Bigyan Jyoti English School Pvt. Ltd

Bigyan Jyoti English School Pvt. Ltd

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bigyan Jyoti English School Pvt. Ltd, Education Website, Mechinagar-15 Jhapa, Jhapa District.

गुणस्तरीय शिक्षा, अनुभवी शिक्षकहरु, र सौहार्दपूर्ण वातावरणका साथ हाम्रो विद्यार्थीहरूको शैक्षिक, नैतिक र व्यक्तिगत विकास सुनिश्चित गर्ने हाम्रो प्रतिवद्धता । आजै भर्ना लिनुहोस् र बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्नुहोस्!

Photos from Bigyan Jyoti English School Pvt. Ltd's post 22/04/2026

आज मिति २०८३/०१/०९ गते यस विज्ञान ज्योति इङ्लिस स्कुलमा सम्पन्न वार्षिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा नानीबाबुहरूले उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
साथै, अभिभावकज्यूहरूको उत्साहजनक उपस्थिति र एकताले गर्दा कार्यक्रम अत्यन्तै भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। यहाँहरूको साथ र सहयोगका लागि विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ।🙏🏻

Photos from Bigyan Jyoti English School Pvt. Ltd's post 19/03/2026

Happy Birthday both you[Aditya&Aayan]🎉
May this year bring you new knowledge, exciting opportunities, and success in everything you do. Keep working hard, stay kind, and never stop dreaming big!
Bigyan jyoti School family
Mechinagar- 15,Jhapa

Photos from Bigyan Jyoti English School Pvt. Ltd's post 16/03/2026

आज विद्यालयमा हस्तकला (Handicraft) र रङ्गीन कागजका डिजाइनहरू सिकाउँदा साना नानीहरू निकै उत्साहित देखिए। उनीहरूले नयाँ कुरा सिक्न पाएकोमा खुसी व्यक्त गरे र वातावरण निकै रमाइलो भयो ✨

Photos from Bigyan Jyoti English School Pvt. Ltd's post 13/03/2026

आज मिति २०८२ साल फागुन २९ गते शुक्रबारका दिन सुप्रभा इङ्लिस विद्या सदनद्वारा आयोजित अन्तर-विद्यालय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

यस प्रतिस्पर्धामा सुप्रभा इङ्लिस विद्या सदन र विज्ञान ज्योति इङ्लिस स्कुलका ९-९ जना प्रतिभावान खेलाडी नानीहरूबीच निकै उत्साहजनक र सुन्दर खेल प्रदर्शन भएको थियो। अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा विज्ञान ज्योति इङ्लिस स्कुलले विजय हासिल गरेको छ। विजयी विद्यालयलाई हार्दिक बधाई तथा सहभागी सम्पूर्ण खेलाडी नानीहरूलाई उत्कृष्ट खेलका लागि धन्यवाद व्यक्त गर्दछौं।

हार र जित खेलको एउटा पाटो मात्र हो। त्यसैले, हारबाट निराश नभई र जितबाट मात्तिएर नबसी आगामी दिनमा अझ बढी उत्साह र सकारात्मक भावनाका साथ आफ्नो रुचि र क्षमता अनुसारका अन्य क्रियाकलापहरूमा पनि सहभागी हुन सबै नानीहरूलाई विद्यालयको तर्फबाट प्रोत्साहन र शुभकामना व्यक्त गर्दछौं।

तपाईंहरूको खेलप्रतिको यो लगाव र अनुशासन आगामी दिनमा अझै निखारिँदै जाओस् भन्ने हाम्रो चाहना छ।

शुभकामना सहित 🙏🏻
विज्ञान ज्योति इङ्गलिश स्कूल
मेचीनगर १५, झापा

Photos from Bigyan Jyoti English School Pvt. Ltd's post 09/03/2026

Dear student Tanu,
May your future be filled with knowledge, confidence, and many great opportunities. Always believe in yourself and never stop trying your best. Enjoy your special day and may all your dreams come true. Happy Birthday once again!🎉
Bigyan jyoti School family.
Mechinagar- 15

Photos from Bigyan Jyoti English School Pvt. Ltd's post 03/03/2026

होलीको शुभकामना! 🎨🌸

आदरणीय विद्यार्थीका अभिभावकज्यूहरू तथा
सम्पूर्ण विद्यार्थीहरू, शिक्षकज्यूहरू तथा विद्यालयका सबै शुभेच्छुकहरूमा हार्दिक होलीको मंगलमय शुभकामना! 🎉

रङ्गझैँ जीवन पनि सधैं उज्यालो, सफल र सुखद रहोस््
फागु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

रङहरूको यो पवित्र पर्वले यहाँहरूको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सफलताको उज्यालो रङ भरियोस्। आपसी सद्भाव, माया र एकताको भावना अझ प्रगाढ बनाओस्।

विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै, सबै परिवारमा हाँसो, खुशी र सकारात्मक ऊर्जा सधैं रहिरहोस्।

फागु पूर्णिमाको धेरै धेरै शुभकामना!

Photos from Bigyan Jyoti English School Pvt. Ltd's post 26/02/2026

Dear student Arushi,
Warmest birthday wishes to you. May the coming year be filled with good health, wisdom, and continued success in all your endeavour.
Bigyan Jyoti School family.
Mechinagar- 15,Jhapa

23/02/2026

Dear student Sushila,
Wishing you a very happy birthday. May you develop wisdom, confidence, and strong character as you move forward in your academic journey.
Bigyan jyoti School.
Mechinagar- 15,Jhapa

15/02/2026

Learn with Fun 🤗
तपाईंहरुको विश्वास, हाम्रो प्रयास
नानीहरूको खुशी नै हाम्रो सफलता ❤️😊

13/02/2026

रट्ने मात्र होइन, सोच्ने र सोध्ने बानीको विकास।
खेल्दै, सोध्दै र खोज्दै सिक्दै छन् हाम्रा नानीहरू।❤️

Photos from Bigyan Jyoti English School Pvt. Ltd's post 13/02/2026

किताबी ज्ञानसँगै खेलकुद, अनुशासन र जिम्मेवारीको विकासका लागि शिक्षक तथा विद्यार्थीहरू मिलेर विद्यालय परिसर सरसफाइ कार्यमा सक्रिय भएका केही तस्बिर 💕🙏

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Mechinagar-15 Jhapa
Jhapa District