नृत्य कलाकार संघ,झापा

नृत्य कलाकार संघ,झापा Dance Association Jhapa

🎂 जन्मदिनको हार्दिक शुभकामना! 🎉 नृत्य कलाकार संघ, झापाको तर्फबाट यस संस्थाका सह-सचिव मिस अञ्जली माझीज्यूलाई जन्मदिनको हा...
12/08/2026

🎂 जन्मदिनको हार्दिक शुभकामना! 🎉

नृत्य कलाकार संघ, झापाको तर्फबाट यस संस्थाका सह-सचिव मिस अञ्जली माझीज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

यहाँको जीवन सधैँ सुख, शान्ति, सफलता र समृद्धिले भरिपूर्ण रहोस्। नृत्य तथा कला क्षेत्रमा यहाँको योगदान अझ उचाइमा पुग्दै जाओस् भन्ने शुभकामना। 💐

नृत्य कलाकार संघ,झापा

🙏 हार्दिक धन्यवाद तथा आभार 🙏हरितालिका तीज नृत्य उत्सव – २०८३ (Online Solo Dance Competition) सफलतापूर्वक आयोजना गर्ने हा...
03/08/2026

🙏 हार्दिक धन्यवाद तथा आभार 🙏

हरितालिका तीज नृत्य उत्सव – २०८३
(Online Solo Dance Competition)
सफलतापूर्वक आयोजना गर्ने हाम्रो अभियानमा साथ दिँदै
रु. ५,०००/- सहयोग प्रदान गरी हाम्रो अनुरोधलाई स्वीकार गर्नुहुने आदरणीय
Ajay Chaudhary
(Wild Stepers Dance Studio)
ज्यु प्रति
नृत्य कलाकार संघ, झापा परिवार
हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

यहाँको अमूल्य सहयोगले यस कार्यक्रमलाई अझ प्रभावकारी र सफल बनाउन ठूलो प्रेरणा प्रदान गरेको छ।
आगामी दिनहरूमा पनि यस्तै आत्मीय साथ, सहयोग र सद्भाव निरन्तर प्राप्त भइरहनेछ भन्ने विश्वास लिएका छौँ।

हार्दिक धन्यवाद! 🌺🙏
आयोजक:
नृत्य कलाकार संघ, झापा

🙏 हार्दिक धन्यवाद तथा आभार 🙏हरितालिका तीज नृत्य उत्सव – २०८३ (Online Solo Dance Competition) सफलतापूर्वक आयोजना गर्ने हा...
02/08/2026

🙏 हार्दिक धन्यवाद तथा आभार 🙏

हरितालिका तीज नृत्य उत्सव – २०८३
(Online Solo Dance Competition)
सफलतापूर्वक आयोजना गर्ने हाम्रो अभियानमा साथ दिँदै
रु. ५,०००/- सहयोग प्रदान गरी हाम्रो अनुरोधलाई स्वीकार गर्नुहुने आदरणीय
Ankit Koirala
Japan

Nirtyalaya School of Dance
Bhadrapur,Jhapa
प्रति नृत्य कलाकार संघ, झापा परिवार

हरितालिका तीज नृत्य उत्सव – २०८३ (
Online Solo Dance Competition)
सफलतापूर्वक आयोजना गर्ने हाम्रो अभियानमा साथ दिँदै
रु. ५,०००/- सहयोग प्रदान गरी हाम्रो अनुरोधलाई स्वीकार गर्नुहुने आदरणीय
Yuvraj Gurung Sir
प्रति नृत्य कलाकार संघ, झापा परिवार
हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

यहाँको अमूल्य सहयोगले यस कार्यक्रमलाई अझ प्रभावकारी र सफल बनाउन ठूलो प्रेरणा प्रदान गरेको छ।
आगामी दिनहरूमा पनि यस्तै आत्मीय साथ, सहयोग र सद्भाव निरन्तर प्राप्त भइरहनेछ भन्ने विश्वास लिएका छौँ।

हार्दिक धन्यवाद! 🌺🙏
आयोजक:
नृत्य कलाकार संघ, झापा

🌺 हरितालिका तीज नृत्य उत्सव – २०८३ 🌺Online Solo Dance Competitionनेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन...
02/08/2026

🌺 हरितालिका तीज नृत्य उत्सव – २०८३ 🌺

Online Solo Dance Competition

नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि आयोजना गरिएको विशेष अनलाइन एकल नृत्य प्रतियोगिता।

🎥 भिडियो पठाउन सुरु:
२०८३ श्रावण १७ गते, आइतबार

⏳ भिडियो पठाइसक्नुपर्ने अन्तिम मिति:
२०८३ भदौ २० गते, शनिबार

💃 प्रतियोगितामा सहभागी हुन हरितालिका तीजमा आधारित एकल नृत्यको भिडियो निर्धारित समयभित्र पठाउनुहोस्।

आयोजक:
नृत्य कलाकार संघ, झापा

📲 थप जानकारी तथा भिडियो पठाउन:
WhatsApp / Call: 9817075929

🌸 आफ्नो प्रतिभा प्रस्तुत गर्नुहोस्, संस्कृति जोगाऔँ र सम्मानित हुने अवसर प्राप्त गर्नुहोस्। 🌸

🌺 हरितालिका तिज नृत्य उत्सव २०८३ 🌺(Online Solo Dance Competition)📢 प्रतियोगिताका नियमहरू :• Free Entry – प्रतियोगीले कुन...
01/08/2026

🌺 हरितालिका तिज नृत्य उत्सव २०८३ 🌺
(Online Solo Dance Competition)

📢 प्रतियोगिताका नियमहरू :

• Free Entry – प्रतियोगीले कुनै पनि शुल्क तिर्नु पर्ने छैन।
• भिडियो Landscape Format मा सकेसम्म Full HD Quality मा पठाउनुपर्नेछ।
• भिडियो Single Shot मा हुनुपर्नेछ। कुनै पनि Edited वा जोडिएको भिडियो मान्य हुने छैन।
• प्रतियोगीले हरितालिका तिजमा आधारित रहेका गीतहरूमा मात्र नृत्य प्रस्तुत गर्नुपर्नेछ।
• विवाहित आमा, दिदी–बहिनीहरूले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्।
• प्रस्तुति कम्तीमा १ मिनेटको हुनुपर्नेछ।
• भिडियो Gmail वा Google Drive मार्फत पठाउनुपर्नेछ।
• नतिजा ४०% Facebook Like र ६०% निर्णायकहरूले प्रदान गरेको अंकका आधारमा प्रकाशन गरिनेछ।
• प्रतियोगिताको अवधिमा अनावश्यक विवाद सिर्जना गर्ने, कार्यक्रमलाई असर पुर्‍याउने वा अनुचित गतिविधि गर्ने प्रयास गरेमा सम्बन्धित प्रतियोगीको Video Take Down गरी प्रतियोगिताबाट बञ्चित गरिनेछ।
• निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ।

आयोजक :
नृत्य कलाकार संघ,झापा

🌺 हरितालिका तीज नृत्य उत्सव २०८३ 🌺तपाईंहरूको अमूल्य माया, विश्वास र निरन्तर साथप्रति नृत्य कलाकार संघ झापा हार्दिक आभार ...
29/07/2026

🌺 हरितालिका तीज नृत्य उत्सव २०८३ 🌺

तपाईंहरूको अमूल्य माया, विश्वास र निरन्तर साथप्रति नृत्य कलाकार संघ झापा हार्दिक आभार व्यक्त गर्दछ।

हामीले हालै आयोजना गरेको “नृत्य आँगन”
अनलाइन एकल नृत्य प्रतियोगिता तपाईंहरूको उत्साहजनक सहभागिताका कारण भव्य रूपमा सफलतापूर्वक सम्पन्न गर्न सफल भएका छौँ।

अब यही उत्साहलाई निरन्तरता दिँदै, नेपाली चेलीहरूको महान पर्व हरितालिका तीज को पावन अवसरमा हामी प्रस्तुत गर्दैछौँ—

✨ “हरितालिका तीज नृत्य उत्सव २०८३” ✨
(अनलाइन एकल नृत्य प्रतियोगिता)

आफ्नो प्रतिभा, सिर्जनशीलता र नृत्यकला विश्वसामु प्रस्तुत गर्ने यो विशेष अवसरका लागि तयार रहनुहोस्।

थप जानकारी तथा प्रतियोगिताका नियमावली चाँडै सार्वजनिक गरिनेछ।

तयार रहनुहोस्… चाँडै आउँदैछ! ❤️

– नृत्य कलाकार संघ,झापा

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ॥गुरु केवल ज्ञान दिने व्यक्...
29/07/2026

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ॥

गुरु केवल ज्ञान दिने व्यक्ति मात्र होइन, जीवनलाई सही मार्गतर्फ डोर्‍याउने प्रेरणाको ज्योति हुनुहुन्छ। कला, संस्कार र सृजनशीलताको यात्रामा गुरुको योगदान सदैव अतुलनीय रहन्छ।

गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दै उहाँहरूको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

“गुरुको मार्गदर्शनले नै प्रतिभालाई पहिचान दिलाउँछ,
र साधनालाई सफलतामा रूपान्तरण गर्छ।”

– नृत्य कलाकार संघ, झापा

नृत्य कलाकार संघ,झापाद्वारा आयोजित “नृत्य आँगन” अनलाइन एकल नृत्य प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम आज संघको केन्द्र...
25/07/2026

नृत्य कलाकार संघ,झापाद्वारा आयोजित
“नृत्य आँगन” अनलाइन एकल नृत्य प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम आज संघको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।

कार्यक्रम नृत्यकलाकार संघ, झापाका अध्यक्ष दिवस गिरीज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका सल्लाहकार, वरिष्ठ नृत्य निर्देशक तथा प्रतियोगिताका निर्णायक राज लावतीज्यूले शुभकामना तथा प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी संस्थाका उपाध्यक्ष राजु शर्माज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो भने मान्यता प्रधान का माता रिता श्रेष्ठज्यूले पनि आफ्ना शुभकामना तथा प्रेरणादायी विचार व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुरज मगरज्यूले गर्नुभएको थियो।

यस अवसरमा प्रतियोगिताका विजेताहरूलाई
ट्रफी, डमी चेक, खदा, प्रमाणपत्र ,अविर तथा नगद पुरस्कार द्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा ३ निर्णायक तथा एक उप विजेता काठमाडौंमा रहनु भएकोले वहाँहरुको अनुपस्थित हुनु भएको थियो ।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सहभागिता जनाउनुहुने सम्पूर्ण प्रतियोगी, अभिभावक, निर्णायक, अतिथिहरू तथा शुभेच्छुकहरूमा नृत्य कलाकार संघ झापाको हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
नृत्य कलाकार संघ,झापा

Address

Birtamode
Jhapa District
57200

Website

Alerts

Be the first to know and let us send you an email when नृत्य कलाकार संघ,झापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category