Shree Bhadrakali Higher Secondary School

Shree Bhadrakali Higher Secondary School quality education is our collective commitment education is our light of life

यस श्री भद्रकाली माध्यमिक बिध्यालय गन्डकी गाउपालिका वडा नम्बर ६ भुम्लिचोक गोरखामा अध्ययनरत २० जना नानी बाबुहरुलाइ न्यानो...
10/12/2023

यस श्री भद्रकाली माध्यमिक बिध्यालय गन्डकी गाउपालिका वडा नम्बर ६ भुम्लिचोक गोरखामा अध्ययनरत २० जना नानी बाबुहरुलाइ न्यानो स्विटर बितरण तथा छात्रबासमा रहेका बिध्यार्थीहरुको खाद्यन्न ब्यबस्थापनका लागि नगद रु.१०,००० (दशहजार रुपैयाँ) सहयोग गर्नुहुने निर्माण व्यवसायीहरु गोरखा न. पा. लक्ष्मीबजारका सहयोगी मनका धनी रामकाजी खत्री र गणेश बहादुर थापा तथा Acme Themes Pvt. Ltd. (Acme IT) का प्रोपाइटर सन्तोष कुवर ज्युलाइ हार्दिक आभार सहित धन्यबाद व्यक्त गर्दछौं । आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्दै उहाँ हरु प्रती उच्च सम्मान तथा उन्नती प्रगतिको कामना समेत गर्दछौं ।

09/12/2023

यस श्री भद्रकाली माध्यमिक बिध्यालय गन्डकी गाउँपालिका -६ भुम्लिचोक गोरखामा शैक्षिक सत्र २०७९ मा कक्षा १२ मा अध्ययनरत रहि २०८० को बोर्ड परीक्षा एबम मौका परीक्षा उत्तीर्ण विध्यार्थीहरुको प्रोभिजिनल र ट्रान्स्कृप्ट ल्याउनका लागि केही विध्यार्थीहरु डकुमेन्ट बिध्यालयमा बुझाइसकेकोले अब छिट्टै राष्ट्रिय परीक्षा बोर्ड पोखरा शाखामा जाने तयारी भैरहेको हुदा सो र सो भन्दा पहिले नै कक्षा १२ उत्तीर्ण भएका तथा ट्रान्स्कृप्ट ल्याउन बाकी बिध्यार्थी हरुले भोलि सम्म slc/see को मार्कशिट/ग्रेडशिट, कक्षा ११ को ग्रेडशिट/मार्कशिटको प्रतिलिपी र रु.२००० शुल्क सहित बिध्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
सम्पर्क: ९८४१५७१६७०
९८४६०७०३०१/९८०७२०१५००

स्वर्गीय दर्बसिङ गुरुङ स्मृती प्रतिष्ठान गन्डकी गाउँ पालिका ६ भुम्लिचोक गोरखाद्वारा यश बिध्यालयमा अध्ययनरत कक्षा ९ कि छा...
27/03/2023

स्वर्गीय दर्बसिङ गुरुङ स्मृती प्रतिष्ठान गन्डकी गाउँ पालिका ६ भुम्लिचोक गोरखाद्वारा यश बिध्यालयमा अध्ययनरत कक्षा ९ कि छात्रा प्रमिशा गुरुङ र कक्षा १० का छात्र सुमन थापा मगर लाई हार्दिक बधाइ तथा शैक्षिक यात्रा सफलताको शुभकामना छ । साथै यस दर्बसिङ गुरुङ स्मृती प्रतिष्ठानका पदाधिकारी हरुलाइ बिध्यालयको तर्फबाट हार्दिक धन्यबाद ब्यक्त गर्दछौं ।

05/09/2022

सुचना ! सुचना !! सुचना !!!
भर्खरै भएको कक्षा १२ को रिजल्टमा यश बिध्यालयका बिध्यार्थी हरु ज-जसले एक वा दुई बिषयमा Non Grade प्राप्त गर्ने बिध्यार्थीहरु यहि मिति २०७९ भाद्र २४ गते बिहान ठिक १० बजे अनिबार्य रुपमा बिध्यालयमा उपस्थित हुन सुचित गरिन्छ। ९८४६४३२२७७/९८४६०७०३०१

बिध्यालय प्रशासन
श्री भद्रकाली माध्यमिक बिध्यालय

23/11/2021

राष्ट्रिय परीक्षा बोर्डको सूचना
----------------------

सूचना नं.१ : कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी सूचना :

*२०७८ पौष २१ गतेसम्म प्रति विद्यार्थी रू.४००।-का दरले र सो समयसम्म रकम दाखिला गर्न नसक्नेको हकमा २०७८ पौष मसान्तभित्र प्रति विद्यार्थी रू.८००।- का दरले हुन आउने रकम कार्यालयको खातामा दाखिला गरी २०७८ माघ ७ गतेभित्र सम्बन्धित विद्यालयहरूले सक्कल बैंक भौचर, रजिष्ट्रेशन फाराम र प्र.अ.बाट प्रमाणित गरिएको SEE को ग्रेडसीटको प्रतिलिपि सम्लग्न राखी कार्यालयमा बुझाइ सक्नु पर्नेछ ।

*विद्यार्थी स्वयमलाई पछिसम्म फरक नपर्ने गरी रजिष्ट्रेशन आवेदन फाराम भर्न लगाई विद्यार्थीको उक्त विवरणलाई सम्बन्धित विद्यालयले २०७८ पौष १० गतेबाट २०७८ पौष मसान्तसम्ममा Online entry गरिसक्नु पर्नेछ ।

नोट : विस्तृत जानकारीको लागि बोर्डको website

सूचना नं.२: कक्षा १२ का नियमित,ग्रेडवृद्धि/आंशिक परीक्षार्थीको परीक्षा आवेदन फाराम भर्ने/भराउने सम्बन्धी सूचना-

*२०७९ मा संचालन गरिने वार्षिक परीक्षामा सहभागी हुने नियमित,ग्रेडवृद्धि( C वा सोभन्दा तलको ग्रेड प्राप्त गरेका विषयमा ग्रेडवृद्धि गर्न चाहेमा ),आंशिक तर्फ ( रजिष्ट्रेशन नम्बरका शुरूका दुई अंक ७१ वा सोभन्दा बढी भएका परीक्षार्थीहरू मात्र)का परीक्षार्थीहरूले २०७८ साल माघ २१ गतेसम्म प्रति विद्यार्थी रू.६००।- र सो समयभित्र रकम दाखिला गर्न छुटेकाले २०७८ माघ मसान्त भित्र प्रति विद्यार्थी रू.१२००।-दरले कार्यालयको खातामा रकम जम्मा गरी बोर्डले तोकेको ढॉंचामा पछिसम्म फरक नपर्ने गरी परीक्षा फाराम भर्नु पर्नेछ ।
नोट : बोर्डद्वारा बाह्य परिवेक्षक खटाई प्रयोगात्मक परीक्षा लिइने प्रयोगात्मक परीक्षाका लागि तोकिए बमोजिमको थप शुल्क बुझाउनुपर्नेछ ।

*सम्बन्धित विद्यालय/क्याम्पसले परीक्षा फाराम,सक्कल बैंक भौचर सहित कक्षा ११ को ग्रेडसिट ( रजिष्ट्रेशन नं.को शुरूका दुई अंक ७८ भएका कक्षा १२ को नियमित परीक्षार्थीको हकमा कक्षा ११ का सम्पूर्ण विषयमा सैद्धान्तिक तर्फ न्यूनतम D+ एवम् प्रयोगात्मक तर्फ C ग्रेड प्राप्त गरेको हुनुपर्ने ) को प्रतिलिपि प्रअबाट प्रमाणित गराई २०७८ फाल्गुण ७ गतेभित्र कार्यालयमा बुझाइसक्नु पर्नेछ ।

* विद्यार्थी स्वयमलाई पछिसम्म फरक नपर्ने गरी परीक्षा आवेदन फाराम भर्न लगाई विद्यार्थीको उक्त विवरणलाई सम्बन्धित विद्यालयले २०७८ माघ १० गतेबाट २०७८ माघ मसान्तसम्ममा Online entry गरिसक्नु पर्नेछ ।

नोट : परीक्षा नियन्त्रण कार्यालयको उल्लिखित सूचनालाई सेवाक्षेत्रका हरेक विद्यालयको मेलमा पनि पठाइने छ । सूचनाको विस्तृत जानकारी लिई स्पष्ट भएर पछिसम्म फरक नपर्ने गरी गर्नु गराउनुहुन र बोर्डको website पनि हेर्नुहुन अनुरोध छ ।

धन्यवाद !

प्रदेश परीक्षा व्यवस्थापन कार्यालय पोखरा

28/08/2021

काठमाडौं, भदौ ११। कोभिड–१९ को उच्च जोखिमका कारण अन्तिम समयमा स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने व्यवस्था गरेपछि बोर्डले परीक्षा सञ्चालनको तयारी गरिरहेको बोर्डका सदस्य सविच दुर्गा अर्यालले बताए।बोर्डले सरकारसँग विद्यार्थीलाई खोप उपलब्ध गराउन माग गरेको थियो,’ उनले भने, ‘सोही अनुसार पौने चार लाख विद्यार्थीलाई मन्त्रालयले खोपको व्यवस्था गरिसकेको छ। अब एक साताभित्र परीक्षाको नयाँ तालिका सार्वजनिक गर्ने गृहकार्य भइरहेको छ। विद्यार्थीको भौतिक उपस्थितमै तीन घन्टाको परीक्षा सञ्चालन गरिने तयारी छ।’ उनकाअनुसार परीक्षा केन्द्र तोक्ने, जनशक्ति व्यवस्थापन, प्रश्नपत्र तयारी, ढुवानी तथा केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन र व्यवस्थापनबारे अभिमुखिकरण गर्ने बताएका छन् । समाचार स्रोत : अनलाइन समाचार

SEE परीक्षा २०७७ यश बिध्यालय बाट सम्मिलित परिक्षार्थी हरुको नतिजा निम्नानुसार रहेको जानकारी गराउन चाहन्छौं ।
08/08/2021

SEE परीक्षा २०७७ यश बिध्यालय बाट सम्मिलित परिक्षार्थी हरुको नतिजा निम्नानुसार रहेको जानकारी गराउन चाहन्छौं ।

16/07/2021
शैक्षिक सत्र २०७७ को कक्षा ८ को अन्तिम नतिजा यसप्रकार रहेको जानकारी गराउदछौ। साथै अत्याबश्यक काम बाहेक घर बाहिर ननिस्कौ।...
18/06/2021

शैक्षिक सत्र २०७७ को कक्षा ८ को अन्तिम नतिजा यसप्रकार रहेको जानकारी गराउदछौ। साथै अत्याबश्यक काम बाहेक घर बाहिर ननिस्कौ। निस्कनै पर्ने भएमा अनिवार्य मास्क लगाऔ। घरमै रहि स्वध्ययन गरि पढ्ने बानिलाइ निरन्तरता दिनका लागि सम्पुर्ण बिध्यार्थी हरुलाइ आग्रह गर्दछौ। स्वस्थ रहौ । सुरक्षित रहौ।🚹️🚹️🚹️😷😷😷

शैक्षिक सत्र २०७७ को नतिजा (कक्षा-८ बाहेक) आयो। नतिजा सके सम्म त्रुटिरहित गर्ने प्रयास गरेका छौँ । तैपनि कहि कतै त्रुटि ...
11/06/2021

शैक्षिक सत्र २०७७ को नतिजा (कक्षा-८ बाहेक) आयो। नतिजा सके सम्म त्रुटिरहित गर्ने प्रयास गरेका छौँ । तैपनि कहि कतै त्रुटि नहोस् भन्दाभन्दै त्रुटि हुन गएमा मानविय भुल स्वरुप सच्याइने अवगत गराउन चाहन्छु। सफल सबै भाइ बहिनिहरुलाइ हार्दिक बधाइ । यो महामारिमा अत्याबश्यक काम बाहेक घर बाहिर ननिस्कौ। बिध्यालयमा पाठ्यपुस्तक उपलब्ध नहुदा र भौतिक उपस्थितीसहित कक्षा सन्चालन नहुदासम्म वरिपरिका आफ्ना दाइभाइ दिदी बैनिहरु सङ्ग पुरानै भए नि पुस्तक खोजी गरि आफ्नो अध्ययन कार्यलाइ निरन्तरता दिन आग्रह गरिन्छ।

अत्यन्त जरुरी सूचना हाल विश्वभर महामारीको रुपमा फैलिएको कोभीड १९ को संक्रमण फैलिन नदिनको लागि गण्डकी गाउँपालिका को २०७८।...
27/04/2021

अत्यन्त जरुरी सूचना
हाल विश्वभर महामारीको रुपमा फैलिएको कोभीड १९ को संक्रमण फैलिन नदिनको लागि गण्डकी गाउँपालिका को २०७८।०१।१४ को सूचना अनुसार अर्को सूचना नभएसम्मको लागि भौतिक रूपले उपस्थित भएर गरिने पठन पाठनको क्रियाकलाप बन्द गरिएको सम्पूर्ण विद्यार्थी,अभिभावक ज्यूहरुलाई जानकारी गरिन्छ । अन्य जानकारी का लागि सम्पर्क 9846300747, 9841659162, 9846070301, 9807201500

Address

No
Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Shree Bhadrakali Higher Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category