श्री आत्मबोध माध्यमिक विद्यालय

श्री आत्मबोध माध्यमिक विद्यालय

Share

School located in delightful Mankot village of Gulmi district, providing finest education since 2016.

Photos from श्री आत्मबोध माध्यमिक विद्यालय's post 04/10/2025

यस विद्यालयमा कक्षा -५ मा अध्ययनरत छात्रा सुस्मा घर्ती विगत लामो समयदेखि दुबै मृगौलामा समस्या आएर भैरहवा मेडिकल कलेजमा उपचाररत छिन् । उनको उपचारमा हाम्रो विद्यालयबाट केही रकम सङ्कलन गरी उनकै निवासमा पुगी निम्नानुसारको रकम हस्तान्तरण गरियो ।
विद्यार्थीहरूबाट - ८०००(नगद)
शिक्षकहरूबाट -१४०००(नगद)
आत्मबोध रेडक्रस सर्कलबाट-३०००(नगद)
आत्मबोध साँस्कृतिक समूहबाट-५०००(बैंक )
जम्मा -३०,०००/-(तिस हजार)
साथै उहाँको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दछौं।

30/09/2025

बडा दसैं,दीपावली,नेपाल सम्वत् ११४६ तथा छठ पर्व २०८२को पावन अवसरमा विद्यालयका संस्थापक, चन्दादाता,अक्षयकोष दाता , वि.व्य.स.का वर्तमान तथा पूर्व अध्यक्ष तथा सदस्यहरू, शि.अ.सं. का वर्तमान तथा पूर्व अध्यक्ष तथा सदस्यहरू , पूर्व प्र.अ. तथा शिक्षकहरू, समाजसेवी,बौद्धिक वर्ग,अभिभावक , पूर्व विद्यार्थी , सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू, विद्यार्थीलगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा , दाजुभाइ ,दिदीबहिनी सबैमा सु-स्वास्थ्य , दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्दछौं ।

20/09/2025

दसैं ,तिहार र छ्ठ पर्वको अवसरमा कक्षा १० का छात्र निर्मल पाण्डेले तयार पारेको शुभकामना कार्ड ।

16/09/2025

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा २०८२ असोज ७ र ८ गते

Photos from श्री आत्मबोध माध्यमिक विद्यालय's post 16/09/2025

आज मिति-२०८२/०५/३१ गतेका दिन यस विद्यालयमा लामो समयदेखि रिक्त रहेको वरिष्ठ प्रशिक्षक (फिजिक्स ) पदमा वर्दघाट, नवलपरासी निवासी श्री गोविन्द ज्ञवालीलाई सफल कार्यकालको शुभकामना दिदै विद्यालयमा हार्दिक स्वागत गर्दछौं ।

Photos from श्री आत्मबोध माध्यमिक विद्यालय's post 14/09/2025

आज मिति-२०८२/०५/२९ गतेका दिन ६१ औं राष्ट्रिय बाल दिवसको अवसरमा सदनात्मक हाजिरीजवाफ , मिठाइ दौड , कुर्सी दौड जस्ता कार्यक्रम गरी सम्पन गरियो।

14/09/2025

आज मिति-२०८२/०५/२९ गतेका दिन यस विद्यालयका शिक्षक अमृता रायको पर्न गएको जन्मदिनको पावन अवसरमा सुस्वास्थ्य, दीर्घ आयु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। यही अवसरमा आदरणीय शिक्षकबाट जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गर्नुभएकोमा धन्यवाद ! ज्ञापन गर्दछौं ।

13/09/2025

अत्यन्तै जरुरी सूचना !
देशको विद्यमान असहज परिस्थितिका कारण बन्द रहेको विद्यालयको पठनपाठन भोलि मिति २०८२ साल भाद्र २९ गतेदेखि सबै समूहका सम्पूर्ण कक्षाहरू नियमित रुपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित अभिभावकज्यूहरू, विद्यार्थी भाइबहिनीहरू र सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
आत्मबोध मा.वि. छत्रकोट - ५ मानकोट, गुल्मी ।

11/09/2025

सम्पूर्ण अभिभावक तथा विद्यार्थी भाइबहिनीहरू.....!!!
छत्रकोट गाउँपालिका शिक्षा शाखाको निर्देशनअनुसार देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नहुँदासम्म विद्यालय बन्द रहने जानकारी सबैलाई गराउछौं।

10/09/2025

अत्यन्त जरूरी सूचना !!!
देशमा सिर्जना भएको विषम परिस्थितिका कारण आज मिति २०८२ भदौ २५ गते बुधबार पनि विद्यालय बिदा गरिएको सम्बद्ध अभिभावक,विद्यार्थीभाइबहिनीहरू एवम् सरोकारवालामा जानकारी गराउछौं ।Ramhari Pandey Kamal Panday

09/09/2025

शोक बिदा!😥😥

हिजो देशका विभिन्न भागमा Gen-Z को आन्दोलनमा प्राण गुमाएका विद्यार्थीहरूको त्यो दर्दनाक र कठोर घटनाले सिङ्गो राष्ट्र नै स्तब्ध र मर्माहित बनेको छ ।
शोकको यस घडीमा दिवङ्गत आत्माको वैकुण्ठ बासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै यस विद्यालयले मिति २०८२/०५/२४ गते मंगलबार शोक बिदा राखेको जानकारी गराउछौं।

आत्मबोध मा.वि.छत्रकोट -५ , गुल्मी

Photos from श्री आत्मबोध माध्यमिक विद्यालय's post 04/09/2025

६३ औं नेपाल रेडक्रस दिवसको अवसरमा आत्मबोध मा.वि.द्वारा विद्यालय प्राङ्गणदेखि वडा कार्यलयसम्म सरसफाइ कार्यक्रम सम्पन्न गरियो।

Want your school to be the top-listed School/college in Gulmi Tamghas?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Kharjyang
Gulmi Tamghas
32600

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00