हमर गाउँ हमर अभियान

हमर गाउँ हमर अभियान “Youth for Change, Village for Future �”

26/04/2026

आजको समाजमा युवा जनशक्ति राष्ट्रको विकासको प्रमुख आधार हो। युवाहरूमा रहेको ऊर्जा, सिर्जनशीलता र नवीन सोचले समाजलाई अगाडि बढाउने महत्वपूर्ण भूमिका खेल्दछ। उनीहरू देशका भविष्यका कर्णधार मात्र होइनन्, वर्तमान परिवर्तनका संवाहक पनि हुन्। शिक्षा, सीप र सकारात्मक सोचले सुसज्जित युवा जनशक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा नयाँ सम्भावनाहरू सिर्जना गर्न सक्छ। त्यसैले युवाहरूलाई उचित अवसर, मार्गदर्शन र प्रेरणा प्रदान गर्नु आजको आवश्यकता हो, जसले समृद्ध र सक्षम समाज निर्माणमा ठूलो योगदान पुर्‍याउँछ।
शुभ रात्री 🌙❤️

25/04/2026

Hamar Mithila gaam



15/04/2026

नयाँ वर्षको शुभ अवसरमा “हमर गाउँ, हमर अभियान” को पहलमा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

यस पुण्य कार्यले हाम्रो गाउँको वातावरणलाई स्वच्छ, सुन्दर र स्वस्थ बनाउने मात्र होइन, सामाजिक एकता, सहकार्य र जिम्मेवारीको भावना पनि अझ बलियो बनाएको छ। मन्दिर जस्तो पवित्र स्थानको सरसफाइ गर्नु हामी सबैको कर्तव्य हो भन्ने सन्देश यस अभियानले दिएको छ।

यस कार्यक्रममा सक्रिय रूपमा सहभागी भई योगदान दिनुहुने सम्पूर्ण गाउँवासी, युवा साथीहरू तथा सहयोगी हातहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि यस्ता सकारात्मक र जनचेतनामूलक अभियानहरू निरन्तर सञ्चालन गरिने अपेक्षा राख्दछौं।

“स्वच्छ गाउँ, स्वस्थ समाज” हाम्रो साझा लक्ष्य हो। नयाँ वर्ष २०८३ ले सबैमा सकारात्मक ऊर्जा, सहकार्य र प्रगतिको बाटो खोलोस् भन्ने शुभकामना!



नयाँ वर्षको शुभ अवसरमा “हमर गाउँ, हमर अभियान” को पहलमा मन्दिर र दिहबार स्थान परिसरमा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्...
15/04/2026

नयाँ वर्षको शुभ अवसरमा “हमर गाउँ, हमर अभियान” को पहलमा मन्दिर र दिहबार स्थान परिसरमा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

यस पुण्य कार्यले हाम्रो गाउँको वातावरणलाई स्वच्छ, सुन्दर र स्वस्थ बनाउने मात्र होइन, सामाजिक एकता, सहकार्य र जिम्मेवारीको भावना पनि अझ बलियो बनाएको छ। मन्दिर जस्तो पवित्र स्थानको सरसफाइ गर्नु हामी सबैको कर्तव्य हो भन्ने सन्देश यस अभियानले दिएको छ।

यस कार्यक्रममा सक्रिय रूपमा सहभागी भई योगदान दिनुहुने सम्पूर्ण गाउँवासी, युवा साथीहरू तथा सहयोगी हातहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि यस्ता सकारात्मक र जनचेतनामूलक अभियानहरू निरन्तर सञ्चालन गरिने अपेक्षा राख्दछौं।

“स्वच्छ गाउँ, स्वस्थ समाज” हाम्रो साझा लक्ष्य हो। नयाँ वर्ष २०८३ ले सबैमा सकारात्मक ऊर्जा, सहकार्य र प्रगतिको बाटो खोलोस् भन्ने शुभकामना!

03/03/2026

समाजका लागि लड…

लड्न सक्दैनौ भने बोल…
बोल्न सक्दैनौ भने लेख…
लेख्न सक्दैनौ भने साथ देऊ…
साथ पनि दिन सक्दैनौ भने जो लेखिरहेका छन्, बोलिरहेका छन् र लडिरहेका छन्, उनीहरूको मनोबल बढाऊ…

यो पनि गर्न सक्दैनौ भने कम्तिमा उनीहरूको मनोबल नघटाऊ,
किनकि उनीहरू तपाईंको हिस्साको लडाइँ लडिरहेका छन्…
शुभ रात्री! 🌙♥️

हमर गाउँ, हमर अभियान द्वारा आज औरही गाउँपालिका वडा नं. ०३, बिक्रमपुरस्थित भैरव जनता आधारभूत विद्यालयमा विद्यार्थीहरूको अ...
06/02/2026

हमर गाउँ, हमर अभियान द्वारा आज औरही गाउँपालिका वडा नं. ०३, बिक्रमपुरस्थित भैरव जनता आधारभूत विद्यालयमा विद्यार्थीहरूको अध्ययन अवस्था सुधार तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि पहल गरियो तथा सम्पूर्ण विधार्थीलाई कलम कापी वितरण गरियो।

आज युवाहरू एकजुट भएर फुलबारी सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा अगाडि बढ्यौं। हाम्रो सानो प्रयास, गाउँको ठूलो परिवर...
02/01/2026

आज युवाहरू एकजुट भएर फुलबारी सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा अगाडि बढ्यौं। हाम्रो सानो प्रयास, गाउँको ठूलो परिवर्तन। 🌼

हमर गाउँ हमर अभियान ❤️

मटिहानी प्रिमियर लिग (एमपीएल) सिजन–१ मा उत्कृष्ट प्रदर्शन गर्दै उप–विजेता बन्न सफल औरही गाउँपालिका वडा नं ०३, विक्रमपुर ...
25/11/2025

मटिहानी प्रिमियर लिग (एमपीएल) सिजन–१ मा उत्कृष्ट प्रदर्शन गर्दै उप–विजेता बन्न सफल औरही गाउँपालिका वडा नं ०३, विक्रमपुर टिमलाई हार्दिक बधाई तथा शुभकामना ! तपाईंहरूको खेलप्रति समर्पण, अनुशासन र जुझारू मनोभावले सम्पूर्ण क्षेत्रको गौरव बढाएको छ।

फाइनलसम्मको यात्रा तपाईँहरूको क्षमता, टीम–स्पिरिट र निरन्तर मेहनतको प्रमाण हो। आगामी दिनमा अझ शानदार सफलता हासिल गर्दै स्थानीय प्रतिभालाई प्रेरणा दिने बलियो आधार बन्नुहोस्—यही शुभेच्छा।

जय खेल, जय विक्रमपुर !

17/11/2025

“गाउँ बदल्ने शक्ति कसैसँग हराएको होइन, हाम्रा आफ्नै चुनौतीसँग लड्ने हिम्मतमा लुकेको हुन्छ। युवा र गाउँले एकजुट भएर उठे भने बाँझो जमिनमा सपनाहरू उम्रिन्छन्, उज्यालो बाटोहरू बन्छन्, र विकासको गति कसैले रोक्न सक्दैन। आज हामीले उठाएको एक–एक कदमले केवल हाम्रो गाउँ होइन, हाम्रो पुस्ताको पहिचान निर्माण गर्छ। बदलिन नचाहने परिस्थितिहरूलाई बदल्ने साहस युवामै हुन्छ, र त्यो साहसले नै गाउँलाई पछाडि होइन, अगाडि—अझ अगाडि धकेल्छ। हामी उठ्यौँ भने गाउँ जाग्छ, गाउँ जग्यो भने देश उठ्छ। त्यसैले, आजैबाट ‘गरौं, बदलौं, बनाऔं’ भन्ने संकल्प लिएर अघि बढौँ—किनकि प्रगति प्रतीक्षा होइन, प्रयासले जन्मिन्छ।”
"हमर गाउँ हमर अभियान"💪❤️

औरही गाउँपालिका वडा नं ०३ बिक्रमपुर को लझ्मी मन्दिर वरिपरि गरिएको फुलवारी अभियान साँच्चै नै हाम्रो गाउँलाई सुन्दर र हराभ...
28/10/2025

औरही गाउँपालिका वडा नं ०३ बिक्रमपुर को लझ्मी मन्दिर वरिपरि गरिएको फुलवारी अभियान साँच्चै नै हाम्रो गाउँलाई सुन्दर र हराभरा बनाउने एक उत्कृष्ट पहल हो। यस अभियान अन्तर्गत स्थानीय बासिन्दाहरूले मन्दिर परिसर र वरिपरिका ठाउँमा विभिन्न रंगका फूलहरू रोपेका छन्, जसले वातावरणलाई स्वच्छ र आकर्षक बनाएको छ। यसले गाउँको सौन्दर्य मात्र बढाएको छैन, सामुदायिक एकता र सरसफाइप्रति चेतना पनि जगाएको छ।

फुलवारी अभियानले गाउँका युवाहरू, महिलाहरू र बालबालिकामाझ “हाम्रो गाउँ, हाम्रो जिम्मेवारी” भन्ने सोच पैदा गरेको छ। प्रकृतिप्रेम, सौन्दर्यप्रेम र धार्मिक स्थलप्रतिको श्रद्धा एकै ठाउँमा समेटिएको यो प्रयासले “हमर गाउँ हमर अभियान” लाई जीवन्त उदाहरण बनाएको छ। 🌸
#हमरगाउँहमरअभियान

Address

Nepal, Dhanusha , Aurahi/03
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when हमर गाउँ हमर अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share