Shree Bag Bhairab Primary School

Shree Bag Bhairab Primary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Bag Bhairab Primary School, School, Gorkha.

16/01/2023

Video title :हरेक शिक्षकले हेर्नैपर्ने भिडियो | Class 1-3 Evaluation System | New curriculum Evaluation method About this video :In this video, the entire me...

30/08/2022

विद्यालय बन्दको कार्यक्रम स्थगित
भाद्र १३, २०७९ कान्तिपुर संवाददाता
काठमाडौँ — दुई सातादेखि आन्दोलित विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको कार्यक्रम स्थगित गरेको छ ।
आइतबारदेखि एक सातासम्म विद्यालय बन्दको घोषणा गरेको परिषद्ले सोमबार वार्ता र संवादबाटै माग पूरा गराउने भन्दै विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको हो । परिषद्का अध्यक्ष गंगाराम तिवारी, महासचिव शान्तिनाथ योगी र आन्दोलन परिचालन समितिका संयोजक बब्बनकुमार मिश्रले विज्ञप्ति जारी गरेर विद्यालय बन्दको कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।
विद्यालयका लेखापाल/कार्यालय सहयोगी सेवासुविधाका लागि विद्यालय बन्द गरेर आन्दोलित बनेपछि बालबालिका पठनपाठनबाट वञ्चित भएका थिए । त्यसको विरोध भएको थियो । विद्यालय कर्मचारी परिषद्ले घोषणा गरेको आन्दोलनका कारण आइतबार र सोमबार देशभरका सामुदायिक विद्यालय मिश्रित रुपमा खुल्ने र बन्द थिए ।
शिक्षक महासंघले नै परिषद्को आन्दोलनमा ऐक्यबद्धता जनाएका कारण अधिकांश ठाउँमा विद्यालय बन्द रहेका थिए । शिक्षा मन्त्रालयले बन्दको कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेपछि घोषित बन्दको कार्यक्रम फिर्ता गरिएको हो । शिक्षा मन्त्रालयका उपसचिव बिदुर गिरीले विज्ञप्ति जारी गरेर बन्दको कार्यक्रम फिर्ता गरे मात्रै वार्ता गरिने अडान लिएका थिए ।
शिक्षा महासंघको पहलमा मन्त्रालयसँग वार्ताको प्रयास भइरहेको परिषद्ले जनाएको छ । गत साता भएको वार्ता बिना निष्कर्ष टुंगिएको थियो । सरकारले न्यूनतम पारिश्रमिक पाउनु पर्ने, कार्यरत लेखापाल र कर्मचारीलाई दरबन्दी कायम गरेर आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने लगायतका माग परिषद्ले अघि सारेको छ ।
प्रकाशित : भाद्र १३, २०७९ १६:१३
https://ekantipur.com/news/2022/08/29/166176882880395246.html

05/07/2022

प्रेस- विज्ञप्ति

नागरिक लगानी कोषले Online प्रणालीबाट रकम दाखिला गर्ने
नागरिक लगानी कोषले Online प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ । यो सुविधा CGAS प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयहरुले उपभोग गर्न सक्नेछन। यसरी रकम जम्मा गर्दा कोषको कर्मचारीले Approve गर्ने बित्तीकै सम्बन्धित कर्मचारीको खातामा रकम जम्मा हुनेछ । तत्कालका लागि यो सुबिधा कोषको कर्मचारी बचत बृद्दी अवकास योजनामा सहभागी भएका कर्मचारीहरुको कार्यालयहरुले पाउनेछन । ती कार्यालयहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने कट्टी रकम अब NCHL का सबै सदस्य बैंक-वित्तीय संस्थाहरुबाट पठाउन सक्नेछन । Corporate Pay सुविधा लिएका कार्यालयहरुले भने Corporate Pay प्रणाली मार्फत आफैले भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यस प्रणाली अनुसार सबै कार्यालयहरुले रकम दाखिला गर्न चाहने सम्बन्धित कार्यालयले आफ्ना कर्मचारीहरुको नाम थर र कोषले प्रदान गरेको परिचय नं. समेतको विवरण कोषको ई–सर्भिस पोर्टल http://eservice.nlk.org.np/ मार्फत चढाई सो विवरणलाई Submit गरेपछि प्राप्त हुने Submission नम्बर तथा अफिस कोड सहितको Print out लिई आफ्नो कारोबार गर्ने बैंकमा सम्पर्क गरेपछि उक्त बैंकले Submission नम्बर तथा अफिस कोडका आधारमा बैंकमा रहेको Bank Central Module मार्फत रकम जम्मा गरिदिने छन । यसरी बैंकले Bank Centre Module मार्फत दाखिला गरेको कारोबार रकम सहितको विवरण NCHL ले API कोषको Core System मा Push गर्नेछ । उक्त विवरणलाई कोषले Verify गरे पछि सम्बन्धित कार्यालयका कर्मचारीहरुको कोषको खातामा रकम जम्मा हुनेछ । रु २० लाख सम्मको रकम रियल टाइममा र सोभन्दा माथि रु २० करोड सम्मको रकम नन्–रियलटाइममा जम्मा गर्न सकिने भएको छ ।
बैंक तथा वित्तीय संस्थाबाट Corporate Pay सुबिधा लिएका कार्यालयहरुले यो सुविधा आफैंले Corporate Pay मार्फत आफ्नो भुक्तानी खाताबाटै गर्न सक्दछन् । यस प्रकारको भुक्तानीमा सम्बन्धित कर्मचारीको विवरण पनि स्वतः अपडेट हुने गर्दछ । यसरी बैंक वा Corporate Pay मार्फत नागरिक लगानी कोषको रकम अनलाइनबाट जम्मा गर्न सकिने हुँदा कोषका तीन लाख भन्दा बढी सहभागीहरुलाई स्वचालित रुपमा डिजिटल माध्यम प्रयोग गरी सेवा प्रवाह गर्न मद्दत पुग्ने विश्वास कोषले गरेको छ ।
यसरी यो माध्यमबाट कोष कट्टी रकम दाखिला गरे पछि कोषमा फाँटवारी र बैंक भौचर बिगतमा पठाए जस्तै पठाउनु पर्ने छैन ।यस प्रणालीको Operation Manual कोषको website: www.nlk.org.np मा रहेको Download भित्र Online Phatwari Collection manual शिर्षकमा सिकाइको छ।
कोषले यस भन्दा पहिले Connect IPS र मोबाईल बैंकिङ्ग प्रणाली मार्फत कोषको कर्मचारी बचत वृद्दी अवकाश कोषको ८०% कर्जा भुक्तानीको रकम संकलन गर्दै आएकोमा अब यस्तो रकम हिमालय बैंक वा लक्ष्मी बैंकका जुनसुकै शाखा कार्यालयहरुबाट रकम जम्मा गरेमा बैंक दाखिला भौचर बिगतमा जस्तै कोषमा दाखिला गर्न आउनु पर्ने छैन ।ती बैंकहरुमा जम्मा गरिएको रकमको विवरण कोषलाई ती बैंकहरुको प्रणाली मार्फत प्राप्त भई कोषबाट Approve हुना साथ रकम दाखिला गर्नेको कोषको खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ ।यसले गर्दा सापटी रकम फिर्ता भुक्तानी गर्ने सहभागी कोषमा आउनु पर्ने अवस्थाको अन्त हुने छ ।

04/07/2022

सम्पत्ति विवरण बुझाउने सूचना

Address

Gorkha

Telephone

+9779846188669

Website

Alerts

Be the first to know and let us send you an email when Shree Bag Bhairab Primary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Bag Bhairab Primary School:

Shortcuts

Share

Category