𝗘𝗖𝗔𝗡 𝗠𝗮𝗸𝗮𝘄𝗮𝗻𝗽𝘂𝗿

𝗘𝗖𝗔𝗡 𝗠𝗮𝗸𝗮𝘄𝗮𝗻𝗽𝘂𝗿

Share

Welcome to the official page of ECAN Makawanpur! Our mission is to guide students with expert advice for a smooth path to global education.

We are an association of educational consultancies dedicated to helping students achieve their study abroad dreams.

13/08/2026

🇨🇾 Study in Cyprus – Information Session 2026 🎓
A glimpse of an insightful evening filled with information, interaction, Q&A and networking with Neapolis University Pafos. 🤝✨
📍 Hotel Samana, Hetauda
📅 10 August 2026
🎓 ECAN Makawanpur
Thank you to everyone who joined us and made the event a success! ❤️
Right Information • Right Guidance • Bright Future 🇨🇾✨

Photos from 𝗘𝗖𝗔𝗡 𝗠𝗮𝗸𝗮𝘄𝗮𝗻𝗽𝘂𝗿's post 13/08/2026

🇨🇾 हेटौंडामा ‘𝐒𝐭𝐮𝐝𝐲 𝐢𝐧 𝐂𝐲𝐩𝐫𝐮𝐬 – 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧’ सम्पन्न

हेटौंडा । १० अगस्ट २०२६ (२५ साउन २०८३) मा 𝐄𝐂𝐀𝐍 𝐌𝐚𝐤𝐚𝐰𝐚𝐧𝐩𝐮𝐫 को समन्वयमा हेटौंडा–४, 𝐌𝐚𝐢𝐧 𝐑𝐨𝐚𝐝 स्थित 𝐇𝐨𝐭𝐞𝐥 𝐒𝐚𝐦𝐚𝐧𝐚 मा ‘𝐒𝐭𝐮𝐝𝐲 𝐢𝐧 𝐂𝐲𝐩𝐫𝐮𝐬 – 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧’ सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता 𝐄𝐂𝐀𝐍 𝐌𝐚𝐤𝐚𝐰𝐚𝐧𝐩𝐮𝐫 का उपाध्यक्ष श्री 𝐃𝐢𝐩𝐞𝐧𝐝𝐫𝐚 𝐒𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚 ले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव श्री 𝐌𝐚𝐧𝐢𝐬𝐡 𝐀𝐝𝐡𝐢𝐤𝐚𝐫𝐢 र स्वागत मन्तव्य कोषाध्यक्ष श्री 𝐊𝐢𝐬𝐡𝐨𝐫 𝐀𝐫𝐲𝐚𝐥 ले गर्नुभएको थियो।

कार्यक्रममा 𝐍𝐞𝐚𝐩𝐨𝐥𝐢𝐬 𝐔𝐧𝐢𝐯𝐞𝐫𝐬𝐢𝐭𝐲 𝐏𝐚𝐟𝐨𝐬, 𝐂𝐲𝐩𝐫𝐮𝐬 का 𝐂𝐨𝐮𝐧𝐭𝐫𝐲 𝐌𝐚𝐧𝐚𝐠𝐞𝐫 श्री 𝐒𝐮𝐦𝐚𝐧 𝐀𝐝𝐡𝐢𝐤𝐚𝐫𝐢 र 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 & 𝐌𝐚𝐫𝐤𝐞𝐭𝐢𝐧𝐠 𝐇𝐞𝐚𝐝 – 𝐍𝐞𝐩𝐚𝐥 श्री 𝐌𝐚𝐧𝐢𝐬𝐡 𝐏𝐨𝐮𝐝𝐞𝐥 को सहभागिता रहेको थियो। उहाँहरूले 𝐂𝐲𝐩𝐫𝐮𝐬 मा उपलब्ध शैक्षिक अवसर, 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐏𝐫𝐨𝐜𝐞𝐬𝐬, 𝐒𝐜𝐡𝐨𝐥𝐚𝐫𝐬𝐡𝐢𝐩𝐬 तथा 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭 𝐑𝐞𝐜𝐫𝐮𝐢𝐭𝐦𝐞𝐧𝐭 सम्बन्धी महत्वपूर्ण जानकारी प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा सहभागीहरूले 𝐂𝐲𝐩𝐫𝐮𝐬 का शैक्षिक अवसरबारे प्रत्यक्ष 𝐐&𝐀, 𝐈𝐧𝐭𝐞𝐫𝐚𝐜𝐭𝐢𝐨𝐧 तथा 𝐍𝐞𝐭𝐰𝐨𝐫𝐤𝐢𝐧𝐠 गर्ने अवसर प्राप्त गरेका थिए। साथै, कार्यक्रमपछि 𝐃𝐢𝐧𝐧𝐞𝐫 & 𝐍𝐞𝐭𝐰𝐨𝐫𝐤𝐢𝐧𝐠 सहित कार्यक्रम सम्पन्न भयो।
यस कार्यक्रमले विद्यार्थीहरूलाई 𝐂𝐲𝐩𝐫𝐮𝐬 मा उच्च शिक्षाका अवसरबारे सही, आधिकारिक र व्यावहारिक जानकारी प्रदान गर्नुका साथै 𝐈𝐧𝐬𝐭𝐢𝐭𝐮𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐏𝐚𝐫𝐭𝐧𝐞𝐫𝐬𝐡𝐢𝐩 तथा 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐑𝐞𝐜𝐫𝐮𝐢𝐭𝐦𝐞𝐧𝐭 का सम्भावनालाई समेत थप मजबुत बनाएको छ।

𝐄𝐂𝐀𝐍 𝐌𝐚𝐤𝐚𝐰𝐚𝐧𝐩𝐮𝐫 ले विद्यार्थी तथा शैक्षिक परामर्श व्यवसायीहरूलाई सही सूचना र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले यस्ता 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧, 𝐍𝐞𝐭𝐰𝐨𝐫𝐤𝐢𝐧𝐠 तथा 𝐈𝐧𝐬𝐭𝐢𝐭𝐮𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐈𝐧𝐭𝐞𝐫𝐚𝐜𝐭𝐢𝐨𝐧 कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

𝐄𝐂𝐀𝐍 𝐌𝐚𝐤𝐚𝐰𝐚𝐧𝐩𝐮𝐫
सही सूचना • सही मार्गदर्शन • उज्ज्वल भविष्य 🇨🇾🎓

Photos from 𝗘𝗖𝗔𝗡 𝗠𝗮𝗸𝗮𝘄𝗮𝗻𝗽𝘂𝗿's post 09/08/2026

🇮🇳 हेटौंडामा ‘𝐒𝐭𝐮𝐝𝐲 𝐢𝐧 𝐈𝐧𝐝𝐢𝐚 𝐒𝐜𝐡𝐨𝐥𝐚𝐫𝐬𝐡𝐢𝐩 & 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧’ सम्पन्न

हेटौंडा । 𝐄𝐂𝐀𝐍 𝐌𝐚𝐤𝐚𝐰𝐚𝐧𝐩𝐮𝐫 को आयोजनामा भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरूका प्रतिनिधिहरूको सहभागितामा ‘𝐒𝐭𝐮𝐝𝐲 𝐢𝐧 𝐈𝐧𝐝𝐢𝐚 𝐒𝐜𝐡𝐨𝐥𝐚𝐫𝐬𝐡𝐢𝐩 & 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 𝟐𝟎𝟐𝟔’ सम्पन्न भएको छ।

२०८३ साउन २२ गते (७ अगस्ट २०२६) हेटौंडा–५, पिप्लेस्थित 𝐑𝐞𝐠𝐚𝐥 𝐇𝐞𝐭𝐚𝐮𝐝𝐚 𝐑𝐞𝐬𝐨𝐫𝐭 मा आयोजित कार्यक्रममा 𝐓𝐡𝐚𝐩𝐚𝐫 𝐈𝐧𝐬𝐭𝐢𝐭𝐮𝐭𝐞 𝐨𝐟 𝐄𝐧𝐠𝐢𝐧𝐞𝐞𝐫𝐢𝐧𝐠 & 𝐓𝐞𝐜𝐡𝐧𝐨𝐥𝐨𝐠𝐲, 𝐏𝐚𝐭𝐢𝐚𝐥𝐚, 𝐑𝐚𝐣𝐚𝐥𝐚𝐤𝐬𝐡𝐦𝐢 𝐄𝐧𝐠𝐢𝐧𝐞𝐞𝐫𝐢𝐧𝐠 𝐂𝐨𝐥𝐥𝐞𝐠𝐞 (𝐑𝐄𝐂), 𝐂𝐡𝐞𝐧𝐧𝐚𝐢 तथा 𝐇𝐢𝐧𝐝𝐮𝐬𝐭𝐡𝐚𝐧 𝐂𝐨𝐥𝐥𝐞𝐠𝐞 𝐨𝐟 𝐄𝐧𝐠𝐢𝐧𝐞𝐞𝐫𝐢𝐧𝐠 𝐚𝐧𝐝 𝐓𝐞𝐜𝐡𝐧𝐨𝐥𝐨𝐠𝐲, 𝐂𝐨𝐢𝐦𝐛𝐚𝐭𝐨𝐫𝐞 का प्रतिनिधिहरूले भारतमा उच्च शिक्षाका अवसर, छात्रवृत्ति तथा भर्ना प्रक्रियाबारे जानकारी दिएका थिए।

कार्यक्रम 𝐄𝐂𝐀𝐍 𝐌𝐚𝐤𝐚𝐰𝐚𝐧𝐩𝐮𝐫 का सचिव श्री Manish Adhikari ले सञ्चालन गर्नुभएको थियो भने कोषाध्यक्ष श्री Kishor Aryal ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता 𝐄𝐂𝐀𝐍 𝐌𝐚𝐤𝐚𝐰𝐚𝐧𝐩𝐮𝐫 का उपाध्यक्ष श्री Dipendra Shrestha ले गर्नुभएको थियो।

कार्यक्रममा 𝐄𝐂𝐀𝐍 केन्द्रीय कार्यसमिति सदस्य तथा 𝐒𝐭𝐮𝐝𝐲 𝐢𝐧 𝐈𝐧𝐝𝐢𝐚 𝐃𝐞𝐩𝐚𝐫𝐭𝐦𝐞𝐧𝐭 का प्रमुख श्री Shiva Prasad Aryal को संयोजनमा सम्बन्धित संस्थाका प्रतिनिधिहरूले विभिन्न शैक्षिक कार्यक्रम, 𝐒𝐜𝐡𝐨𝐥𝐚𝐫𝐬𝐡𝐢𝐩, 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐏𝐫𝐨𝐜𝐞𝐬𝐬, 𝐅𝐞𝐞 𝐒𝐭𝐫𝐮𝐜𝐭𝐮𝐫𝐞 तथा विद्यार्थीका लागि उपलब्ध अवसरबारे प्रस्तुति दिएका थिए।
सहभागीहरूले भारतीय शैक्षिक संस्थाका प्रतिनिधिहरूसँग प्रत्यक्ष 𝐐&𝐀 तथा 𝐍𝐞𝐭𝐰𝐨𝐫𝐤𝐢𝐧𝐠 गर्ने अवसरसमेत प्राप्त गरेका थिए। कार्यक्रमपछि 𝐃𝐢𝐧𝐧𝐞𝐫 & 𝐍𝐞𝐭𝐰𝐨𝐫𝐤𝐢𝐧𝐠 सहित कार्यक्रम सम्पन्न भएको थियो।

𝐄𝐂𝐀𝐍 𝐌𝐚𝐤𝐚𝐰𝐚𝐧𝐩𝐮𝐫 ले नेपालका विद्यार्थीहरूलाई भारतमा उच्च शिक्षाका अवसरबारे सही तथा आधिकारिक जानकारी उपलब्ध गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

𝐄𝐂𝐀𝐍 𝐌𝐚𝐤𝐚𝐰𝐚𝐧𝐩𝐮𝐫
सही सूचना, सही मार्गदर्शन, उज्ज्वल भविष्य।

23/07/2026

शोक वक्तव्य

नेपाल शैक्षिक परामर्श संघ (ECAN) झापा शाखाका संस्थापक अध्यक्ष आदरणीय सुमन शर्मा जमकट्टेल ज्युको असामयिक निधनको दुःखद समाचारले हामी सम्पूर्ण ECAN मकवानपुर परिवार स्तब्ध तथा मर्माहत भएका छौँ।

स्वर्गीय जमकट्टेलज्यूले ECAN को संस्थागत विकास, शैक्षिक परामर्श क्षेत्रको उन्नयन तथा संगठनलाई सुदृढ बनाउन पुर्‍याउनुभएको अतुलनीय योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् भन्ने कामना गर्दै शोकको यस कठिन घडीमा शोकसन्तप्त परिवार, आफन्तजन तथा सम्पूर्ण ECAN झापा परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौँ।

– बेल प्रसाद खतिवडा
अध्यक्ष, ECAN मकवानपुर
तथा समग्र ECAN मकवानपुर परिवार

Photos from 𝗘𝗖𝗔𝗡 𝗠𝗮𝗸𝗮𝘄𝗮𝗻𝗽𝘂𝗿's post 17/07/2026

✊ मौन प्लेकार्ड प्रदर्शनमार्फत हाम्रो आवाज

आज दिउँसो १:०० बजेदेखि १:३० बजेसम्म नेपाल शैक्षिक परामर्श संघ (ECAN) मकवानपुर शाखाको आह्वानमा प्रस्तावित शैक्षिक परामर्श सेवा नियमावलीप्रति हाम्रो सरोकार र असहमति शान्तिपूर्ण रूपमा व्यक्त गर्दै मौन प्लेकार्ड प्रदर्शन सम्पन्न गरियो।

हाम्रो उद्देश्य सरकारको विरोध गर्नु मात्र होइन, विद्यार्थी, अभिभावक, इमानदार शैक्षिक परामर्श संस्था तथा समग्र शिक्षा क्षेत्रको हित हुने न्यायपूर्ण, व्यावहारिक र कार्यान्वयनयोग्य नियमावली निर्माणका लागि ध्यानाकर्षण गराउनु हो।

हामी स्पष्ट रूपमा भन्न चाहन्छौँ—

✅ हामी नियमनको विरोधी होइनौँ, अव्यावहारिक नियमनको विरोधी हौँ।

हाम्रा प्रमुख मागहरू:
• रु. २५ लाख नगद धरौटीको व्यवस्था पुनर्विचार वा खारेज गरियोस्।
• विदेशी शैक्षिक संस्थाबाट प्राप्त हुने वैधानिक Commission, Marketing Support तथा Incentive लाई कानुनी मान्यता दिइयोस्।
• Education Equity Fee हटाइयोस्।
• A, B, C ग्रेडिङ प्रणाली हटाइयोस्।
• भौतिक पूर्वाधारका मापदण्ड व्यावहारिक बनाइयोस्।
• शैक्षिक मेला तथा सूचना सत्रलाई नियमनसहित सञ्चालन गर्न दिइयोस्।
• अनुमतिपत्रको अवधि कम्तीमा पाँच वर्ष कायम गरियोस्।
• नियमावली कार्यान्वयनअघि सरोकारवालासँग पर्याप्त छलफल गरियोस्।

हाम्रा मुख्य असहमतिहरू:
• केही संस्थाको गल्तीका आधारमा सम्पूर्ण क्षेत्रलाई दोषी नठहराइयोस्।
• विद्यार्थीको भविष्य सीमित गर्ने व्यवस्था स्वीकार्य छैन।
• Brain Drain को सम्पूर्ण दोष शैक्षिक परामर्श संस्थामाथि थोपार्नु उचित होइन।
• विद्यार्थीलाई रोक्नेभन्दा नेपालमै गुणस्तरीय शिक्षा, रोजगारी र अवसर सिर्जना गर्ने नीति आवश्यक छ।
• शैक्षिक परामर्श क्षेत्रले रोजगारी, कर राजस्व, वैदेशिक मुद्रा र अन्तर्राष्ट्रिय शिक्षा सहकार्यमा महत्वपूर्ण योगदान दिएको छ।
• विद्यार्थी विदेश अध्ययन गर्नु विश्वव्यापी अभ्यास हो; यसलाई अवसरका रूपमा हेरिनुपर्छ।
• हामी विद्यार्थीलाई विदेश जान बाध्य पार्दैनौँ; उनीहरूको निर्णयमा व्यावसायिक परामर्श र सहयोग मात्र गर्छौँ।
• अधिकांश इमानदार शैक्षिक परामर्श संस्थाले विद्यार्थीबाट सेवा शुल्क लिँदैनन्; आम्दानी विदेशी शैक्षिक संस्थाबाट प्राप्त हुने वैधानिक कमिसनबाट हुन्छ।
• नेपाललाई पनि अन्तर्राष्ट्रिय शिक्षा केन्द्रका रूपमा विकास गर्ने नीति ल्याइनुपर्छ।

हाम्रो स्पष्ट सन्देश:
संवाद, सहकार्य र व्यावहारिक संशोधनमार्फत मात्र दीर्घकालीन समाधान सम्भव छ। विद्यार्थीको भविष्य सुरक्षित गर्दै इमानदार शैक्षिक परामर्श संस्थाको संरक्षण गर्ने नीति नै सबैको हितमा हुनेछ।

17/07/2026

📢 नियमन चाहिन्छ, तर न्यायपूर्ण र व्यावहारिक हुनुपर्छ।

प्रस्तावित "शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३" मा रहेका केही अव्यावहारिक प्रावधानप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल शैक्षिक परामर्श संघ (ECAN) मकवानपुर शाखा ले हिजो कालो पट्टी बाँधेर शान्तिपूर्ण रूपमा विरोध जनाएको छ।

हाम्रो उद्देश्य नियमनको विरोध गर्नु होइन, न्यायपूर्ण, व्यावहारिक र सरोकारवालासँगको परामर्शमा आधारित नियमावली निर्माणको माग गर्नु हो।

हाम्रा प्रमुख मागहरू:
✔️ रु. २५ लाख नगद धरौटीको व्यवस्था खारेज गरियोस्।
✔️ वैदेशिक शैक्षिक संस्थाबाट प्राप्त हुने कमिसनलाई कानुनी मान्यता दिइयोस्।
✔️ शिक्षा समता शुल्क खारेज गरियोस्।
✔️ अव्यावहारिक प्रावधानहरू संशोधन गरियोस्।
✔️ गलत गर्ने संस्थालाई कारबाही गरियोस्, सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई होइन।
✔️ विद्यार्थी, अभिभावक, व्यवसाय र राष्ट्रको हितलाई सन्तुलनमा राखी नियमावली संशोधन गरियोस्।

संवाद, सहकार्य र सकारात्मक समाधान नै हाम्रो प्राथमिकता हो।

𝐌𝐚𝐤𝐚𝐰𝐚𝐧𝐩𝐮𝐫 𝐁𝐫𝐚𝐧𝐜𝐡
𝐁𝐞𝐥 𝐏𝐫𝐚𝐬𝐚𝐝 𝐊𝐡𝐚𝐭𝐢𝐰𝐚𝐝𝐚
𝐂𝐡𝐚𝐢𝐫𝐩𝐞𝐫𝐬𝐨𝐧

25/06/2026

Wishing our respected ECAN Makawanpur Executive member, Mr. Suraj Ghalan, a safe and pleasant journey to the UK. 🇬🇧✈️

May your visit be successful, productive, and filled with wonderful experiences. Wishing you every success and a memorable stay!

— Dipendra Shrestha
*Vice President, ECAN Makawanpur

Want your school to be the top-listed School/college in Hetauda?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Hetauda/4
Hetauda
44100