्झनाहरू बाँड्दै 😊
21/01/2026
यस विद्यालयद्वारा वसन्त पञ्चमी (सरस्वती पूजा) को पावन अवसरमा नयाँ विद्यार्थीहरूका लागि निःशुल्क भर्ना कार्यक्रम सञ्चालन गरिने सबैमा जानकारी गराइन्छ। ज्ञानकी देवी सरस्वतीको कृपाले बालबालिकाको शैक्षिक भविष्य उज्ज्वल होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको हुँदा यो अवसरको सदुपयोग गर्न सबैमा हार्दिक अनुरोध छ।
11/12/2025
Sunshine Academy को तर्फबाट
🎉 Aayusha Nepal लाई हार्दिक शुभकामना सहित जन्मदिनको धेरै धेरै बधाई! 🎂🎈💐
यो विशेष दिनले तिम्रो जीवनमा नयाँ ऊर्जा, हौसला र सफलताका उज्याला बाटा खोलिदियोस् भन्ने कामना छ। 🌟✨
तिमी हाँसखुसी रहोस्, राम्रो पढाइ होस्, र सपना पूरा हुने अवसरहरू पाइरहोस्। 📚💫
सधैं जीवनमा सकारात्मकता, माया र आशीर्वाद साथ रहोस्। ❤️🙏
Happy Birthday, Aayusha! 🎉🎁🌸