मिति २०८३/१/२१ बाट विद्यालयमा नयाँ शैक्षिक वर्षको पठनपाठन सुरु हुने भर्ना र पुस्तक वितरण बाँकी रहेका विद्यार्थी एवम् अभिभावकहरूले लिन सक्ने र राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विद्यालयको आन्तरिक प्रतियोगिताबाट छनोट हुन बाँकी भएका विद्यार्थीहरूको छनोट पनि शुरु हुने सबैलाई जानकारी गर्दछौं ।
श्री शान्ति निकेतन माध्यमिक विद्यालय, रोङ -३, कुटीडाँडा, इलाम
२०१५ सालमा स्थापित साधारण र प्राविधिक धार (बाली विज्ञान) सञ्चालित
अभिभावकज्यूहरूमा विद्यार्थी भर्ना खुल्ला रहने सम्बन्धी सूचना!
आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार र पर्सी मिति २०८३ साल वैशाख २०गते आइतबार अभिभावकहरूको मागलाई ध्यानमा राखी विद्यार्थी भर्ना खुल्ला रहेको सहर्ष जानकारी गराउँछौं। आगामी २१ गतेदेखि नियमित पठनपाठन हुने जानकारी गराउँदैआफ्ना नानीबाबुहरुलाई समयमै भर्ना गराई पुस्तक बुझी लिनुहुन अनुरोध छ। साथै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तयारी अभ्यास खेलहरू पनि २१ गतेदेखि नै सुरु हुने भएकोले सम्पूर्ण खेलाडी विद्यार्थी भाइबहिनीहरूलाई समेत २१ गते देखि विद्यालयमा नियमित उपस्थितिका लागि लागि जानकारी गराइन्छ।
“नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण शिक्षक,कर्मचारी विद्यार्थी, अभिभावक, सरोकारवाला तथा शुभेच्छुक महानुभावहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यो नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, उत्साह, सफलता र सकारात्मकता, आपसी सदभाव र सहकार्य प्रवाह गरोस् भन्ने कामना गर्दछौँ।”
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Ilam