02/02/2026
Some clicks from the 41st Annual Day of Drabya Shah Multiple Campus.
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DMC, Gorkha, Nepal, Education Website, Gorkha 9, Laxmibazar, Gorkha.
02/02/2026
Some clicks from the 41st Annual Day of Drabya Shah Multiple Campus.
25/01/2026
द्रव्यशाह बहुमुखी क्याम्पसको ४१औँ वार्षिकोत्स (Day 1: Eye Screening and Sport)
23/01/2026
𝐂𝐨𝐫𝐝𝐢𝐚𝐥 𝐈𝐧𝐯𝐢𝐭𝐚𝐭𝐢𝐨𝐧 𝐨𝐧 𝐂𝐚𝐦𝐩𝐮𝐬 𝐀𝐧𝐧𝐮𝐚𝐥 𝐃𝐚𝐲 𝐂𝐞𝐥𝐞𝐛𝐫𝐚𝐭𝐢𝐨𝐧
06/01/2026
शैक्षिक गुणस्तर वृद्धिका लागि अवलोकन भ्रमण
द्रव्यशाह बहुमुखी क्याम्पसको आयोजनामा मिति २०८२ पुस २० देखि २२गते सम्म QAA मान्यता प्राप्त कालिका बहुमुखी क्याम्पस (पोखरा), गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस (पोखरा), वालिङ बहुमुखी क्याम्पस (स्याङ्जा) र आदिकवि भानुभक्त क्याम्पस (तनहुँ) को शैक्षिक अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न भयो। यस क्रममा शैक्षिक, भौतिक, प्रशासनिक तथा गुणस्तर सुनिश्चितता सम्बन्धी विषयमा गहन छलफल र अभ्यास–साझेदारी गरियो।
भ्रमणका क्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पससँग नयाँ सम्झौता–पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भयो भने आदिकवि भानुभक्त क्याम्पससँगको MoU यसअघि नै सम्पन्न भइसकेको छ। यी सम्झौताअनुसार शैक्षिक सहकार्य, अनुसन्धान, क्षमता विकास र गुणस्तर सुधारका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने आपसी प्रतिबद्धता व्यक्त गरिएको छ।
छलफलमा विद्यार्थी–शिक्षक–कर्मचारीमैत्री वातावरण, निरन्तर मूल्याङ्कन, सहभागीमूलक पठन–पाठन, ICT को प्रयोग, अनुसन्धान संस्कृति, पूर्वविद्यार्थी सहभागिता र रोजगारमुखी शिक्षा जस्ता समसामयिक विषयहरूमा अर्थपूर्ण अन्तरसंवाद सम्पन्न भयो।
यस अवसरमा भ्रमणमा सहभागी सबै क्याम्पसका क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रमुख, प्राध्यापक तथा कर्मचारीज्यूहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। विशेषगरी द्रव्यशाह बहुमुखी क्याम्पसको तर्फबाट सहभागी हुनुहुने क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री मनोज प्रसाद धिताल, उपाध्यक्ष श्री मोहन प्रकाश पोखरेल, बडा सदस्य एवं क्याम्पस सञ्चालक समिति सदस्य श्री कुलबहादुर कुँवर, समिति सदस्यहरू श्री शंकरबहादुर कुँवर, श्री ज्ञानहरी अर्याल, श्री टेकबहादुर राना लगायत सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरूको सक्रिय, जिम्मेवार र प्रेरणादायी सहभागिता अत्यन्तै प्रशंसनीय रह्यो।
अन्त्यमा, यस भ्रमणबाट प्राप्त असल अभ्यास, अनुभव र सिकाइहरू लाई “सिक्यौँ–सिकायौँ” को भावनाअनुसार कार्यान्वयन गर्दै टिमवर्क, उत्तरदायित्व र सकारात्मक कार्यसंस्कृति विकास गर्न क्याम्पस प्रशासन सबैमा हार्दिक अनुरोध गर्दछ।
द्रव्यशाह बहुमुखी क्याम्पस परिवार
21/12/2025
द्रव्यशाह बहुमुखी क्याम्पसको दुई दिने शैक्षिक भ्रमण तथा पिकनिक सम्पन्न
द्रव्यशाह बहुमुखी क्याम्पस, लक्ष्मीबजार गोरखा र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा सम्पन्न दुई दिने शैक्षिक भ्रमण तथा पिकनिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
भ्रमणका क्रममा पौष ४ गते क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरू नवलपुरस्थित कावासोती–अमलटारी सामुदायिक होमस्टे पुगेका थिए। स्थानीय थारु समुदायले सांस्कृतिक प्रस्तुति, परम्परागत आतिथ्य, बसाइ व्यवस्था तथा जंगल सफारीमार्फत स्वागत गरेका थिए, जसले भ्रमणलाई अझै आकर्षक बनाएको थियो।
पौष ५ गते तालपोखरी, कावासोतीमा गरिएको पिकनिक कार्यक्रम पनि उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। छोटो समयमा गरिएको प्रभावकारी व्यवस्थापन तथा स्ववियु पदाधिकारी, सदस्य र विद्यार्थीहरूको सक्रिय सहभागिता उल्लेखनीय रहेको थियो।
क्याम्पसद्वारा धन्यवाद
कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनु भएका प्राध्यापक–कर्मचारी, विद्यार्थी, स्ववियु अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित सम्पूर्ण स्ववियु टोली, बस चालकहरू तथा कावासोतीका शुभचिन्तक श्री ठाकुर पराजुलीप्रति क्याम्पसले हार्दिक धन्यवाद व्यक्त गरिन्छ।यस वर्षको भ्रमण तथा पिकनिकले विद्यार्थीहरूमा व्यवहारिक अनुभव, सांस्कृतिक बोध र सहकार्य भावना अझ सुदृढ बनाएको छ।
12/12/2025
राष्ट्रिय तथ्यांक प्रवर्द्धन अभिमुखीकरण : द्रव्यशाह क्याम्पसमा सम्पन्न
राष्ट्रिय तथ्यांक कार्यालय, थापाथली काठमाडौँको आयोजना तथा जिल्ला तथ्यांक कार्यालय, गोरखाको समन्वयमा २०८२ मंसिर २५ गते यस क्याम्पसमा स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गरी ‘राष्ट्रिय तथा आधिकारिक तथ्यांकसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ। उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा द्रव्यशाह बहुमुखी क्याम्पस आयोजक संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ।
12/12/2025
सांस्कृतिक सीप प्रवर्द्धनमा क्याम्पसको पहल
यस क्याम्पसमा परम्परागत संस्कृति र सीपलाई जगेर्ना गर्ने उद्देश्यले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी ‘दुना–टपरी बनाउने प्रतियोगिता’ मंसिर २६ गते सम्पन्न भयो । उक्त प्रतियोगितामा प्रथम स्थान सिर्जना राना (बि.एड, द्वितीय वर्ष), द्वितीय स्थान सुजिता राना (बि.एड, द्वितीय वर्ष) तथा तेस्रो स्थान बविता राना (बि.बि.एस, तेस्रो वर्ष)ले हासिल गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ। साथै प्रतियोगितामा उत्साहजनक सहभागिता जनाउनु भएका अन्य सबै विद्यार्थीहरूलाई पनि धन्यवाद व्यक्त गर्दछौँ। यो कार्यक्रम अतिरिक्त क्रियाकलाप समिति तथा स्वतन्त्र विद्यार्थी यूनियनको संयुक्त आयोजनामा सफलतापूर्वक सम्पन्न भएको छ।
ESP at DMC