23/01/2026
वसन्त पञ्चमी र सरस्वतीपूजा २०८२ को हार्दिक शुभकामना! विद्या, बुद्धि, विवेक र सिर्जनशीलताको प्रतीक श्री सरस्वती माताको कृपाले सबैमा ज्ञान, बुद्धि र बिबेकको उज्यालो फैलियोस्। "May Goddess Saraswati Bless us with Knowledge , Wisdom and Creativity . Happy Saraswati Puja to all. ❤️
14/12/2025
यस श्री नवज्योति माध्यमिक विद्यालयमा आजबाट मा वि गणित शिक्षक उपेन्द्र पौडेल सरलाई प्रधानाध्यापकको पदभार ग्रहण गर्नु भएकोमा उहाँलाई सफल कार्याकालको शुभकामनासहित आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तरको सुधार हुनेछ भन्ने विश्वास राख्नेछौं।
28/09/2025
"जयन्ती मंगला काली भद्रकाली कपालीनि
दुर्गा शिबा धत्री स्वहाँ शोध्न नमोस्तुतेय् "
हिन्दुहरुको महान चाड बडा दशै , शुभ दिपावली ( तिहार) तथा छट पर्व - २०८२ को पावन अवसरमा सुख,समृद्ध र उत्तरोत्तर प्रगतीको सम्पुर्ण नेपालीहरुमा हार्दिक मङगलमय शुभ कामना व्यक्त गर्दछौ |
- श्री नवज्योती मा. वि .
13/09/2025
This is to inform you all the parents and students that our school will open from tomorrow.
10/09/2025
हालको अवस्था लाई मध्येनजर गर्दै यस श्री नवज्योति माध्यमिक बिधालयको पठनपाठन अर्को सूचना नभए सम्मको लागि बन्द रहने सम्पुर्ण शिक्षक तथा विद्यार्थीहरु साथै अभिभाबक हरुमा जानकारी गराउदछौ ।
08/09/2025
हार्दिक श्रद्धाञ्जली !
Rest in Peace Gen-Z warriors
भ्रस्टाचार ,कुशासनको बिरुद्ध आवाज उठाइ सत्य ,न्याय र समानताको पक्षमा आन्दोलन गर्ने Gen G पुस्ताका दर्जनौ बहादुर किशोर किशोरीहरु प्रती सरकारले गोलि हानी हत्या गरेकोमा घोर भत्सर्ना गर्दै ज्यान गुमाउनु परेको यस पिडादायिक क्षणमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रती यस बिद्यालयको तर्फबाट हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौ ।साथै आन्दोलनमा घाइतेहरु प्रती शिघ्र स्वस्थ लाभको कामना गर्दछौं ।
06/08/2025
A comprehensive material on AI .
https://youtu.be/2lFELhUXc3s?feature=shared
don't forgot to subscribe ,likes and comment on the original video .
AI vs Humanity ( Myth and Reality) : कृतिम बौद्धिकता र मानव
Click below link for details :
What is AI |Benefits, Dangers,Deepfake, Prompt Engineering & Future of Artificial Intelligence(2025)
🧠 What is AI? | Benefits, Risks, Deepfake, Prompt Engineering & More | GOOGLE VU3Welcome to Satye Khoj Channel , where we explore the reality, power, and fu...
29/07/2025
Wish you a fantastic birthday dear Indra Uprety Sir . May your life filled with happiness , success and prosperity as the years roll by .
जन्म दिनको असिम शुभ कामना इन्द्र सर
जन्मोत्सवको यो पावन अबसरमा ईश्वरको अनुपम अनुकम्पाले मनमा सधैं पबित्र र विनयशीलताको भावना उत्पन्न होस् । आयु, आरोग्य, सत्कृर्ति , ऐश्वर्यले परिपूर्ण होस जीवन ।
18/07/2025
हाम्रो यस बिध्यालयमा आज देखि स्कुल बस ( School Bus) संचालनमा आएको छ । यातायातका कारण बिद्यालय आवत जावत गर्न कठिन परेका बिध्यार्थिहरुलाइ अब सहजता हुने आशा लिएका छौ । यातायात उपलब्ध गराउनमा सहयोग गर्नु हुने सम्बन्धित सबै निकायहरुलाइ हामि विशेष आभार ब्यक्त गर्दछौ ।
09/07/2025
गुरु ब्रह्मा गुरु विष्णु
गुरु देवो महेश्वरः
गुरु साक्षात परब्रह्म
तस्मै श्री गुरुवे नमः
गुरुरेव परंब्रम्हा तस्मै श्री गुरवे नमः।।
Happy Guru Purnima to all the dear teachers who show the path of light in darkness, knowledge in ignorance and hope in failure.
🌼🙏 Happy Guru Purnima -2082 ! 🙏🌼
05/06/2025
विश्व वातावरण दिवस 🌱☘️🥀🌺
जुन 5