30/04/2026
आज मिति २०८३/०१/१७ गतेको हाम्रो विद्यालयको अभिभावक भेलाले सर्वसम्मतले वि.ब्य.स.समिति र P.T.A.अध्यक्ष चयन गरेको छ। सोही अवसरमा यस विद्यालय बाट अन्य विद्यालय गइ कक्षा ८ र कक्षा ९मा सर्बोउत्कृष्ट स्थान प्राप्त गरि कक्षोन्नती गर्ने क्रिष्टिना लोहार र आशा लोहार समेत लाई पुरस्कृत र सम्मान गरिएको थियो।
१) सोम सोरेन
२) धन बहादुर सेलिङ्ग
३) गौरी मुर्मू
४) फुल कुमारी राई
पि.टि.ए.अध्यक्ष
१) सुनिता हास्दा
29/04/2026
आज मिति २०८३/०१/१७ गते वि.ब्य.स.र शिक्षकहरू समेत भई अध्यक्ष श्री रामभक्त सुनुवार ज्यूको नेतृत्वमा गरिएको अभिभावक भेटघाट तथा घरदैलो कार्यक्रम विद्यालय सेवाक्षेत्र भित्रका केहि भाग बाहेक उत्साहपूर्वक सम्पन्न गरियो।
07/04/2026
आज मिति २०८२/१२/२४गते गौरिगञ्ज गा.पा.अध्यक्ष श्री फुलवती राजवंशी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री राम प्रसाद मिश्र तथा न्यायका लागि सामाजिक सञ्जाल अध्यक्ष श्री सोम भट्टराई ज्यु हरुको श्री इन्द्रेणी प्रा.वि.अविष्मरणिय भ्रमण भएकोमा समस्त विद्यालय परिवार हर्षित भएका छौ। न्यायका लागि सामाजिक सञ्जालले बालविकास कक्षालाइ बालमैत्री कक्षा बनाउन उपल्ब्ध गराएको सामाग्रीहरु गा.पा.अध्यक्ष मार्फत विद्यालय वि.ब्य.स.अध्यक्ष र प्र.अ.लाई हस्तानतरण गर्नु भयाे सोही समयमा राखिएको सामान्य छोटो औपचारिक कार्यक्रममा गा.पा.अध्यक्ष र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री राम मिश्र सरले विद्यालयको शैक्षिक एवं भौतिक विकासलागि आवश्यक निर्देशन समेत प्रदान गर्नुभयो वि.ब्य.स.अध्यक्ष राजभक्त सुनुवार ज्यूले विद्यालयमा खाली रहेको बालबिकासको दरबन्दी यथासिघ्र पदपूर्तिको माग राख्नुभयो। यसरी नै विद्यालय नियमित अनुगमन तथा भ्रमण भैरहे विद्यालयका समस्याहरूको पहिचान हुने र विद्यालयको सर्वपक्षीय सुधार पक्कै हुनेछ। अन्त्यमा विद्यालय परिवारको तर्फबाट गा.पा.अध्यक्ष, शिक्षा शाखा प्रमुख राम सर र एस.एन.जे.डि.सस्था प्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्दछु।
06/10/2024
आज इन्द्रेणी प्रा.वि.माअभिभावक भेलाको आयोजना गरि उपस्थित ६३ बालबालिकाहरुलाई पोषाक बितरण गरियो। उक्त भेलामा इटहरीमा गार्मेन्ट उद्योग सञ्चालन गर्दै आउनुभएका रोमनाथ काफ्ले ले नुशल्क सहयोग स्वरुप प्रदान गर्नुभएको २०जोर ट्रयाक सुट र केहि टि-सर्ट उत्कृष्ट र कम्जोर आय भएका अभिभावक ज्यु हरुलाई वि.ब्य.समिति मार्फत बितरण गरियो।भाई रोमनाथले विद्यालयका ५ जना बालबालिकाहरुलाई निशुल्क पोषाक समेत प्रदान गर्नु भएको थियो। भाइलाई विद्यालयको तर्फबाट धेरै धेरै धन्यबाद छ। अनुपस्थित बालबालिकाहरुले अभिभावक सहित विद्यालयमा सम्पर्क गर्नुहुन।
13/09/2024
२०८१को बाल दिवस बिभिन्न अतिरिक्त क्रियाकलाप सहित १ दिन अगावै मनाइयो।
19/06/2024
इन्द्रेणी प्रा.वि.को विद्यालय को बिबिध बिषयमा छलफल गर्न प्रथम अभिभावक भेला २०८१