24/09/2026
अत्यन्त जरुरी सूचना - विद्यालय बन्द सम्बन्धमा
नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयको सूचना तथा मेचीनगर नगरपालिकाको शिक्षा शाखाको निर्देशनअनुसार अत्यधिक वर्षा तथा वर्षाजन्य जोखिमको पूर्वानुमानलाई मध्यनजर गर्दै आज मिति २०८३/०६/०८ गते र भोलि मिति २०८३/०६/०९ गते विद्यालय बन्द रहने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
यस अवधिमा विद्यालय मात्र नभई घर तथा घर वरिपरिको क्षेत्रसमेत वर्षाजन्य जोखिममा रहन सक्ने भएकाले आफ्ना नानीबाबुहरूलाई विशेष निगरानी तथा रेखदेखमा राखिदिनुहुन सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक अनुरोध गर्दछौँ।
विशेषगरी खाल्डाखुल्डी, कुलेसो, नाला, खोल्सा तथा पानी जम्ने स्थानहरू जोखिमपूर्ण हुन सक्ने भएकाले बालबालिकाहरूलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन तथा जोखिमपूर्ण स्थानमा नजान आवश्यक सल्लाह र निगरानी दिनुहुन अनुरोध छ।
सावधानी नै सुरक्षाको पहिलो आधार हो।
विपद् तथा दुर्घटना भएपछि पछुताउनुभन्दा जोखिमको पूर्वानुमान गरी समयमै सचेत र सुरक्षित रहनु नै बुद्धिमानी हुन्छ। त्यसैले यस प्रतिकूल मौसममा सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूलाई आवश्यक सतर्कता अपनाई सुरक्षित रहन हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद।
सुरक्षित रहौँ, सचेत रहौँ।
आदर्श विद्या मन्दिर परिवार
मेचीनगर–९, धुलाबारी, झापा