23/01/2026
#अमेरिकाको जस्तै Presidential Debate #नेपालमा पनि Prime-ministerial debate: A debate involving prime ministers. गराउनु अति आवश्यक र संस्थागत हुनुपर्छ। कि कसो?
देश र आउने चुनाव मुदा: यो पालीको चुनाव रिस, बदला र नकारात्मकताले भरिएको छ। जो संग कि कुरो गर्दा , एकदमै उग्र रुपमा तर्क गर्छन ।
लोकप्रियता एक ठाउँमा होला । पुरानो र नयाँ पार्टीहरुको पक्ष विपक्ष होला । तर, जनताले कसलाई किन मत दिने , आउने सरकार जो जसको भए पनि कुन मुदालाई प्राथमिकता दिने छन् , देशको समस्याको समाधान कसरी गर्न खोजेका छन् ? शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, सुशासन, पररास्ट्रीय नीति लगायतका विषयहरुमा कुन उमेद्वारको के प्लान छ जनतालाई बताउन सक्नु पर्यो !!!!
यसमा कम से कम प्रधानमन्त्रीको प्रस्तावित प्रधानमन्त्री उमेदवारहरुको बीच अमेरिकाको presidential debate (बहस) जरुरी नै देखियो !!
र, यसलाई moderate गर्न एउटा निष्पक्ष पत्रकारहरु वा प्राज्ञहरुको टिमले एउटा code of conduct debate को साझा सहमति बनाएर गरोस् । एकदमै राम्रो तयारी गरेर , सबैलाई fairly treat गर्ने गरि। कम से कम, जनताले किन कसलाई मत दिने भन्ने कुरोको जानकारी पनि हुन्छ , आआफ्नो निर्णय लिन !!
एउटा modality के हुन् सक्छ कि : पछिल्लो चुनावमा ७ वटा राष्ट्रिय पार्टी देशमा रहेको छ । सबै पार्टीले आफ्नो दलको नेता बनाएकै छन् जो जसले मौका पायो भने देशको प्रधानमन्त्रीको हुने प्रस्टै छ ।
जस्तै: राष्ट्रिय पार्टीहरु : नेपाली काँग्रेसबाट गगन थापा ; रस्वपाबाट बालेन साह, एमालेबाट के पी ओली ; मावोबादी (नेकपा) बाट प्रचण्ड ; जसपाबाट उपेन्द्र यादव ; जनमतबाट डा. सिके राउत ; राप्रापाबाट राजेन्द्र लिंग्देन!!!
एउटा independent कुनै नागरिक समाजको संस्थाले पनि यसको अग्रसर लिदा हुन्छ !!
किन भने अमेरिकामा पनि presidential debate कुनै संवैधानिक प्रावधानको कारणले भएको होइन । यो उमेदबारहरुको आपसी सहमति र जनताले आफ्नो उमेदबारलाई जान्ने अधिकारको रुपमा लिएको एउटा customary practice गर्दागर्दै संस्थागत भएको हो !!!
नेपालमा Gen Z पछि यो चुनाव , कसरी विगत भन्दा फरक रह्यो ? Lets do it innovatively ?? हाम्रो देशमा पनि प्रधानमन्त्रीको उमेदवारको एउटा सौहार्द बहस भए गज्जब हुन्थियो कि ??
सायद, यसैबाट चुनाव मुदा केन्द्रित हुन्छ होला र देशलाई दिशा निर्देश गर्न यो चुनावले एउटा नयाँ आयाम र जनतालाई लोकतान्त्रमा Know your candidate को अधिकार पनि सुनिश्चित हुन्थियो।
स-धन्यवाद!💐🙏