02/06/2026
हार्दिक बिदाइ तथा शुभकामना 🌹🙏
आज मिति २०८३/०२/१९ गते श्री बुद्ध माध्यमिक विद्यालयमा प्राथमिक तहमा कार्यरत आदरणीय शिक्षक वसन्त कुँवर ज्युको बिदाइ कार्यक्रम सम्पन्न भयो।
यस विद्यालयमा रहँदा उहाँले विद्यार्थीहरूको शैक्षिक, नैतिक तथा सर्वाङ्गीण विकासमा पुर्याउनुभएको महत्वपूर्ण योगदानप्रति विद्यालय परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ। उहाँको अछाम जिल्ला स्थित तुका माध्यमिक विद्यालय मा सरुवा भएको अवसरमा सम्मानसहित बिदाइ गर्दै नयाँ कार्यस्थलमा सफल र प्रगतिशील कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
उहाँको उज्ज्वल भविष्य, सुस्वास्थ्य, सुख र सफलताको कामना गर्दछौं। 🌹🙏
– श्री बुद्ध माध्यमिक विद्यालय परिवार 🏫✨
26/05/2026
📚⚖️ आज मिति २०८३ /२ / १२ गते।श्री बुद्ध माध्यमिक विद्यालयमा “विद्यार्थीसँग कानुनी सचेतना कार्यक्रम” सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रममार्फत विद्यार्थीहरूलाई कानुनी ज्ञान, अधिकार, कर्तव्य तथा सामाजिक जिम्मेवारी सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।
यस महत्वपूर्ण कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने आयोजक, प्रशिक्षकज्यू, शिक्षकवर्ग तथा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक धन्यवाद। 🙏✨
#कानुनी_सचेतना
#श्री_बुद्ध_माध्यमिक_विद्यालय
#विद्यार्थी_सशक्तिकरण
29/04/2026
📢 “सबै बालबालिकालाई विद्यालय पठाऔं, उज्ज्वल भविष्य निर्माण गराऔं!”
सूचना! सूचना!! सूचना!!!
श्री बुद्ध माध्यमिक विद्यालय, कचनकवल–१, झापामा शैक्षिक सत्र २०८३ का लागि नयाँ विद्यार्थी भर्ना खुला गरिएको जानकारी गराइन्छ।
📚 भर्ना खुला कक्षाहरू:
• कक्षा १–५ :
• कक्षा ६–९ :
विद्यालयले गुणस्तरीय, संस्कारयुक्त तथा व्यवहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ।
✨ मुख्य विशेषताहरू:
• अनुभवी शिक्षकद्वारा शिक्षण
• प्रविधिमैत्री वातावरण
• अनुशासन तथा संस्कारमा प्राथमिकता
• अतिरिक्त क्रियाकलापमा सक्रियता
📌 भर्ना सम्बन्धी विवरण:
• फाराम वितरण: जारी
• कक्षा सञ्चालन: २०८३/०१/२१
• आवश्यक कागजात: जन्मदर्ता, फोटो, प्रमाणपत्र
📞 सम्पर्क नम्बर: 9816069698
07/04/2026
कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरू मध्ये दुई विषयसम्मको ग्रेड वृद्धिका लागि आवेदन फाराम भर्न इच्छुक विद्यार्थीहरूले प्रति विषय रु. २७५ का दरले (एक विषयको रु. २७५ र दुई विषयको रु. ५५०) शुल्कसहित भोलि मिति २०८२/१२/२५ गते बुधबार बिहान १०:०० बजे प्रवेशपत्रसहित विद्यालयमा अनिवार्य रूपमा उपस्थित हुन सम्बन्धित सबैमा सूचित गरिन्छ।