जनता आधारभूत विद्यालय, कोहबरा

जनता आधारभूत विद्यालय, कोहबरा

Share

गौरादह ~ ६ - कोहबरा

12/06/2026

आभार वक्तव्य

हाम्रो श्री जनता आधारभूत विद्यालय, कोहबरा का १५८ जना विद्यार्थीहरूका लागि खेलौना तथा खेलकुद सामग्री उपलब्ध गराइदिनुभएकोमा Children At Risk Network Nepal (CarNet Nepal) परिवारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु।

बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुद र सिर्जनात्मक गतिविधिहरू अत्यन्त महत्वपूर्ण हुन्छन्। यहाँबाट प्राप्त खेलौना तथा खेलकुद सामग्रीले विद्यार्थीहरूलाई सिकाइसँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा थप सक्रिय, उत्साहित र आत्मविश्वासी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौं।

विद्यालय परिवारको तर्फबाट CarNet Nepal तथा यस सहयोगमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। आगामी दिनमा पनि यस्तै सहयोग, सहकार्य र सद्भाव कायम रहने अपेक्षा गरेका छौं।

धन्यवाद।

पुष्पराज पोखरेल
अध्यक्ष
विद्यालय व्यवस्थापन समिति
श्री जनता आधारभूत विद्यालय, कोहबरा
गौरादह–६, झापा।
२९ जेष्ठ २०८३

09/06/2026
Photos from जनता आधारभूत विद्यालय, कोहबरा's post 05/06/2026

विश्व वातावरण दिवस २०२६ : कोहबराको जनता आधारभूत विद्यालयमा वृक्षारोपणसहित विविध कार्यक्रम सम्पन्न

विश्व वातावरण दिवस २०२६ को अवसरमा झापाको गौरादह–६ स्थित कोहबरामा रहेको जनता आधारभूत विद्यालय मा वृक्षारोपणसहित विविध जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ।

"Now for Climate" भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका चुनौतीबारे छलफल गरिएको थियो।

कार्यक्रम जनता आधारभूत विद्यालय, कोहबरा को आयोजनामा सम्पन्न भएको हो भने Evangelical Lutheran Church in America (ELCA) र The Lutheran World Federation (LWF) को सहयोग रहेको थियो। वृक्षारोपणका लागि आवश्यक थप बिरुवाहरू सिनर्जी नेपाल, दमक ले उपलब्ध गराएको जनाएको छ।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा ELCA र LWF का प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले वातावरण संरक्षणलाई व्यवहारमै उतार्नुपर्नेमा जोड दिँदै वृक्षारोपणलाई केवल एक दिनको अभियान नभई निरन्तर चलिरहनुपर्ने अभियानका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका थिए।

विद्यालय व्यवस्थापन समितिले विश्व वातावरण दिवसको अवसरमा कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने ELCA, LWF, सिनर्जी नेपाल, दमक, स्थानीय समुदाय, जनप्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेको छ।

विद्यालयका अनुसार वातावरणीय चेतना अभिवृद्धि गर्दै भावी पुस्तामा प्रकृतिप्रतिको जिम्मेवारी बोध गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ।

Photos from जनता आधारभूत विद्यालय, कोहबरा's post 05/06/2026

विश्व वातावरण दिवस २०२६ : कोहबराको जनता आधारभूत विद्यालयमा वृक्षारोपणसहित विविध कार्यक्रम सम्पन्न

गौरादह । विश्व वातावरण दिवस २०२६ को अवसरमा झापाको गौरादह–६ स्थित कोहबरामा रहेको जनता आधारभूत विद्यालय मा वृक्षारोपणसहित विविध जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ।

"Now for Climate" भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका चुनौतीबारे छलफल गरिएको थियो।

कार्यक्रम जनता आधारभूत विद्यालय, कोहबरा को आयोजनामा सम्पन्न भएको हो भने Evangelical Lutheran Church in America (ELCA) र The Lutheran World Federation (LWF) को सहयोग रहेको थियो। वृक्षारोपणका लागि आवश्यक थप बिरुवाहरू सिनर्जी नेपाल, दमक ले उपलब्ध गराएको जनाएको छ।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा ELCA र LWF का प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले वातावरण संरक्षणलाई व्यवहारमै उतार्नुपर्नेमा जोड दिँदै वृक्षारोपणलाई केवल एक दिनको अभियान नभई निरन्तर चलिरहनुपर्ने अभियानका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका थिए।

विद्यालय र व्यवस्थापन समितिले विश्व वातावरण दिवसको अवसरमा कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने ELCA, LWF, सिनर्जी नेपाल, दमक (Synergy Nepal, Damak ), स्थानीय समुदाय, जनप्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेको छ।

वातावरणीय चेतना अभिवृद्धि गर्दै भावी पुस्तामा प्रकृतिप्रतिको जिम्मेवारी बोध गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ।

Photos from जनता आधारभूत विद्यालय, कोहबरा's post 03/06/2026

नयाँ भवन बनेसँगै कोहबराको जनता आधारभूत विद्यालयको स्तरउन्नतिको माग बढ्दो

कोहबरा, गौरादह–३ — वि.सं. २०३२ सालमा स्थापना भएको श्री जनता आधारभूत विद्यालय, कोहबरा मा हाल कक्षा ५ सम्म मात्र अध्ययन–अध्यापन हुँदै आएको छ। साबिक कोहबरा गाविसको केन्द्र रहेको स्थानमा अवस्थित यस विद्यालयलाई यतिका वर्षसम्म पनि निम्न माध्यमिक तह (कक्षा ८) सम्म स्तरउन्नति गर्न नसकिएको भन्दै स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन्।

स्थानीयका अनुसार कोहबरा क्षेत्रको शैक्षिक केन्द्रका रूपमा विकास हुनुपर्ने विद्यालय अपेक्षित प्राथमिकता र आवश्यक स्रोत–साधनको अभावमा पछाडि परेको छ। विद्यालयमा कक्षा ५ सम्म मात्र पढाइ हुने भएकाले त्यसपछिको अध्ययनका लागि विद्यार्थीहरू अन्यत्र जान बाध्य छन्।

हालै विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएसँगै भने स्थानीयवासीमा नयाँ आशा जागेको छ। आधुनिक भवनले विद्यालयको भौतिक स्वरूप परिवर्तन गरेको छ भने अब शैक्षिक स्तरसमेत उकास्नुपर्ने माग बलियो बन्दै गएको छ।

स्थानीय अभिभावक, बुद्धिजीवी तथा सरोकारवालाहरूले विद्यालयलाई कम्तीमा कक्षा ८ सम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। साथै, पर्याप्त शिक्षक व्यवस्थापन, गुणस्तरीय शिक्षण, शैक्षिक सामग्रीको उपलब्धता र आधुनिक शिक्षण विधिको प्रयोगमा समेत ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।

स्थानीयवासीहरू भन्छन्, “साबिक गाविसको केन्द्रमा रहेको विद्यालय आजसम्म आधारभूत तहमा सीमित रहनु दुःखद विषय हो। अब नयाँ भवन बनेको अवस्थामा विद्यालयलाई निम्न माध्यमिक तहसम्म विस्तार गरी पढाइको गुणस्तर पनि सुधार गर्नुपर्छ।”

स्थानीयको अपेक्षा छ कि सम्बन्धित निकाय, जनप्रतिनिधि तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूले विद्यालयको स्तरउन्नतिका लागि आवश्यक पहल गर्नेछन् र कोहबराका बालबालिकाले आफ्नै गाउँमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर पाउनेछन्।

Photos from जनता आधारभूत विद्यालय, कोहबरा's post 01/06/2026

जनता आधारभूत विद्यालय, कोहबरा - गौरादह–६ को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुष्पराज पोख्रेल चयन
गौरादह, जेठ १८ — जनता आधारभूत विद्यालय, गौरादह–६ मा आज मिति २०८३ साल जेठ १८ गते सोमबार सम्पन्न बैठकले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुष्पराज पोख्रेल लाई सर्वसम्मत रूपमा चयन गरेको छ।
वडा अध्यक्ष तोयानाथ प्रसाई को अध्यक्षतामा बसेको बैठकले पोख्रेललाई सर्वसम्मत निर्णयमार्फत विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा समग्र शैक्षिक वातावरण सुधारमा उहाँको नेतृत्व प्रभावकारी रहने विश्वास व्यक्त गरिएको छ।
नवनिर्वाचित अध्यक्ष पुष्पराज पोख्रेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kohabara
Jhapa District
57216

Opening Hours

Monday 10:00 - 04:00
Tuesday 10:00 - 04:00
Wednesday 10:00 - 04:00
Thursday 10:00 - 04:00
Friday 10:00 - 04:00