22/08/2026
आज हेरिटेज नेशनल एकेडेमीको प्राङ्गणमा इलाम क्षेत्र नं. १ का माननीय प्रतिनिधि सभा सदस्य श्री निस्कल राईज्यूलाई स्वागत गर्ने अवसर मिल्यो।
उहाँलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री टङ्क प्रसाद धमला, सञ्चालक समितिका अध्यक्ष श्री टीका प्रसाद फुयल, हेरिटेज नेसनल एकेडेमी प्रा .ली का सल्लाहकार समितिका अध्यक्ष श्री हिमालय कर्मचार्य ज्यू,प्रधानाध्यापक श्री सञ्जीव बल तामाङ लगायत अन्य विशिष्ट महानुभावहरूको उपस्थितिमा भव्य स्वागत गरियो। सो क्रममा समग्र देशको शैक्षिक स्थिति लगायत समसामयिक विषयहरूमा फलदायी छलफल समेत सम्पन्न भयो।
बहुमूल्य समयका लागि माननीयज्यू लगायत उपस्थित सम्पूर्ण विशिष्ट व्यक्तित्वहरूप्रति हेरिटेज परिवार हार्दिक आभार व्यक्त गर्दछ।
fans
Heritage National Academy Secondary School
14/08/2026
12/08/2026