शिक्षा Home Tuition Center

शिक्षा Home Tuition Center A perfect Destination for Home Tutor...!!!

अर्थमन्त्री ज्यु,तपाईं विद्वान हुनुहुन्छ, अर्थशास्त्र राम्रो सङ्ग बुझ्नु भएको छ  तर जमिनको यथार्थ अलि फरक छ।काठमाडौमा बस...
21/04/2026

अर्थमन्त्री ज्यु,
तपाईं विद्वान हुनुहुन्छ, अर्थशास्त्र राम्रो सङ्ग बुझ्नु भएको छ तर जमिनको यथार्थ अलि फरक छ।
काठमाडौमा बसेर जति महँगो भए पनि किन्न सकिन्छ होला, तर मध्यम आय भएका परिवारको पीडा फरक छ।भारतीय बजारमा ४० भारु पर्ने सामान, नेपालमा आएर रु ११०–१२० पुग्छ।
अब तपाईं नै भन्नुस—४० को ६४ सस्तो कि ११०–१२० सस्तो?
हामी देशभक्त छौं, आफ्नै देशको सामान प्रयोग गर्न चाहन्छौं। तर जब मूल्य यति धेरै अन्तर हुन्छ, कसरी सम्भव हुन्छ? पेट र परिवारको जिम्मेवारी अगाडि नाराले मात्रै काम गर्दैन।
समाधान स्पष्ट छ—
पहिलो: घरायसी उपभोगका सामान नेपालमै उत्पादन गर्ने वातावरण बनाउनुहोस्।
दोस्रो: त्यो सम्भव नभएसम्म भन्सार दर र कर नीतिलाई यथार्थपरक बनाउनुहोस्।
तेस्रो: महँगी नियन्त्रण गरी न्यूनतम मूल्य सुनिश्चित गर्नुहोस्।
र अन्तिम: कम्तीमा एक निश्चित सीमा तोकेर आवश्यक सामान सहज रूपमा ल्याउने व्यवस्था गर्नुहोस्।
वास्तविकता बुझ्नुहोस्।
भोक र बजेटसँग देशभक्ति हार्दैन, तर गलत र दोहोरो नीतिले अवश्य हार्छ।
#महँगी_नियन्त्रण #जनताको_आवाज #आर्थिक_यथार्थ #नेपाल

पार्टी महामन्त्री बन्नु पछाडिको कारण के होला त ? के  पार्टीमा अरु योग्य उम्मेदवार छैन कि यसमा पनि नातावाद र कृपावाद नै च...
21/04/2026

पार्टी महामन्त्री बन्नु पछाडिको कारण के होला त ? के पार्टीमा अरु योग्य उम्मेदवार छैन कि यसमा पनि नातावाद र कृपावाद नै चल्दै छ ?

नेपालमा ब्रिटिस डिग्रीको नाममा भइरहेको एउटा ठूलो शैक्षिक व्यापारको पर्दाफास भएको छ। सुपरमार्केटको शाखा खोलेझैँ देशैभरि फ...
20/04/2026

नेपालमा ब्रिटिस डिग्रीको नाममा भइरहेको एउटा ठूलो शैक्षिक व्यापारको पर्दाफास भएको छ। सुपरमार्केटको शाखा खोलेझैँ देशैभरि फैलिएको आईएसएमटी कलेजले राज्यकै कानुनलाई ठाडो चुनौती दिँदै अवैध रूपमा विद्यार्थी भर्ना गरिरहेको खुलेको छ।

काठमाडौं, विराटनगर, चितवन, पोखरा र बुटवलमा सञ्चालित आईएसएमटी कलेजले युकेको सन्डरल्यान्ड युनिभर्सिटीबाट सम्बन्धन लिएको छ। तर, सरकारी निर्देशिका र प्राडा विनिल अर्यालको प्रतिवेदनअनुसार, विदेशी सम्बन्धन लिने विश्वविद्यालय टाइम्स हाइयर वा क्युएस वल्र्ड र्याङ्किङको उत्कृष्ट एक हजारभित्र पर्नैपर्छ। सन्डरल्यान्ड युनिभर्सिटी यी कुनै पनि र्याङ्किङको एक हजारभित्र पर्दैन ।

गुणस्तरहीन विश्वविद्यालयको सम्बन्धन ल्याएर नेपाली विद्यार्थीलाई भ्रममा पारिएको यो कलेजलाई खारेज गर्नुको साटो, बालेन सरकारकै शिक्षामन्त्री सस्मित पोखरेलले उल्टै मान्यताप्राप्त सूचीमा राखेर संरक्षण दिएका छन्। यसबारेको विस्तृत समाचार ग्यालेक्सीखबर डटकममा पढ्न सकिन्छ ।

चुनावमा हार तर Directly becomes रास्वपा महामन्त्री ! Bro is Bazigar 😃
20/04/2026

चुनावमा हार तर Directly becomes रास्वपा महामन्त्री ! Bro is Bazigar 😃

माननीय मनिष झा ज्यू धनुषा क्षेत्र नं. ३ जनकपुरधामका जनताको एउटा ठूलो अपेक्षा अझै अधुरै छ। जानकी मन्दिरमा भक्तजनहरूले चढा...
01/04/2026

माननीय मनिष झा ज्यू धनुषा क्षेत्र नं. ३ जनकपुरधामका जनताको एउटा ठूलो अपेक्षा अझै अधुरै छ। जानकी मन्दिरमा भक्तजनहरूले चढाउने नगद तथा बहुमूल्य धातु (दान) कहाँ जान्छ भन्ने स्पष्टता छैन। त्यसैले अब ढिला नगरी जानकी मन्दिरलाई ट्रस्ट अन्तर्गत ल्याई पारदर्शिता र उचित व्यवस्थापन सुनिश्चित गर्न आवश्यक छ।

आज प्रकाउ परेका काठमाडौंको पुर्व सीडीओ छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको छ ।   Source: Kathman...
31/03/2026

आज प्रकाउ परेका काठमाडौंको पुर्व सीडीओ छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको छ ।

Source: Kathmandu Police's Spokesperson

जनकपुरधाममा गुठीको करिब १० हजार बिघा सार्वजनिक जग्गा अतिक्रमण र अनियमित बिक्रीमार्फत अर्बौंको सम्पत्ति निजीकरण भएको पाइए...
31/03/2026

जनकपुरधाममा गुठीको करिब १० हजार बिघा सार्वजनिक जग्गा अतिक्रमण र अनियमित बिक्रीमार्फत अर्बौंको सम्पत्ति निजीकरण भएको पाइएको छ। जनकपुरको जग्गा अतिक्रमणका सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा गठित समितिले तयार पारेको प्रतिवेदनमा २५ गुठीका ९ हजार ८ सय ४६ बिघा १२ कट्ठा जग्गा अतिक्रमणमा परेको उल्लेख छ।

परिवर्तन सम्भव छ । जनकपुरधाम
31/03/2026

परिवर्तन सम्भव छ । जनकपुरधाम

30/03/2026
२४ घण्टा नबित्दै ब्रिज कोर्स बन्द गर्ने सूचना शिक्षा मन्त्रालयको वेबसाइटबाट हटाइएको छ । मन्त्रालयका प्रबक्ता भन्छन्: केह...
30/03/2026

२४ घण्टा नबित्दै ब्रिज कोर्स बन्द गर्ने सूचना शिक्षा मन्त्रालयको वेबसाइटबाट हटाइएको छ । मन्त्रालयका प्रबक्ता भन्छन्: केही विषयमा प्रष्ट पार्नु पर्ने भएकाले हो । भाषा मिलाएर फेरि अपलोड हुन्छ ।

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when शिक्षा Home Tuition Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share