Shree Chidipani Secondary School

Shree Chidipani Secondary School Education is tha most powerful weapon, which you can use to change the world

शैक्षिक सत्र २०८१ को एसइइ परीक्षामा सहभागी भई उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा हार्दिक बधाई सहित उज्ज्वल ...
28/06/2025

शैक्षिक सत्र २०८१ को एसइइ परीक्षामा सहभागी भई उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा हार्दिक बधाई सहित उज्ज्वल भविष्यको कामना । साथै विद्यार्थीहरूलाई सफल बनाउन अहोरात्र रूपमा खटिएर लागि पर्नुभएका शिक्षकहरू र अभिभावकहरूमा हार्दिक धन्यवाद । न्यूनतम ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थी भाइबहिनीहरूमा यही साउन महिनामा हुन गइरहेको ग्रेड वृद्धि परीक्षामा सहभागी भई राम्रो अङ्कसहित उत्तीर्ण हुनको लागि शुभकामना व्यक्त गर्दै आजैबाट तयारीमा लाग्नको लागि पनि अनुरोध छ।

10/06/2021
Dear students,
23/05/2021

Dear students,

सम्पूर्ण आदरणीय अभिभावकहरुको लागि अनुरोध !
19/05/2021

सम्पूर्ण आदरणीय अभिभावकहरुको लागि अनुरोध !

21/11/2015

please like our page..

19/06/2015

shree chidipani secondary school bata 19 students bata 5 jana passed vayaka xan baki examted ra complimentary ma pareka xan jas maddhe bipina khatry le first division(65.63%) liyaki xin. passed hune student lai badhai tatha subhakamana..

19/06/2015

best of luck all of the slc student who passed the iron gate..

20/11/2014

यसवर्षको एसएलसी चैत्र ५ गतेदेखि
काठमाडौ, मंसिर ४ - यसवर्षको एसएलसी परीक्षा चैत्र ५ गते हुने भएको छ । आज बिहीबार बिहान बसेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

यसवर्षको परीक्षा ५ गते बाट सुरु भई चैत्र १६ गतेसम्म चल्नेछ । यसवर्ष प्रयोगात्मक शिक्षाको समेत परीक्षा दिनुपर्नेछ । यसअघि सैंद्धान्तिक विषयको मात्रै परीक्षा हुँदै आएको थियो । १३ गतेसम्म सैद्धान्तिक बिषयको परीक्षा हुनेछ ।

प्रयोगात्मक विषयको पनि परीक्षा हुने भएकोले यो पटकको एसएलसी १६ गतेसम्म संचालन हुने परीक्षा नियन्त्रक विष्णु द्वारेले जानकारी दिए । माध्यमिक तहमा ३ वटा विषयमा प्रयोगात्मक अध्ययन हुन्छ ।

गत वर्ष चैत्र ६ गतेदेखि १२ गते सम्म एसएलसी परीक्षा भएको थियो ।

परीक्षा तालिका

चैत ५ अनिवार्य अंग्रेजी

चैत ६ अनिवार्य नेपाली

चैत ८ मा गणित

चैत ९ मा विज्ञान

चैत १० सामाजिक

चैत ११ स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा

चैत १२ ऐच्छिक प्रथम

चैत १३ ऐच्छिक दोस्रो
source: ekantipur..

30/08/2014

कक्षा १२ को विज्ञान संकायको नतिजा प्रकाशित

काठमाडौ, भाद्र १४ - उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को विज्ञान संकायतर्फको नतिजा सार्वजनिक गरेको छ । वैशाख १९ देखि परीक्षा भएको भएको विज्ञान संकायको आज नतिजा सार्वजनिक भएको हो ।

परीक्षा नियन्त्राक दुर्गा अर्यालका अनुसार नियमिततर्फ ३६ हजार सातसय २७ मध्ये २५ हजार ८ सय ६६ उत्तीर्ण भएका छन् । नियमिततर्फ ७० दशमलब ४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

नियमिततर्फ परीक्षामा सहभागी ६ जनाको नतिजा स्थगित भएको र ८ जनाको नतिजा रद्द गरिएको अर्यालले जानकारी दिए ।

त्यस्तै, आंशिकतर्फ परीक्षामा सहभागी ६ हजार ८ सय ४२ मध्ये २ हजार ६ सय २१ परीक्षार्थी उत्तीर्ण भएका छन् । ७ जनाको नतिजा रद्द गरिएको उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको छ । आंशिकतर्फ ३८ दशमलब २१ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए ।

30/08/2014

Education is tha most powerful weapon, which you can use to change the world

20/08/2014

we are now back...

14/06/2014

SLC result 2070 was published
गुल्मी जिल्लाबाट यस वर्षको एसएलसी परिक्षाको नतिजा

विशिष्ट श्रेणी ः ७७
प्रथम श्रेणी ः ८८५
दोस्रो श्रेणी ः ११३९
तृतिय श्रेणी ः १७
जम्मा ः २११८
जम्मा सहभागी ः ४६२४
यस वर्ष भने गुल्मीको श्री चिदीपानी मा‍०वि ० मा भने नतिजा शुन्य भएको छ ।
गत सालको एस एल सी परिक्षा २०६९ को नतिजा अनुसार नियमित तर्फ ४ र आंसिक तर्फ १ गरी जम्मा ५ जना उत्तिर्ण भएका थिए । नियमित १३ र ९ आंसिक जम्मा गरी २२ जना सहभागी रहेका थिए ।

Address

Satyawati-7, Juniya-Chidipani, Gulmi
Gulmi Tamghas

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779849703202

Alerts

Be the first to know and let us send you an email when Shree Chidipani Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category