श्री अमर कल्याण माध्यमिक बिद्यालय ,माइजोगमाइ १, नयाँबजार

श्री अमर कल्याण माध्यमिक बिद्यालय ,माइजोगमाइ १, नयाँबजार

Share

This page notifies all the information about Shree Amar Kalyan Secondary School. Please like it up.

17/08/2026

यस विद्यालयका सहायक प्रधानाध्यापक श्री विष्णु प्रसाद आचार्यज्यूका पुजनीय पिता श्री उद्दवप्रसाद आचार्यको असामयिक देहावसानले विद्यालय परिवार अत्यन्त धेरै मर्माहत बन्न पुगेको छ । यस दुख:द घडीमा शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना सहित सम्पूर्ण परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दै दिबंगत आत्माको चिर शान्तिका लागि परमेश्वरवरसँग प्रार्थना गर्दछौं ।

14/08/2026

शिक्षक पदपूर्तिको सूचना !

11/08/2026

SEE ग्रेडसिट एकीकरण गर्नेसम्बन्धी अत्यन्त जरुरी सूचना!!!

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० को सूचनाअनुसार २०८२ सालको SEE परीक्षामा सहभागी भई न्यूनतम ग्रेड प्राप्त गरेका वा Graded भएका विद्यार्थीले २ वा सोभन्दा बढी ग्रेडसिट एकीकरण गरी एउटै प्रमाणपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
यस विद्यालयको तर्फबाट २ वा २ भन्दा बढी पटक एसईई परीक्षामा सहभागी भई उत्तीर्ण अर्थात् २ भन्दा बढी ग्रेडसिट भएका सम्बन्धित विद्यार्थीहरूले आवश्यक कागजातसहित यही आउँदो शुक्रबार, मिति २०८३/०५/०२ गतेभित्र अनिवार्य रूपमा विद्यालयमा तोकिएको शूल्क (५००) सहित निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
निवेदनका साथ प्राप्त ग्रेडसिट/प्रमाणपत्र तथा आवश्यक कागजातहरू संलग्न गर्नुपर्नेछ।
तोकिएको मितिभित्रै सम्बन्धित विद्यार्थीहरूलाई विद्यालयमा सम्पर्क गरी प्रक्रिया पूरा गर्न सूचित गरिन्छ । थप जानकारीका लागि तलको सूचना वा विद्यालयमा सम्पर्क गर्न सकिने पनि qqqaqqq@@ -विद्यालय प्रशासन
श्री अमर कल्याण माध्यमिक विद्यालय
माइजोगमाई–१, नयाँबजार, इलाम

Photos from श्री अमर कल्याण माध्यमिक बिद्यालय ,माइजोगमाइ १, नयाँबजार's post 10/08/2026

श्री अमर कल्याण नमुना माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ को कक्षा ८,९ र १०मा अघ्ययन गर्ने विद्यार्थीहरुका अभिभावकहरुको भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री जित बहादुर निरौलाको अध्यक्षतामा विद्यालयको सभाहलमा सफलतापूर्वक सम्पन्न भयो । भेलामा वि.व्य.स.का सम्पृ्र्ण सदस्यहरु सहित शि.अ.संघका संयोजक श्री मनोज राई लगायत अन्य सम्पूर्ण पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।अभिभावकहरूबाट अमूल्य एवम् रचनात्मक सल्लाह, सुझाव प्राप्त भएको छ । विद्यार्थीहरुको शैक्षिक लगायत अन्य सम्पूर्ण पक्षको उन्नयन कसरी गर्न सकिन्छ भनी अभिभावक र विद्यालय परिवारबिच गहिरो अन्तरक्रिया गरियो । सम्बद्ध सबै पक्षको सामुहिक प्रयासबाट विद्यार्थीहरुमा उल्लेख्य प्रगति गराउन सकिने निश्कर्ष भेलाले निकालेको थियो । विद्यालयका सहायक प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा विद्यालयका शिक्षक एवम् वि.व्य.स.प्रतिनिधि श्री सन्त बहादुर गुरुङले स्वागत मन्तब्य दिनुभएको थियो । अभिभावकहरुबाट उठाइएका प्रश्नहरुको जवाफ प्रधानाध्यापक श्री धन बहादुर भण्डारी,सहायक प्रधानाध्यापक श्री विष्णुप्रसाद आचार्य , शिक्षक श्री सन्त बहादुर गुरुङ र शिक्षक श्री टीकादेवी गौतमले दिनुभएको थियो । शिक्षक लिलाप्रसाद भण्डारी र प्रेमप्रसाद भण्डारीले समेत भेलामा सहजीकरण गर्नुभएको थियो ।विद्यालय सहयोगी कर्मचारी दिपेन्द्र साँवाको व्यवस्थापकीय सहयोगले सबैलाई राहत पुगेको महशुष भएको थियो । अन्तमा वि.व्य.स.अध्यक्ष श्री जित बहादुर निरौलाज्यूले उपस्थित सबैलाई धन्यबाद दिदै भेलाले विद्यार्थीहरुको प्रगतिमा ठूलो सहयोग पुग्न जाने धारणा व्यक्त गर्दै भेलाको समापन गर्नुभएको थियो ।विद्यालयको निमन्त्रणा स्वीकार गरी पाल्नुभएकोमा सम्पूर्ण अभिभावक र सहभागीहरूमा विद्यालय परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।

श्री अमर कल्याण मा.वि.परिवार माईजोगमाई १,नयँबजार,इलाम

09/08/2026

भोलि मिति २०८३/०४/२५ गते सोमबारका दिन यस विद्यालयमा कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरूलाई आ-आफ्ना नानीहरूको पठनपाठन सम्बन्धमा छलफल(अन्तरक्रिया )गर्नका लागि यस अघि नै पत्राचार गरीसकिएको छ । सोही पत्रलाई आधार मानी भोलि विहानको ठीक ११ बजे विद्यालयमा उपस्थित भइदिनहुन हार्दिक अनुरोध गरिन्छ ।

श्री अमर कल्याण मा.वि. परिवार,माइजोगमाई १,इलाम

Photos from श्री अमर कल्याण माध्यमिक बिद्यालय ,माइजोगमाइ १, नयाँबजार's post 06/08/2026

आज मिति २०८३/०४/२१ गते विहिबारदेखि माईजोगमाई गा.पा.बाट गरिएको दरबन्दी मिलानका क्रममा यस विद्यालयमा सरुवा भई आउनु भएका प्रथमिक तह द्वितीय श्रेणी शिक्षक श्री खड्ग बहादुर राई सरलाई स्वागत गरियो । स्वागत कार्यक्रमका केही झलकहरु:-

04/08/2026

आजलाई विदा !

04/08/2026

📢 सम्पूर्ण शिक्षक स्टाफ, अभिभावकज्यू तथा प्रिय
विद्यार्थीहरूमा विशेष जानकारी !!!

हिजो परेको अविरल वर्षाका कारण जोगमाई भ्याली क्षेत्रमा एक विद्यार्थीलाई खोलाले बगाई ज्यान गुमाउनुपरेको अत्यन्त दुःखद घटनाप्रति श्री अमर कल्याण माध्यमिक विद्यालय परिवार गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत विद्यार्थीप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ।

यसैबीच, मौसम विभागले १८, १९ र २० गते सम्म निरन्तर वर्षासँगै बाढी, पहिरो तथा आकस्मिक प्राकृतिक विपद्को उच्च सम्भावना रहेको जनाएको छ। साथै, माइजोगमाई गाउँपालिकाको आधिकारिक सूचनाअनुसार विद्यार्थीहरूको सुरक्षा र हितलाई मध्यनजर गर्दै आज मिति २०८३/०४/१९ गते मङ्गलबारका लागि गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयहरूमा सार्वजनिक विदा दिइएको जानकारी गराइन्छ। मौसमी प्रतिकूलता कायम रहे अर्को सूचना जारी गरिने भएको हुँदा त्यस्तो सूचना जारी नभए भोलिबाट विद्यालय यथावत् सुचारु हुनेसमेत सूचित गरिन्छ । साथै यस अवधिमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूलाई विशेष सावधानी अपनाउन, खोला, खोल्सा किनार तथा पहिरोको जोखिम भएका स्थानबाट टाढा रहन तथा अत्यावश्यक कामबाहेक बाहिर आवतजावत नगर्न हार्दिक अनुरोध गर्दछौँ । विद्यार्थीहरूको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो।
"सुरक्षित रहौँ, संयमित बनौँ ।"
–श्री अमर कल्याण माध्यमिक विद्यालय
माइजोगमाई–१, नयाँबजार, इलाम

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

माईजोगमाई १ इलाम
Ilam
57300

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00