Aapan Madhesh/आपन मधेश

  • Home
  • Aapan Madhesh/आपन मधेश

Aapan Madhesh/आपन मधेश Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aapan Madhesh/आपन मधेश, Education Website, Janakpur, Nepal, .

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!

आज बसेको सर्वदलीय बैठक बाट जिल्ला प्रशासन कार्यालय सर्लाहीले भारतीय नम्बर प्लेटको गाडी चलाउन रोक लगाएको सम्बन्धमा निकालि...
12/04/2026

आज बसेको सर्वदलीय बैठक बाट जिल्ला प्रशासन कार्यालय सर्लाहीले भारतीय नम्बर प्लेटको गाडी चलाउन रोक लगाएको सम्बन्धमा निकालिएको प्रेस विज्ञप्ति ।
______________________________________________
प्रेस विज्ञप्ति

मिति: २०८२/१२/२९

आज सर्लाही जिल्ला मा सम्पन्न सर्वदलीय बैठकले नेपाल सरकारले भारतीय नम्बर प्लेटका सवारी साधनहरू सञ्चालनमा लगाएको प्रतिबन्ध सम्बन्धी निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै कडा विरोध गर्ने निर्णय गरेको छ।

नेपाल–भारतबीच सदियौँदेखि रहँदै आएको बेटी–रोटीको सम्बन्ध र सीमावर्ती क्षेत्रका जनताको दैनिक जीवनयापन, सामाजिक तथा आर्थिक गतिविधिमा यस निर्णयले प्रत्यक्ष असर पुर्‍याउने देखिन्छ। विशेषगरी सीमावर्ती क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायलाई अनावश्यक दुःख दिने, आवतजावतमा कठिनाइ सिर्जना गर्ने तथा दुई देशबीचको आत्मीय सम्बन्धमा नकारात्मक प्रभाव पार्ने कार्य हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन।

12/04/2026

सर्लाही प्रादेशिक अस्पतालमा भएको यो घटना कुनै सामान्य त्रुटि होइन, यो जीवन र मृत्यु बीचको गम्भीर असावधानी हो। उपचारका लागि आवश्यक औषधि र अक्सिजन उपलब्ध हुँदाहुँदै पनि समयमै प्रयोग नहुनु, व्यवस्थापकीय कमजोरी र जिम्मेवारीप्रतिको उदासीनताको स्पष्ट संकेत हो। जहाँ बिरामीले अन्तिम आशा बोकेर पाइला टेक्छ, त्यहीँबाट आशा टुटेर फर्किनु पर्ने अवस्था आउनु अत्यन्तै दुःखद र अस्वीकार्य हो। यस्तो घटनाले व्यक्तिगत पीडा मात्र होइन, सम्पूर्ण स्वास्थ्य प्रणालीप्रतिको विश्वास नै कमजोर बनाउँछ। अब ढिला नगरी निष्पक्ष छानबिन, कडा जवाफदेहिता र संरचनात्मक सुधार अनिवार्य छ, ताकि कुनै पनि नागरिकले उपचारकै क्रममा ज्यान गुमाउनु नपरोस्।

हार्दिक शुभकामना!रुबी ठाकुर २६ वर्षको उमेरमा २२९ प्राप्त मतसहित उपसभामुख पदमा निर्वाचित हुनु मधेश प्रदेशका लागि मात्र हो...
10/04/2026

हार्दिक शुभकामना!

रुबी ठाकुर २६ वर्षको उमेरमा २२९ प्राप्त मतसहित उपसभामुख पदमा निर्वाचित हुनु मधेश प्रदेशका लागि मात्र होइन, सम्पूर्ण देशको लोकतान्त्रिक अभ्यासका लागि एक ऐतिहासिक र प्रेरणादायी क्षण हो।

उपसभामुख जस्तो गरिमामय पदमा श्रम संस्कृति पार्टीकी २६ वर्षीय अल्पसंख्यक सिमान्तकृत (अति पिछडा वर्ग) नाई (ठाकुर)की छोरी रुबी कुमारी ठाकुर सर्वसम्मत रूपमा चयन हुने वातावरण सिर्जना हुनु आफैँमा समावेशी लोकतन्त्रको सशक्त उदाहरण हो। नेपालकै इतिहासमा पहिलो पटक यस्तो गरिमामय पदमा सर्वसम्मत रूपमा चयन हुनु गौरवको विषय हो।यस ऐतिहासिक अवसरमा प्रस्तावक श्रम संस्कृति पार्टी तथा समर्थक रा स्व पा प्रति हार्दिक आभार व्यक्त गर्दछु, जसले समावेशीता, समान अवसर र नयाँ राजनीतिक संस्कारलाई स्थापित गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

युवा नेतृत्व, महिला सहभागिता र मधेशको प्रतिनिधित्वलाई यस उपलब्धिले अझ सशक्त बनाएको छ। २६ वर्षको उमेरमै यस्तो जिम्मेवारी सम्हाल्नु ठूलो विश्वास र अवसर हो, जसले भविष्यमा सकारात्मक परिवर्तनको आधार तयार गर्ने अपेक्षा गर्न सकिन्छ।आशा छ, उहाँको कार्यकालले जनताको आवाजलाई मजबुत बनाउँदै सुशासन, विकास र समानताको दिशामा ठोस योगदान पुर्‍याउनेछ।
पुनः हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भए...
10/04/2026

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन ।

पेट्रोल प्रतिलिटर २१९ रुपैयाँडिजेल/मट्टीतेल प्रतिलिटर २०७ रुपैयाँ खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २०१० रुपैयाँ
09/04/2026

पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ
डिजेल/मट्टीतेल प्रतिलिटर २०७ रुपैयाँ
खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २०१० रुपैयाँ

नयाँ श्रममन्त्री को बन्ला त ?
09/04/2026

नयाँ श्रममन्त्री को बन्ला त ?

प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्।
09/04/2026

प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले मधेश प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।तस्बिर: प्रधानमन्त्रीको सचिवालयबाट
01/04/2026

प्रधानमन्त्री बालेन्द्र शाहले मधेश प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।
तस्बिर: प्रधानमन्त्रीको सचिवालयबाट

काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्...
31/03/2026

काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
रिजाल ‘Gen-Z आन्दोलन’का क्रममा काठमाडौंका सीडीओको रूपमा कार्यरत थिए। भदौ २३ र २४ गते भएका आन्दोलनहरू दमन गरेको आरोप उनीमाथि लगाइएको छ।

Address

Janakpur, Nepal

44600

Telephone

+97716631459

Website

Alerts

Be the first to know and let us send you an email when Aapan Madhesh/आपन मधेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share